समाचार

साफ यु–२० च्याम्पियनसीपः नेपाल र माल्दिभ्स भिड्दै

नेपाली युवा टोलीले आज (सोमबार) साफ यु–२० च्याम्पियनसीपअन्तर्गत पहिलो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र माल्दिभ्सबीचको खेल भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपाली समयानुसार अपराह्न ४ः१५ बजे सुरु हुनेछ। यसअघि, १९ र १८ वर्षको उमेर समूहमा हुँदै आएको यो प्रतियोगिता यसपटक २० वर्षमुनिको उमेर समूहमा हुन लागेको हो। नेपालले पहिलो र दोस्रो संस्करणको उपाधि जितेको थियो। पछिल्लो संस्करणको उपाधि भारतले जितेको थियो। प्रतियोगितामा नेपालले दोस्रो खेल श्रीलंकासँग जुलाई २७, भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ। राउन्ड रोबिन लिगपछि… पुरा पढौ

मन्दाकिनी हाइड्रोपावरको आइपीओ खुल्यो

मन्दाकिनी हाइड्रोपावरले सर्वसाधारणका लागि आज (सोमबार)देखि साधारण शेयर (आइपीओ) निष्कासन गरेको छ। कम्पनीले प्रतिकित्ता १०० सय रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता आइपीओ निष्कासन गरेको हो। कुल आइपीओमध्ये २३ हजार ५२१ कित्ता कर्मचारीका लागि र ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने बाँकी १० लाख ९३ हजार ७४८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। आइपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस (आइएस) रेटिङ प्रदान गरेको… पुरा पढौ

नाइजेरियामा एकै परिवारका ५ जनाको हत्या

मध्य नाइजेरियामा अज्ञात समूहले एकै परिवारका ५ जनाको बीभत्स हत्या गरेको छ। बन्दुकधारीहरूको अज्ञात समूहले पठार राज्यको एक समुदायमा आक्रमण गर्दा ५ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। घटनामा मारिएका सबै फुसा समुदायका सदस्य भएका जनाउँदै प्रहरीले सन्दिग्ध अपराधीहरूको खोजी भइरहेको बताएको छ ।सर्वाधिक जनसंख्या भएको नाइजेरिया शृंखलाबद्ध सशस्त्र आक्रमणको शिकार बनेको छ। यो वर्ष धेरै सर्वसाधारण र सुरक्षाकर्मी त्यस्ता आक्रमणमा परेर मारिएका छन्। रासस/सिन्ह्वा पुरा पढौ

फिलिपिन्सको विश्वविद्यालयमा गोली चल्दा ३ को मृत्यु

फिलिपिन्सको राजधानी मनिलाको एक विश्वविद्यालयमा आइतबार भएको गोलीकाण्डमा ३ जनाको मृत्यु भएको छ। एटेनियो डे मनिला विश्वविद्यालयमा अध्यनरत कानूनका विद्यार्थीहरू र उनीहरूका परिवारहरू स्नातक समारोहका लागि विश्वविद्यालयमा जम्मा भइरहेको बेला उक्त घटना भएको हो। सर्वोच्च अदालतका प्रधानन्यायाधीशद्वारा उक्त समारोहलाई सम्बोधन गर्ने कार्यक्रम थियो। प्रहरीले आरोपित बन्दुकधारीलाई नियन्त्रणमा लिएको बताएको छ। उक्त घटनामा मारिनेहरूमा दक्षिणी प्रान्त बासिलानको पूर्व मेयर रोज फुरिगे र उनकी छोरीलगायात रहेको बताइएको छ। फुरिगेका कार्यकारी सहायक र विश्वविद्यालयका सुरक्षा गार्ड पनि सो घटनामा मारिएको बताइएको छ। ‘हामी… पुरा पढौ

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर बिहानै परकम्प

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर बिहानै परकम्प गएको छ। बिहान ६ बजेर ७ मिनेट जाँदा सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यो २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ। केन्द्रका अनुसार गोरखा भूकम्पपछि अहिलेसम्म ४ रेक्टर स्केलमाथिका ५ सय ७९ परकम्प गएको छ। पुरा पढौ

कास्कीका पत्रकार ऋषिकान्त प्रेस युनियनको उपाध्यक्षमा विजयी

कास्कीका ऋषिकान्त पौडेल नेपाल प्रेस युनियन गण्डकी प्रदेशको उपाध्यक्षमा विजयी बनेका छन्। युनियनको हेटौंडामा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनबाट पौडेल प्रदेशको उपाध्यक्षमा विजयी भएका हुन्। पौडेलले तनहुँका ओमकार आचार्यलाई पराजित गर्दै उपाध्यक्ष बनेका हुन्। यसअघिको कार्यकालमा युनियनको केन्द्रीय सदस्य रहेका पौडेल कान्तिपुर टेलिभिजनमा कार्यरत छन्। युनियनको अध्यक्षमा स्याङ्जाका शिव लम्साल विजयी बनेका छन्। पुरा पढौ

स्वतन्त्र पत्रकारको राष्ट्रिय भेला सम्पन्न

स्वतन्त्र पत्रकार संघ नेपालको जिल्ला शाखाका अध्यक्ष तथा सचिवहरुको राष्ट्रिय भेला पोखरामा सम्पन्न भएको छ। भेलाले संगठन सुदृढ तथा विस्तार गर्ने लगायत पत्रकारहरुका हकहितका विषयमा विभिन्न निर्णय गरेको संघका महासचिव महेशविक्रम कुँवरले जानकारी दिएका छन्। भेलाको उद्घटान संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले गरे। त्यस अवसरमा अध्यक्ष बास्तोलाले स्वतन्त्र पत्रकारिता गर्ने मात्र पत्रकार हुने बताउँदै पत्रकारको कार्ड भिर्दैमा कोही पत्रकार बन्न नसक्ने बताए। ‘सत्य तथ्य समाचार प्रस्तुत गर्न पत्रकार स्वतन्त्र हुनैपर्छ,’ उनले भने, ‘पत्रकारिता जस्तो विशिष्ट तथा मार्यादित पेशा छाडेर राजनीतिक… पुरा पढौ

कास्की प्रहरी प्रमुखमा एसपी अजय केसी

कास्की जिल्ला प्रहरी कार्यालयको कमाण्ड सम्हाल्न प्रहरी उपरीक्षक (एसपी) अजय केसी आउने भएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयले केसीलाई कास्कीमा काज सरुवा गरेको हो। प्रहरी प्रधान कार्यालयले आइतबार ११ जना (एसपी) काज सरुवा गर्दा ७ जिल्लाका प्रहरी प्रमुख फेरिएका हुन्। कास्की प्रहरी प्रमुख एसपी रमेश थापा तालिमको सिलसिलामा अमेरिका गएपछि डीएसपी सुन्दर तिवारीले निमित्त चलाइरहेका छन्। गत वर्ष असार २१ गते कास्की आएका थापा असार २१ मै तालिमका लागि कास्कीबाट गएका थिए। सरुवा सूची अनुसार कास्कीमा केसी, भक्तपुरमा प्रजित केसी,… पुरा पढौ

पर्यटन क्षेत्र लयमा नआउँदा पोखरामा राजस्वको लक्ष्य पूरा हुन सकेन

आन्तरिक राजस्व कार्यालय पोखराले गत आर्थिक वर्ष २०७८÷७९ मा लक्ष्यको ९५ दशमलव ६६ प्रतिशत मात्र राजस्व संकलन गरेको छ। विशेष गरी पर्यटन क्षेत्रबाट राम्रो राजस्व उठाउँदै आएको कार्यालयको पर्यटन व्यवसाय कोभिडअघिकै लयमा फर्किन नसक्दा राजस्वको लक्ष्यसमेत प्रभावित भएको हो। गत आवमा कूल ५ अर्ब १० करोड १७ लाख २८ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको कार्यालयले ४ अर्ब ८८ करोड ४ लाख ४१ हजार रुपैयाँ मात्र संकलन गरेको छ। संकलित राजस्व लक्ष्यको २२ करोड १२ लाख ८७ हजार रुपैयाँ न्यून… पुरा पढौ

म्याग्दीको मालिका–२ जेमका १०० घरमा सोलार

भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको मालिका गाउँपालि का–२ जेमका १०० घरमा सोलार जडान गरिएको छ।गण्डकी प्रदेश सरकारको ‘उज्यालो प्रदेश कार्यक्रम’अन्तर्गत खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले ५० वाट क्षमताको सोलार जडान गरेको हो।कार्यालयका इञ्जिनीयर अञ्जन खत्रीले कार्यविधिअनुसार कार्यालयको ७५ प्रतिशत र उपभोक्ताको २५ प्रतिशत लागत साझेदारीमा एक सय घरमा सौर्य ऊर्जा जडान गरिएको जानकारी दिए।सौर्य ऊर्जा खरिद र जडानका लागि एन्क्वा फ्रेस नेपाल एन्ड सोलार प्रालिसँग आर्थिक वर्ष २०७८÷७९ मा रू. ११ लाख १९ हजार ३५ मा… पुरा पढौ