समाचार

नारायणगढ–मुग्लिन सडक दुइतर्फी पुनःसंचालनमा

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सुचारु भएको छ । सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहित खसेको पहिरो पन्छाएपछि सडक दुइतर्फी सञ्चालनमा आएको हो । दुईवटा जेसीभी प्रयोग गरेर पहिरो पन्छाइएको र गन्तव्यमा हिँडेका सवारी साधन गुड्न थालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरीले जनाएको छ । गए रातिदेखि लगातार पानी परिरहेका कारण सो सडकखण्डमा यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । पुरा पढौ

पोखरामा युनाइट्सको डिजिटल मार्केटिङ कार्यशाला

व्यापार, व्यवसाय प्रवद्र्धनका लागि वितरण, प्रचारप्रसार, बजारिकरण निकै महत्वपूर्ण हुन्छ । अहिलेको बजारमा डिजिटल मार्केटिङको महत्व बढ्दै गएको छ । यसैलाई मध्यनजर गर्दै पोखरामा शनिबार युनाइट्स नेपालले डिजिटल मार्केटिङ कार्यशाला आयोजना गरेको छ । कार्यक्रममा आभास अधिकारी र प्रतिमा भट्टले सहजीकरण गरेका थिए । उनीहरुले डिजिटल माध्यमबाट मार्केटिङका तरिका, अहिलेको अवस्था र चाल्नुपर्ने कदमबारे प्रकाश पारे । व्यक्तित्व विकास र व्यापार, व्यवसाय प्रवद्र्धनका लागि संगठन निर्माण र परिचालनबारे समेत कार्यशालामा प्रशिक्षण दिइएको छ । युनाइट्स नेपालका अध्यक्ष खुसल रेग्मीको अध्यक्षतामा… पुरा पढौ

पोखरा–२० मा वडा शिक्षा समिति गठन

पोखरा महानगरपालिका–२० मा वडा शिक्षा समिति गठन गरेको छ। वडाध्यक्ष गंगाबहादुर खत्रीको संयोजकत्वमा गठित समितिका जनप्रतिनिधि सदस्यमा गन्जमान गुरुङ र सदस्य सचिवमा वडा सदस्य लक्ष्मण शर्मा छन्। समितिको सदस्यहरुमा विद्यालय निरीक्षक जीवनप्रसाद रेग्मी, अनिल पौडेल, नारायण कार्की, मणिराज परियार र महेन्द्र सुवेदी छन्। पुरा पढौ

ट्रकले ठक्कर दिदाँ मोटरसाइकल चालकको ज्यान गयो

ट्रकले ठक्कर दिदाँ पोखरामा मोटरसाइकल चालकको ज्यान गएको छ । कास्की माछापुच्छ«े गाउँपालिका–४, लाहाचोकका २७ वर्षीय नवराज नेपालीको ज्यान गएको हो। पोखरा–बागलुङ सडक खण्डकको हेम्जामा आइतबार बेलुकी ६ बजेतिर भएको सडक दुर्घटनामा परेर नेपालीको मृत्यु भएको हो। दुर्घटनमा परेर शरीर जलेको अवस्थामा मणिपाल पु¥याइएको नेपालीको उपाचार क्रममा मृत्यु भएको हो। पोखरा–बागलुङ सडक खण्डको हेम्जामा नेपाली सवार ग १७ प १९७० नम्बरको मोटरसाइकललाई ग १ क ५१५२ नम्बरको ट्रकले ठक्कर दिदाँ मोटरसाइकलमा आगलागी भएको थियो । आगो निभाउने क्रममा स्थानीय क्षेत्रबहादुर… पुरा पढौ

पोखरामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु, एक घाइते

पोखरा महानगरपालिका–६, डिहिकोपाटन पँधेरोमा आज बिहान पहिरोले घर पुरिँदा एकजनाको मृत्यु भएको भने एकजना घाइते भएका छन् । अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोले स्थानीय लक्ष्मी खड्का क्षेत्रीको ब्लकको गारो र टिनको छानो भएको एक तलाको कच्ची घरको कोठा भत्किँदा कोठा भाडामा बस्ने २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । उनका अनुसार घटनामा घाइते सुनारलाई बिहान उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् ।… पुरा पढौ

म्याग्दीका मुख्य सडक अवरुद्ध

म्याग्दीका मुख्य सडक अवरुद्ध भएका छन् । जिल्ला सदरमुकाम बेनीदेखि अन्तर जिल्ला र पालिका जोड्ने सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ । बर्सातका कारण पहिरो खसेर सडक अवरुद्ध हुँदा बेनीदेखि लामो तथा छोटो दूरीमा चल्ने यातायात सेवा प्रभावित बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । ट्राफिक कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले बागलुङ–बेनीबाहेकका अन्य प्रमुख सडक अवरुद्ध बनेको जानकारी दिए । मालढुंगा–बेनी, बेनी–जोमसोम र बेनी–दरवाङ सडकको ठाउँ ठाउँमा पहिरो खसेर अवरुद्ध बनेको उनले बताए । म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने… पुरा पढौ

साफ यु–२० च्याम्पियनसीप : नेपालको भारतसँग लज्जासपद हार

साफ यु–२० च्याम्पियनसीप फुटबलको तेस्रो खेलमा नेपालले आयोजक भारतसँग लज्जासपद हार बेहोरेको छ । भुवनेश्वरस्थित कालिंगा रंगशालामा आइतबार साँझ भएको खेलमा नेपाल भारतसँग ८–० गोलले पराजित बन्यो । भारतको जितमा पार्थिव सुन्दर गोगोईले २ गोल गरे । टाइसन सिंह, हिमान्सु जान्ग्रा, पाथुम गिम्हाना, टन्कधर बाग, मोहमद सुहिव र सुभो पाउलले १÷१ गोल गरे । भारतलाई हराएर एक खेल अगावै फाइनलमा स्थान बनाउने सपना बुनेको नेपालको योजना सफल हुन सकेन । लिग चरणको अन्तिम खेलमा नेपालले अब मंगलबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ… पुरा पढौ

इरानमा बाढी : ५९ जनाको मृत्यु, ३० बेपत्ता

अघिल्लो सातादेखि परेको अविरल वर्षासँगै आएको बाढीमा परी इरानका विभिन्न भागमा ५९ जनाको ज्यान गएको र अन्य ३० जना हराइरहेका छन् । रेड क्रिसेन्ट सोसाइटीका अनुसार ६० वटा शहर, ५ सय १६ गाउँ, ८५ वटा सम्पर्क सडक बाढीबाट प्रभावित भएका छन् । हालसम्म १ हजार ३ सय ३२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको, ५ हजार २ सय १५ जनालाई खाना र बासको प्रबन्ध गरिएको, ९ सय ४४ जनालाई उद्धार गरिएको छ । राष्ट्रपति इब्राहिम राइसीले मन्त्री, देशभरका सङ्घ सङ्गठनका प्रमुख… पुरा पढौ

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहितको पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गए रातिदेखि लगातार पानी परिरहेको छ । पुरा पढौ

उत्तरी चीनको लिओनिङमा भीषण वर्षा र बाढीले ८० हजार जनता प्रभावित

चीनको उत्तरपूर्वी लिओनिङ प्रान्तमा आएको भारी वर्षा र बाढीका कारण झण्डै ८० हजार मानिस प्रभावित भएको स्थानीय अधिकारीहरूले बताएका छन् । लिओनिङ बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयका अनुसार करिब १,६०० हेक्टर बाली प्रभावित भएको छ जसमा १२.७ मिलियन युआन (लगभग १९ मिलियन अमेरिकी डलर) को प्रत्यक्ष आर्थिक क्षति भएको छ । प्रदेशका १३ मझौला र १७ वटा साना जलाशयमा पानीको बहाव बढेकाले बाढीको चेतावनीको स्तर नाघेको बताइएको छ । उनीहरू अहिले बाढीको पानी निकासी गर्न प्रयत्नशील छन् । बिहीबारदेखि… पुरा पढौ