समाचार

गण्डकी लगाएत स्थानमा मङ्गलबारसम्म वर्षाको सम्भावना

काठमाडौ । आगामी मङ्गलबारसम्म देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । मनसुनी प्रणाली सक्रिय रहेकाले आगामी मङ्गलबारसम्म देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् हीरा भट्टराईले बताए। उनका अनुसार प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ । यी… पुरा पढौ

भोजपुरको हलेसी आसपास केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प

पोखरा आसपासका क्षेत्रमा आज (आइतबार) बिहान ८ बजेर १४ मिनेटमा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ८ बजेर १३ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको हो । खोटाङ‚ सिन्धुपाल्चोक‚ काठमाडौंलगायत देशैभरका विभिन्न स्थानमा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ । गत साउन ९ गते सिन्धुपाल्चोकको हेलम्बु फुट ट्रेल नजिकै ६ बजेर ७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो । विज्ञहरूका अनुसार ०७२ सालकै विनाशकारी भूकम्पका पराकम्प जाँदा बारम्बार… पुरा पढौ

पोखरामा भूकम्पको धक्का

पोखरा उपत्यकाको क्षेत्रमा आज (आइतबार) अहिले विहान ८ः१४ बजे भूकम्पको धक्का महसुस गरिएको छ । पोखरा उपत्यका लगायत आसपासका क्षेत्रमा धक्का महसुस गरिएको हो । काठमाण्डौं उपत्यकामा पनि भूकम्पको धक्का महसुस गरिएको समाचारहरुमा जनाइएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको विस्तृत रिपोर्ट भने आउन बाँकी छ । पुरा पढौ

महिला साफ च्याम्पियनसीप : बन्द प्रशिक्षणमा ५८ खेलाडीहरु बोलाइयो

अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्काे महिना घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसीपको लागि बन्द प्रशिक्षणमा ५८ खेलाडीलाई बोलाएको छ । मुख्य प्रशिक्षक कुमार थापाले राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १९ औं एशियाली खेलकुदका लागि प्रशिक्षणमा रहेका ४० खेलाडी र थप १८ गरी ५८ खेलाडीलाई प्रशिक्षणमा बोलाएका हुन् । प्रशिक्षण सोमबार सुरु हुने एन्फाले जनाएको छ। प्रशिक्षणमा बोलाइएको खेलाडीको सुचीमा चोटका कारण टोली बाहिर रहेकी नियमित कप्तान रेनुका नगरकोटे पनि रहेकी छिन् । प्रशिक्षणमा बोलाइएका खेलाडीहरु गोलकिपर :… पुरा पढौ

साफ च्याम्पियनसीप महिला फुटबलमा नेपाल सहज समूहमा

घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसीप फुटबलमा नेपाल सहज समूहमा परेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार समूह बिभाजन गर्दा नेपाल समूह ‘बी’ मा रहेको हो। यस समूहमा नेपालसहित श्रीलंका र भुटान छन् । यस्तै,, समूह ‘ए’ मा साबिक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन् । २१ भदौदेखि ३ असोजमा दशरथ रंगशालामा हुने प्रतियोगितामा ७ देशको सहभागिता रहनेछ । साफ च्याम्पियनसीपका लागि मुख्य प्रशिक्षक कुमार थापाले ५८ महिला खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएका छन् । छैटौं… पुरा पढौ

साफ यु–२० च्याम्पियनसीप : नेपालले आज भारतसँग खेल्दै

२० वर्षमुनिको साफ च्याम्पियनसीप फुटबलमा आज नेपालले भारतसँग खेल्दैछ । च्याम्पियनसीप अन्तर्गत २ देशबीचको खेल भारतको भुवनेश्वरमा रहेको कालीङ्गा मैदानमा बेलुका सवा ७ बजे सुरु हुनेछ । भारत प्रतियोगिताको साविक विजेता पनि हो । मुख्य प्रशिक्षक मेघराज केसीले भारतसँगको आजको खेल नेपाली समर्थकका लागि विशेष रहने बताएका छन् । आजको खेल नेपाल र भारत दुवैका लागि महत्वपूर्ण छ । भारतलाई हराउन सकेमा नेपाल शीर्ष स्थानमा उक्लिनेछ । नेपाललाई हराएमा भारतको फाइनल पुग्ने सम्भावना बलियो हुनेछ । नेपालले जितेमा नेपाल र… पुरा पढौ

साफ यु–२० च्याम्पियनसीप : नेपाललाई उछिन्दै बंगलादेश शीर्षस्थानमा

साफ यु–२० च्याम्पियनसीप फुटबलमा नेपाललाई उछिन्दै बंगलादेश अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । बंगलादेशले खेलेको तेस्रो खेलमा बङ्लादेशले माल्दिभ्सलाई ४–१ गोलको फराकिलो अन्तरले हरायो । भारतको भुवनेश्वरमा रहेको कालीङ्गा रंगशालामा बंगलादेशले पहिलो हाफमा नै ४ गोल गरेको थियो । योसँगै बंगलादेशले लगातार तेस्रो जित निकालेको छ । ३ खेलमा ९ अंककासाथ बंगलादेश शीर्ष स्थानमा छ भने दोस्रो स्थानको नेपालको २ खेलमा ६ अंक छ । पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४–० र दोस्रो खेलमा श्रीलंकालाई ३–० गोलले हराएको थियो । हिँजो… पुरा पढौ

मनाङको नार्पाभूमिमा बुद्धको त्रिमूर्ति निर्माण गरिँदै

मनाङको नार्पाभूमि गाउँपालिकामा बुद्धको त्रिमूर्ति निर्माण गरिने भएको छ । गाउँपालिकाले गुरुङ जातिको संस्कृति संरक्षण गर्ने उद्देश्यले बुद्धको त्रिमूर्ति निर्माण गर्न लागेको हो । नार्पाभूमिको मेता, च्याखु र नारगाउँमा बुद्धको त्रिमूर्ति निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष कोञ्जो तेञ्जिङ लामाले जानकारी दिए । उनका अनुसार ३ स्थानमा गुरु रिम्बोछे, छेरेसिक, तुम्बा बुद्ध गरी त्रिमूर्ति निर्माण गरिनेछ । मनाङमा विशेष गरी गुरुङ जाति तथा बौद्ध धर्मावलम्बीको बसोबास रहेकाले धर्म र संस्कृतिको संरक्षणमा गाउँपालिकाले योजनाअनुरूप त्रिमूर्ति निर्माण गर्न लागेको उनले बताए । तीन… पुरा पढौ

तनहुँमा थपिए ५ सय ७९ उद्योग

तनहुँमा एक वर्षमा ५ सय ७९ उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय तनहुँमा आर्थिक वर्ष २०७८/७९ को अवधिमा ५ सय ७९ उद्योग दर्ता भएका हुन् । यस अवधिमा उत्पादनमूलक ४७, कृषि तथा वन पैदावारमा आधारित ३ सय २०, खनिजतर्फ १, पर्यटनतर्फ १, सेवातर्फ १ सय ३ र पूर्वाधारतर्फ तीन उद्योग थपिएको कार्यालय प्रमुख नारायण ढकालले जानकारी दिए । थपिएका उद्योगमध्ये घरेलुतर्फ ३३ र साना उद्योगतर्फ ५ सय ४६ छन् । कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै… पुरा पढौ

पोखराको पीसीएममा शिक्षक र कर्मचारीबीच मैत्रीपूर्ण फुटसल

पोखरा कलेज अफ म्यानेजमेन्टमा कार्यरत शिक्षक तथा कर्मचारीहरुबीच फुटसल प्रतियोगिता भएको छ। पोखरा फुटसल अरिना, गैरापाटनमा सम्पन्न प्रतियोगितामा प्रथम, दृतिय र तृतिय स्थान हासिल गर्ने टिमहरुलाई पुरस्कार समेत वितरण गरिएको छ। कलेजको प्राचार्य लिना नेगी श्रेष्ठ र निर्देशक प्राञ्जल कायस्थले मेडल र पुरस्कार प्रदान गरे। प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडीमा राजकिरण छत्कुली, सर्वाधिक गोलकर्तामा निकेश कर्मचार्य र सर्वोत्कृष्ट गोलरक्षकमा सरोज कुँबर बने। कार्यक्रममा बोल्दै प्राचार्य श्रेष्ठले कलेजले यस्ता कार्यक्रमहरु विगतमा पनि गर्दै आएको र भविष्यमा पनि निरन्तरता दिने बताए। त्यसैगरी, विजयी टिमका… पुरा पढौ