समाचार

जनता आवास कार्यक्रमबाट घर निर्माण

तनहुँ । जनता आवास कार्यक्रमअन्तर्गत तनहुँमा दुई सय ८६ घर निर्माण गरिएको छ । आर्थिक दुरावस्थाका कारण घर बनाउनसक्ने हैसियत नभएका व्यक्तिको घर निर्माण गरिएको हो । जिल्लाका १० वटै पालिकामा उक्त कार्यक्रमअन्तर्गत घर निर्माण गरिएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी एवं इञ्जिनीयर धनमाया मिश्रले जानकारी दिईन । आर्थिक वर्ष २०७५÷७६ मा सङ्घ सरकारमार्फत जनता आवास कार्यक्रम हस्तान्तरण भएपछि उक्त कार्यालयले घर निर्माण थालेको उनले बताए । निर्माण गरिएका घरमध्ये दोस्रो किस्तामा चार, तेस्रो किस्तामा ५२ र अन्तिम किस्ता लैजान… पुरा पढौ

वैदशिक रोजगारी सम्बन्धविच्छेदको कारक बन्दै

बलेवा । जिल्ला अदालत बागलुङमा गत आर्थिक वर्ष चारसय ९५ मुद्दा दर्ता भए । ती मुद्दामा दुई सय ३२ सम्बन्धविच्छेदका थिए । अघिल्लो वर्ष सरेर आएका तीनसय ३१ मुद्दामा पनि ४० प्रतिशत सम्बन्धविच्छेदकै मुद्दा रहेको स्रेस्तेदार सूर्यप्रसाद भण्डारीले बताए । अघिल्लो वर्ष कोरोनाका कारण थोरै मुद्दा अदालतमा दर्ता भएका थिए । गत आर्थिक वर्ष जस्तै हरेक वर्षजसो दर्ता हुने पाँचसय हाराहारी मुद्दामा ४० देखि ५० प्रतिशत सम्बन्धविच्छेदका देखिएका छन् । सम्बन्धविच्छेदलाई मात्रै हेर्दा झण्डै २० प्रतिशत पुरुषले पनि मुद्दा दिने… पुरा पढौ

उपाध्यक्ष पोखरेलद्वारा पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवारी घोषणा

पोखरा, साउन २२ पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा अर्जुन पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् । पोखरेलले आईतबार पोखरामा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका हुन् । नीजि क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशन आगामी भदौ २५ र २६ गते पोखरामा हुँदैछ । अध्यक्षमा बरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापतीले पनि दाबी गर्दै आएका छन् । यद्यपी उनले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरिसकेका छैनन् । अध्यक्षमा उम्मेदवारी घोषणा गरेका पोखरेल वर्तमान उद्योगतर्फका उपाध्यक्ष हुन् भने यसअघि उनी सदस्य, उपमहासचिव… पुरा पढौ

नौ मतदानस्थल स्थानान्तरण

चितवन । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि जिल्लामा एउटा मतदानस्थल थपिएको छ, भने नौ वटालाई स्थानान्तरण गरिएको छ । मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिको बैठकले माडी नगरपालिका–२ स्थित जीवनपुर राष्ट्रिय आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रलाई विभाजन गरी देवीस्थानमा थप गरिएको हो । जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार त्यस केन्द्रमा मतदान गर्नका लागि मतदाता तीन घण्टासम्म हिँडेर आउनुपर्ने भएकाले केन्द्र विभाजन गरी थप गर्ने निर्णय गरिएको हो । उनका अनुसार दुई… पुरा पढौ

बेतन कर्णाली आयोजनाबाट ३८४ परिवार प्रभावित हुने

कर्णाली । निर्माणको तयारीमा रहेको बेतन कर्णाली जलविद्युत् आयोजना ९४३९ मेगावाट०बाट सुर्खेत र अछामका तीन सय ८४ परिवार प्रभावित हुने भएका छन् । प्रवद्र्धन बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडका अनुसार तीन सय ३१ परिवारले घरजग्गा दुवै गुमाउने र ५३ परिवारले घर मात्र गुमाउने छन् । आयोजनाबाट अछामका ढकारी र तुर्माखाँद गाउँपालिका तथा सुर्खेतका चौकुन गाउँपालिका र पञ्चपुरी नगरपालिका प्रभावित हुनेछन् । तीन सय ३१ परिवारको ७० हेक्टर जग्गा अधिग्रहण गर्ने तयारी गरिएको आयोजनाका प्रबन्धक उपेन्द्र न्यौपानेले जानकारी दिए ।… पुरा पढौ

आलेख सेवा : हराउँदैछ नुनसँग जोडिएको हिमाली कथा

पोखरा। पहिलेपहिले नेपालका सबै पहाडी र हिमाली भेगका बासिन्दा नुन किन्न भोट या नेपालपट्टिका तिब्बती बजारसम्म पुग्थे । तामाकोसी, अरुण, त्रिशूली, भोटेकोसी, मस्र्याङ्दी, कालीगण्डकी र कर्णालीका उपल्लोतटीय किनार नुन व्यापारका मुख्य मार्ग नै थियो । वर्षा रोकिएपछि ती भेगका बासिन्दा भदौरे महिनामा तिब्बत गएर नुन र अरू सामग्री भेडा, च्याङ्ग्रा या घोडालाई बोकाएर ल्याउने, महिनौँ लगाएर हिउँदमा त्यो सामान बिक्री गर्न तराई र भारतीय सीमासम्म पुग्ने गर्दथे । गर्मी लाग्दै गर्दा तराईको अन्नपात बोकाएर पहाड, हिमाल फर्कने हिमालय सीमापार व्यापार… पुरा पढौ

सदनमा विभिन्न प्रतिवेदन पेश

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘पशु स्वास्थ्य तथा पशुसेवा परिषद् विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७९’ पेश गरेका छन । प्रतिवेदन पेश गर्दै सभापति सुवेदीले उक्त विधेकमाथि नौ समूहका १३ जना सांसदले प्रस्तावनासहित २४ दफामा ३९ संशोधन प्रस्ताव राखेका सुवेदीले जानकारी दिए । समितिका नौवटा बैठकमा छलफल गरी सर्वसम्मतरुपमा उक्त प्रतिवेदन तयार पारी सदनमा पेश गरिएको पनि उनले जानकारी दिए । उक्त विधेयकमाथि कार्यदल गठन गरीसमेत छलफल भएको थियो । यस्तै सदनमा प्रधानमन्त्री… पुरा पढौ

गोसाइँकुण्डमा अस्थायी स्वास्थ्य शिविर

काठमाडौँ । जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा लाग्ने धार्मिक मेला भर्न जाने तीर्थयात्रीमा स्वास्थ्य समस्या आउन नदिन हिमालयन उद्धार सङ्घ नेपालले यस वर्ष पनि गोसाइँकुण्डमा अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । सङ्घले आज जारी गरेको विज्ञप्तिमा काठमाडौँबाट अस्ति साउन २० गते नै सात जनाको चिकित्सक एवं स्वास्थ्य सहायकको एक टोली त्यसतर्फ प्रस्थान गरेको उल्लेख छ । स्वास्थ्य शिविर साउन २३ गतेदेखि २७ गतेसम्म सञ्चालन रहने जनाइएको छ । झण्डै चार हजार तीनसय ८० मिटरको उचाइमा रहेको यस तीर्थस्थलमा जाने तीर्थालुलाई… पुरा पढौ

प्रतिनिधिसभा विशेष समयः ‘नाफा हुँदा निगमको, घाटाको भार उपभोक्तामा’

काठमाडौँ । भारतबाट दुई–दुई पटक इन्धनको मूल्य घटेर आयो तर नेपाल आयल निगमले सार्वजनिक सूचना नै जारी गरी घाटा रहेको जनाउँदै उपभोक्ताका लागि मूल्य नघटाएको जनायो । प्रतिनिधिसभाका सांसदले त्यस विषयमा गम्भीर ध्यानाकर्षण गराएका छन । प्रतिनिधिसभाको आजको बैठकमा सांसद प्रदीपकुमार ज्ञवालीले तत्काल इन्धनको मूल्य घटाउन माग गरेका हुन । सदनको विशेष समयमा सांसद ज्ञवालीले मूल्य ३१ रुपैयाँ घटेर आए पनि उपभोक्ताले महँगोमै इन्धन किन्नुपर्ने अवस्था रहेको बताए । उनले तत्काल मूल्य घटाएर उपभोक्तालाई राहत दिन र सरकार भएको अनुभूति… पुरा पढौ

चार करोड सकिएपछि लम्सुवाघाट पुलको ठेक्का रद्द

भोजपुर । झण्डै रु चार करोड खर्च गरेपछि भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीमा बन्दै गरेको लम्सुवाघाटको पुलको ठेक्का रद्द गरिएको छ । बाह्र वर्षसम्म पनि पुल निर्माण नभएपछि ठेक्का प्रक्रिया रद्द गरिएको हो । पुल निर्माणमा हालसम्म रु तीन करोड ८५ लाख खर्च भइसकेको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ । पुल निर्माणको कामलाई चाँडो सम्पन्न गर्न पटक÷पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले ढिलाइ गरेपछि ठेक्काको सम्झौता नै रद्द गरिएको सडक डिभिजन कार्यालय तुम्लिङटारका प्रमुख राजेन्द्रप्रसाद शाहले जानकारी दिए… पुरा पढौ