समाचार

तनहुँमा थपिए ७०५४ नयाँ मतदाता

तनहुँ जिल्लामा ७ हजार ५४ नयाँ मतदाता थपिएका छन्। स्थानीय तहको निर्वाचनपछि सञ्चालन गरिएको मतदाता नामावली संकलन अभियानबाट ती मतदाता थपिएका हुन्। सरकारले मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मिति घोषणा गरेसँगै शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिएका छन्। मतदाता दर्ताको अन्तिम दिन बिहीबारसम्म ३ हजार ४ सय १२ महिला र ३ हजार ६ सय ४२ पुरुष थपिएका छन्। त्यस्तै, बाहिरी जिल्लाका ३ सय ६० मतदाताले तनहुँबाट मतदाता नामावली दर्ता… पुरा पढौ

गण्डकी प्रदेशसहित ३ प्रदेशमा आज भारी वर्षाको संभावना

गण्डकी प्रदेश लगायत आज (आइतबार) ३ प्रदेशमा भारी वर्षाको संभावना छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित छ। हाल, गण्डकी प्रदेशको केही स्थानमा हल्का वर्षा भइरहे छ। प्रदेश अन्तर्गत म्याग्दीको घोरेपानी र गुर्जाखानमा हल्का वर्षा भइरहेछ। गत एक घण्टादेखि हालसम्म घोरेपानीमा १.६ मिलिलिटर वर्षा भएको मापन गरिएको छ। त्यस्तै, गुर्जाखानीमा ०.५ मिलिलिटर वर्षा भएको मापन गरिएको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकीसहित सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो… पुरा पढौ

पोखरामा लायन्स क्लब नर्सेसको पहलमा जुम्ल्याहाहरुको भेला

पोखरामा शनिबार जुम्ल्याहा भेला गरिएको छ। लायन्स क्लब अफ पोखरा नर्सेसको आयोजनामा जुम्ल्याहा भेला गरिएको हो। भेलामा २२ जनाको जुम्ल्याहा जोडी तथा तिनका अभिभावकहरु भेला भएका थिए। गण्डकी प्रदेश स्वास्थ्यमन्त्री मधुमाया अधिकारीको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो। मन्त्री अधिकारीले कार्यक्रममा बोल्दै प्रदेशको स्वास्थ्य नीति तथा कार्यक्रमबारे प्रकाश पार्दै छिटो भन्दा छिटो कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाइन्। लायन्स क्लब ईन्टरनेशन डिस्ट्रिक्ट ३२५ एमका डिस्ट्रिक्ट गभर्नर लायन महेन्द्र पौडेलको विशेष आतिथ्यता र लायन लिडरहरुको सहभागिता थियो। डिस्ट्रिक्ट गभर्नर लायन पौडेलले लायन्स क्लब अफ… पुरा पढौ

तनहुँमा दर्ता र मापदण्ड पूरा नगरी क्रसर उद्योग संचालन

तनहुँ जिल्लाका विभिन्न स्थानमा रहेका क्रसर उद्योग दर्ताबिनै सञ्चालन हुँदै आएका छन्। जिल्लामा सञ्चालन भएका १९ क्रसर उद्योगमध्ये १० वटाले दर्तासमेत गरेका छैनन् । अन्य ९ वटा दर्ता भएपनि मापदण्ड पूरा गरेका छैनन् । क्रसर उद्योग सञ्चालनका लागि राजमार्ग र खोला वा नदी किनार, पक्की पुल, ऐतिहासिक तालतलैया, जलाशय र पोखरीबाट पाँच सय मिटर टाढा हुनुपर्ने मापदण्ड छ । त्यसैगरी, शिक्षण संस्था, स्वास्थ्य, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका स्थान तथा सुरक्षा निकाय, अन्तरराष्ट्रिय सीमा, वन, निकुञ्ज तथा आरक्ष, घना बस्तीबाट दुई… पुरा पढौ

व्यवसाय प्रवद्र्धन केन्द्र स्थापना र संचालनसम्बन्धी त्रिपक्षीय समझदारी

पोखरा महानगरपालिका, पोखरा उद्योग वाणिज्य संघ र नेपाल सहरी उत्थानशील परियोजनाबीच त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरिएको छ। सार्वजनिक निजी संवादसमेतका माध्यमबाट ‘उद्यमशीलता विकास तथा नवउद्यम प्रवद्र्धनका लागि व्यवसाय प्रवद्र्धन केन्द्र स्थापना र संचालनसम्बन्धी त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको हो। ६ बुँदे समझदारी पत्रमा पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष पवनकुमार प्रजापति र नेपाल सहरी उत्थानशील परियोजनाको तर्फबाट सविता थापाले हस्ताक्षर गरेकी हुन्। समझदारी अनुसार पोखरा महानगरपालिकामा उद्यम गर्न चाहने व्यक्ति वा समूहलाई उद्यमशीलताको… पुरा पढौ

नेपाल बजार बिक्री प्रतिनिधि पोखरामा तिवारी

नेपाल बजार बिक्री प्रतिनिधि संघ, पोखरा शाखाको अध्यक्षमा बाबुराम तिवारी निर्वाचित भएका छन्। संस्थाको शनिबार सम्पन्न दोस्रो अधिवेशनले तिवारीको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो। कमिटीको उपाध्यक्षमा जयनारायण सापकोटा, सचिवमा भुबन पौडेल, अर्थ उपसचिवमा अग्नी पनेरु, संगठन उपसचिवमा मोनिका बराल, प्रचार प्रसार उपसचिवमा सुनिलकुमार गोर्खाली साथै अतिरिक्त उपसचिवमा सूर्यप्रसाद भट्टराई छन्। त्यस्तै, सदस्यहरुमा गोबिन्द रेग्मी, माधब बराल, बबिता भुषाल, केदार पौडेल, गुणराज गिरी, अजयराज खनाल र हृदयबाबु पौडेल छन्। यसअघि अधिवेशनको उद्घाटन गर्दै नेपाल उद्योग परिसंघ गण्डकी… पुरा पढौ

सिद्धार्थ आर्थिक कोरिडोर : सिकाई गोष्ठी पोखरामा सुरु

पोखरा । सिद्धार्थ आर्थिक कोरिडोर सिकाई गोष्ठी पोखरामा सुरु भएको छ । प्रभावकारिता स्थानीय सेवाका लागि सार्वजनिक निजी साझेदारीका विषयमा गहन छलफल हुने उक्त गोष्ठीमा १६ वटा स्थानीय तह प्रमुख र उपप्रमुखका साथै प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता छ । सिद्धार्थ आर्थिक कोरिडोरका लागि स्थानीय तहका प्रमुखहरूको साझा मचद्धारा आयोजित गोष्ठीको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् । गोष्ठीको उद्घाटन गर्दै प्रमुख आचार्यले सिद्धार्थ कोरिडोरको पर्यटनसँगै आर्थिक विकासमा महत्त्वपूर्ण मार्गदर्शन प्राप्त हुने विश्वास व्यक्त गरे । गोष्ठीमा छलफल हुने… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुटयो खेलकुद परिषद गण्डकी, अभिमुखीकरण सम्पन्न

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि प्रदेश खेलकुद परिषद गण्डकीले शनिबार पोखरामा एक अभिमुखीकरण तालिम सम्पन्न गरेको छ । गण्डकी प्रदेश अन्तर्गत रहेका जिल्ला विकास समितिका अध्यक्ष, खेलकुद विकास समितिका कार्यालय प्रमुखहरु र परिषदका सदस्यहरुलाई अभिमुखीकरण तालिम प्रदान गरिएको हो । उक्त कार्यक्रमको यूवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रिनाथ अधिकारीले गरेका थिए । सो अवसरमा सचिव अधिकारीले संघिय, प्रदेश अन्तर कार्यालय र खेल संघहरुको अन्तर सम्वन्ध, बजेटको कार्यान्वयन र चुनौतीका बारेमा आफ्ना भनाई अघि सार्दै प्रदेशको खेलकुद बजेट… पुरा पढौ

जर्ज जोन प्रतिष्ठानको २४ औं वार्षिकोत्सब सम्पन्न

पोखरा । शिक्षासेवी जर्ज जोनको नाममा स्थापित प्रतिष्ठानले शिक्षासेवी सम्मान ,छात्रवृत्ति बितरण एबम २४ औ बार्शिकोत्सब कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ। कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख पृथ्बी मान गुरुङले गण्डकी प्रदेशका शिक्षा सेबिहरुलाइ सम्मान गरेका हुन। यसरी सम्मानित हुनेमा बेनि क्याम्पस म्याग्दिका पूर्ब अध्यक्ष बालकृष्ण सुवेदी , पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डा. बिकास के सि, प्राध्यापक डा. मीन पून ,शितलादेबी सामुदायिक विद्यालय पोखराका अध्यक्ष टीका बहादुर कार्की ,महेन्द्र मा बि घार्मी पोखराका पूर्ब अध्यक्ष हुतराज शर्मा पौडेल ,पृथ्वीनारायण क्याम्पसमा बिगत ४३ वर्षदेखि… पुरा पढौ

तनहुँका १० क्रसर उद्योग दर्ता बिना सञ्चालन

तनहुँ । जिल्लाका विभिन्न स्थानमा रहेका क्रसर उद्योग बिना दर्ता सञ्चालन हँुदै आएका छन् । जिल्लामा सञ्चालनमा रहेका १९ क्रसर उद्योगमध्ये १० वटा दर्ता नभएको र सर्त पूरा नगरी सञ्चालन हुँदै आएका हुन् । अन्य नौवटाले दर्ता गरी सञ्चालन गरे पनि मापदण्ड पूरा नगरेकाले नवीकरण रोकिएको जिल्ला समन्वय समितिले जनाएको छ । क्रसर उद्योग सञ्चालनका लागि राजमार्ग र खोला वा नदी किनार, पक्की पुल, ऐतिहासिक तालतलैया, जलाशय र पोखरीबाट पाँच सय मिटर टाढा हुनुपर्ने मापदण्ड छ । त्यसैगरी शिक्षण संस्था,… पुरा पढौ