समाचार

तनहुँमा डेङ्गु नियन्त्रण गर्न उच्च प्राथमिकता

डेङ्गु संक्रमण बढ्न थालेपछि तनहुँमा नियन्त्रण र रोकथामका लागि स्थानीय तहले उच्च प्राथमिकता दिएका छन्। डेङ्गुबाट संक्रमण हुनेको संख्या बढ्न थालेपछि यहाँका स्थानीय तह यसको नियन्त्रणका लागि जुटेका हुन्। सदरमुकामस्थित व्यास नगरपालिकाले डेङ्गु नियन्त्रणका लागि शनिबारदेखि ‘खोज र नष्ट गर’ अभियान सुरुआत गरेको छ। कोभिड–१९ को संक्रमणपछि अहिले पुनः डेङ्गुको जोखिम बढेकाले यसको नियन्त्रण गर्नुपर्ने स्थानीय सरकारको दायित्व रहेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । ‘कोभिड संक्रमण विस्तारै अन्त्य हुने क्रममा छ, फेरि डेङ्गुले दुःख दिन थाल्यो,’ उनले… पुरा पढौ

निर्वाचन आचारसंहिताबारे आयोगले आज दलहरूसँग छलफल गर्दै

निर्वाचन आयोगले आचारसंहिताबारे आज (आइतबार) राजनीतिक पार्टीसँग छलफल गर्दैछ। आयोगले छलफलका लागि पार्टीका पदाधिकारीहरूलाई आयोगमा बोलाएको छ। मंसीर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा भाग लिने दलहरूलाई आयोगले आचारसंहिताबारे छलफल गर्न बोलाएको हो। आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि दलहरूसँग छलफल गर्न लागेको छ। आयोगका एक आयुक्तका अनुसार छलफलका लागि प्रधानमन्त्री, गृहमन्त्रीलगायत १२ वटा राजनीतिक दलका पदाधिकारीलाई बोलाइएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा आयोग जाने वा नजाने जानकारी आइसकेको छैन। आयोगले केही दिनमा आचारसंहिता लागु गर्ने तयारी गरेको छ। त्यसअघि दलहरूबाट… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदः तयारी तीब्र

देशकै पर्यटकीय सुन्दर नगरी पोखरामा नवौं राष्ट्रिय खेलकुद हुँदैछ। काउन्ट डाउनको हिसावले राष्ट्रिय खेलकुद प्रतियोगिता हुन अब १९ दिन मात्रै बाँकी छन्। राष्ट्रको खेलकुद र खेलाडीका लागि राष्ट्रिय गौरवको रुपमा लिइने यो नवौं राष्ट्रिय खेलकुद यही असोजको २८ देखि कार्तिक ३ गतेसम्म पोखरामा हुँदैछ। ४० वर्षपछि पोखरामा फर्किएको राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तीब्र पारिएको छ।प्रतियोगितामा ७ प्रदेश, ३ विभागीय र १ एनआरएनए गरी ११ टिमले सहभागिता जनाउँदैछ। ३८ खेलमा प्रतियोगिता गरिदैंछ। जसमध्ये क्यानोइङ डेमोको लागि मात्रै यस पटकको राष्ट्रिय खेलकुदमा… पुरा पढौ

विश्व फर्मासिस्ट दिवस

आज सेप्टेम्बर २५ तारिक अर्थात विश्व फर्मासिस्ट दिवस्। हरेक वर्षको सेप्टेम्बर २५ तारिकका दिन यो दिवस मनाइन्छ। सन् १९१२ को सेप्टेम्बर २५ मा यस संस्थाको स्थापना भएको सम्झनामा हरेक वर्ष सेप्टेम्बर २५ मा यस दिवस मनाउने चलन छ। हरेक वर्ष सेप्टेम्बर २५ मा विश्व फार्मासिस्ट दिवस हरेक फार्मासिस्ट, औषधि वैज्ञानिक, र यस क्षेत्रको सबै हिस्साहरूको साझा दिवस हो। विश्वभर करिब ४ करोड मानिस फार्मेसी पेसामा संलग्न छन्। विश्व फार्मासिस्ट दिवस एक स्वागत कार्यक्रम मात्र नभइकन विश्वव्यापी स्वास्थ्य क्षेत्रमा सुधार गर्न… पुरा पढौ

सरकार र प्रा डा केसीबीच १० बुँदे सहमति, अनशन अन्त्य

काठमाण्डौं । सरकार र स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै आन्दोलरत प्रा डा गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ । आज साँझ सरकारद्वारा गठित वार्ता टोलीका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा गणेशप्रसाद पाण्डेय र प्रा डा केसीबीच १० बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । सहमतिअनुसार आजैदेखि नै प्रा डा केसीले अनशन अन्त्य गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कुरुवा कैलालीका सरिता चौधरीको हातबाट जुस पिएर अनशन तोडेका हुन् । सहमतिअनुसार स्वास्थ्य क्षेत्र सुधारका लागि… पुरा पढौ

बृहत्त लैङ्गिक तथा यौनिक अल्पसंख्यक सम्वन्धी तालिम शुरु

पोखरा । नेपाल परिवार नियोजन संघ कास्कीको आयोजनामा कास्कीमा बृहत्त यौनिकता शिक्षा र लैङ्गिक तथा यौनिक अल्पसंख्यक सम्वन्धी तालिम शुरु भएको छ । नेपाल परिवार नियोजन संघ केन्द्रीय कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजित तालिम कास्कीको लुम्लेमा तीन दिनसम्म चल्नेछ । युवा वर्गका लागि आवश्यक यौन तथा प्रजनन् स्वास्थ्य सम्वन्धी ज्ञान दिने तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक क्षेत्रमा वकालत गर्न सक्ने जनशक्ति तयार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो । तालिममा विभिन्न लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायसहित २८ जना युवाको… पुरा पढौ

पुम्दीभुम्दी बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा

पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पुम्दीकोटसंगै अब पुम्दीभुम्दीका अन्य पर्यटकीय स्थलहरुको प्रबद्र्धन हुने बताएका छन् । पोखरा २२ को पुम्दीभुम्दी बचत तथा ऋण सहकारी संस्थाको शनिबार सम्पन्न भएको चौथो बार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री बरालले पोखराको मुख्य बजार क्षेत्रमा पर्यटकहरुको आकर्षण घट्दो हुदा पुम्दीभुम्दी लगायतका घरगाँउमा जाने पर्यटकहरुको सङख्यामा बृद्धि हुने भएको बताएका हुन् । उनले भने, “अब पुम्दीकोटसंगै निगालेडाँडा,थाप्लेडाँडा,पन्चासे लगायतका क्षेत्रमा पर्यटकहरु जाने छन, आगन्तुक पाहुनालाई के कस्तो ब्राण्डको मायाको चिनो दीने… पुरा पढौ

माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’ प्रतियोगिता पोखरामा जारी

पोखरा । खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२ ¥याकिङ जुनियर क्यूरोगी तर्फको इभेण्टमा नेपालले २ स्वर्ण पदक हात पार्न सफल भएको छ । पोखरामा जारी ‘तेश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२ ¥याकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप–२०२२’ अन्र्तगत शनिबारको खेलमा नेपालले ६३ केजी मुनि र ६८ केजी मुनिको तौल समुहमा स्वर्ण पदक हात पार्न सफल भएको हो । ६३ केजी मुनि तौल समुहको खेलमा नेपालका रुपेश तामाङले स्वर्ण पदक प्राप्त गर्दा ६८ केजी मुनिको… पुरा पढौ

फुलकन्ट्याक्ट करातेको रेफ्री सेमिनार सम्पन्न

पोखरा । फुल कन्ट्याक्ट करातेका रेफ्रिहरुका लागि आयोजना गरिएको राष्ट्रिय सेमिनार सम्पन्न भएको छ । नेपाल फुलकन्ट्याक्ट कराते फेडरेसनको आयोजना भएको सोमिनाामा गण्डकी र लुम्बिनी प्रदेश सगै धादीङ ओखलढुङा लगायतका जिल्लाका गरि ३२ जना रेफ्रिहरुको सहभागीता रहेको थियो । खेलका अन्तराष्टिय रेफ्रिहरु विष्णुकान्त अर्याल, शालिग्राम कुँवर र विकास महजनले खेलका नयाँ नियम सगै भएका अन्य नियमहरुको रिभिजन सगै नयाँ रेफ्रिहरुलाई कसरी काम गर्ने भन्ने विषयमा प्रशिक्षण दिईएको थियो । शुक्रबार र शनिबार चलेको सेमिनारमा सहभागीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश… पुरा पढौ

युनाईटेड क्लवको अध्यक्षमा पुनः श्रेष्ठ

पोखरा । युनाईटेड क्लवको अध्यक्षमा राजु श्रेष्ठ निर्वाचित भएका छन । युनाइटेड क्लव पोखराको १३ औ साधारण सभा तथा छैठौ अधिवेशनले पुनः राजु श्रेष्ठको अध्यक्षतामा नयां कार्यसमिति चयन भएको छ । श्रेष्ठ दोश्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन । शनिवार सम्पन्न क्लवको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा लोक बहादुर थापा, प्रथम उपाध्यक्ष गणेश तिमिल्सिना, द्वितीय उपाध्यक्ष शान्ता बहादुर थापा, महासचिवमा दिनेश सुनार, कोषाध्यक्षमा सुर्य बहादुर बानिँया,सचिव पुर्णकला पोख्रेल र सह कोषाध्यक्षमा सीमा गुरुङ सर्वसम्मत चयन भएका छन । त्यसैगरी सदस्यहरुमा सन्तोष… पुरा पढौ