समाचार

पाल्पाका जनप्रतिनिधिलाई पाल्पाली समाजको स्वागत

पोखरा । पाल्पाका नवनिर्वाचित जनप्रतिनिधिलाई पाल्पाली समाज पोखराले स्वागत सम्मान गरेको छ । तानसेन नगरपालिकासहित रम्भा, माथागढी, बगनासकाली, तिनाउ गाउँपालिकाका प्रमुख/उपप्रमुख एवं अध्यक्ष/उपाध्यक्ष तथा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्षलाई समाजले पोखरामा एक समारोहबीच स्वागत तथा सम्मान गरेको हो । सिद्धार्थ आर्थिक करिडोर विषयमा आयोजित गोष्ठीमा भाग लिन आएका बखत समाजले उनीहरुलाई स्वागत तथा भेटघाट गर्दै सफल कार्यकालको शुभकामना दिएको हो । सो अवसरमा पाल्पाको पर्यटन प्रवद्र्धन लगायत विविध क्षेत्रमा समाजले खेलेको भूमिकाको चर्चा गर्दै आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिबद्धता… पुरा पढौ

अमात्य र गुरुङलाई कञ्चन पत्रकरिता पुरस्कार

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०७९’ उदयबहादुर अमात्य (कास्की) र आश गुरुङ (लमजुङ) लाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिले गरेको सिफारिसअनुसार महासंघको आईतबारको बैठकले नाम अनुमोदन गरेको अध्यक्ष रुद्र श्रीस मगरले जानकारी दिए । पुरस्कार राशि जनही २५ हजार र सम्मानपत्र छ । अधिवक्ता सुरेन्द्र थापामगर संयोजक रहेको प्रतिभा छनोट समितिको सदस्यमा पत्रकार एमबी आस्था मगर, शान्ति गुरुङ तथा रुद्र श्रीस मगर र धनबहादुर गुरुङ थिए । पुरस्कृत हुने आमात्य… पुरा पढौ

खेलकुद पत्रकार मञ्च गण्डकीको नयाँ सदस्य बन्न आवेदन खुल्ला

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले नयाँ सदस्यताको लागि आवेदन खुल्ला गरेको छ । मञ्चको हालै बसेको बैठकले गरेको निर्णय अनुसार साउन २१ गतेबाट नयाँ सदस्यता आवेदन खुल्ला गरिएको मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिए । मञ्चमा आबद्ध हुन चाहने गण्डकी प्रदेशभरीका खेल पत्रकारलाई समेट्ने उद्देश्यले सदस्यता आवेदन खुल्ला गरिएको बरालको भनाई छ । आवेदन फारम भाद्र ४ गते सम्म भरिसक्नुपर्नेछ । नयाँ सदस्य बन्न आवेदन दिनको लागि केही प्रावधान तय गरिएको मञ्चका महासचिव राजाराम पौडेलले बताए । कम्तिमा… पुरा पढौ

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको २५ औं वािर्षक उत्सव : गण्डकीका दिनेश वुढामगर सम्मानित

पोखरा । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको २५ औँ वार्षिक उत्सवको अवसरमा गण्डकी प्रदेशका दिनेश बुढा मगर सम्मानित भएका छन् । यस्तै उत्कृष्ट महिलातर्फ बाग्मती प्रदेशकी रुविका खड्का सम्मानित भइन् । महासंघले आइतबार पोखरा रंगशालामा एक कार्यक्रमको आयोजन गर्दै उनीहरुलाई नगद १० हजार सहित सम्मान गरेको छ । उनीहरुलाई वर्षभरि प्रर्दशन गरेको आधारमा वर्ष उत्कृष्ट पुरुष तथा महिला खेलाडीबाट सम्मान गरिएको हो । यस्तै महासंघले सर्वाेकृष्ट प्रशिक्षकमा बाग्मती प्रदेशका गोपाल श्रेष्ठ, उत्कृष्ट प्रशिक्षकमा प्रदेश १ का राजेन्द्र धिमाल उत्कृष्ट संघतर्फ नवलपुर… पुरा पढौ

स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोला सम्मानित

पोखरा । स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोला राष्ट्रिय नागरिक पत्रकारिता सम्मान–२०७९ द्वारा सम्मानित भएका छन् । काठमाडौंमा राष्ट्रिय नागरिक विकास समाजको १३ औं वार्षिकोत्सव समारोहबीच उनलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले सम्मान गरेका हुन् । समारोहमा मन्त्री कुँवरले सम्मानपत्र, पूर्व पर्यटन राज्यमन्त्री परशुराम तामाङले माला तथा समाजका अध्यक्ष महेशजंग कुँवरले माला लगाएर सम्मान गरेका थिए । आदर्श समाज राष्ट्रिय दैनिक, पोखराका प्रधानसम्पादक समेत रहेका बास्तोलालाई सामाजिक रुपान्तरणका लागि पत्रकारिता माध्यमबाट समाजमा पु¥याएको योगदानको कदर गर्दै… पुरा पढौ

नेप्से परिसूचकको उकालो यात्रा जारी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १० दशमलव २७ अङ्कले उकालो लागेर दुई हजार एक सय २३ दशमलव ८२ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलब १० अङ्कले उकालो लागेर चार सय ९ दशमलव ५५ मा पुगेको छ । कुल दुई सय १९ कम्पनीको ६१ लाख छ हजार पाँच… पुरा पढौ

थप पाँच सय ५३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा पाँच सय ५३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार सात सय ८९ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ४० जनाले पिसीआर र एक हजार सात सय ४९ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा चार सय ३३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ७२ हजार चार सय ९७ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर… पुरा पढौ

इजरायली हवाई हमलामा वरिष्ठ कमाण्डरको मृत्यु

दक्षिणी गाजा पट्टी सहर रफाहमा भएको इजरायली हवाई हमलामा परी आफ्ना वरिष्ठ कमाण्डर खालिद मन्सुरको मृत्यु भएको प्यालेस्टिनी इस्लामिक जिहाद आन्दोलनले आइतबार पुष्टि गरेको छ । नागरिक प्रतिरक्षा टोलीले इजरायली बमबारी भएको भग्नावशेष घण्टौंसम्म खनेपछि मन्सुर र उनका धेरै साथीको शव निकालेको प्यालेस्टिनी इस्लामिक जिहाद पिआइजेले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । इजरायल तथा गाजा क्षेत्रमा दुई दिनयता हिंसा भड्किएको बताइएको छ । सो हिंसामा परेर दुई दिनयता २४ जनाको ज्यान गएको र अरु कैयौँ घाइते भएका छन् । गाजामा… पुरा पढौ

प्रतिनिधिसभा : ‘न्याय प्रणाली सुधारका लागि प्रधानन्यायाधीशविरुद्ध महाअभियोग’

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद रामबहादुर विष्टले महाअभियोग अतिजरुरी र आवश्यकता भएको तर सदनमा छलफल गर्न ढिला भएको बताए । जबरा प्रधानन्यायाधीश हुँदा संविधानविपरीत कार्य गरेको भन्ने कुरा पूर्वप्रधानन्यायाधीशहरु, बारलगायत आन्दोलित भएको उल्लेख गर्दै सांसद विष्टले उक्त प्रस्ताव न्याय प्रणालीको सुधारका लागि भएको बताए । सांसद रङ्गमती शाहीले न्यायालयभित्र स्वच्छ वातावरण निर्माण गर्न नसकेकाले महाअभियोग प्रसताव आएको र प्रस्ताव सही भएको प्रतिक्रिया दिए । सांसद प्रेम सुवालले जनताको न्याय… पुरा पढौ

खाद्य पदार्थको आयात रोक्न कृषि क्रान्ति आवश्यक : मन्त्री बराल

पोखरा २२, साउन गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजीप्रसाद बराल जीवनले खाद्य पदार्थको आयात रोक्न कृषि क्रान्ति आवश्यक भएको बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) मुल इकाई समिति प्राकृतिक श्रोत व्यबस्थापन कलेजको आइतबार पोखरा १९ स्थित पुरुञ्चौरमा आयोजित बिदाई कार्यक्रममा बोल्दै मन्त्री बरालले गण्डकी प्रदेशमा ४ अर्ब बराबरको खाद्य सामग्री आयात हुने गरेको भन्दै त्यसलाई रोक्न कृषि क्रान्ति आवश्यक भएको बताएका हुन् । पछिल्लो समयमा युवाहरुमा कृषि प्रतिको आकषर्ण घट्दो रुपमा रहेको मन्त्री बरालले बताए ।… पुरा पढौ