समाचार

पोखरामा प्रदेश स्तरीय खेलकुद पत्रकारिता तालिम सम्पन्न

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको संयोजनामा पोखरामा आयोजित दुईदिने प्रदेश स्तरीय खेलकुद पत्रकारिता तालिम बुधबार सम्पन्न भएको छ । तालिमको समापन गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बजेट अभाव हुन नदिने पुनः दोहो¥याए । लामो समयपछि गण्डकी प्रदेशमा आयोजना हुन लागेको प्रतियोगितालाई सफल पार्ने दायित्व सबै गण्डकी प्रदेशबासीको हुने उनको भनाई थियो । नेपाल खेलकुद पत्रकार मञ्चले प्रतियोगितालाई लक्षित गरेर पत्रकारिता तालिम आयोजना गरेकोमा उनले खुशी व्यक्त गरे । मञ्चले गर्ने विभिन्न… पुरा पढौ

‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’ प्रतियोगिताको तयारी पुरा

पोखरा । विहिबारबाट पोखरामा हुने ‘तेश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२ ¥याकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप–२०२२’ को सम्पूर्ण तयारी पुरा भएको छ । बुधबार आयोजकले एक प्रेस विज्ञप्ति प्रकाशित गरेर प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएका हुन् । प्रतियोगितामा सिनियर र जुनियर तर्फको १४ वर्षदेखि ६० वर्ष भन्दा माथी क्यारोगीतर्फ महिला पुरष गरी विभिन्न ८ वटा तौल समुहमा गरी कुल १६ वटा तौलमा तथा पुम्सेतर्फ समेत १४ देखि ६० वर्ष भन्दा माथी… पुरा पढौ

स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड – २०७९ पोखरामा आयोजना, चिकित्सक सहित १९ जना सम्मानित

पोखरा । स्वास्थ्य दर्पण हेल्थ अवार्ड—२०७९ बाट चिकित्सक सहित १९ जना सम्मानित भएका छन । स्वास्थ्य दर्पण मिडिया नेटवर्कको सातौं वार्षिकोत्सवको अवसरमा उनीहरु सम्मानित भएका हुन्। अवार्डबाट १० चिकित्सक, ३ स्वास्थ्यकर्मी, ३ स्वास्थ्य संस्था र २ पत्रकारलाई सम्मान गरिएको नेटवर्कका अध्यक्ष सन्दीपकुमार श्रेष्ठले जानकारी दिए । सम्मानित हुने चिकित्सकहरुमा डा.छविलाल थापा, डा.रामकुमार श्रेष्ठ,पोखराका डा.श्रीकृष्ण श्रेष्ठ,डा.बाल गोपाल कर्माचार्य र डा.शरदचन्द्र बराल रहेका छन । यस्तै अन्य सम्मानित चिकित्सकहरुमा डा.मोहम्मद नुराल होडा,डा.राजेन्द्र खनाल,डा.जगन्नाथ तिवारी, डा.दिपेश गुप्ता र डा.सन्तोष गुरुङ रहेका छन ।… पुरा पढौ

दिगो पर्वतीय समाधानका लागि मुस्ताङ घोषणापत्र जारी

जोमसोम । वन तथा वातावरण मन्त्रालयद्वारा मङ्गलबारदेखि मुस्ताङमा आयोजना गरिएको अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्ष, २०२२ मुस्ताङ पैरवी सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलनले आज दिगो पर्वतीय समाधानका लागि मुस्ताङ घोषणापत्र जारी गरेको छ । उक्त सम्मेलनले नेपाल सरकारबाट प्रदेश सरकार, स्थानीय सरकार, स्थानीय समुदाय तथा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय साझेदारसँगको समन्वयमा अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्ष, २०२२ को सन्दर्भमा २०७९ असोज ४ र ५ गने मुस्ताङमा आयोजित दिगो पर्वतीय समाधानका लागि मुस्ताङ पैरवी सम्मेलनले घोषणापत्र जारी गरेको छ ।… पुरा पढौ

राष्ट्रपतिसमक्ष आयोगको प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति भवनमा आज आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।रासस पुरा पढौ

संविधानको दायरा बाहिर जाने छुट कसैलाई छैन : उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकालाई संविधानको दायराभन्दा बाहिर जाने छुट छैन भनेका छन । उनले आज वक्तव्य जारी गर्दै संविधानको पालन र संरक्षणका लागि सबै पक्षमा आग्रह गरेका हुन । सार्वभौम संविधानसभाबाट नेपालको संविधान २०७२ जारी भएको अवसरमा यही असोज ३ गते संविधान दिवस हर्षोल्लासका साथ मनाइएको जनाउँदै उहाँले संविधान दिवसका अवसरमा सबैले संविधानको पालन र संरक्षण गर्ने भनी दोहो¥याएको प्रतिबद्धताको स्मरण पनि सो वक्तव्यमा गरेका छन ।रासस पुरा पढौ

कर्णालीमा जग्गा वर्गीकरणमा ढिलाइ

सुर्खेत । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत जेठ २३ मा भू–उपयोग नियमावली २०७९ राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याएको छ । सबै मातहतका कार्यालयमा सो सम्बन्धी पत्राचारसमेत जारी गरिसकेको छ । हरेक स्थानीय तहले जग्गालाई बसोबास, आवास, कृषि लगायतका १० क्षेत्रमा वर्गीकरण गर्नुपर्ने छ । तर कर्णालीका स्थानीय तहले त्यसको प्रक्रिया सुरु गर्न सकेका छैनन् । सुर्खेतको चौकुने गाउँपालिकाले भने जग्गा वर्गिकरण पक्रिया सुरु गरिए पनि विविध समस्याका कारण त्यो काम सुरु नभएको जानकारी दिएको छ । गाउँपालिका… पुरा पढौ

विद्यालय कर्मचारीको गुनासो

सिन्धुपाल्चोक । विद्यालयको रेखदेख, सरसफाइ, लेखा–प्रशासनिक, पुस्तकालय, बगैँचा हेरचाह र विद्यालयका दैनिक कार्य विद्यालय कर्मचारीबाटै सम्पन्न हुन्छन् । विद्यालयका लागि कर्मचारी महत्वपूर्ण पक्ष हो । लामो समयदेखि काम गर्दै आए पनि सरकारले उपेक्षा गरेको उनीहरुको गुनासो छ । आफूहरुको माग पूरा नभएकोप्रति गुनासो व्यक्त गर्नुहुन्छ विद्यालय कर्मचारी सुनिता पाख्रिन । सुत्केरी व्यथा लाग्दा पनि बिदा नपाएको मेलम्ची– ५ का कर्मचारी सानोकान्छी मिजारले दुःखेसो गरिन । सङ्घ र स्थानीय तहबीच प्रभावकारी समन्वय गरेर तत्काल विद्यालय कर्मचारीको सेवासुविधा वृद्धिको मागलाई सम्बोधन गर्नुपर्ने… पुरा पढौ

पाल्पामा डेँङ्गुका बिरामी बढ्दै

रामपुर । पाल्पामा डेँङ्गु रोगका बिरामी बढ्दै गएका छन् । जिल्लामा हालसम्म एक सय ५७ जना डेँङ्गु रोगका सङ्क्रमित फेला परेको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन अधिकृत मधुसुदन भट्टराईले बताए । उनका अनुसार डेँङ्गुको सङ्क्रमणले पाल्पामा एक जनाको मुत्यु भएको छ । सङ्क्रमित बिरामीको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तानसेन नगरपालिका, रैनादेवीछहरा गाउँपालिका, रिब्दिकोट गाउँपालिकामा सङ्क्रमित बढिरहेको पाइएको छ । सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा जिल्लाका सरकारी अस्पतालमा कीट अभाव छ । डेङ्गु नियन्त्रणका लागि जिल्लाका विभिन्न पालिकाले जनचेतनामूलक… पुरा पढौ

दक्षिणी पाकिस्तानमा डेङ्गुको प्रकोप बढ्दै २७ को मृत्यु

पाकिस्तानमा डेङ्गु ज्वरोको फैलावट लगातार बढिरहेको छ । यो महिना देशको दक्षिणी प्रान्त सिन्धमा हालसम्म डेङ्गु सङ्क्रमणको कारण २७ जना बिरामीको मृत्यु भएको प्रान्तीय स्वास्थ्य विभागले जनाएको छ । यस सङ्क्रमणको कारण मृत्यु भएका सबै सिन्ध प्रान्तको प्रान्तीय राजधानी अर्थात देशको सबैभन्दा ठूलो सहर कराचीमा भएको बताइएको छ । पछिल्लो २४ घण्टामा सिन्ध प्रान्तमा कुल तीन सय ५३ जना नयाँ सङ्क्रमित भएका विभागले मङ्गलबार साँझ जानकारी दिएको छ । सेप्टेम्बरमा बिरामीको सङ्ख्या तीन हजार ५ सय ९४ पुगेको छ ।… पुरा पढौ