समाचार

जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी प्रदेशसभा र सङ्घीय संसद्को निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस भएको छ । बैठकमा सांसद विन्दा पाण्डेले संविधान कार्यान्वयनमा आएको ६ वर्ष बितिसक्दा पनि उल्लेखनीय सहभागिता नभएको भन्दै आगामी प्रदेश र सङ्घीय निर्वाचनमा महिलाको समानुपातिक सहभागिताअन्तर्गत प्रत्यक्षतर्फ ५० प्रतिशत उम्मेदवारी सुनिश्चित गराउन कानुन न्याय तथा संसदीय मामिलामन्त्रीको ध्यानाकर्षण गराए । उक्त ध्यानाकर्षण प्रस्तावको जवाफ दिँदै कानुनमन्त्री गोविन्द शर्मा कोइरालाले संविधानले व्यवस्था गरेको महिला सहभागिताको सुनिश्चितताका लागि कानुनी अड्चन हटाउन… पुरा पढौ

प्रधानमन्त्री देउवा र नेता खनालबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा एकीकृत समाजवादी सम्मानित नेता झलनाथ खनाल नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरी नेपालको चियालाई भारतले थप ४० प्रतिशत कर लगाएको विषयमा ध्यानाकर्षण गराएको छ । पूर्व प्रधानमन्त्री खनाल नेतृत्वको प्रतिनिधिमण्डलले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज प्रधानमन्त्री देउवासँग भेट गरेको हो । सो अवसरमा स्वदेशी चिया व्यवसायीको समस्याका विषयमा भएको छलफलपछि प्रधानमन्त्री देउवाले समस्या समाधानका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका पूर्व प्रधानमन्त्री खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । उक्त भेटमा प्रधानमन्त्री देउवा र नेता… पुरा पढौ

सगरमाथा आरोहण गरेका चिनियाँ नागरिकलाई सम्मान

काठमाडौँ । नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६७औँ वर्षगाँठ मनाउने क्रममा नेपाली राजदूतावास, बेइजिङले आइतबार दूतावास परिसरमा एक कार्यक्रमको आयोजना गरी सगरमाथा आरोहण गरेका चिनियाँ नागरिकहरुलाई सम्मान गरेको छ । आर्थिक कूटनीतिसम्बन्धी कार्यक्रमअन्तर्गत नेपालको पर्वतारोहण प्रवद्र्धनसम्बन्धी ‘माउन्टेनियरिङ एन्ड ट्रेकिङ इन नेपाल’ विषयक कार्यक्रममा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । उनले नेपाल र चीनबीच रहिआएको सौहाद्र्रपूर्ण द्विपक्षीय सम्बन्धका बारेमा चर्चा गर्दै दुई मुलुक बीचको उच्चस्तरीय भ्रमणहरु तथा जनस्तरमा हुने आदानप्रदानले द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुने… पुरा पढौ

गाडी तोडफोडले फोहर व्यवस्थापनमा समस्या

काठमाडौँ । गएराति काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनका लागि प्रयोग गरिने गाडीमाथि तोडफड भएको छ । बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनमा परिचालन हुने काठमाडौँ महानगरपालिकाका दुई वटा डोजर र एउटा एस्काभेटर तथा काठमाडौँबाट फोहर बोकेर गएका गाडीमाथि आलेटारनजिक पार्किङ गरेर राखिएको अवस्थामा तोडफोड भएको बताइएको छ । गाडी तोडफड भएसँगै आज काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन काम प्रभावित भएको छ । घटनाको बारेमा जानकारी लिनका लागि स्थानीय र प्रहरीबाट अहिले मुचुल्का उठाउने काम भइरहेको छ भने जिल्ला प्रहरी कार्यालय नुवाकोट र… पुरा पढौ

लागूऔषधसहित पाँचजना पक्राउ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिकाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरिएको जानकारी दिएको छ । प्रहरीले हेटौँडा उपमहानगरपालिका – १६ हटियाबाट पाँच किलो चार सय ग्राम लागूऔषध खैरो हेरोइनसहित ३९ वर्षीय सुवास लामिछाने र हेटौँडा–७ बस्ने २८ वर्षीय विकेश गौतमलाई पक्राउ गरेको हो । त्यस्तै, हेटौँडा उपमहानगरपालिका–१२ नयाँ पुलस्थित भित्री बाटोबाट विभिन्न प्रकारको लागूऔषधसहित दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा सोही वडामा बस्ने २७ वर्षीय रमेश विश्वकर्मा र २७ वर्षीय सजन विश्वकर्मा रहेका छन… पुरा पढौ

विचार नमिल्ने दलसँग गठबन्धन हुदैनः नेम्बाङ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वर्तमान सरकारले नागरिकका समस्यामा ध्यान दिन नसकेको आरोप लगाएका छन । पाँचथरको फिदिममा आज प्रेस चौतारी पाँचथरले गरेको पत्रकार सम्मेलनमा उनले सो आरोप लगाएका हुन । यस्तै उनले आगामी मङ्सिर ४ गते प्रदेश र सङ्घीय निर्वाचनमा विचार नमिल्ने दल वा समूहसँग एमालेले गठबन्धन या तालमेल नगर्ने पनि बताए । एमालेले राप्रपा वा अन्य साना दलसँग मिलेर सत्तारूढ गठबन्धनसँग चुनाव लड्ने चर्चा चलेको भए पनि त्यसका लागि गृहकार्य र वार्ता… पुरा पढौ

बाधाअड्काउ फुकाउ आदेश पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनबमोजिम बाधाअड्काउ फुकाउ आदेश पेस भएको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गाविन्द शर्मा कोइरालाले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको उक्त आदेश सदनसमक्ष पेस गरे । दुवै आयोगको २०७९ असार मसान्तसम्मको अवधि रहेकामा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नका लागि असोज मसान्तसम्म समयावधि थप गर्ने मन्त्रिपरिषद्को असार ३१ को निर्णयअनुरुप… पुरा पढौ

संसदीय समितिमा हेरफेर

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतका विभिन्न समितिमा सांसद सदस्यहरुको नाम हेरफेर गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिभिसभा नियमावली २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिमा सदस्यहरुको नाम हेरफेर गरेका हुन । उक्त प्रस्तावित हेरफेरमा बैठकले सहमति जनाएको थियो । हेरफेर गरिएका समितिमा क्रमशः सांसद रामकुमारी झाँक्री अर्थसमिति, कृष्णकुमार श्रेष्ठ राज्य व्यवस्था तथा सुशासन समिति, विरोध खतिवडा सार्वजनिक लेखा समिति, धनबहादुर बुढा शिक्षा तथा स्वास्थ्य समिति रहेका छन ।रासस पुरा पढौ

चिन्ते सामुदायिक वन धार्मिक पर्यटन क्षेत्र

रामपुर । चिन्ते सामुदायिक वन रामपुर नगरपालिका– १ स्थित छाङ्दी झरनामा रहेको चमेरे गुफामा शिवको मूिर्त भित्र्याइएको छ ।पर्यटकीय क्षेत्रको रुपमा विकास हँुदै गरेको यस वनलाई धार्मिक पर्यटन क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले भगवान् शिवको मूर्ति भित्र्याइएको हो । शिवलिङ्ग, शङ्ख, पर्वत तथा भगवान्का आकृति रहेको गुफाभित्र मूर्ति भित्र्याई प्राणप्रतिष्ठा गरिएको छ । चिन्ते सामुदायिक वनका पूर्व अध्यक्ष सीताकुमारी सिंह र सदस्य विष्णुदेवी सिग्देलले मूर्ति सहयोग गरेका हुन । पर्यापर्यटनको लागि सौन्दर्यीकरणसँगै यहाँको छाङ्दी झरना अहिले आन्तरिक पर्यटकको रोजाइँमा परेको… पुरा पढौ

पत्रकारिताको उत्कृष्ट विधा फोटो ः मन्त्री श्रेष्ठ

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठेले पत्रकारिताको उत्कृष्ट विधा फोटो रहेको बताएका छन । विष्णु नाति फोटो पत्रकारिता पुरस्कार गुठीले आज यहाँ आयोजना गरेको फोटो पत्रकारिता पुरस्कार वितरण समारोहमा मन्त्री श्रेष्ठले फोटोको माध्ययमबाट समाजको यथार्थतालाई प्रष्ट पार्न सकिने भएकाले यो सूचना प्रवाहको उत्कृष्ट बिधा रहेको बताएका हुन । फोटो पत्रकारिताको माध्यमबाट कला संस्कृतिको संरक्षण गर्न र त्यससम्बन्धी जानकारी दिन पनि ठूलो योगदान रहने मन्त्री श्रेष्ठले भने । यस वर्षको विष्णु नाति फोटो पत्रकारिता पुरस्कार गोरखापत्रका फोटो पत्रकार… पुरा पढौ