समाचार

नवौं राष्ट्रिय खेलकुद सफल बनाउन सबैको सहकार्यमा जोड

पोखरा । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन एक जुट हुँदै सहकार्य र सहअस्तित्वमा अगाडी बढ्ने कुरामा जोड दिइएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना भएको एक छलफल कार्यक्रममा उक्त कुरामा जोड दिइएको हो । आगामी असोज २८ देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकद प्रतियोगिता सफल बनाउन समग्र गण्डकी प्रदेशबासीलाई अपनत्वको सन्देशका साथै एक जुट बनाउन परिषदले आफ्नो योजनावद्ध रुपमा अघि बढ्न सहभागिहरुले सुझाव समेत दिए । सो अवसरमा… पुरा पढौ

प्रसिद्ध ‘मोटिभेस्नल’ वक्ता जैन काठमाण्डौंमा

काठमाण्डौं । भारतीय प्रशिद्ध ‘मोटिभेस्नल’ वक्ता हर्षवर्धन जैन नेपाल आइपुगेका छन् । रियल इभेन्ट म्यानेजमेन्टको आयोजना, कलेजएक्स र जिनियस विजलाईफको सहआयोजनामा यही शुक्रबार कमलादीस्थित नेपाल पज्ञा प्रतिस्ठानमा हुन लागेको ‘द हर्ष वेभ शो’ मा प्रशिक्षण दिनका लागि उनी बुधबार नेपाल आएका हुन् । शुक्रबार हुने उक्त प्रशिक्षणलाई नेपालकै सबैभन्दा ठुलो प्रगती केन्द्रित प्रशिक्षण कार्यक्रम भएको आयोजकले दावी गरेको छ । बिहान १० बजेबाट शुरु हुने उक्त कार्यक्रम उद्योगी, व्यवसायी, विद्यार्थीहरुलाई लक्षित गर्दै आयोजना गरिएको कार्यक्रम संयोजक बलिराम यादवले जानकारी दिए… पुरा पढौ

पोखराका बिश्वमोहन अधिकारी नेपाल व्यवस्थापन संघको प्रबन्ध समितिमा नियुक्त

पोखरा । नेपाल व्यवस्थापन संघको २० औं प्रबन्ध समितिको सदस्यमा पोखराका विश्वमोहन अधिकारी नियुक्त भएका छन् । उनलाई नेपाल सरकार, मन्त्री परिषद्को बैठकले नेपाल व्यवस्थापन संघको विधान २०३५ को दफा २० बमोजिम २ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो ।अधिकारी युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक हुन् । यस अघि उनी पोखराबाट स्थापित तथा संचालित ओम डेभलभपमेन्ट बैंकका सिईओ थिए । पुरा पढौ

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले १० लाखको अक्षयकोष स्थापना गर्ने

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले खेलपत्रकारलाई समस्या पर्दा सहयोग गर्ने हेतुले अक्षयकोष स्थापना गर्ने भएको छ । मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले आफ्नो जन्मदिनको अवसर पारेर यसको सुरुवात गरेंको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिएका छन् । अध्यक्ष बरालले जन्मदिनको दिनमा आफ्ना बाबु स्व.टेकनाथ बरालको नामबाट दश हजार रुपैयाँ मञ्चको अक्षयकोषमा अपर्ण गरेका हुन् । सो अवसरमा बोल्दै अध्यक्ष बरालले आफ्नो कार्यकालमा अक्षयकोषमा १० लाख पु¥याउने घोषणा गरेको महासचिव पौडेलल बताए । अक्षकोषको लागि प्रदान गरिएको चेक अध्यक्ष… पुरा पढौ

एक वर्षको अवधीमा स्याङ्जामा २७ सवारी दुर्घटना, ४० को मृत्यु

स्याङ्जा । एक वर्षको अवधिमा स्याङ्जामा भएका २७ सवारी दुर्घटनामा ४० जनाको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा स्याङ्जाका विभिन्न स्थानमा सवारी दुर्घटनामा परी ४० जनाले अकालमै ज्यान गुमाएका हुन् । सवारी दुर्घटनामा परी १७ पुरुष, १८ महिला, चार बालक र एक बालिकाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मीनबहादुर कुँवरले बताए । एक वर्षको अवधिमा १४ पुरुष, १५ महिला, दुई बालक र दुई बालिका गरी ३३ जना गम्भीर घाइते भएका थिए भने १५ जना मध्यम… पुरा पढौ

आन्तरिक पर्यटकको गन्तब्य बन्दै हेम्जाको सुईखेत रिभर भ्याली रिसोर्ट

पोखरा। ताल छेउमा होटल, रेष्टुरेन्ट तथा रिसोर्ट पोखरामा धेरैनै छन त्यो पनि पोखरा शहर भित्र । पोखरा भ्यालि बाहिर पहिलोपटक कास्कीको पोखरा महानगरपालिका वडा नम्वर २५ सुईखेत खोला छेउमा सुईखेत रिभर भ्याली रिसोर्ट सञ्चालनमा आएको छ । हालै सञ्चालनमा आएको सुईखेत रिभर भ्याली रिसोर्टले पर्यटकको मन जित्न सफल भएको छ । सुईखेत रिभर भ्यालि रिसोर्ट आन्तरिक पर्यटकहरुको लागि नया गन्तव्य बनेको छ । रिसोर्टमा राखिएको एटिभि बाईक राईड र स्वीमिङ पुल संगै रहेको प्राकृतिक मनोरम दृश्यले त्यहा जाने पर्यटकहरुको पहिलो… पुरा पढौ

वेपत्ता छोरो खोजिरहेको बाउआमाको कथा हो ‘पानी फोटो’

पोखरा । तत्कालीन नेकपा माओवादीले २०५२ सालदेखि दश वर्षसम्म जनयुद्धको नाममा सशस्त्र द्वन्द्व ग¥यो । त्यो द्वन्द्वको क्रममा कयौं मानिसले ज्यान गुमाए । कयौं वेपत्ता र घाईते भए । ज्यान गुमाउनेहरु त मरेर गए सकियो । तर वेपत्ता हुनेको अवस्था अझै पत्ता लाग्न सकेको छैन । जसका कारण सशस्त्र द्वन्द्व शान्ति प्रक्रियामा रुपान्तरण भएको डेढ दशक बितेपनि वेपत्ता परिवार प्रताडित छ । अहिलेपनि छोरोको खोजिमा भौतारिरहनुपरेको छ । नेपाली चलचित्र ‘पानी फोटो’ले यहि कथा भनेको छ । यहि साउन १३… पुरा पढौ

एसईईको परीक्षाफल सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्ष एसईई को नतिजा सार्वजनिक गरेको छ । बोर्डको बुधबार बसेको बैठकले कक्षा १० को माध्यमिक परीक्षा एसईई को सार्वजनिक गरेको हो । गत बैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको परीक्षामा २ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका २ लाख ५७ हजार ९२४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ९७७ परीक्षार्थी सामेल भएका थिए । बोर्डले कोरोनाका कारण दुई वर्ष आन्तरिक… पुरा पढौ

उपत्यकाको फोहर बिहीबारदेखि पुनःव्यवस्थापन हुने

काठमाण्डौं । एक हप्तादेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहर भोलि बिहीबारदेखि पुनःव्यवस्थापन हुने भएको छ । सिसडोलबाट बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ता उपत्यकाको फोहर उठ्न सकेको थिएन । बाटो मर्मतकै कारण उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापनको काम रोकिएको थियो । बाटो मर्मतको काम सकिएकाले बिहीबार बिहान ६ बजेदेखि साविकबमोजिम नै फोहर व्यवस्थापन हुने कामपाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालद्वारा जारी सूचनामा भनिएको छ । कामपाले यही साउन ४ गते सूचना सार्वजनिक गर्दै एक… पुरा पढौ

फिलिपिन्समा शक्तिशाली भूकम्प, सुनामी आउनसक्ने चेतावनी

फिलिपिन्सको उत्तरी क्षेत्रमा अवस्थित लुजोन टापुमा आज बिहान शक्तिशाली ७.१ म्यानिट्यूडको भूकम्प गएको छ। भूकम्पको कारण एउटा अस्पताल र भवनहरुमा क्षति पुगेको छ भने राजधानी मनिलासम्म भूकम्पका धक्का महसुस गरिएको थियो। अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु फिलिपिनी शहर डोलोरेसभन्दा ११ किलोमिटर दक्षिणपूर्वतर्फ रहेको छ भने गहिराई १० किलोमिटर रहेको छ। भूकम्पका कारण अहिलेसम्म कुनै मानवीय क्षति भएको समाचार आएको छैन। भूकम्पका कारण सुनामी आउनसक्ने भन्दै सतर्क रहन भने आग्रह गरिएको छ। एजेन्सी पुरा पढौ