समाचार

अगामी वैशाख १ गतेदेखि बन्दीपुरमा पनि केबलकार

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबलकार परियोजनाको काम ७५ प्रतिशत सकिएको छ । पाँचतारे होटलसहित निर्माण भइरहेको परियोजनाको काम हालसम्म ७५ प्रतिशत सकिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले जनाएको छ । विसं २०७५ साउनदेखि निर्माण सुरु भएको केबलकार परियोजना विभिन्न कारणले ढिलाइ हुँदै आएको लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताए । उनका अनुसार यतिबेला केबलकार परियोजनाको काम दु्रत गतिमा अगाडि बढाइएको छ । केबलकार आगामी नयाँ वर्षदेखि सञ्चालनमा ल्याउने गरी काम थालिएको शर्माले बताए । बन्दीपुर गाउँपालिका–४ बरालथोकमा पाँच… पुरा पढौ

कुश्मीशेरा बजारमा खानेपानी समस्या

बलेवा । जिल्लाको कुश्मीशेरा बजारमा शुद्ध खानेपानी ल्याउन आयोजना सुरु भएको १२ वर्ष भयो । विसं २०६७ मा सुरु भएको बृहत् कुश्मीशेरा–रायडाँडा खानेपानी आयोजना अहिले पनि चलिरहेकै छ, तर पानी आएको छैन । साविकको कुश्मीशेरा गाविसभरिका सर्वसाधारणलाई पानी पु¥याउने गरी आयोजना सुरु भएको हो । सङ्घीयताको कार्यान्वयनसँगै जैमिनी नगरपालिका गठन भएपछि कुश्मीशेरा बजार नगरपालिकाको सदरमुकाम बनेको छ । गाविसबाट परिमार्जन भएर वडा बनेको कुश्मीशेरा बजारले दशकौँदेखि शुद्ध खानेपानीको अभाव झेल्दै आएको छ । कहिले खोलाको पानी त कहिले कुलोको पानीका… पुरा पढौ

द्वन्द्वपीडित भन्छन्– ‘हामीले न्याय कहिले पाउने ?

बागलुङ । द्वन्द्वपीडितले आफ्नो अवस्था निकै कमजोर बन्दै गएको बताएका छन् । उनीहरुले वर्षौंदेखि आफन्तको न्यायका लागि लड्दालड्दै भएको जायजेथासमेत सकिएको गुनासो गरेको छन् । बागलुङमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताले सशस्त्रद्वन्द्वका समयमा बेपत्ता भएका, मरेका तथा मारिएकाको आफन्तले अहिलेसम्म सरकारले कुनै पनि जानकारी दिन नसकेको गुनासो पोखेका छन् । द्वन्द्वपीडित सचिनान्द विकले लामो समयदेखि न्यायका लागि लडे पनि आफूहरुले न्याय पाउन नसकेको गुनासो गरे । उनले द्वन्द्वपीडितको अवस्था दिनप्रतिदिन नाजुक र दयनीय बन्दै गएको भन्दै जीवनस्तर उकास्न कसैको ध्यान… पुरा पढौ

बहुमूल्य वनस्पति : रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती

दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का विजयराज पन्त गैरसहकारी संस्थाको जागिर छाडेर व्यावसायिकरुपमा रक्तचन्दन र श्रीखण्डको खेतीमा लागेका छन् । लामो समय विभिन्न गैरसहकारी संस्थामा काम गरेका उनले छ वर्षअघि जागिर छाडेर वन विभाग र वनस्पति विभागबाट अनुमति लिएर रक्तचन्दन र श्रीखण्डको खेती सुरु गरेका हुन् । जीवनभरि काम मात्रै कति गर्ने भनेर उनले न्यून लगानीमा बढी प्रतिफल आउने कृषि क्षेत्रको खोजी गरेको जानकारी दिए । उनले छ महिना रक्तचन्दन, श्रीखण्ड र अगरउड फाइदा देखेपछि उनी भारतको बेङ्गोलर गएर… पुरा पढौ

पाकिस्तानमा बाढी पहिरोका कारण थप बीसको मृत्यु

पाकिस्तानमा बाढी पहिरोका कारण थप २० जनाको मृत्यु भएको छ । पछिल्लो एक दिनमा प्राप्त विवरणअनुसार मृत्यु भएका मध्ये १५ जना बालबालिका रहेका छन् भने दुई जना महिला रहेका छन् । पाकिस्तान प्रकोप व्यवस्थापन प्राधिकरणले पछिल्लो २४ घण्टामा मृत्यु भएका मध्ये १७ जना सिन्ध प्रान्तका मात्रै रहेको जनाएको छ । पाकिस्तानमा आएको बाढी पहिरोबाट सबैभन्दा धेरै सिन्ध प्रान्त प्रभावित भएको छ भने अन्य प्रान्तमा पनि असर परेको छ । बढीपछिका घटनामा परी पाकिस्तानमा अरु कैयौ घाइते भएका छन् भने लाखौँ… पुरा पढौ

बैतडीमा विद्युतीय राहदानी सेवा बन्द

बैतडी । बैतडीमा विद्युतीय राहदानी इ–पासपोर्ट सेवा बन्द भएको छ । विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण मङ्गलबारदेखि विद्युतीय राहदानी सेवा बन्द भएको हो । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि सेवा बन्द भएको जनाएको छ । विद्युतीय राहदानी इनरोलमेन्ट तथा जारी गर्न विद्युतीय राहदानी सर्भर कनेक्सनमा समस्या आएको भनेर राहदानी विभागबाट जानकारी आएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शङ्कर बोहराले बताए । यहाँको सर्भरको कनेक्सन केन्द्रको सर्भरसँग नभएकाले सेवा अवरुद्ध भएको हो… पुरा पढौ

आठ तोला सुनका गरगहना चोरी गर्ने दुई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सुनका गरगहना चोरी गर्ने दुईजनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका वडा नं १४ नैकापस्थित एक महिलाको घरबाट ८।५ तोला सुनका गरगहना चोरी गर्ने नुवाकोट तारकेश्वर नगरपालिका–९ घर भई चन्द्रागिरि –९ मच्छेगाउँ बस्ने २३ वर्षीय रविन्द्र रिमाल र चोरीका गहना किन्ने मच्छेगाउँकै २९ वर्षीय सुजन सुनारलाई बिहीबार पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले घरमा रङ लगाउने व्यक्तिबाट सुनका गहना चोरी भएको अनुसन्धानमा खुलेको जानकारी दिए… पुरा पढौ

नवलपुरमा यात्रु सहायता कक्ष स्थापना

आउँदै गरेको दशैँ तिहारलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय नवलपुरले जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । कावासोती , डण्डा बसपार्क, गैंडाकोट र दुम्किबास लगायत क्षेत्रमा ट्राफिक, जनपथ प्रहरी, नागरिकको सहकार्यमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको हो । दशैँ तिहारमा हुने यात्रुको चाप, यात्रुमाथि हुनसक्ने अभद्र व्यवहार, यात्रु ठगिने सम्भावनालगायतका कुरालाई मध्यनजर गर्दै यात्रु सहायता कक्षको स्थापना गरिएको प्रहरीले जनाएको छ । बिहान ६ बजेदेखि राति १० बजेसम्म निरन्तर यात्रु सहायता कक्षबाट सेवा प्रदान गरिने प्रहरी उपरीक्षक… पुरा पढौ

तनहुँको ४ नगरपालिकाका प्रमुख र उपप्रमुखसहितलाई जरीवाना

स्थानीय चुनावमा उम्मेदवारहरूले गरेको खर्च विवरण नबुझाएकाले निर्वाचन आयोगले तनहुँका ४ वटा पालिकाका ४ नगर प्रमुख र उप प्रमुखका उम्मेदवारलाई कारबाही गरेको छ । जरीवाना पर्नेमा तनहुँको शुक्लागण्डकी नरगपालिका नगर प्रमुख कृष्णराज पण्डित र उप प्रमुख खुम बहादुर वि.क., भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठी र उपप्रमुख उमा गोतामे, भिमाद नगरपालिका दधिराज सुवेदी र नगर उपप्रमुख शारदा खनाल छन् । व्यास नगरपालिकाका मेयर, उपमेयर भने समयमानै निर्वाचन खर्च बुझाएर जरीवानाबाट बचेका छन् । स्थानीय निकायको निर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवारहरूले परिणाम… पुरा पढौ

कास्की–२ मा लौरो अभियानबाट शिरिष गुरुङको उम्मेदवारी

कास्की–२ मा लौरो अभियानबाट शिरिष गुरुङले उम्मेदवारी घोषणा गरेकी छन् । कास्की २ बाट यसअघि नै स्वतन्त्र उम्मेदवारी घोषणा गरि सकेकी गुरुङ लौरो अभियानबाट उम्मेदवार बन्ने भएकी हुन् । काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा गुरुङलाई लौरो अभियानका तर्फबाट उम्मेदवार बनाउने घोषणा भएको हो । सामाजिक अभियानमा सक्रिय गुरुङले यसअघि जागौं पोखरा अभियानको नेतृत्व गर्दै ५१ दिने लामो शान्तिपूर्ण वार्ता समेत बसेकी थिइन् । शिक्षण पेशमा आबद्ध गुरुङले देशले परिवर्तन चाहेको बेला युवाहरु जुट्नुपर्ने साथै नीतिगत तहमा पुग्नुपर्ने भएकाले आफ्नो उम्मेदवारी… पुरा पढौ