समाचार

बेनी–जोमसोम सडक : जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम सडकखण्डमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएर सडक साँघुरो भएपछि यस्तो समस्या उत्पन्न भएको हो । सडकखण्ड अन्तर्गत अन्नपूर्ण गाउँपालिका– ३ रूप्से छहरा, काभ्रेभीर र बाँदरजुङगे भीरमा सडकको अवस्था अत्यन्त दयनीय र डरलाग्दो रहेको सो सडक हुँदै खाद्यान्न ढुवानीको व्यवसाय गर्दै आएका राज शर्माले बताए । यहाँ सामान्य वर्षा हुँदासाथ ढुंगा, माटो र लेदोसहितको पहिरो खस्नुका साथै बाटो बगाउने र हिलो… पुरा पढौ

मनाङको शैक्षिक अवस्था: शिक्षक छन्, विद्यार्थी छैनन्

हिमाली जिल्ला मनाङका अधिकांश विद्यालय बाल विकास कक्षाका भरमा मात्र अडिएका छन् । विद्यालय भएपनि विद्यार्थी न्यून छन् । अभिभावकले बालबालिकालाई अन्यत्र सार्ने गरेका कारण बाल विकास कक्षाबाहेकका विद्यार्थी न्यून भएका हुन् । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार जिल्लाका २८ मध्ये १४ विद्यालयमा बाल विकास कक्षा मात्रै सञ्चालनमा छन् । नासों गाउँपालिकामा आठ, मनाङ ङिस्याङ गाउँपालिकामा दुई, चामे गाउँपालिकामा दुई र नार्पाभूमि गाउँपालिकामा दुई विद्यालयमा बाल विकास कक्षामा मात्रै विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईले… पुरा पढौ

दिगो पर्वतीय समाधानका लागि मुस्ताङ घोषणापत्र जारी

वन तथा वातावरण मन्त्रालयद्वारा मङ्गलबारदेखि मुस्ताङमा आयोजना गरिएको अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्ष, २०२२ मुस्ताङ पैरवी सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलनले आज दिगो पर्वतीय समाधानका लागि मुस्ताङ घोषणापत्र जारी गरेको छ । उक्त सम्मेलनले नेपाल सरकारबाट प्रदेश सरकार, स्थानीय सरकार, स्थानीय समुदाय तथा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय साझेदारसँगको समन्वयमा अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्ष, २०२२ को सन्दर्भमा २०७९ असोज ४ र ५ गने मुस्ताङमा आयोजित दिगो पर्वतीय समाधानका लागि मुस्ताङ पैरवी सम्मेलनले घोषणापत्र जारी गरेको छ । उक्त सम्मेलनले… पुरा पढौ

नवलपुरलाई पोखरासँग जोड्ने सडक निर्माण सुस्त,तेस्रो पटक म्याद थपियो

नवलपुरलाई गण्डकी प्रदेश राजधानी पोखरासँग जोड्ने सडक निर्माणले गति लिन सकेको छैन । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित फलफूल चोक–बोझापोखरी–हुँदै कोखेटारसम्म निर्माण गर्ने भनिएको सडक निर्माणका लागि तेस्रो पटक म्याद थप गरिएको छ । विसं २०७४ जेठ ३१ गते ठेक्का सम्झौता भएको कावासोती–कोखेटार सडक निर्माणको काम विसं २०७७ जेठ मसान्तसम्ममा सक्नुपर्ने थियो । तर, त्यसयता तेस्रो पटक म्याद थप गरिएको छ । पछिल्लो पटक आउँदो चैत मसान्तसम्म म्याद थप गरिएको सडक डिभिजन कार्यालय भरतपुरका इञ्जिनीयर राजेन्द्र महर्जनले बताए । थपिएको… पुरा पढौ

तनहुँको भानु नगरपालिका प्रविधिमैत्री बन्दै

तनहुँको भानु नगरपालिका प्रविधिमैत्री बन्दै गएको छ । नगरवासीलाई सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यले नगरपालिकाको सेवा प्रवाह प्रविधिमैत्री बनाउन थालिएको हो । नागरिकलाई सेवा, अवसर र पहुँचमा लैजान दुई वर्षे परियोजनाको अवधारणासहित सहज सेवा उपलब्ध गराउन प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिएका छन् । नगर कार्यपालिकाको बैठकबाट स्वीकृत गरी प्रविधिको प्रयोग गरी सेवा प्रवाह गर्ने परियोजना कार्यान्वयनमा जुटेको उनले बताए । नागरिक र स्थानीय सरकारको सम्बन्धलाई प्रगाढ बनाउँदै विद्युतीय प्रणालीको प्रयोगले ‘डिजिटलाइजेसन’ गरी कार्यालयको सेवा प्रवाहलाई… पुरा पढौ

बेगनास–रुपाको पानीलाई पम्प स्टोरेज गरेर विद्युत उत्पादन गर्दै

पोखरामा नेपालकै पहिलो पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण गर्ने प्रक्रियालाई अगाडी बढाउँदैछ । नेपाल विद्युत् प्राधिकरणले कास्कीको पोखरा महानगरपालिमा ३१ मा पर्ने बेगनास र रुपा तालमा नेपालकै पहिलो पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण गर्नेबारे सरोकारवालासँग छलफल गरेको हो । पोखराको बेगनास तालबाट पम्प स्टोरेज आयोजनामा प्रयोग भएको पानी रुपा तालमा जाने र पुनः बिजुलीकै सहयताले बेगनास तालमा नै जाने आयोजना छ । पोखरा, लेखनाथको सुन्दरडाँडास्थित बेगनासको पानी रुपा तालमा खसालेर करिब १५० मेगावाट विद्युत् उत्पादन गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको… पुरा पढौ

पर्यटन व्यवस्थापन समिति घान्द्रुकमा बन्यो नयाँ समिति

कास्कीको अन्नपूर्ण गाउँपालिका घान्द्रुकस्थित पर्यटन व्यवस्थापन समिति नयाँ नेतृत्वको चयन गरिएको छ । अन्नपूर्ण गाउँपालिका १०/११ घान्द्रुकमा हालै भएको प्रथम अधिवेशनले समितिको नयाँ नेतृत्वमा विक्रम गुरुङ चुनिएका छन् ।गुरुङको अध्यक्षतामा १५ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा थमबहादुर विश्वकर्मा, सचिवमा माया पुन थापा, सह–सचिवमा अर्जुन क्षत्री र कोषाध्यक्षमा कृष्णप्रसाद गुरुङ छन् । सदस्यहरुमा रामकुमारी दर्जी, मनोज गुुरुङ, रोविन गुरुङ, जयप्रसाद गुरुङ, धनबहादुर क्षत्री, कृष्णबहादुर गुरुङ, ईश्वर गुरुङ, विनोद सुनार, कोमलबहादुर गुरुङ र अक्षा रसाइली छन् । १५… पुरा पढौ

पोखराका १३ मासु व्यवसायीलाई जरिवाना

पोखरा महानगरपालिकाले पोखराका विभिन्न मासु पसल अनुगमन गरेको छ । पोखरा महानगरले दसैं, तिहारलाई लक्षित गरी अनुमगन सुरु गरेको हो । नयाँ जनप्रतिनिधि आएपछि पहिलो पटक महानगरले पहिलो पटक मासु पसलबाट अनुगमन सुरुआत गरेको हो । पोखराको रामबजार, जिरो किमी, बगर, ट्याक्सीचोक र अमरसिंहचोक क्षेत्रका मासु पसलमा अनुगमन भएको हो । समितिले दर्ता, मूल्यसूची र सरसफाई र मापदण्डको अनुगमन गरेको थियो । सो क्रममा २५ मासु व्यवसायीलाई कारबाहीको दायरामा ल्याएको महानगर पशुसेवा कार्यालय पोखराका प्रमुख नवराज अधिकारीले जानकारी दिएका छन्… पुरा पढौ

१४ असोजमा गण्डकी प्रदेशसभा सांसदको बिदाई

असोजको १४ गते गण्डकी प्रदेशसभा सांसदहरुलाई विदा गरिदैंछ । उक्त दिन सांसदहरुलाई बिदाइ गर्ने तयारी भएको हो । कार्यव्यवस्था परामर्श समितिको बैठकले असोज १४ गते शुभकामना आदान–प्रदान गरेर निवर्तमान सांसदलाई बोलाउने र भेटघाट र कदर पत्र प्रदान गर्ने कार्यक्रम छ । ‘माननीयहरूको कार्यकाल ५ वर्षको हो । संविधानमा बिदाई भन्ने शब्द छैन । हामीले कदरपत्र दिनेछौँ,’ प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले भनका छन् । ५ वर्षमा सांसदको भुमिकाको विषयमा सचिवालयले कदरपत्र दिने तयारी गरेको छ । नेपाल संघीयतामा गएपछि पहिलो… पुरा पढौ

नवौँ राष्ट्रिय खेलकुद : प्रदेश सरकारद्वारा पाँच करोड ८६ लाख बजेट निकासा

पोखरा । आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकारले रु पाँच करोड ८६ लाख निकासा गरेको छ । प्रदेश सरकारले प्रतियोगिताको तयारीअन्तर्गत खेलाडी छनोट र बन्द प्रशिक्षण सञ्चालन गर्न हालसम्म सो रकम उपलब्ध गराएको हो । राष्ट्रिय खेलकुदका लागि प्रदेशको तयारीमा रहेको सरकारले पछिल्लो पटक रु एक करोड ४० लाख थप बजेट उपलव्ध गराएको प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बताए। राष्ट्रिय खेलकुद परिषद्को आयोजना र खेलकुद पत्रकार मञ्च गण्डकीका संयोजनमा पोखरामा सञ्चालन भएको दुई दिनको खेल पत्रकारिता तालिमको समापन… पुरा पढौ