समाचार

शुभकामना आदानप्रदान एवम् स्वास्थ्य सचेतना कार्यक्रम

पोखरा । कस्केली अधिकृत समाज, कास्कीले विजयादशमी, दिपावली तथा छठ लगायतका पर्वका अवसरमा शुभकामना आदनप्रदान एवम् मृगौला तथा मुटुरोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय चाडहरूका अवसरमा शुभकामनासँगै स्वास्थ्यप्रति सचेतना अभिबृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीले बताए। कार्यक्रममा बरिष्ठ युरोलोजिष्ट डा.प्रकाश क्षेत्रीले प्रत्येक व्यक्ति आफ्नो स्वास्थ्यप्रति वेलैमा सचेत बनेमा मृगौला रोगबाट बच्न सकिने बताए । पिसाब कम हुने तथा रगत देखा पर्ने, बान्ता हुने, हातखुट्टा तथा अनुहार सुनिने, शरिर चिलाउने, निन्द्रा नलाग्ने, उच्च… पुरा पढौ

पोखरामा मनोचिकित्सकको कला प्रदर्शनि, आइतवारसम्म जारी रहने

पोखरा । बरिष्ठ मनोचिकित्सक प्रा.डा.निर्मल लामिछानेले आर्ट एक्जिबिसन गरेका छन् । सिकारु कलाकार डा लामिछानेले बरिष्ठ कलाकार हरेराम जोजुसंग मिलेर संयुक्त कला प्रदर्शनि गरेका हुन् ।सोल अफ इन्फिनिटी अ डिजिटल आर्ट एक्जिबिसन नाम दिइएको प्रदर्शनिको डा लामिछानेका माता गंगादेवी लामिछाने, अभिभावक डा पदमराज शर्मा र बरिष्ठ कलाकार दुर्गा बराल वात्स्यायानले संयुक्तरुपमा शुभारम्भ गरेका हुन् ।पोखरा १२ माटेपानीमा अवश्थित एस आर के सी क्याटरिड.मा आयोजित प्रदर्शनि आइतवारसम्म जारी रहनेछ ।कार्यक्रममा स्वागत गर्दै डा लामिछानेले कलाकार जोजूबाट उत्प्रेरित भई यस प्रकारको कला… पुरा पढौ

पोखराको बगरस्थित टुँडिखेलमा च्यांग्रासहितको दसैं मेला

पोखराको बगरस्थित टुँडिखेलमा दशैं मेला हुने भएको छ। सताब्दीभन्दा पहिलेदेखि नै पोखरा टुँडिखेलमा हुँदै आएको ऐतिहासिक दसैं मेला यसपटक पनि हुने भएको हो। परम्परागत सामाग्री, रासन, लत्ताकपडादेखि च्यांग्रासम्म एकै थलोमा किनबेच गर्न पाउने गरी फूलपातीदेखि दसैंको भोलिपल्टसम्म टुँडिखेलमा दसैं मेला हुन लागेको हो। ‘मुस्ताङदेखि च्यांग्राहरु टुँडिखेल आइपुग्थे। पोखरा र आसपासका बस्तीहरुबाट परम्परागत सामाग्री र उत्पादन लिएर त्यहीँ पुग्थे। पोखराका व्यवसायीहरुले रासनदेखि लत्ता कपडासम्म बिक्रिका लागि लैजान्थे। त्यहीँबाट आवश्यकताको पुर्ति र आर्थिक बिनिमय हुन्थ्यो। अनि बल्ल पोखरामा दसैं भित्रिन्थ्यो।’ राष्ट्रिय उच्चमाविका… पुरा पढौ

आप्रवासी डुङ्गा दुर्घटनाः त्रिपन्न जनाको मृत्यु

बेरुत । सिरियाको तटमा डुङ्गा डुब्दा ५३ जना आप्रवासीको मृत्यु भएको छ । करिब २० जनालाई उद्धार गरिएको लेबनानका यातायात मन्त्रीले जानकारी दिएका थिए । सिरियाली सहर टार्टसको तटीय क्षेत्रमा बिहीबार भूमध्यसागरमा डुबेको सानो डुङ्गामा १०० भन्दा बढी व्यक्ति सवार रहेका थिए । सवार यात्रुहरु अधिकांश लेबनानी र सिरियालीहरु रहेका थिए । दर्जनौं अझै बेपत्ता रहेका बताइएको छ ।रासस पुरा पढौ

लाओसमा पच्चीस हजारभन्दा बढी डेङ्गु सङ्क्रमित

भेन्टियान । लाओसमा गत पुषदेखि देशभर डेङ्गु ज्वरोका कुल २५ हजार पाँच सय ४६ जना सङ्क्रमित भएका छन् । वितेका २४ घण्टामा डेङ्गु ज्वरोका एक सय ६२ थप व्यक्तिहरुको सङ्क्रमित भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस समयावधीमा १८ जनाको मृत्यु भएको लाओस स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्यको लागि सूचना र शिक्षा केन्द्रले शुक्रबार जनाएको छ । लाओसको राजधानी भेन्टियानमा १२ हजार ८ सय ९० जना डेङ्गुका बिरामी भेटिएका छन् । लुआङ नम्था प्रान्तमा तीन हजार छ सय १४ र अटापेउ… पुरा पढौ

मुलुकमा प्राप्त उपलब्धिलाई संस्थागत हुन नदिने शक्ति अझै सक्रियः अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिबाट संविधानको पालना हुन नसकेको आरोप लगाएका छन । पार्टी निकट अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीको तेस्रो राष्ट्रिय भेलालाई आज राजधानीमा सम्बोधन गर्दै अध्यक्ष दाहालले राष्ट्रपतिबाट भएको यो कार्यलाई सामान्यरुपमा लिन नमिल्ने धारणा पनि राखे । अध्यक्ष दाहालले मुलुकमा ऐतिहासिक जनआन्दोलन र जनयुद्धका उपलब्धिलाई संस्थागत हुन नदिने शक्ति अझै क्रियाशील रहेको बताए । उनले गत वर्ष संसद् विघटनबाट सुरु भएको प्रतिगमन त्यतिबेलाका लागि… पुरा पढौ

जङ्गली हात्तीको बथान भगाउन रातभर जाग्राम

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवती क्षेत्रका बासिन्दा हात्तीको बथान भगाउन रातभर जाग्राम बस्न थालेका छन् । स्थानीय किसानको खेतबारीको पाक्दै गरेको धानबाली खाने र कुल्चेर हात्तीको बथानले नोक्सान गर्न थालेपछि हात्ती भगाउन रातभरि जाग्राम बस्नु परेको हो । चुरे क्षेत्र नजिकका बस्तीमा पसेर किसानको धानबालीमा क्षति पु¥याउँदै आएको हात्तीको बथान वर्षा कम हुदै जादा जिल्लाको तल्लो समथर भूभागमा झरेको छ । गए रातिमात्रै हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका–५ का दुई गाउँका किसानको झण्डै तीन बिघा जग्गामा लगाएको धानबाली खाएर नोक्सानी पु¥याएको छ… पुरा पढौ

पर्यटकलाई आकर्षित गर्न हेलम्बुमा बञ्जीजम्प

चौतारा । पर्यटकलाई आकर्षित गर्ने उदेश्यले हेलम्बुमा ‘बन्जी जम्प’ को संरचना निर्माण सम्पन्न भएको छ । हेलम्बु गाउँपालिका–१ मा निर्माण भएको झोलुङ्गे पुलमा साहसिक खेल ‘बन्जीजम्प’ को संरचना निर्माण सम्पन्न भएको हो । एनएल जोशी कन्सल्टेन्सीद्वारा तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन डिपिआर अनुसार बञ्जीजम्प निर्माणका लागि रु पाँच करोड ३९ लाख खर्च भएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए । गाउँपालिका अध्यक्ष शेर्पाका अनुसार बञ्जीजम्पको उचाइ एक सय ७३ मिटर र झोलुङ्गे पुल तीन सय ७० मिटर लामो रहेको छ… पुरा पढौ

नारायणी नदी संरक्षणका लागि जल संवाद

नवलपुर । नवलपुर र चितवन हुँदै बग्ने नारायणी नदी संरक्षण गर्नुपर्नेमा स्थानीय सरोकारवालाले जोड दिएका छन् । पछिल्लो समय नदी प्रदूषित हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै उनीहरुले नदीका कारण धेरै सम्भावना भएको बताएका छन् । बिहीबार नवलपरासी बर्दघाट–सुस्तापूर्व नवलपुरको गैँडाकोटमा आयोजित ‘सिमसार क्षेत्र पुनःस्थापना र नारायणी तटीय सामूहिक प्रयास तथा कार्ययोजना ’सम्बन्धी तेस्रो जल संवाद कार्यक्रममा सरोकारवालले नदी प्रदूषण रोक्नुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा गैँडाकोट नगरपालिका उपप्रमुख शान्ति कोइरालाले हामीसँग भएका नदी तथा खोलाले सम्भावनासँगै चुनौती थपेका बताए ।… पुरा पढौ

आप्रवासी चढेको डुङ्गा डुब्दा सिरियामा चौँतीसको मृत्यु

दमासकस । लेबनानबाट आप्रवासीहरु ल्याई आएको एक डुङ्गा सिरियाली क्षेत्रको समुद्रमा डुब्दा त्यसमा रहेका कम्तीमा पनि ३४ जना आप्रवासीको ज्यान गएको छ । ज्यान जानेमा आप्रबासीहरु नै परेका सिरियाली अधिकारीहरुले जानकारी दिएका छन् । लेबनानबाट आएको सो डुङ्गा बिहीबार सिरियाली क्षेत्रको समुद्रमा पुग्दा डुबेको र त्यसमा परेर अरु केही हराइरहेका सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ ।डुबेको डुङ्गाबाट करिब २० जनालाई उद्धार गरिएको सिरियाली स्वास्थ्यमन्त्रालयले जानकारी दिएको छ । उद्धार गरिएका उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । सिरियन अब्जरभेटरी फर ह्युमन… पुरा पढौ