समाचार

मनाङमा ७७.६५ प्रतिशत बजेट खर्च

विकट हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष २०७८/७९ मा कूल बजेटको ७७.६५ प्रतिशत मात्रै खर्च भएको छ । मनाङमा संघ, प्रदेश र स्थानीय सरकारबाट विनियोजित कूल दुई अर्ब ४७ करोड ५६ लाख १७ हजार बजेटमध्ये ७७.६५ प्रतिशत खर्च भएको हो । रु एक अर्ब ९२ करोड २२ लाख ४२ हजार बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । मनाङमा कूल बजेटमा रु ५५ करोड ३३ लाख अर्थात २३ दशमलव ३५ प्रतिशत बजेट खर्च नभइ फ्रिज भएको कोष तथा… पुरा पढौ

तनहुँबाटै सवारी चालक अनुमतिपत्र नवीकरण सुरु

यातायात व्यवस्था कार्यालय तनहुँमा आइतबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण सुरु हुने भएको छ । यातायात व्यवस्था कार्यालय कास्कीबाट मात्रै सवारी चालक अनुमति पत्र नवीकरण हुँदै आएकामा आजबाट बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित कार्यालयबाट अनुमतिपत्र नवीकरण सुरु हुन लागेको हो । सवारी चालक अनुमतिपत्र जुनसुकै कार्यालयबाट जारी भएको भएता पनि सेवाग्राहीको स्थायी बसोबास गण्डकी प्रदेशभित्र भएको हुनुपर्ने निमित्त कार्यालय प्रमुख विष्णुबहादुर क्षेत्रीले जानकारी दिएका छन् । डीएलआरएस र इडीएलभीआरएसमा रहेको विवरण पूर्णरूपमा मिलेको खण्डमा मात्र सवारी चालक अनुमति नवीकरण गर्न सकिने उनले… पुरा पढौ

साउनको तेस्रो सोमबार, बोलबम मनाइँदै

आज, साउन महिनाको तेस्रो सोमबार बोलबम मनाइँदैछ । देशका शिवमन्दिरहरुमा भक्तजनहरुको भीड लाग्ने गर्दछ । पोखराको केदारेश्वर मन्दिरसहित काठमाण्डौंको पशुपतिनाथ, चितवनको देवघाट क्षेत्र, पूर्वको हलेसीलगायतका शिव मन्दिरहरुमा बोलबम मेला लाग्ने गर्दछ । शिव मन्दिरहरुमा शिवको पूजा आराधना र जल चढाउने भक्तजनहको ठूलो मात्रामा भीड लाग्ने गर्दछ । पोखराका केदारेश्वर महादेवमणि मन्दिर, विन्ध्यबासीनी मन्दिर र अन्य शिव मन्दिरहरुमा भक्तजनहरुले शिवको पूजा आराधना र जल चढाउने गर्दछन् । पोखराको बगरमा रहेको गाईघाटबाट सेतीनदीको जल लिई भक्तजनहरु ीशवलिङ्गमा जल चढाउन बिहानैदेखि लाइनमा बसेका… पुरा पढौ

पोखरामा लगातार भारी वर्षा

पोखरा लगायतका क्षेत्रमा लगातार भारी वर्षा भएको छ । हिँजो (आइतबार) साँझदेखि आज (सोमबार) सम्म पोखरा आसपासका क्षेत्रमा भारी वर्षा भइरहेछ । एक घण्टाको रेकर्डमा पोखराको लामापाटन क्षेत्रमा सबै भन्दा बढी वर्षा भएको छ। उक्त क्षेत्रमा २.६ मिलिलिटर वर्षा भएको मापन गरिएको छ। ३ घण्टाअघिको वर्षा मापनमा पोखराको लामापाटन क्षेत्रमा सबै भन्दा बढी वर्षा भएको छ । त्यहाँ ५०.४ मिलिलिटर वर्षा भएको मापन गरिएको छ। गत २४ घण्टामा लामापाटनमा सबैभन्दा बढी २९८.२ मिलिलिटर पानी परेको छ । कास्कीको लुम्ले क्षेत्रमा… पुरा पढौ

पोखराको अन्नपूर्ण केवलकारको मेयरहरुद्वारा अवलोकन

पोखरा । काठमाण्डौंका मेयर वालेन शाह सहित नेपालका ६ वटा महानगरका मेयरहरुले पोखराको अन्नपूर्ण केवलकारको अवलोकन गरेका छन्। अन्नपूर्ण केवलकारको निमन्त्रणामा पोखरा महानगरका मेयर धनराज आचार्यको नेतृत्वमा काठमाण्डौंका मेयर शाह सहित शनिबार ६ वटा महानगरका मेयरहरुले उक्त केवलकार अवलोकन गरेको अन्नपूर्ण केवलकार प्रा.लि.का जनरल म्यानेजर दिनेश पौडेलले बताए । उक्त केवलकारमा पोखराका मेयर आचार्य सहित काठमाण्डौंका मेयर वालेन शाह, बिराटनगरका मेयर नागेश कोइराला, भरतपुरका मेयर रेणु दाहाल, ललितपुरका मेयर चिरिबाबु महर्जन र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले अवलोकन गरेका थिए… पुरा पढौ

अर्थमन्त्री शर्माद्वारा पदभार ग्रहण

काठमाण्डौं । अर्थमन्त्री जनार्दन शर्माले आज साँझ पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्री शर्माले आजै सिंहदरबारस्थित कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका हुन् । चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको अभियोग लागेपछि उहाँले गत असार २२ गते प्रतिनिधिसभामा सम्बोधन गर्दै राजीनामा दिएका थिए । आज मात्रै नेकपा (माओवादी केन्द्र)का तर्फबाट अर्थमन्त्रीमा शर्मालाई नियुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सिफारिस गरेको थियो । सोही आधारमा प्रधानमन्त्री शेरबहादुर… पुरा पढौ

सिद्ध माविमा एसइइ उत्तीर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १५, फलेपाटनस्थित सिद्ध माविले एसइइ परीक्षामा उत्तीर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना दिएको छ । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष तोरण बानियाँले विद्यार्थीलाई बधाई तथा शुभकामना दिँदै वडाको एक मात्र सार्वजनिक विद्यालय सिद्ध मावि भएकोले यसको भौतिक, आर्थिक र शैक्षिक विकास तथा उन्नयनमा वडाले कुनै कसर बाँकी नराख्ने बताए । त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर आलेले विद्यार्थीलाई बधाई दिँदै विद्यार्थीको शैक्षिक प्रगतिका लागि विद्यालय व्यवस्थापनले गर्नुपर्ने कार्यहरु चुस्त दुरुस्त… पुरा पढौ

इशानेश्वर करापुटार पोखरा सम्पर्क समाजको रक्तदानमा ५९ युनिट रगत संकलन

पोखरा । इशानेश्वर करापुटार पोखरा सम्पर्क समाजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ५९ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक एवं समाजका सहसचिव प्रल्हाद चन्द्र घिमिरेले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथि एवं समाजका संस्थापक अध्यक्ष ऋषिकेशव सुवेदीले समाजका सदस्यहरुको हितका लागि काम गर्दै आएको समाजले रक्तदान कार्यक्रमको आयोजना गरि मानविय सेवाको काममा उल्लेखनिय काम गरेको बताए । त्यस्तै नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे… पुरा पढौ

गायक भुमिराजको देखेपछि तिमीलाई सार्वजनिक

साउन । गायक तथा मोडल भुमिराज ढुंगानाको आधुनिक गीत तथा म्युजिक भिडिया देखेपछि तिमीलाई को बिमोचन कार्यक्रम सम्पन्न भएको छ । पोखरा नागढुङ्गा स्थित बाजेको सेकुवाद्धारा सञ्चालित दिब्यश्री बेन्क्यूटमा भएको कार्यक्रममा गायक ढुङ्गाना र शिक्षक एवम समाजसेवी पुर्ण बहादुर गुरुङले विमोचन गरेका हुन् । गीतमा स्वर भुमिराज ढुंगानाको रहेको छ भने किरण देबकोटाको लय तथा शब्द, विशाल परियारले संगीत संयोजन गरेका छन् । भिडियोमा गायक भुमिराज ढुंगाना, अमृता मगर र नारायण मगरको अभिनय रहेको छ । गीतको भिडियोको छाँयाकंन भिम… पुरा पढौ

६२० मा कोरोना सङ्क्रमण पुष्टि, एकको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा ६२० जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा पाँच हजार ८४६ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ६५१ जनाको पिसीआर र तीन हजार १९५ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २९७ कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ७० हजार ६२ पुगेको छ । सङ्क्रमण… पुरा पढौ