समाचार

सहरको सुन्दरताका लागि होडिङ बोर्ड हटाइँदै

बागलुङ । बागलुङ नगरपालिकाले प्रवेशद्वार नै कुरुप हुनेगरी राखिएका विज्ञापनका होडिङ बोर्ड हटाउन सुरु गरेको छ । जिल्लाको मुख्य प्रवेशद्वार वडा नं १ को मालढुङ्गा र कालिका भगवती मन्दिर वरपर राखिएका होडिङबोर्ड हटाउन सुरु गरिएको हो । नगरपालिकाले सहरको सुन्दरताका लागि भन्दै त्यस्ता होडिङबोर्ड हटाउन थालेको वडा नं १ का अध्यक्ष जयबहादुर केसीले बताए । उहाँकै संयोजकत्वमा बनेको ‘विज्ञापन होडिङ बोर्ड’ व्यवस्थापन समितिले मालढुङ्गामा रहेका बोर्ड हटाउन सुरु गरेको हो । यहाँबाट हटाइका बोर्ड अन्यत्र कुनै उपयुक्त ठाउँमा राख्न दिइने… पुरा पढौ

प्रेस युनियनको महाधिवेशनको तयारी अन्तिम चरणमा, प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

हेटौँडा । नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यही साउन ६ र ७ गते बागमती प्रदेशको राजधानीमा नवौँ राष्ट्रिय महाधिवेशन हुदैँ छ । हेटौँडाको रोयल पार्टी प्यालेसमा हुने महाधिवेशन कार्यक्रमलाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको स्थानीय समन्वय समितिका सहसंयोजक गिरिजाप्रसाद अधिकारीले जानकारी दिए । उनले युनियनको महाधिवेशनका लागि आवास, भोजन, अधिवेशनस्थल व्यवस्थापनलगायतका तयारी पूरा भइसकेको र स्वागत गेट निर्माण, निमन्त्रणा कार्ड, ब्यानर बनाउनेलगायतका कार्य पनि तीव्रताका साथ… पुरा पढौ

कृषि उपकरण तथा स्यालो बोरिङग वितरण

सप्तरी । सप्तरीको कृषि ज्ञान केन्द्रले कृषि उपकरण तथा साना सिँचाइका लागि स्यालो बोरिङगसहितका सामग्री वितरण गरेको छ । जिल्लामा वैकल्पिक सिँचाइको व्यवस्थासहित किसानलाई यान्त्रिक र आधुनिकिकरण गर्ने उद्देश्यले आयोजित एक कार्यक्रममा केन्द्रले पावर टिलर, धान र गहुँ काट्ने रिपर मेसिन, स्यालो बोरिङग र कमरसियल मोटरलगायत कृषियन्त्र र उपकरण किसानलाई अनुदानमा वितरण गरेको हो । तीन आर्थिक वर्षमा सप्तरी जिल्लामा एक हजार ५७३ जनालाई स्यालो टु्युवेल वितरण गरिएको थियो । वितरण गरिएका सामानमा १८ एचपिको पावर टिलर ४०, ९ एचपीको… पुरा पढौ

पर्यटकीयस्थल रेसुङ्गामा साउने मेला सुरु

गुल्मी । गुल्मीको धार्मिक एवं पर्यटकीयस्थल रेसुङ्गामा साउने मेला सुरु भएको छ । साउन महिनाभर रेसुङ्गामा विशेष पूजापाठ एवं धार्मिक क्रियाकलाप हुन्छन् । त्यसैका लागि गुल्मीका विभिन्न ठाउँ र जिल्ला बाहिरबाट समेत भक्तजन रेसुङ्गा आउने गर्दछन् । श्रद्धालुहरु पोखरीमा नुहाउन तथा पूजा गर्न साउन महिनाभर रेसुङ्गा पुग्ने गर्दछन् । रेसुङ्गाको पोखरीमा नुहाउनाले पाप नष्ट हुने धार्मिक विश्वास छ । रेसुङ्गामा पूजा गर्न तथा नुहाउनका लागि अर्घाखाँची, पाल्पा, बुटवल, बागलुङलगायतका जिल्ला एवं भारतबाट समेत भक्तजन रेसुङ्गा आउने गरेको रेसुङ्गा संरक्षण समितिका… पुरा पढौ

सामुदायिक वन र सङ्घ संस्थालाई बिरुवा वितरण

पाल्पा । सामुदायिक वन उपभोक्ता महासङ्घको समन्वयमा जिल्लाको रामपुर क्षेत्रका सामुदायिक वन समूह र विभिन्न संस्थालाई बिरुवा वितरण गरिएको छ । जिल्ला भू–संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालयसँगको समन्वयमा महासङ्घले तीन हजार बिरुवा ल्याएर वितरण गरेको हो । जिल्लाका पर्यटकीय स्थल राम्चे सामुदायिक वन, रानीवन तथा वडवान सामुदायिक वन, जुनतारा मातृ समूह, दियालो सहकारी, दुर्गादेवी आमा समूहबाट उपभोक्ता सदस्यलाई बिरुवा वितरण गरिएको छ । पूर्वी पाल्पामा आँप, लिची, कागती, अम्रिसो र बाँसको बिरुवा गरी करिब तीन हजार बिरुवा वितरण गरिएको सामुदायिक… पुरा पढौ

एक महिना यार्सागुम्बा टिपेर वर्षभरिको जोहो

दार्चुला । अपि हिमाल गाउँपालिका–२ का गोविन्दसिंह कार्की सानैदेखि यार्सागुम्बा टिपेर आफ्नो खर्च जुटाउने गर्छन् । उनी वर्षका १२ महिनामध्ये एक महिना उच्च हिमाली भेगस्थित यार्सागुम्बा टिप्न जाँदा वर्षभरिलाई खर्च जुटाउछन् । पढाइ सामान्य साक्षर मात्र गरेका कार्की यार्सागुम्बाकै कारण परिवारको जोहो चलाउछन् । घरमा दुई बूढाबूढी छन् । आयस्रोतका रुपमा यार्सागुम्बा मात्रै हो । खेतीपाती गरेर वर्षभरि खान नपुगे पनि यार्सागुम्बाका कारण एक महिना कडा मेहनत गरे वर्षभरि खान लगाउन पुग्ने उनी सुनाउछन् । “एक महिना यार्सागुम्बा गरेर झण्डै… पुरा पढौ

बागमती प्रदेशसभा बैठक साउन ५ गते

बागमती । बागमती प्रदेशसभाको बैठक यही साउन ५ गते बस्ने भएको छ । प्रदेशसभाको १० औँ अधिवेशनको २६ औँ बैठक साउन ५ गते बिहीबार दिनको १ बजे बस्ने निर्णय भएकोे प्रदेशसभा सचिवालयले जनाएको छ । बागमती प्रदेशसभा, कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले सो निर्णय गरेको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । यसअघि असार २९ गते बसेको उक्त बैठकले पाँचवटा अध्यादेश स्वीकृत गर्दै अनिश्चितकालका लागि स्थगन गरेकोे थियो ।रासस––– पुरा पढौ

प्रतितोला ४०० ले बढ्यो सुनको मूल्य

काठमाडौँ। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु. ४०० ले बढेर रु. ९४ हजार पुगेको छ । पहेंलो धातु आइतबार प्रतितोला रु. ९३ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९३ हजार ५०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९३ हजार १०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु. पाँचले बढेर रु. एक हजार १६५ तोकिएको महासङ्घले जनाएको… पुरा पढौ

शिवालयमा बिहानैदेखि चहलपहल

बागलुङ। आज साउनको पहिलो सोमबार । यहाँका शिवालयमा बिहानैदेखि भक्तालुको भीड लागेको छ । शिवभक्तले साउने सोमबारलाई पवित्र दिनका रुपमा लिन्छन् । साउन भगवान् शिवजीसँग जोडिएको महिना हो । यस वर्ष पाँच सोमबार परेका छन् । साउनमा शिवको व्रत र पूजाआजा गरे फल प्राप्त हुने धार्मिक विश्वास छ । विशेष गरी महिलाले यसलाई बढी महत्व दिन्छन् । बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित गौरीधाम शिव मन्दिरमा बिहान ३ बजेदेखि नै चहलपहल सुरु भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र जिसीले बताए । “बिहानैदेखि भक्तजनको… पुरा पढौ

बाँदरबाट बाली जोगाउनै मुस्किल

म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानका दीपक खड्का बाँदरबाट मकै जोगाउन खेतमै टहरा हालेर बसेका छन्। मकैको बोटमा धोगा लागेदेखि बाँदर धपाउन एक महिनाअघिदेखि खेतमा बस्न थालेका थिए । उनले बाँदर धपाउन खेतमा बस्नका लागि जस्ताले छाएर सानो टहरा बनाएका छन् । “बाँदरको हुल पसे भने छिनभरमा खेतभरिको मकै सखाप पार्छन्”, उनले भने, “बिहान उज्यालो भएदेखि रात नपरुञ्जेलसम्म बाँदर धपाउन परिवारका सदस्य आलोपालो गरेर खेतमा बस्ने गरेका छौँ।” सल्यानका विश्वनाथ उपाध्ययले बाँदरले बाली नष्ट गरेर भित्र्याउनै नपाएपछि जङ्गल छेउको करिब पाँच… पुरा पढौ