समाचार

नवौं राष्ट्रियको अभियानमा जुट्न राखेप सदस्य सचिव घिसिङको आग्रह

पोखरा । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अभियानमा जुट्न पोखरेलीहरु संग आग्रह गरेका छन् । प्रदेश खेलकुद परिषद गण्डकीले शनिबार पोखरामा विभिन्न संघ संस्थाहरु संग गरको एक अन्तक्रिया कार्यक्रममा सदस्य सचिव घिसिङले उक्त आग्रह गरेका हुन् । “हामी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिातको संघारमा छौं । गण्डकी प्रदेश आयोजक प्रदेश भएको नाताले पनि प्रतियोगिता सफल बनाउने जिम्मेवारी यहाँहरुको काँधमा छ,” उनले भने–“म गण्डकी प्रदेशवाशीलाई यो अभियानमा जुट्न आग्रह गर्दछु ।” नेपालको खेलकुद ऐन कार्यान्वयन भए… पुरा पढौ

बडादसैँको टीका लगाउने क्रम आज पनि जारी

आज आश्विन शुक्ल पक्षको चतुर्दशी, बडादसैँको टीका लगाउने क्रम आज पनि जारी छ। नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ। घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जाने गर्छन्। यो क्रम भोलि पूर्णिमासम्म रहन्छ। आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ। साथै दसैँको लागि पोखरा छोड्नेहरू फर्कन थालेपछि पोखराका सडकहरुमा चहलपहल सुरु भएको छ । दसैँको मुख्य दिनहरुमा यहाँका सडकहरू सुनसान भएका थिए । पुरा पढौ

गठबन्धनबाट कास्की-२ मा नेकपा एसका श्रीनाथ बराल उम्मेदवार

सत्तारुढ गठबन्धनबाट कास्की क्षेत्र नम्बर २ मा नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल उम्मेदवार बनेका छन् । गठबन्धनको भागवण्डामा कास्की २ पाएपछि नेकपा एसलेले बराललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । कास्कीमा नेकपा एसले एउटा प्रतिनिधि सभा क्षेत्रमात्र पाएको छ । प्रदेश सभा सदस्य भने नेकपा एसले कास्कीमा पाएको छैन । पुराना एमाले नेता बराल माधव नेपालका प्रिय पात्र मानिन्छन् । नेपालले एमाले फुटाएर नेकपा एस बनाउँदा बरालले कास्कीमा दह्रो साथ दिएका थिए । एमालेमा रहँदा ईमान्दार नेताका रुपमा चिनिएका बराल… पुरा पढौ

औद्योगिक व्यापार मेला २०७९ लाई लक्षित गरी उपसमिति गठन

पोखरा । पोखरा उद्योग वाणिज्य संघले औद्योगिक व्यापार मेला २०७९ लाई लक्षित गरी कार्यासम्पादन तथा विभिन्न उपसमिति गठन गरेको छ । स्वदेशी उत्पादनको प्रवद्र्धन र बजारीकरण, उद्यमशीलता विकास र नवप्रवर्तन तथा नयाँ उत्पादनबारे जानकारी गराउने उद्देश्यका साथ आगामी मंसीरको १६ देखि २५ गतेसम्म मेला आयोजना गर्न लागिएको संघका अध्यक्ष पवनकुमार प्रजापतिले जानकारी दिए ।कोभिड १९ का कारण यस अघि दुई संस्करणको मेला स्थगित भएकाले यसपटकको मेलालाई विशेष बनाइने उनले बताए । पोखरा प्रदर्शनी केन्द्र, नयाँबजारमा हुने मेला सम्पन्न गर्न संघका… पुरा पढौ

भारतको महाराष्ट्रमा बसमा आगो लाग्दा ११ जनाको ज्यान गयो, ३८ जना घाइते

भारतको महाराष्ट्रमा आज शनिवार बिहान गुडिरहेको एउटा बसमा आगो लाग्दा कम्तीमा ११ जनाको ज्यान गएको छ । बसमा रहेका अन्य ३८ जना यात्रु घाइते भएका छन् । बसले ट्रकलाई ठक्कर दिएपछि बसमा आगो लागेको थियो । घाइतेहरूको नासिक अस्पतालमा उपचार भइरहेको छ ।महाराष्ट्रको नासिक सहर र औरंगाबाद सडक खण्डअन्तर्गत नंदूरनाका क्षेत्रमा बसमा आगो लागेको भारतीय प्रहरीले पुष्टि गरेको छ । यसैबीच महाराष्ट्रका मुख्यमन्त्रीले यस घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई पाँच–पाँच भारु क्षतिपूर्ति दिने घोषणा गर्नुभएको नासिकका संरक्षक मन्त्री दादा भुसेले… पुरा पढौ

बागलुङको निसीखोलामा पहिरोले बगायो बालविकास केन्द्र र घर

निरन्तरको वर्षाका कारण बागलुङको निसीखोलामा एक बालविकास केन्द्र र घर भत्किएको छ । निसीखोला गाउँपालिका–६ स्थित नरमला बालविकास केन्द्रको तीनकोठे पक्की भवन र शौचालय पहिराले बगाएको छ । सोही वडाको भल्कोट गाउँमा लालबहादुर बुढामगरको घर र गोठ पहिराले पुरिँदा लाखौँको धनमाल क्षति भएको छ । पहिराले बालविकास केन्द्र बगाउँदा त्यहाँ अध्ययन गर्ने बालबालिका समस्यामा परेको निसीखोला गाउँपालिका–६ का वडाध्यक्ष हेमबहादुर बुढामगरले बताउनुभयो । वर्षाले बालविकास केन्द्रसँगै विभिन्न बस्तीसमेत पहिराको जोखिममा परेको उनले जानकारी दिए । “पहिरोले बालविकास केन्द्र र शौचालय… पुरा पढौ

एमालेले कास्कीका प्रदेश सभा सदस्यका उम्मेदवारहरुपनि टुंगो लगायो

नेकपा एमालेले कास्कीका प्रदेश सभा सदस्यका उम्मेदवारहरुपनि टुंगो लगाएको छ । एमालेले कास्कीका ६ वटै प्रदेश सभा सदस्यका उम्मेदवारहरु टुंगो लगाएको हो । एमाले निकट श्रोतका अनुसार कास्की १ (क)मा एमालेले खगराज अधिकारीलाई उम्मेदवार बनाएको छ । अधिकारी निवर्तमान कास्की १ का प्रतिनिधि सभा सदस्य हुन् । अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने चाहनासहित प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनेको चर्चा छ । कास्की १ को (ख) मा एमालेले बेदबहादुर गुरुङ (श्याम)लाई उम्मेदवार बनाएको छ । उनी मादी गाउँपालिकाका निवर्तमान प्रमुख… पुरा पढौ

यी हुन् कास्कीका प्रतिनिधि सभाका एमाले उम्मेदवारहरु

नेकपा एमालेले कास्कीमा प्रतिनिधि सभाका उम्मेदवारहरु टुंग्याएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कास्कीमा प्रतिनिधि सभाका तीन वटै क्षेत्रका उम्मेदवारको टुंगो लगाएका हुन् । एमालेले अध्यक्ष ओलीलाई उम्मेदवार चयन गर्ने जिम्मा दिएको छ । एमाले निकट श्रोतका अनुसार कास्की क्षेत्र नम्बर १ मा मनबहादुर गुरुङलाई उम्मेदवार बनाउने निर्णय भएको छ । यसअघि उक्त क्षेत्रबाट एमालेका खगराज अधिकारी निर्वाचित भएका थिए । अधिकारीले प्रदेश सभाको उम्मेदवार बन्ने चाहना राखेपछि गुरुङलाई प्रतिनिधि सभाको उम्मेदवार बनाइएको हो । गुरुङ एमाले कास्कीका… पुरा पढौ

गोरखाको मनास्लु ईलाकाबाट दुई इजरायलीसहित आठको उद्धार

गोरखा । नेपाली सेनाले केही दिनदेखिको अबिरल वर्षाका कारण गोरखाको मनास्लु ईलाकाको न्याक गाउँमा आएको पहिरोका कारण बिहीबारदेखि अलपत्र परेका दुई इजरायली र छ नेपालीलाई उद्धार गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, इजरायली नागरिक ओरी ओरअफ र यरीभ बोर्ट तथा तेम्बा गोथे, हुतेन लामा भोटे, पासाङ भोटे, पासाङ तामाङ, जनकराम राई र मिम्बा छिरिङ शेर्पालाई नेपाली सेनाले उद्धार गरी काठमाडौँ ल्याइएको हो । उद्धार गरिएका आठै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिइएको छ । रासस पुरा पढौ

बाढी, पहिरो र डुबानमा परेकालाई उद्दार गर्न गृहमन्त्रीको निर्देशन

काठमाण्डौं । गृहमन्त्री बालकृष्ण खाणले दाङका विभिन्न स्थानमा निरन्तर वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण विस्थापित भएकाको उद्धार, उपचार, राहत र पुनःस्थापनाका लागि हेलिकोप्टर प्रयोग गर्न गृह प्रशासनलाई निर्देशन दिएका छन् ।गृहसचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल, मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव प्रदीप कोइराला, दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपाल प्रहरीका लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्याय, सशस्त्र प्रहरी बलका लुम्बिनी प्रदेश प्रमुख नायब महानिरीक्षक विदुर खड्कालाई टेलिफोन… पुरा पढौ