समाचार

सुडानको जातीय दंगामा परी ६५ जनाको मृत्यु

सुडानको खार्तोममा भएको जातीय दंगामा परी मृत्यु हुनेको संख्या ६५ पुगेको बताइएको छ। सुडानको ब्लु नाइल प्रदेशमा भएको सो जातीय दंगाको घटनामा परी आइतबार बिहानसम्ममा मृत्यु हुनेको संख्या ६५ जना पुगेको त्यहाँको अल सुडान दैनिक पत्रिकाले जनाएको छ। सुडानको ब्लु नाइल प्रदेशका केही ठाउँमा जातीय दंगा भएका छन्, ती घटनामा परी कम्तीमा पनि ६५ जनाको मृत्यु भएको उक्त दैनिक पत्रिकाले जानकारी दिएको छ। सो दंगामा परेर अरु दर्जनौँ व्यक्ति घाइते पनि भएका त्यहाँका एक सुरक्षा समितिले जारी गरेको वक्तव्यमा जनाइएको… पुरा पढौ

युरोपको झन्डै आधा क्षेत्र खडेरीको ‘जोखिममा’

दक्षिण पश्चिम यूरोपमा उग्र गर्मीको लहरसँगै हाल युरोपेली संघ (ईयु) को झण्डै आधा भू–भाग खडेरीको जोखिममा परेको यूरोपेली आयोगका अनुसन्धानकर्ताहरूले सोमबार चेतावनी दिएका छन्। युरोपेली आयोगको संयुक्त अनुसन्धान केन्द्रले हालै सार्बजनिक गरेको प्रतिवेदनमा ईयुको ४६ प्रतिशत भू–भागमा खडेरीको उच्च जोखिम रहेको बताइएको हो। ईयुको ११ प्रतिशत भू–भागमा खडेरीका कारण विशेष सतर्कता अपनाउनु पर्ने अवस्था रहेको छ भने यहाँका खेतीयोग्य जमिनमा पानीको अभावले लगाइएको बाली प्रभावित बनिसकेको छ। खडेरीको सबैभन्दा बढी प्रभाब इटाली र यहाँको पनि सबैभन्दा बढी प्रभावित उत्तरमा रहेको… पुरा पढौ

साम्बाले फेरि गोकुलम केरेला एफसीबाट भारतीय महिला लिग खेल्दै

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी साम्बाले फेरि गोकुलम केरेला एफसीबाट भारतीय महिला लिग खेल्दैछिन्। गोकुलमले सामाजिक सञ्जाल फेसबुकबाट सावित्रालाई नयाँ सिजनका लागि अनुबन्ध गरेको जनाएको छ। सावित्राले यसअघि चौथो संस्करणको लिग गोकुलमबाट खेलेकी थिइन्। उनीसँगै अनिता बस्नेतले समेत गोकुलमबाट खेलेकी थिइन्। चौथो संस्करणको लिगमा सावित्रा सर्वाधिक गोलकर्ता बनेकी थिइन्। सावित्राले त्यस सिजनमा १६ गोल गरेकी थिइन्। यो सिजनमा गोकुलमले उपाधि जितेको थियो। पुरा पढौ

प्रधानमन्त्री कृषि परियोजनामा जनशक्ति अभाव

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना निमित्तका भरमा चलेको छ। बागलुङमा परियोजना कार्यान्वयन ईकाइ ९ महीनादेखि वरिष्ठ कृषि अधिकृतविहीन छ। ईकाइ प्रमुखमा उपसचिव तहको दरबन्दी रहेपनि अहिले कृषि अधिकृत सुजित पौडेलले नै उक्त जिम्मेवारी सम्हाल्दै आएका छन्। तल्लो पदमा पनि दरबन्दी रिक्त छ। जनशक्ति अभावले परियोजना संचालनमा चुनौती थपेको ईकाइका निमित्त प्रमुख पौडेलले बताए। उनका अनुसार नायब प्राविधिक सहायकमा ८ जनाको दरबन्दी रहे पनि ३ जना मात्र कार्यरत छन्। कृषि अधिकृतमा पनि १ जनाको दरबन्दी रिक्त छ। स्वीकृत दरबन्दीअनुसार कूल २० जना… पुरा पढौ

पर्वतमा ४० प्रतिशत रोपाइँ बाँकी

पर्वत जिल्लामा अझै ४० प्रतिशत खेतमा रोपाइँ हुन बाँकी रहेको छ। सिँचाइको सुविधा भएका र खोलानालाको नजिक रहेको खेतमा रोपाइँ सकिएको भएपनि मुख्य उत्पादन हुने र मकै लगाएका तथा वर्षायामको पानीको भरमा रोपाइँ हुने क्षेत्रका कृषकले रोपाइँ गर्न नपाएका हुन्। कृषि ज्ञानकेन्द्रका कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाका अनुसार आइतवारसम्म जिल्लामा करिब ६० प्रतिशत रोपाइँ पूरा भएको छ। धान उत्पादनको राम्रो क्षेत्र मानिएका ठाउँमा नै पानीको अभावका कारण करिब आधा जति रोपाइँ नभएको सूचना स्थानीय तहका प्राविधिकले दिएको… पुरा पढौ

सुरु भयो बोलबम

हिँजो साउनको पहिलो सोमबार। साउन महिनाको अर्को महत्व हो बोलबम काँवरिया। निश्चित समूह बनाएर हरेक सोमबार पानीको मुहान नजिक गएर चोखो पानी लिएर शिवालयसम्म पुगेर अर्पण गर्ने र चोखो नितो गर्ने चलनलाई बोलबम भनिन्छ। साउन महिनाको सोमबार हिन्दू धर्माबलम्बी नारीहरूले भगवान् शिवको पूजा आराधना गर्छन्। साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ। दिनभर व्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। देशका विभिन्न भागमा बोलबम यात्रा सुरु भएको हो। काठमाडौँको पशुपति बोलबम मेला भर्नका लागि नेपाल साथै… पुरा पढौ

पोखरा महानगरमा सुरु भयो न्यायिक इजलास

पोखरा महानगरपालिकाको न्यायिक इजलास सुरु भएको छ। स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता भएसँगै स्थगित भएको इजलास नयाँ जनप्रतिनिधि आएसँगै संचालनमा आएको हो।नेपालको संविधानले न्यायिक समितिको संयोजकमा उमेयर र २ जना सदस्य नगरसभाबाट मनोनित गर्ने व्यवस्था छ। संवैधानिक व्यवस्था अन्तर्गत महानगरको ११ औं नगरसभाबाट न्यायिक समिति सदस्यमा नगर सदस्यहरु कालिदास पोखरेल र भावना श्रेष्ठ मनोनित भएसँगै न्यायिक समितिले पूर्णता पाएको थियो। देश संघीय संरचनामा गएपछि २०७४ सालमा सम्पन्न पहिलो स्थानीय तहको निर्वाचनपछि गठन भएको पहिलो न्यायिक समितिको संयोजकमा उपमेयर मञ्जुदेवी गुरुङ… पुरा पढौ

कास्कीको याङ्जाकोटमा करेन्ट लागेर ३ चौपायाको ज्यान गयो

कास्कीको याङ्जाकोटमा करेन्ट लागेर ३ चौपायाको ज्यान गएको छ। सोमबार अन्दाजी ११ः३० बजेको समयमा मादी गाउँपालिका वडा नं–३ स्थित याङ्जाकोट निवासी ६६ वर्षीया काजिल गुरुङको २ वटा भैंसी र १ राँगोको करेन्ट लागेर ज्यान गएको हो। ईलाका प्रहरी कार्यालय शिशुवाका अनुसार गुरुङले भैंसी चराउने क्रममा सोही स्थानको चिहानडाँडाको चौरमा रहेको बिजुलीको खम्बामा करेन्ट प्रवाह भएका कारण खम्बामा टाँसिएर चौपायाको मरेको हो। हाल घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। पुरा पढौ

७ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा गण्डकीमा थप ७ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज जारी विज्ञप्ति अनुसार गण्डकीका तीन जिल्ला कास्की, स्याङ्गजा र पूर्वी नवलपरासीका थप ७ जनामा कोरोना पुष्टि भएको हो। हिँजो सोमबार संक्रमण पुष्टी भएसँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ लाख २ हजार १२३ जना पुगेको छ। यस्तै, पछिल्लो २४ घण्टामा गण्डकीबाट ६ जना कोरोनामुक्त भएका छन्। योसँगै, गण्डकीबाट कोरोनामुक्त हुनेको संख्या १ लाख ६०१ छ भने, हाल ५६ जना सक्रिय संक्रमित छन्। उनीहरुमध्ये ५२ जना… पुरा पढौ

यसकारण उकालो लाग्दैछ कोरोना सङ्क्रमणको ग्राफ !

काठमाण्डौं । कोरोना भाइरसको सङ्क्रमण एक हप्तादेखि उकालो लागेको छ । गत असार २६ गते पहिलो पटक १०० भन्दा बढी रहेको सङ्क्रमितको सङ्ख्या आजसम्म आइपुग्दा सङ्क्रमण ४५७ पुगेको छ । असार २६ गते १२१ मा सङ्क्रमण र ६७८ सक्रिय सङ्क्रमित रहेकोमा आज सक्रिय सङ्क्रमित एक हजार ७७६ पुगेका छन् । आइतबार साउन १ गते र आज सङ्क्रमणका कारणले एक÷एक सङ्क्रमितको ज्यान गएको छ । सङ्क्रमण असारदेखि उकालो लाग्न थालेको हो । असार २७ गते १६८, असार २८ गते १७७, असार… पुरा पढौ