समाचार

भारतीय राजदुत श्रीवास्तव र पोखराका प्रमुख आचार्य बीच भेटवार्ता

पोखरा ।पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवबीच आइतबार भेटघाट भएको छ । प्रमुख आचार्य र राजदुत श्रीवास्तव बीच पोखरामा भेटघाट भएको हो । भेटघाटका क्रममा पोखरा र भारतका विभिन्न सहरबीच भगिनी सम्बन्ध विस्तार, पर्यटकीय राजधानी घोषणा हुन लागेको पोखरामा पर्यटकीय पूर्वाधार र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतमा नियमित हवाई उडान लगायतका विविध विषयमा छलफल भएको छ । पोखरा महानगरका प्रमुख आचार्यले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर अब सञ्चालनको तयारीमा रहेको भन्दै… पुरा पढौ

कोरोना संक्रमणबाट २ जनाको मत्यु, मृतकको संख्या ११ हजार ९५६ पुग्यो

काठमाण्डौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । यो सहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५६ पुगेको छ । सोही अवधीमा ३४७ जना कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ८८८ जनामा गरिएको परीक्षणमा उनीहरु संक्रमित भएका हुन् । ती मध्य दुई हजार ३६० जनाले पीसीआर र एक हजार ५२८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । आइतबार ९५ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त… पुरा पढौ

पाल्पामा बस दुर्घटना, ६ को मृत्यु

पाल्पा । गुल्मीबाट यात्रु लिएर बुटवल जाँदै गरेको बस पाल्पामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । आइतबार गुल्मीबाट यात्रु बोकेर छुटेको लु १ ख ५९५२ नंको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हँुदा घटनास्थलमै ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । मृतकको सनाखत हुन सकेको छैन । अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ । बसमा २२ जना यात्रु सवार रहेको बुझिएको छ । बस सडकदेखि करिब… पुरा पढौ

नेपाल प्रेस यूनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित

पोखरा । नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन् । हेटौंडामा भएको यूनियनको निर्वाचनमार्फत लम्साल अध्यक्षमा निर्वाचित भएका हुन् । नेपाली कांग्रेस निकट पत्रकारहरु संगठन प्रेस युनियनको संस्थापन पक्षबाट उम्मेद्वारी दिएका लम्सालले संस्थापन पक्षका अनिता विन्दुलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । उपाध्यक्षमा नकुल अर्याल, महासचिवमा दिलिप पौडेल कोषाध्यक्षमा माधव धिताल विजयी भएका छन् ।महाधिवेशन यही ६ र ७ साउनमा हेटौँडामा भएको थियो । पुरा पढौ

मौद्रिक नीति सकारात्मक भएको महासङ्घको ठहर

काठमाडौँ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घले स्वदेशी वस्तुको प्रवद्र्धनका लागि कर्जालाई उत्पादनशील क्षेत्रमा लगाउने गरी सार्वजनिक भएको चालु आवको मौद्रिक नीति स्वागतयोग्य रहेको बताएको छ । स्वदेशी वस्तुको प्रवद्र्धन र विकासका लागि बहस पैरवी गर्दै आएको महासङ्घले माग सम्बोधन हुने गरी स्वदेशी वस्तुको प्रवद्र्धनका लागि कर्जालाई उत्पादनशील क्षेत्रमा लगाउने विशेषता समेटिएको भन्दै नीतिको स्वागत गरेको हो । कोभिड–१९ महामारीबाट प्रभावित लघु, घरेलु, साना उद्यम र उत्पादनशील क्षेत्रलाई प्राथमिकता दिई सहुलियत दरमा प्रदान गरिँदै आएको पुनरकर्जा तथा सहुलियतपूर्ण कर्जा… पुरा पढौ

लागुऔषध र्दुव्यसन सामूहिक प्रयास

काठमाडौँ । समाजमा बढ्दै गएको लागुपदार्थ र्दुव्यसन विरुद्ध सामाजिकस्तरमा सामूहिक प्रयास थाल्नुपर्नेमा जोड दिइएको छ । मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले आज आयोजना गरेको छलफलका वक्ताले आध्यात्मिक र सामाजिक चिन्तनमा भएका बेवास्ताका कारण समाजमा अनुशासनहीनता बढेको र नयाँ पुस्तामा विचलन सुरु भएको बताएका हुन् । ढिला नगरी लागुऔषध दुव्र्यसन अन्त्यका लागि सामाजिकस्तरबाट प्रभावकारी अभियान चलाउनुपर्ने खाँचो रहेको कार्यक्रमका वक्ताको भनाइ थियो । कार्यक्रममा पूर्व राज्यमन्त्री मोहनसिंह राठौरले राजधानीमात्र नभइ गाउँगाउँमा लागुऔषध र्दुव्यसनको अखडा बन्दै गएकोप्रति चिन्ता व्यक्त गरे… पुरा पढौ

वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान हुन्छ ; मन्त्री कुँवर

गोदावरी । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान गरिने बताएका छन । समाजवादी प्रेस सङ्गठन नेपाल कैलालीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अवैधानिकरूपमा विदेशमा काम गर्न गएका र त्यही मुत्यु भएका नेपाली श्रमिकको शव नेपाल ल्याउन विभिन्न कानुनी झन्झट रहेको बताए । उनले आफूले ती झन्झटको समाधान गर्न पहल गर्ने विश्वास दिलाए । विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि सरकारले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री कुँवरले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधानका लागि… पुरा पढौ

प्रदेश प्रज्ञाप्रतिष्ठानसम्बन्धी विधेयक प्रस्ताव पेश

काठमाडौँ । प्रदेश प्रज्ञाप्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ आज प्रदेश सदनमा पेश भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बूले सो विधेयक पेश गरे । विधेयकले प्रदेशका सबै भाषा, लिपी, कला र संस्कृतिसम्बन्धी अध्ययन र अनुसन्धानमा मद्दत पु¥याउने विश्वास लिइएको छ । ‘प्रदेश सञ्चार माध्यम व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलमा सदस्यले उठाएका जिज्ञासाहरूको जवाफ दिँदै यातायात तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरे सञ्चार माध्यमलाई व्यवस्थित गर्न… पुरा पढौ

ट्र्याक खोलिएको झण्डै तीन दशकपछि कालोपत्र हुँदै

कर्णाली । ट्र्याक खुलेको झण्डै तीन दशकपछि पश्चिम सुर्खेतको बड्डीचौर–विद्यापुर–बेनीघाट सडक खण्ड कालोपत्र हुने भएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने उक्त खण्ड प्रदेश सरकारको लगानीमा स्तरोन्नति गर्न लागिएको हो । यो पश्चिम सुर्खेतको मुख्य सडकमा पर्दछ । वर्षौंसम्म सडक स्तरोन्नति नहुँदा पश्चिम सुर्खेतका बासिन्दाले सास्ती भोग्दै आएका थिए । विसं २०५१ सालमा उक्त सडक खण्डको ट्र्याक खोलिएको थियो । पूर्वाधार विकास निर्देशनालयले प्रदेश सरकारको रु ४२ करोड ४७ लाख ६१ हजार लागतमा बड्डीचौरदेखि खम्बागाडेसम्म १२ किमी सडक कालोपत्र गर्न… पुरा पढौ

पोखरा कालिका भ्यु टाउनको वृक्षरोपण

पोखरा । लायन्स क्लब अफ पोखरा कालिका भ्यु टाउनले वृक्षरोपण कार्यक्रम गरेको छ । क्लबको वार्षिक कार्यक्रम अनुसार पोखरा महानगरपालिका वडा नम्बर २८ चिन्तेकोडाँडामा शनिबार वृक्षरोपण कार्यक्रम गरेको हो । लायन्स क्लबका डिपार्टमेन्ट चिफ जगन्नाथ तिमिल्सिनाले वृक्षरोपण कार्यक्रमको शुभारम्भ गरेका थिए । अमला, तेजपत्ता लगायत विभिन्न ५० प्रजातिका बहु उपयोगी बिरुवा रोपिएको क्लबका अध्यक्ष श्यामप्रसाद तिमिल्सेनाले जानकारी दिए । कार्यक्रममा रिजन चेयर पर्सन देवकृष्ण काफ्ले, जोन चेयर पर्सन गोमा कार्की बास्कोटाको पनि सहभागिता रहेको थियो । क्लबका संस्थापक अध्यक्ष एवं… पुरा पढौ