समाचार

नक्कली सुनको बाला देखाई ठग्न खोज्ने २ जना पोखराबाट पक्राउ

पोखरा । नक्कली सुनलाई सक्कली हो भन्दै ठग्न खोज्ने दुई जना कास्की प्रहरीको फन्दामा परेका छन् । नक्कली २ वटा बाला देखाई सक्कली सुनको बाला हो भन्दै ठग्न खोज्ने २ जनालाई प्रहरीले पोखराको न्यूरोडस्थित एक होटलबाट पक्राउ गरेको हो । । पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका –८ बसन्तपुर स्थायी घर भई हाल पोखरा ४ रामकृष्णटोल बस्दै आएका ३५ वर्षिय श्याम भनिने धर्मेन्द्र खाती र स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका वडा नं. ४ रापाकोट घर भई हाल पोखरा – १६ घार्मी बस्दै… पुरा पढौ

पोखरा महानगरको जग्गा संरचक्षण अभियान

पोखरा । पोखरा महानगरपालिकाले पोखरा ३३ मा अनधिकृत रुपमा निर्माण गरिएका छाप्रा भत्काएको छ । महानगरका कानुन महाशाखा प्रमुख नारायण प्रसाद शर्माले विभिन्न जिल्लाबाट आएका मानिसहरुले अबैध रुपमा निर्माण गरेर बसेका छाप्रा सोमबार हटाइएको जानकारी दिए । मेयर धनराज आचार्यको निर्देशन र वडाध्यक्ष रामचन्द्र अधिकारीको उपस्थितिमा ति छाप्रा भत्काइएको उनले बताए । उनका अनुसार वडा नम्बर ३३ को दुई पिप्लेमा निर्माण गरिएका २३ छाप्रा र वडा नम्बर ३३ कै पशुपति घाटमा निर्माण गरिएका ३ छाप्रा गरि २६ वटा छाप्रा भत्काइएको… पुरा पढौ

कान्तिपुर डेण्टल हस्पिटलमा साउन महिनाभर महिलालाई छुट्टै छुट

पोखरा । कान्तिपुर डेण्टल हस्पिटलले बोल बम तथा शिव महिमाको सन्दर्भमा साउन महिना भरका लागि छुट कार्यक्रम घोषणा गरेको छ । मुख तथा दन्त स्वास्थ्य उपचारका लागि ३ कान्तिपुर डेण्टल हस्पिटलमा आउने सम्पूर्ण महिलाहरुको लागि टिकद दर्ता, डाइग्नोसिस र विशेषज्ञ परामर्श सेवा निशुल्क गरिने घोषणा गरेको जनाएको छ । हस्पिटलका प्रमुख कार्यकारी अधिकृत प्रतिकमान श्रेष्ठले साउन महिना महिलाहरुले मान्ने विशेष पर्व महिना भएकाले महिलाहरुको लागि निशुल्क उपचार कार्यक्रम ल्याइएको बताए। कान्तिपुर डेण्टल हस्पिटलले सामाजिक उत्तरदायित्व बहन गर्दै महिलाहरु मात्रको हितमा… पुरा पढौ

प्रदेश र संघीय निर्वाचनमा सत्ता गठबन्धनका दलसँग चुनावी तालमेल गर्ने कांग्रेसको निर्णय

काठमाण्डौ – नेपाली कांग्रेसले आगामी प्रदेश र संघीय निर्वाचनमा सत्ता गठबन्धनका दलसँग गठबन्धन गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आज सोमवार सम्पन्न बैठकले आउँदो सङ्घीय र प्रदेश सभा चुनाव पनि तालमेल गरेर अघि बढ्ने औपचारिक निर्णय गरेको हो । केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता प्रकाशशरण महतले संवादमार्फत गठबन्धन गर्नेबारेमा निष्कर्षमा पुग्ने निर्णय गरेको जानकारी दिए । पार्टीलाई चुनावमा स्पष्ट बहुमततर्फ लक्षित गराउँदै संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै नागरिकको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत… पुरा पढौ

वर्तमान संसद्को कार्यकाल बारेमा छलफल शुरु : सभामुख सापकोटा

काठमाण्डौं । सभामुख अग्निप्रसाद सापकोटाले सङ्घ र प्रदेशको निर्वाचनको मिति घोषणाको चर्चासँगै वर्तमान प्रतिनिधिसभाको कार्यकाल कहिलेसम्म रहने भन्नेमा छलफल शुरु भएको बताएका छन् । संसदीय समाचार संकलन गर्दै आएका पत्रकारसँग आज भएको अन्तरक्रियामा उनले निर्वाचन घोषणापछि संसद्को अवस्था के हुने भन्ने बारेमा उपसभामुखको शपथका दिन राष्ट्रपति कार्यालयमा सामान्य कुराकानी भएको बताए “उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्षसँग यस बारेमा सामान्य छलफल भएको थियो”, उनले भने, “छलफल गर्दै जाउँ के निष्कर्ष निस्कन्छ, त्यही गरौँ भन्ने विषयमा कुराकानी भयो ।” छलफलका… पुरा पढौ

टि ट्वान्टी लिग खेल्ने टोलीको नाम सार्वजनिक

काठमाडौ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा पहिलो पटक हुन लागेको नेपाल टि–ट्वान्टी लिग खेल्ने चार टोलीको नाम र टिम मालिकको घोषणा भएको छ । आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि क्यानद्वारा आज यहाँ आयोजित कार्यक्रममा चार टिम र टिम मालिकको नाम सार्वजनिक गरिएको हो । प्रतियोगितामा कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स र जनकपुर रोयल्सले प्रतिस्पर्धा गर्नेछन् । कान्तिपुरको टिम मालिकमा महेश्वर स्वाँर, लुम्बिनीको सञ्जय शर्मा, विराटनगरका विक्रम यादव र… पुरा पढौ

आकाशमा विमान एकआपसमा ठोक्किँदा चारको मृत्यु

संयुक्त राज्य अमेरिकाको नाभाडा राज्यको उत्तरी लस भेगास एयरपोर्टमा आइतबार मध्याह्न यात्रा गरिरहेका साना विमानहरू आकाश ठोक्किँदा चार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । शुरुमा चार जनाको मृत्यु भएको जनाएको छ । दुर्घटना अझै अनुसन्धान जारी रहेको उत्तरी लस भेगास फायर डिपार्टमेन्टले ट्वीट गरेको छ । पाइपर पीए–४६ अवतरणको तयारी गरिरहेको अवस्थामा सेस्ना १७२ सँग ठोक्किएर दुर्घटना भएको प्रारम्भिक जानकारीले देखाएको छ । प्रत्येक विमानमा दुई जना सवार रहेका जनाइएको छ ।रासस पुरा पढौ

एक दिनमा १६ हजार ९३५ सङ्क्रमित

भारतमा बितेका २४ घण्टामा १६ हजार ९३५ जना कोरोनाका सङ्क्रमित फेला परेका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । यसअघि एक दिनमा २० हजार पाँच सय २८ सङ्क्रमित फेला परेका सो मन्त्रालयले आइतबार जनाएको थियो । भारतमा हाल एक लाख ४४ हजार २५४ जना सक्रिय सङ्क्रमित छन् । यो कुल सङ्क्रमितको ०.३३ प्रतिशत भएको जनाइएको छ । हाल भारतमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या चार करोड ३७ लाख ६७ भन्दा बढी पुगेको छ । पछिल्लो एक दिनमा १६… पुरा पढौ

गण्डकी प्रदेशको बजेट खर्च ७० प्रतिशत

पोखरा । गण्डकी प्रदेशले कुल बजेटको ७० प्रतिशत खर्च गरेको छ । गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०७८÷७९ मा कुल बजेटको ७०.४२ प्रतिशत बजेट खर्च गरेको हो । यो अघिल्लो वर्षको भन्दा ०.६७ प्रतिशतले कम हो । अघिल्लो वर्ष गण्डकी सरकारले ७१.०९ प्रतिशत बजेट खर्च गरेको थियो । गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०७८÷७९ मा ३१ अर्ब ३७ करोड ३६ लाख ८५ हजार बजेट विनियोजन गरेकोमा २२ अर्ब ९ करोड ४१ लाख ७४ हजार ९१ रुपैयाँ खर्च गरेको… पुरा पढौ

श्री कृष्ण प्रणामी मन्दिरमा श्रीमद् बितक चर्चा शब्द दर्शन तथा श्रीकृष्ण कथा शुरु

पोखरा । पोखरा – ८ रत्नचोकस्थित श्री कृष्ण प्रणामी मन्दिरका सोमबारदेखि श्रीमद् बितक चर्चा शब्द दर्शन तथा श्रीकृष्ण कथा कार्यक्रम शुरु भएको छ । कार्यक्रम भदौ ३ गतेसम्म चल्नेछ । भदौ ३ गते श्रीकृष्ण जन्माष्टमी प्राकट्य महोत्सव पनि गरिने छ । कार्यक्रममा गुरुजी बाणी तथा बितक कथाकार युवा धर्म प्रचारक श्री श्यामदास महाराजले सङ्गीतमय कथा प्रवचन गर्नेछन् । कार्यक्रम हरेक दिन बिहान ११ देखि दिउँसो २ बजेसम्म चल्नेछ । दैनिक करिब तीन सय सुन्दरसाथजी भक्तजनको सहभागिता रहने अनुमान गरिएको छ… पुरा पढौ