समाचार

गण्डकी प्रदेशको समानुपातिक मतपत्र छाप्न थाल्यो

निर्वाचन आयोगले आजदेखि गण्डकी प्रदेशसभा सदस्यको समानुपातिकतर्फको मतपत्र छाप्न थालेको छ । चारवटा प्रदेशको प्रदेशसभा सदस्य समानुपातिकतर्फको मतपत्र छाप्न सुरु गरिएको आयोगले जनाएको हो। गण्डकी प्रदेशलगायत प्रदेश १, मधेश, बागमती प्रदेशसभाको समानुपातिकतर्फका मतपत्र छाप्न थालेको हो । चारवटा प्रदेशका लागि करिब एक करोड ३१ लाख मतपत्र छाप्ने आयोगको भनाई छ । आयोगका अनुसार प्रतिनिधि र प्रदेशसभाको समानुपातिकतर्फ करिब २० लाख नमुना मतपत्र छापिँदै छन् । आयोगले भदौ २१ गतेदेखि नमुना मतपत्र छाप्न सुरु गरेको हो । पुरा पढौ

पर्वतमा दूध उत्पादन बढ्यो

व्यावसायिक रूपमा गाईभैंसी पाल्ने कृषक बढेसँगै पर्वतमा दूध उत्पादनमा वृद्धि भएको छ । जिल्लामा पछिल्लो दशकमा व्यावसायिक पशुपालनमा लाग्ने किसान उल्लेख्य संख्यामा बढेका छन् । लामो समय वैदेशिक रोजगारीमा गएर फर्किएका युवाहरू व्यावसायिक पशुपालनमा लागेका छन् । ग्रामीण भेगसम्म सडकको सहज पहुँच, यातायातको सर्वसुलभता, उचित मूल्य, स्थानीय तहको उत्पादनमा आधारित अनुदान, घाँसपरालको उपलब्धता लगायतले किसानलाई व्यावसायिक पशुपालनमा सहज बनाएको छ । त्यही कारण व्यावसायिक पशुपालनमा युवाको आकर्षण बढिरहेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कुश्माका अनुसार हाल… पुरा पढौ

तनहुँको व्यास नगरपालिकाले दिने भयो सडक बत्ती र लिफ्टिङ खानेपानी महसुलमा ५० प्रतिशत अनुदान

व्यास नगरपालिकाले सडक बत्ती र लिफ्टिङ खानेपानी महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ। व्यास नगरपालिकाअन्तर्गत टोल विकास संस्थाबाट सञ्चालित लिफ्टिङ खानेपानी र सडक बत्तीको विद्युत् महसुलमा अनुदान दिने निर्णय गरेको हो। नगरपालिकाले सम्बन्धित टोल विकास संस्थालाई अनुदान निर्णय गरेको व्यासका सूचना प्रविधिक अधिकृत विशाल पण्डितले जानकारी दिए। पत्रकार महासंघ तनहुँको सिफारिसका आधारमा यसअघि गरिएको पत्रकार स्वास्थ्य बीमालाई निरन्तरता दिने निर्णय पनि गरेको छ। नगरपालिकाले गत वर्ष प्रतिव्यक्ति रु दश लाख बराबरको बीमा गरिदिएको थियो। नगरपालिकाको मुख्य बजार क्षेत्र वडा… पुरा पढौ

व्यवस्था परिवर्तन माओवादीको, रजाँई अरुको: शिक्षामन्त्री पौडेल

शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देबेन्द्र पौडेलले माओवादीले ल्याएको प्रणालीमा अरूले रजाँई गरेको बताएका छन्। उनले भने, ‘माओवादीले ल्याएको एजेण्डालाई अन्य पार्टी संस्थागत गर्न नसक्दा समस्या आएको हो।’ प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको बैठकमा सम्वोधन गर्दै नेकपा माओवादी केन्द्रका सचिवसमेत रहेका मन्त्री पौडेलले यस्तो बताएका हुन्। माओवादीले ल्याएको एजेन्डालाई संस्थागत गर्नको लागि माओवादी निकट पत्रकारले आक्रामक ढंगले प्रचार मोर्चामा लाग्न निर्देशन समेत दिए। उनले माओवादी कमजोर बन्दा परिवर्तनका एजेन्डाहरू उल्टिन सक्ने खतरा रहेकाले माओवादी उमेदवारले आगामी चुनावमा जित्नुपर्ने बताए।… पुरा पढौ

एकीकृत समाजवादी कास्की अध्यक्षमा हमाल

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) कास्की अध्यक्षमा खड्ग हमाल चयन भएका छन् । जिल्ला कमिटीको शनिबारको बैठकबाट हमाललाई अध्यक्ष चयन गरिएकोसचिव होम नेपालीले जानकारी दिएका छन्। हमाल यसअघि जिल्ला कमिटी उपाध्यक्ष थिए। कार्यकारी राष्ट्रिय पद भएकाले पार्टीको प्रमुख पद नपाइने पार्टीको विधान अनुसार अध्यक्ष परिवर्तन गरिएको हो। जिल्ला कमिटी अध्यक्ष धनराज आचार्य गत स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिका मेयरमा निर्वाचित भएपछि हमाललाई अध्यषमा उपसचिव पूर्ण लामालाई उपाध्यक्षमा चयन गरिएको हो। पुरा पढौ

समाजवादी ट्रेड युनियन महासंघ गण्डकी प्रदेश इन्चार्जमा पौडेल

जनता समाजवादी पार्टी निकट समाजवादी ट्रेड युनियन महासंघ गण्डकी प्रदेश समितिको इन्चार्जमा झलक पौडेल चयन भएका छन्। महासंघको शनिबार पोखरामा भएको प्रथम भेलाबाट इन्जार्जमा झलक पौडेल चयन भएका हुन्। भेलाले इन्चार्ज पौडेलसहित २३ सदस्यीय प्रदेश समिति गठन गरेको हो। जसको अध्यक्षमा भिमबहादुर मगराती चयन र विराट पौडेल, हिरा मल्ल, श्याम पोखरेल, शिला परियार र मिठु परियार छन्। समितिको सचिवमा रामजुलुङ शर्मा र सह–सचिवमा विरोध पौडेल छन्। कोषाध्यक्षमा हनु कुँवर र सह–कोषाध्यक्ष शर्मिला मगराती चयन छन्। सदस्यहरुमा कुमार श्रेष्ठ, कुमार गुरुङ,… पुरा पढौ

अर्काको नाममा ट्रायल परीक्षा दिने २ जना पक्राउ

कास्कीमा ट्रायल परीक्षा दिने २ जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कस्कीले सवारी साधन अनुमति पत्रको परीक्षा दिने र दिन लगाउनेलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा मकवानपुर घर भइ पोखरा–८ सभागृहचोक बस्ने वर्ष २६ की निर्मला विश्वकर्मा र तनहुँ भानु नगरपालिका ४ घर भई पोखरा–१७ घारीपाटन बस्ने वर्ष ३५ की निरा रानाभाट पक्राउ हुन्। यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र कास्कीबाट भदौ २२ गते सञ्चालन गरिएको वर्ग के स्कुटरको ट्रायल दिने क्रममा निर्मला पक्राउ परेकी… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघमा आजदेखि मत गणना

पोखरा उद्योग वाणिज्य संघको मत गणना आज (आइतबार) देखि हुने भएको छ। विहाान ८ बजेदेखि संघको सभाहलमा मत गणना हुने बताइएको छ। शनिबार भएको मतदानमा ८१ प्रतिशत मत खसेको निर्वाचन संयोजक एवं संघका पूर्व अध्यक्ष दीपक श्रेष्ठले बताएका छन्। कूल ३ हजार १ ४३ मतदाता रहेको संघको मतदान शनिबार विहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म चलेको थियो। संघको नयाँ नेतृत्वका लागि पवन प्रजापति र अर्जुन पोखरेलको प्यानल चुनावी प्रतिष्पर्धामा छन्। प्यानलबाहेक स्वतन्त्र उम्मेदवारहरू पनि चुनावी प्रतिस्पर्धामा छन्। स्वतन्त्र उम्मेदवारी दिनेमा… पुरा पढौ

स्रष्टा समाजको सिर्जना वाचन कार्यक्रम सम्पन्न

पोखरा । स्रष्टा समाजको पुम्दी भुम्दी पोखरा २२ को नियमित सिर्जना वाचन कार्यक्रमको तेस्रो श्रृङखला सनिबार सम्पन्न भएको छ। कार्यक्रममा कविहरु बुद्दी सागर बराल ,नन्दप्रसाद बराल,नन्दलाल बराल ,नवराज बराल “निशान्त, गुरु प्रसाद बराल , प्रकाश बराल,टंक प्रसाद बराल , राजेश पौडेल, महेन्द्र बराल विपश्वी लगायतले आ-आफ्नो रचना बाचन गरेका थिए । कार्यक्रममा विभिन्न गायक तथा कलाकारहरुले गीत तथा हास्यव्यंग्य प्रस्तुत गरेका थिए। कार्यक्रममा निवृत्त शिक्षक टंकराज पौडेल, नारायण बराल,डिल्लीराम बराल लगाएतका समाजिक ब्यक्तित्वहरुको समेत उपस्थिती रहेको थियो । बुद्दी सागर… पुरा पढौ

क्लबस्तरीय भलिबलमा एपिएफ उपाधि नजिक, आइतबार फाइनल खेल हुने

पोखरा । सशत्र प्रहरी बल (४ नम्बर बाहिनी) मालेपाटनको टोली पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा पोखरा महानगरपालिका ३ नदीपुरमा जारी क्लबस्तरीय पुरुष भलिबलको फाइनलमा प्रवेश गरेको छ । छन्त्याल समाजको खेल मैदानमा आज (शनिबार) भएको सेमिफाइन खेलमा जिएम समाज कावासोतीलाई २५–२३, १९–२५, २५–२३, २३–२५ र १७–१५ को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । अब एपिएफले उपाधिका लागि मामा भान्जा क्लब र गलकोट क्लबबीचको विजेता टोलीसँग आइतबार प्रतिस्पर्धा गर्ने क्लबका सचिव नवीन छन्त्यालले बताए । उनका अनुसार बाँकी… पुरा पढौ