समाचार

प्रयोगविहीन बसपार्क, उस्तै विमानस्थल

बागलुङ नगरपालिकाले आधुनिक बसपार्क बनाउँदा लिएको ऋणको वार्षिक रु एक करोड २७ लाख सावाब्याज नगर विकास कोषलाई तिर्नुपर्छ । ५.५ प्रतिशत ब्याजमा २० वर्षभित्र असुल गर्नेगरी कोषले विसं. २०७४ मा रु नौ करोड चार लाख ३९ हजार ऋण नगरपालिकालाई दिएको थियो । कोषको ऋण लगानीसँगै दुई दशकदेखिको बसपार्क बनाउने नगरको योजनाले साथर्कता पनि पायो । विसं २०७५ असोजमा ठेक्कामा गएको बसपार्क विसं. २०७८ को सुरुतिर बन्यो पनि । यसरी लामो प्रयास र नगरको चर्को व्ययभारमा निर्मित आधुनिक बसपार्क अझै प्रयोगमा… पुरा पढौ

पोखरामा श्रावण १७ र १८ गते ‘शास्त्रीय संगीत महोत्सव’

पोखरामा श्रावण १७ र १८ गते ‘शास्त्रीय संगीत महोत्सव’ हुने भएको छ। सनातन कला साहित्य कुञ्ज काठमाडौंको आयोजनामा पोखरामा उक्त कार्यक्रम हुन लागेको हो। कार्यक्रममा वरिष्ठ सितारवादक प्रा.डा.ध्रवेशचन्द्र रेग्मी, वरिष्ठ कत्थक नृत्यकार कृष्णप्रसाद पौडेल, कत्थक नृत्याङ्गना श्रुती काफ्ले, तबलावादक जगन्नाथ धगौडा, ध्रुपद गायक कुन्दन पाठक, बासुरीवादक उमेश पण्डित, पखावजवादक मुकेश शाक्य, तबलावादक निमेश कपालीको प्रस्तुती रहने संस्थाका संस्थापक अध्यक्ष उत्तम रिमालले जानकारी गराएका छन्। उनका अनुसार पहिलो दिनको कार्यक्रम पोखरा सभागृहमा साँझ ५ बजे हुनेछ। दोस्रो दिन विन्ध्यावासिनी धार्मिक क्षेत्र… पुरा पढौ

गण्डकी प्रदेशमा आज भारी वर्षाको संभावना

गण्डकी प्रदेशका केही स्थानहरुमा आज दिउँसो भारी वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गण्डकी प्रदेश लगायत प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशको १÷२ स्थानमा भारी वर्षाको संभावना रहेको छ। हाल, गण्डकी प्रदेश अन्तर्गत गोरखाको बारपाक र लमजुङको कुन्छामा सबैभन्दा बढी वर्षा भएको छ। गोरखाको बारपाकमा एक घण्टाअघि मापन गरिए अनुसार त्यहाँ १८ दशमलव ६ मिलि लिटर पानी परेको जनाइएको छ। त्यस्तै, लमजुङको कुन्छामा एक घण्टाअघिको मापनमा १४ दशमलव ४ मिलिलिटर पानी परेको जनाइएको… पुरा पढौ

आज हेपाटाइटिसविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

आज जुलाई २८ तारिक अर्थात हेपाटाइटिस विरुद्धको अन्तर्राष्ट्रिय दिवस। नेपालमा पनि हरेक वर्ष आजको दिन विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदै यो दिवस मनाइँदै आएको छ। विश्व हेपाटाइटिस अलाइन्सले १८ मे मा विश्व हेपाटाइटिस मनाउने निर्णय गरेता पनि सन् २०१० मे महिनामा विश्व स्वास्थ्य महासभाको ६३ औँ बैठकले २८ जुलाई हेपाटाइटिस ‘बी’ का खोजकर्ता डा. बारुच ब्लुमबर्गको जन्म दिवसमा विश्व हेपाटाइटिस दिवस मनाउने निर्णय गरेसँगै यो दिवस आधिकारिक रूपमा मनाउन लागिएको हो। नेपालमा भने सन् २०१० को जुलाई २८ देखि… पुरा पढौ

सवारी जरिवाना व्यवस्था संशोधनको मागसहित मन्त्री खड्कालाई चेम्बर्स अफ कमर्शको ज्ञापन पत्र

पोखरा । नेपाल चेम्बर्स अफ कमर्श गण्डकीले भौतिक, पूर्वाधार शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कालाई ज्ञापनपत्र बुझाएको छ । यातायात व्यवस्थाले सवारी साधनको नवीकरण र जरिवानावापत चर्काे शुल्क असुलेपछि संशोधनको मागसहित आज (बुधबार) मन्त्री खड्कालाई चेम्बर्स अफ गण्डकीका अध्यक्ष किसान सुनार नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको हो । आर्थिक ऐनमा स्पष्ट व्यवस्था उल्लेख नगरिइकन चर्काे शुल्क असुल्ने निर्णय नागरिकको हितविपरित भएको भन्दै डेलिगेशन गएको कमर्शका अध्यक्ष किसान सुनारले बताए । उनले सो व्यवस्था संशोधन हुने विश्वास व्यक्त गर्दै भने, ‘नागरिक… पुरा पढौ

सन्देश मेमोरियल बन्यो बिबिआर फुटसलको च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका २७ तालचोकस्थित काइट फुटसलमा सम्पन्न पहिलो संस्करणको ‘बिबिआर फाइभ ए साइड फुटसल प्रतियोगिता’ मा सन्देश मेमोरियल च्याम्पियन बनेको छ । ‘स्वास्थ्य र भाइचाराका लागि खेलकुद’ भन्ने नारासहित विश्वास, भिषण एण्ड राहुल युनाइटेडले आयोजना गरेको फुटसल प्रतियोगितामा सन्देश मेमोरियलले ‘ट्वान्टी फाइभ के’ रत्नचोकलाई २–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो ।च्याम्पियन बनेको सन्देश मेमोरियलले शिल्ड मेडल तथा प्रमाणपत्रसहित नगद रु ६० हजार र उपविजेता बनेको ‘ट्वान्टी फाइभ के’ रत्नचोकले शिल्ड मेडल तथा प्रमाणपत्रसहित नगद रु ३०… पुरा पढौ

डागर स्मृति प्रतिष्ठानमा सम्मान

पोखरा । डागर स्मृति प्रतिष्ठान नेपालले बुधवार एक समारोहका बीच चार जना सामाजिक व्यक्तित्वलाई सम्मान गरेको छ । प्रतिष्ठानका अभिभावक तथा शुभेच्छुकहरू विभिन्न उच्च ओहदा र तहमा आसिन हुन सफल भएको अवसरमा शुभकामनासहित प्रतिष्ठानले सम्मान अर्पण गरेको हो । यसरी सम्मानित हुनेमा प्रतिष्ठानका अभिभावक डिष्ट्रिक ३२५ बी १ का पूर्व डिस्ट्रिक गभर्नर तथा महानगरप्रमुख धनराज आचार्यलगायत विशिष्ट समाजसेवी रहनुभएको छ । प्रतिष्ठानका शुभेच्छुक राम बसेल समाजसेवीहरुको सर्वश्रेष्ठ संस्था लायन्स क्लब अफ इन्टरनेशनलकोलायन वर्ष २०२२÷२०२३ का लागि डिस्ट्रिक ३२५ ‘आई’को गभर्नरमा,… पुरा पढौ

प्रहरीद्वारा पोखरामा ८ टन गाँजा फडानी

पोखरा । सामुदायिक प्रहरी जिल्ला समन्वय समिति कास्कीले पोखरा वडा नं. २१ को द्वार र ३३ को ठुलढुङ्गा परिसरमा गाँजा फडानी गरेको छ । प्रहरी, संघसंस्था तथा स्थानीयद्वारा बुधबार गरिएको उक्त दुई स्थानबाट ८ टन गाँजा फडानी गरिएको हो । सामुदायिक प्रहरी जिल्ला समन्वय समिति कास्कीको आयोजनामा जिल्ला प्रहरी कार्यालय कास्कीको प्राविधिक सहयोगमा भएको फडानी कार्यमा सामुदायिक प्रहरी जिल्ला समन्वय समिति कास्की,वडा कार्यालय ३३, वडा प्रहरी कार्यालय बैदाम, नेपाल प्रहरी प्रदेश कार्यलय लागु औषध नियन्त्रण संस्था, स्थानिय, टोलसुधार समिति, अमा… पुरा पढौ

पोखरामा नवौँ राष्ट्रिय खेलकुद: खेलस्थल व्यवस्थापन उपसमिति खेल मैदान अवलोकनमा व्यस्त

पोखरा । ३९ वर्षपछि पोखरामा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलस्थल व्यवस्थापनको जिम्मेवारी पाएको उपसमितिको टोली स्थलगत अवलोकनमा व्यस्त देखिएको छ । खेलस्थल व्यवस्थापन उपसमितिका संयोजकसमेत रहेका राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश कुमार गुरुङ नेतृत्वको टोली तनहुँको शुक्लागण्डकी नगरपालिका–८, गणपतिस्थित खेलमैदानको अवलोकन गर्न पुगेको हो । शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डित, उपप्रमुख खुमबहादुर विक, स्थानीय क्लबका पदाधिकारीहरुको उपस्थितिमा मैदानको निरिक्षण गरेका हुन् । गणपति खेलमैदानलाई क्रिकेट लागि उपयुक्त हुन सक्ने प्रदेश खेलकुद परिषदका सदस्य गुुरुङले बताए ।… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद सफल बनाउन सबैको सहकार्यमा जोड

पोखरा । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन एक जुट हुँदै सहकार्य र सहअस्तित्वमा अगाडी बढ्ने कुरामा जोड दिइएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना भएको एक छलफल कार्यक्रममा उक्त कुरामा जोड दिइएको हो । आगामी असोज २८ देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकद प्रतियोगिता सफल बनाउन समग्र गण्डकी प्रदेशबासीलाई अपनत्वको सन्देशका साथै एक जुट बनाउन परिषदले आफ्नो योजनावद्ध रुपमा अघि बढ्न सहभागिहरुले सुझाव समेत दिए । सो अवसरमा… पुरा पढौ