समाचार

चिप्लेढुंगा सिद्धार्थचोक व्यवसायी समितिको भित्तपात्रो सार्वजनिक

सन्देश श्रेष्ठपोखरा, चैत १५ चिप्लेढुंगा सिद्धार्थचोक व्यवसायी समितिले नया वर्ष २०८३ को भित्तपात्रो सार्वजनिक गरेको छ । समितिले तयार गरेको नया वर्ष २०८३ को वार्षिक भित्तेपात्रो शनिबार एक कार्यक्रमका बीच गण्डकी प्रदेश सुनचाँदी व्यवसायी संघका अध्यक्ष चन्द्रकिशोर गौतम, संस्थाका सल्लाहकार तथा पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष पवनकुमार प्रजापती, समितिका अध्यक्ष दुर्गा सुनारलगायतले सार्वजनिक गरेका हुन् । कार्यक्रममा नया वर्ष २०८३ को शुभकामना आदानप्रदानसमेत गरिएको थियो । कार्यक्रममा बोल्दै नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशका सभापती चन्द्रकिशोर गौतमले व्यवसायीहरु मिलेर… पुरा पढौ

कुमुदिनी होम्समा कक्षा १२ का विद्यार्थीको बिदाई,मेहनत र अनुशासन नै सफल भविष्यको आधार अध्यक्ष पालिखे

पोखर महानगरपालिका वडा नं ४ गैह्रापाटनमा रहेको प्रतिष्ठित विद्यालय, कुमुदिनी होम्स माध्यमिक विद्यालयका १२ कक्षाका विद्यार्थीलाई शनिबार बिदाई गरिएको छ । कक्षा ११ का विद्यार्थीको आयोजनामा भएको कार्यक्रममा उनीहरुलाई आगामी समयका लागि शैक्षिक सफलताको शुभकामना व्यक्त गरिएको छ ।कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले विदाई र स्वागत एक किसिमको कल्चर भएको बताउँदै, ठूलाले सानालाई र सानाले ठूलालाई सम्मान गर्ने संस्कार सानैदेखि विद्यार्थीमा दिन सकियो भने जीवनभर कामयावी हुने बताए। अध्यक्ष पालिखेले विद्यार्थीहरूलाई मेहनत र अनुशासनलाई आफ्नो… पुरा पढौ

काठमाण्डौंका बिभिन्न स्थानमा एमालेको प्रदर्शन,प्रहरीको हस्तक्षेप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टीका कार्यकर्ता काठमाण्डौंमा प्रदर्शन गरेका छन् । माइतीघरमा प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच तनावको स्थिति छ । हात हालाहालसम्मको अवस्था देखिएको छ । ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।माइतीघरमा प्रहरी घेरा तोडेर अघि बढेका प्रदर्शनकारीसँग काठमाडौं जिल्ला अदालत अगाडि झडपसमेत भएको छ ।अदालतअगाडि प्रदर्शनकारीले टायर बाल्न खोज्दा प्रहरीले हस्तक्षेपसँगै लाठीचार्ज गरेको छ । एमाले कार्यकर्ताले वर्तमान सरकारविरुद्ध नाराबाजी गरेका छन् । उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०विरुद्ध पनि नारा लगाएका छन्… पुरा पढौ

प्रतिभा माविमा कक्षा १२ का विद्यार्थीको बिदाई

पोखराको पालिखेचोकस्थित प्रतिभा माविले कक्षा १२ का विद्यार्थीलाई शनिबार एक कार्यक्रम आयोजना गरि बिदाई गरेको छ । कक्षा ११ का विद्यार्थीले संयोजन गरेको कार्यक्रमको प्रतिभा मावि संचालक समितिका अध्यक्ष नारायण पौडेलले उद्घाटन गरेका थिए । अध्यक्ष पौडेलले कक्षा ११ ले १२ का विद्यार्थीलाई बिदाई गर्नु आफैमा गतिलो संस्कार भएको बताए । उनले कम्तिमा दुइवर्षको यो अवधिले अगाामि दिनमा अघि बढ्न थप उर्जा मिल्ने बताए ।‘युवाले अहिलेको उर्जाशिल समयलाई उपयोग गरेर भविश्यका लागि अघि बढ्नुपर्छ । भविश्य उज्जवल बनाउन लगनशीलता र… पुरा पढौ

पूर्वगृहमन्त्री रमेश लेखक २ नं गण महाराजगञ्जमा

पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले पक्राउ गरी २ नं गण महाराजगञ्जमा राखेको छ । उनलाई आज बिहान भक्तपुरको कटुञ्जेस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो । उनलाई २ नं गण महाराजगञ्जमा राखिएको पारिवारिक स्रोतले जनाएको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । जेनजी आन्दोलनका क्रममा निजी निवास आगजनीबाट क्षतिग्रस्त भएपछि उनी सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित भाडाको घरमा बस्दै आएका छन् । रासस पुरा पढौ

ओली पक्राउ विरुद्ध एमालेले ७७ बटै जिल्लामा प्रदर्शन गर्ने(निर्णयसहित)

पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा, नेकपा एमालेले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने भएको छ । एमालेको आज बसेको सचिवालय बैठकले प्रत्येक जिल्लाको सदरमुकाममा आज दिउँसो ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । बैठकले भोलि प्रत्येक जिल्लामा मध्याह्न १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा विरोधपत्र बुझाउने निर्णय गरेको छ ।एमालेले आम जनसमुदाय , नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने,लोकतन्त्र र कानुनी राज्यका पक्षधर… पुरा पढौ

चिनियाँ प्रधानमन्त्रीद्वारा प्रधानमन्त्री शाहलाई बधाई, द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

चीनका प्रधानमन्त्री ली छ्याङले नेपालको प्रधानमन्त्रीमा श्री बालेन्द्र शाह नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्दै द्विपक्षीय सहकार्य र साझेदारीलाई सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहलाई आज एक बधाई सन्देश पठाउँदै चिनियाँ प्रधानमन्त्रीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । चीन र नेपाल पहाड र नदीले जोडिएका परम्परागत छिमेकी राष्ट्र भएका उल्लेख गर्दै प्रधानमन्त्री लीले सन्देशमा कूटनीतिक सम्बन्ध स्थापना भएको ७१ वर्षमा ‘शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त’मा आधारित द्विपक्षीय सम्बन्ध विकास हुँदै आएको बताए । काठमाण्डौंस्थित चिनियाँ राजदूतावासका अनुसार प्रधानमन्त्री… पुरा पढौ

आन्तरिक पर्यटनमा आशा जगाउँदै सकियो ‘जाउँ है पोखरा’

होटेल सङ्घ नेपाल पोखराको आयोजना पूर्वी नेपालका प्रमुख सहरहरूलाई लक्षित गरी सञ्चालित ‘जाउँ है पोखरा’ कार्यक्रम शुक्रबार सकिएको छ । आन्तरिक पर्यटन प्रवर्द्धनको मुख्य उद्देश्यका साथ विगत २५ वर्षदेखि बर्सेनि देशका प्रमुख सहरहरूमा ‘जाउँ है पोखरा’ अभियान सञ्चालन गरिरहेको सङ्घले यस पटक पूर्वी नेपालका वीरगञ्ज, हेटौँडा, विराटनगर र इलाममा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न गरेको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । अभियानका क्रममा पूर्वी नेपालका पर्यटन व्यवसायीसँग पर्यटकीय साझेदारी, छलफल, अन्तर्क्रिया गर्नुका साथै प्रचार सामग्री वितरण गरिनुका साथै आन्तरिक पर्यटनका विभिन्न… पुरा पढौ

पूर्वप्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल भर्ना, ५०१ नम्बर बेडमा

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका छन् । प्रहरीले आज बिहान पक्राउ गरेपछि जिल्ला प्रहरी परिसर काठमाडौं लगेको केही समयमै उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्‍याइएको थियो । स्वास्थ्य परीक्षण गरेपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।दुईपटक मृगौला प्रत्यारोपण गरेका ओलीको ‘मल्टिपल हेल्थ इस्यु’ का कारण जोखिम हुन सक्ने भन्दै अस्पतालको ५०१ नम्बरको बेडमा भर्ना गरिएको हो । ओलीलाई २ नम्बर गणमा लगिने स्रोतको भनाइ छ । ओलीलाई भक्तपुरको गुन्डुस्थित उनको निवासबाट… पुरा पढौ

अति तथा मध्यम गरिब घर परिवारलाई महानगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरिदिने

पोखरा, १३ चैत्र । पोखरा महानगरपालिकाका अति तथा मध्यम गरिब घर परिवारलाई महानगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ । सो का लागि महानगरपालिका र स्वास्थ्य बिमा बोर्ड, गण्डकी प्रदेश बिच सम्झौता समेत भइसकेको छ । पोखरा महानगरपालिकाको अति तथा मध्यम गरिब घर परिवारको स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनका लागि विपन्न नागरिकहरूलाई स्वास्थ्य बिमा कार्यान्वयन कार्यविधि, २०८२, स्वास्थ्य बिमा ऐन र नियमावली बमोजिम यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो । पोखरा महानगरपालिका गरिब घर धुरी पहिचान तथा परिचय पत्र विवरण मार्फत… पुरा पढौ