समाचार

पोखरा कालिका भ्यु टाउनको वृक्षरोपण

पोखरा । लायन्स क्लब अफ पोखरा कालिका भ्यु टाउनले वृक्षरोपण कार्यक्रम गरेको छ । क्लबको वार्षिक कार्यक्रम अनुसार पोखरा महानगरपालिका वडा नम्बर २८ चिन्तेकोडाँडामा शनिबार वृक्षरोपण कार्यक्रम गरेको हो । लायन्स क्लबका डिपार्टमेन्ट चिफ जगन्नाथ तिमिल्सिनाले वृक्षरोपण कार्यक्रमको शुभारम्भ गरेका थिए । अमला, तेजपत्ता लगायत विभिन्न ५० प्रजातिका बहु उपयोगी बिरुवा रोपिएको क्लबका अध्यक्ष श्यामप्रसाद तिमिल्सेनाले जानकारी दिए । कार्यक्रममा रिजन चेयर पर्सन देवकृष्ण काफ्ले, जोन चेयर पर्सन गोमा कार्की बास्कोटाको पनि सहभागिता रहेको थियो । क्लबका संस्थापक अध्यक्ष एवं… पुरा पढौ

तीन किशोरी झुण्डिएको अवस्थामा फेला

बनियानी । दक्षिणी झापाको सीमावर्ती गाउँपालिका कचनकवलमा आज तीन किशोरी रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् । कचनकवल–५ पाठामारीस्थित सुनकोसी चिया बगानको रुखमा झुण्डिएको अवस्थामा तीन जना किशोरी फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । उनका अनुसार कचनकवल–५ की १७ वर्षीया अञ्जली गणेश, १६ वर्षीया करिना गणेश र १६ वर्षीया कल्पना गणेश बगानको बयरको रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । उनीहरूले सामूहिक आत्महत्या गरेको हुनसक्ने अनुमान गरिए पनि आत्महत्याको कारण खुलेको… पुरा पढौ

लायन्स क्लब फेवा फुलवारीद्वारा वृक्षरोपण तथा स्टेसनरी वितरण

पोखरा । लायन्स क्लब अफ पोखरा फेवा फुलवारीले विपन्न परिवारका विद्यार्थीलाई स्टेसनरी सामाग्री वितरण गरेको छ । पोखराकै पर्यटकीय स्थल घार्मीमा आयोजित कार्यक्रममा त्यस क्षेत्रका विभिन्न विद्यालयमा अध्ययन गर्ने विपन्न वर्गका विद्यार्थीहरू भुमेश्वर आधारभुत विद्यालयका प्रीन्सा पौडेल, प्रकृति पौडेल, विवश सुनार, महेन्द्र मा विका सुमन सुनार, निमिसा सुनार, सुवोध पौडेल, सलिना पौडेल, जनम गर्वुजा, झरन गर्वुजा र गायत्री विद्यालयका सुशान्त भुजेललाई लायन्स डिस्टीक ३२५ जेका डिस्टीक गभर्नर धुर्व श्रेष्ठ, क्लवका अध्यक्ष गुरु प्रसाद पौडेल र कार्यक्रम संयोजक क्लवका सल्लाहकार गोविन्दराज… पुरा पढौ

सांसदद्वारा कोभिडका विषयमा स्वेतपत्र जारी गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद डा डिला सङ्ग्रौला पन्तले कोभिडका विषयमा श्वेशपत्र जारी गर्न माग गरेका छन । सदनको विशेष समयमा सांसद सङ्ग्रौलाले कोभिडसँग जुध्न नेपालले गरेका प्रयास, उपलब्ध र आगामी चुनौतीसँग जुध्न श्वेतपत्र जारी गर्न सरकारसँग आग्रह गरे । उनले नागरिकलाई कोरोनाबाट जोगाउन खोप अभियानलाई तीव्रता दिन माग गरे। उनले स्वास्थ्य बीमाको रकम उपलब्ध नगराएकामा पनि सरकारको ध्यानाकर्षण गराए । बीमामा साढे १७ लाख मानिस आबद्ध भइसकेका सन्दर्भमा अहिले रकम नआएको भन्दै विभिन्न अस्पतालले सूचना जारी गरेरै बीमा… पुरा पढौ

पोखरा महानगरमा १५ करोडको स्वरोजगार कोष, ७५० युवालाई स्वरोजगार बनाईने

पोखरा । पोखरा महानगरपालिकाले १५ करोडको स्वरोजगार कोष स्थापना गरेको छ । युवा स्वरोजगार कोष र मुक्तिनाथ विकास बैंकसँगको सहकार्यमा पोखरा महानगरपालिकाले सो रकमको स्वरोजगार कोष स्थापना गरेको हो । महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम र बजेटमै ५ करोड रुपैयाँ विनियोजन गरिसकेको छ । कोषमार्फत युवा स्वरोजगार जन्माउने महानगरको योजना छ । महानगरले सो योजनामार्फत ७५० जना युवा तथा साना व्यवसायी स्वरोजगार उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ । कोष सञ्चालन गर्न त्रिपक्षीय सम्झौताका लागि सैद्धाान्तिक सहमति जुटिसकेको महानगरले जनाएको… पुरा पढौ

सल्लाघारीमा रुख ढलेर बस र स्कुटर थिच्यो, तीनको मृत्यु, १२ घाइते

भक्तपुर । भक्तपुरको सल्लाघारीमा रुख ढलेर बसलाई थिच्दा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । सल्लाघारीमा बाटोमाथिको रुख एक्कासी ढलेर बाटोमा आउँदा सडकमा गुडिरहेको बस र स्कुटरलाई किच्दा उक्त दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुर सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । काठमाडौँबाट यात्रु बोकेर थिमि हुँदै भक्तपुर दूधपाटीतर्फ जाँदै गरेको बा२ख ३५८४ नं को बस र भक्तपुर दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा६१प ३९६८ नंको स्कुटर थिचिएको उनले जानकारी दिए । बसमा… पुरा पढौ

भारतमा बीस हजारभन्दा बढीमा कोरोना सङ्क्रण पुष्टि

नयाँदिल्ली । बितेका २४ घण्टामा देशका विभिन्न भागमा २० हजार दुई सय ७९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जनाएको छ । यसअघि भारतमा लगातार तीन दिनसम्म सङ्क्रमितको सङ्ख्या २१ हजारभन्दा माथि पुगेको थियो । हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३८ लाख ८८ हजार पुगेको छ भने एक लाख ५२ हजार दुई सय सक्रिय सङ्क्रमित छन् । सोही अवधिमा १८ हजार एक सय ४३ सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको… पुरा पढौ

अरिङ्गालले सताउँदा माहुरीपालक किसान समस्यामा

गण्डकी । रुकुमपूर्वको सिस्ने गाउँपालिका–३ पोखरामा अरिङ्गालले सताउँदा किसान समस्यामा परेका छन् । दिनहुँ अरिङ्गालले माहुरीको घार घेरो हाल्ने र माहुरी खान थालेपछि किसान समस्यामा परेका हुन् । पोखरामा माहुरीपालक किसान ओमप्रकाश खड्काले अरिङ्गालले सताउन थालेपछि हिजोआज एक जना माहुरीको हेरालो बस्नुपर्ने बाध्यता आइलागेको बताए । उनका १६० माहुरी घार छन् । उहाँका अनुसार यी सबै घार एकै ठाउँमा छैनन् । चरणका लागि विभिन्न पाँच ठाउँमा राखिएको छ । अहिले परिवारका चार सदस्य एकएक ठाउँमा माहुरी हेरालु बसेको र एक… पुरा पढौ

भारतबाट फर्कनेमा कारोनाको सङ्क्रमण देखिँदै

कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै नेपाल भित्रिने मानिसमा कोरोनाको सङ्क्रमण देखिन थालेको छ । भारतबाट फर्कनेमा कोरोनाको सङ्क्रमण देखिन थालेपछि सीमा क्षेत्रमा स्वास्थ्यकर्मीले उच्च सर्तकता अपनाएका छन् । शङ्कास्पद व्यक्तिको एन्टिजेन विधिबाट कोरोना परीक्षणको कार्य सीमा क्षेत्रमै गर्ने व्यवस्था गरिएको छ । सीमा नाका गड्डाचौकीमा रहेको हेल्थडेस्कका प्रमुख तर्कराज भट्टका अनुसार दैनिक चारदेखि पाँच जनामा कोरोनाको सङ्क्रमण देखिन थालेको छ । भारतबाट फर्कने शङ्कास्पद व्यक्तिको एन्टिजेट विधिबाट परीक्षण गर्दा दैनिक नतिजा पोजेटिभ आउनेको सङ्ख्या बढ्दो रुपमा रहेको छ… पुरा पढौ

विकासका लागि मन्त्रालय बाधक बन्दैन ; मन्त्री यादव

चितवन । वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासका लागि वन मन्त्रालय बाधक नबन्ने बताएका छन । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको भरतपुरको विकाससम्बन्धी बहस कार्यक्रमलाई सम्बोधन गर्दै उनले वनका कारण रोकिएका विकासका आयोजना अघि बढाइने बताए । महानगरपालिकाभित्र वन क्षेत्रका कारण धेरै आयोजना रोकिएपछि गरिएको बहस कार्यक्रममा मन्त्री यादवले आफू विकास प्रेमी भएकाले वनकै कारण विकासका काम नरोकिने बताए । भरतपुर–माडी हुँदै ठोरीसम्म जाने हुलाकी सडक लाइफलाइन भएकाले यसको कामलाई रोक्न नहुने उनको भनाइ थियो । आफू पर्साको जनप्रतिनिधि… पुरा पढौ