समाचार

नेप्से परिसूचक आज उच्च अङ्कले उकालो

काठमाडौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले उकालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५४.५८ अङ्कले उकालो लागेर दुई हजार १९५.१० मा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.७२ अङ्कले ओरालो लागेर ४१९.२० मा पुगेको छ । नेप्सेको उकालो यात्रासँगै कारोबार रकमसमेत उकालो लागेको छ । कूल २२० कम्पनीको एक करोड १३ लाख ३९ हजार ४७६ कित्ता शेयर रु चार अर्ब ६० करोड… पुरा पढौ

भूकम्पबाट भोजपुरमा घर भत्कियो

भोजपुर । भूकम्पबाट भोजपुरमा एउटा घर भत्किएको छ । खोटाङ केन्द्र विन्दु भएर आज बिहान गएको भूकम्पबाट भोजपुर नगरपालिका–१२ टक्सारमा प्रमोद हलवाईको घर भत्किएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार २०७२ सालमा गएको भूकम्पबाट चर्किएको सो घर जीर्ण बनेको थियो । यो बाहेक भोजपुरमा अन्य कुनै पनि भौतिक तथा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ८ बजेर १३ मिनेटमा खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो ।रासस पुरा पढौ

हिमाल दोलखाको शेयर कारोबारमा रोक

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर कारोबारमा रोक लगाएको छ । नेप्सेले शेयर धनीलाई उपलब्ध गराउने भनेको हकप्रद शेयरका सम्बन्धमा जानकारी गराउने प्रक्रिया र विधि नमिलेको तथा कारोबार समयमा नै उक्त जानकारी दिएको भन्दै तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । नेप्सेको कारोबार समयभित्र सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई हकप्रद शेयर दिने प्रस्ताव गरेको हो , भन्ने प्रश्न राख्दै तीन दिनभित्र के कति कारणले त्यस्तो भएको हो भन्नेबारेमा जानकारी गराउन निर्देशन दिएको छ… पुरा पढौ

शुक्ला साहित्य प्रतिष्ठानको ३५ औं साधारण सभा तथा १२ औं अधिवेशन कार्यक्रम सम्पन्न

पोखरा । साहित्यको उर्बर भुमि पोखरा वडा नम्बर १६ मा अवस्थित शुक्ला साहित्य प्रतिष्ठानको ३५ औं साधारण सभा तथा १२ औं अधिवेशन कार्यक्रम सम्पन्न भएको छ। सुमनराज पौडेलको अध्यक्षयतामा भएको कार्यक्रममा प्रमुख अतिथि भौतिक पूर्वाधार तथा विकास मंत्री कुमार खड्का रहेका थिए । उनले साहित्य क्षेत्र अहिले लोपोन्मुख हुँदै गएको अबस्थामा शुक्लाले महत्त्वपूर्ण भुमिका खेल्दै साहित्यलाई जगेर्ना गरेकोमा खुसी ब्यक्त गरे । त्यस्तै विशेष अतिथि वडा नम्बर १६ का वडा अध्यक्ष अंमृत तिमिल्सिना शर्मा र वडा नम्बर १९ का वडा… पुरा पढौ

पर्वतमा १४ झोलुङ्गे पुल निर्माण

पर्वत । नेपालकै अग्ला र लामा पुल तथा साहसिक पर्यटकीय पूर्वाधार रहेकोे पर्वतमा आव २०७८÷७९ मा १४ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । जिल्लाका विभिन्न पालिकामा रहेका साना तथा ठूला खोलामा ती पुल निर्माण गरिएका हुन् । झोलुङ्गे पुल निर्माण भएसँगै स्थानीयवासीको दैनिक जीवन सहज भएको छ । पुलको व्यवस्थाले वर्षायाममा बढेका खोला वारपार गर्न जोखिम मोल्नुपर्ने अवस्था अन्त्य भएको छ । पर्वतका चार पालिकामध्ये कुश्मा नगरपालिकाभित्र– तीन, मोदीमा दुई, महाशिलामा दुई, विहादीमा एक र पैँयू गाउँपालिकामा छवटा पुल… पुरा पढौ

प्लाष्टिकबाट सडक निर्माण

तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिकामा खेर गएका प्लाष्टिकलाई उपयोग गरी सडक निर्माण गरिएको छ । शुक्लागण्डकी नगरपालिका– ७ सेराटारमा स्थानीयस्तरमा जम्मा गरिएको प्लास्टिक प्रयोग गरी सडक निर्माण गरिएको हो । नगरपालिका–७ सेराटारस्थित सूर्य नेपाल प्रालिको आर्थिक सहयोग एवंं पोखरास्थित ग्रिन रोड फोहर व्यवस्थापन प्रालिले प्राविधिक सहयोग गरेको थियो । उक्त सडक ३३० मिटर लामो छ भने सडकको चौडाई तीन दशमलव पाँच मिटर छ । सो कार्यका लागि २२० केजी प्लास्टिक प्रयोग भएको सूर्य नेपालका हुमनाथ अर्यालले बताए । उक्त प्लास्टिक… पुरा पढौ

झापामा एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु

झापा । झापामा एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको आज मृत्यु भएको छ । यही साउन ४ गते एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका झापा गाउँपालिका–६ का २३ वर्षीय राजेश कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए । उनका अनुसार कनकाई नगरपालिका–३ स्थित सुरुङ्गा–कुमरखोद सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ गइरहेको मे १ च १६५४ नं को एम्बुलेन्सले विपरीत दिशाबाट आइरहेको प्र १–०१–०१५ प २१४८ नं को स्कुटीलाई ठक्कर दिएको थियो । सो दुर्घटनामा स्कुटी चालक… पुरा पढौ

मृतकका नाममा सामाजिक सुरक्षा भत्ता वितरण

तनहुँ । तनहुँका अधिकांश स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ । जिल्लाका देवघाट, ऋषिङ, घिरिङ, आँबुखैरेनी, बन्दीपुर तथा म्याग्द गाउँपालिका तथा शुक्लागण्डकी, भानु र भिमाद नगरपालिकाले मृत्यु भइसकेका व्यक्तिका नाममा समेत भत्ता वितरण गरेको पाइएको हो । देवघाट गाउँपालिकामा आव २०७७÷७८ मा चार जना मृत्यु भइसकेकामा लाभग्राहीको नाममा रु ४८ हजार १०० भत्ता वितरण भएको छ । देवघाट–५ का विहारीलाल सापकोटाका नाममा दोस्रो चौमासिकमा रु १२ हजार, सोही वडाका तुलसी सुवेदीको नाममा दोस्रो… पुरा पढौ

कालिका मन्दिरको पार्किङ शुल्क मानव सेवा आश्रमलाई

बागलुङ । गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक गन्तव्य बागलुङ कालिका मन्दिर परिसरको पार्किङ व्यवस्थापनको जिम्मा मानव सेवा आश्रमलाई दिइएको छ । कालिका मन्दिरको परिसरमा रहेको पार्किङबाट प्राप्त हुने रकम मानवसेवा आश्रमले सदुपयोग गर्ने भएको हो । कालिका भगवती गुठी व्यवस्थापन समिति र मानवसेवा आश्रमबीच मन्दिर परिसरमा रहेको पार्किङलाई व्यवस्थित बनाइ त्यसबाट प्राप्त रकम मानवसेवा आश्रमको संरक्षणमा रहेका सहयोगापेक्षी बेसहारा सडकमानवको व्यवस्थापनका लागि प्रयोग गर्नेगरी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । सम्झौता पत्रमा कालिका भगवती गुठी व्यवस्थापन समितिका तर्फबाट समितिका अध्यक्ष कुमार… पुरा पढौ

बढ्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा साताको पहिलो कारोबारको दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ८०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९५ हजार ६०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु २०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार १०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु… पुरा पढौ