समाचार

बागलुङमा ४४ कृषिका संरचना तयार

बागलुङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट बागलुङमा आर्थिक वर्ष २०७८÷७९ मा मात्रै ४४ कृषिका संरचना तयार भएका छन् । उत्पादनको भण्डारणका लागि आवश्यक संरचनादेखि कृषि बालीका लागि आवश्यक सिँचाइका संरचना परियोजनाले तयार गरेको हो । यो अवधिमा ६१ यन्त्र तथा उपकरण किसानलाई वितरण गरिएको छ । जिल्लाको ताराखोला गाउँपालिकामा आलु भण्डारणका लागि प्लाष्टिक घर निर्माण भएको छ । यो जिल्लामा परियोजना सञ्चालित क्षेत्रमा बितेको आर्थिक वर्षमा तयार भएको सबैभन्दा ठूलो संरचना हो । जिल्लाभर १३ साना सिँचाइ आयोजना तयार भएको… पुरा पढौ

म्याग्दीका पालिकाले घटाए बेरुजु

म्याग्दी । म्याग्दीका स्थानीय तहहरूले बेरुजु घटाएका छन् । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनका अनुसार चार वर्षअघिको तुलनामा अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा जिल्लाका छवटा स्थानीय तहको बेरुजु रकम घटेको हो । आव २०७४÷७५ मा रु नौ करोड चार लाख ८६ हजार, २०७५÷७६ मा रु १० करोड ५० लाख ६१ हजार र २०७६÷७७ मा रु आठ करोड ५५ लाख २७ हजार बेरुजु देखिएको थियो । सो कार्यालयले गत हप्ता सार्वजनिक गरेको ५९औँ वार्षिक प्रतिवेदन–२०७९ मा जिल्लाका स्थानीय तहको कूल बेरुजु रकम… पुरा पढौ

लेवान्डोस्की बार्सिलोना जाँदै

पोल्यान्डका फरवार्ड रोबर्ट लेवान्डोस्की बार्सिलोनामा आबद्ध भएका छन्। बार्सिलोनाले उनलाई ४५ मिलियन युरोमा भित्राएको हो। बायर्नसँग अझै एक वर्षको सम्झौता बाँकी रहेकाले जर्मन क्लबले ५० मिलियन युरो माग गरेको थियो। त्यसका बाबजुद टोली ४५ मिलियन युरोमा लेवान्डोस्कीलाई विक्री गर्न सहमत भएको छ। उनले बार्सिलोनामा ३ वर्षको सम्झौता गरेका छन्। अर्को एक वर्ष थप गर्न सकिने विकल्प पनि सम्झौता रहेको बताइएको छ। उनले बार्षिक झण्डै ९ मिलियन युरो प्राप्त गर्नेछन्। जुन उनले बायर्नबाट पाउँदै गरेको पारिश्रमिक बराबर हुन्छ। सन् २०१४ मा… पुरा पढौ

विश्व कप क्रिकेट लिग–२ मा नेपाल नामिबियासँग ६३ रनले पराजित

आइसीसी विश्व कप क्रिकेट लिग–२ मा नेपाल नामिबियासँग ६३ रनले पराजित बनेको छ। त्रिदेशीय एक दिवसीय श्रृंखलामा नेपाल नामिबियासँग पराजित भएसँगै छैटौँ स्थानमा झरेको छ। स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली नामिबियासँग लगातार दोस्रो खेलमा हारेको हो। नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित बनेको थियो। स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो। हिँजो (शनिबार)को खेलमा जितका लागि २ सय रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३७ ओभर ५ बलमा १ सय ३६ रनमा अलआउट बन्यो। नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन… पुरा पढौ

उदीपुर–मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण सुस्त

मस्र्याङ्दी कोरिडोरअन्तर्गतको निर्माणाधीन २२० केभी उदीपुर–मार्कीचोक–भरतपुर डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण सुस्त गतिमा अघि बढेको छ। निर्माण सम्पन्न गर्नुपर्ने गत जुन महीनासम्म भएपनि यस आयोजनाको निर्माण अझै ४० प्रतिशत बाँकी छ। आयोजनाका उदीपुर–भरतपुरका डिभिजन प्रमुख नारायण रेग्मीले भने, ‘विविध कारणले गर्दा निर्धारित समयमा काम सम्पन्न भएन। काममा समेत ढिलासुस्ती भइरहेको छ।’ हालसम्म ६० प्रतिशतको हाराहारीमा मात्र निर्माण सम्पन्न भएको उनको भनाई थियो। ७६ किलोमिटर दूरी रहेको लमजुङको उदीपुरदेखि चितवनको भरतपुरसम्म प्रसारण लाइन पु¥याउन १९३ ओटा टावर आवश्यक पर्ने आयोजनाले… पुरा पढौ

तनहुँमा खानेपानीमा दिसामा पाइने जीवाणु (इकोलाइफर्म) भेटियो

तनहुँका १० वटै स्थानीय तहको पानीमा दिसामा पाइने जीवाणु (इकोलाइफर्म) भेटिएको छ। पानीको नमूना परीक्षण गर्दा सो जीवाणु भेटिएको हो। तनहुँका धारा, मूल, ट्यांकी र इनारको पानीको नमूना परीक्षणका क्रममा ६७ प्रतिशत उक्त जीवाणु भेटिएको हो। काठमाडौँमा हैजाका बिरामी भेटिन थालेपछि उच्च सतर्कता अपनाउन जिल्लाका खानेपानीको स्रोतको नमूना परीक्षण गरिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक राजेन्द्र रानाभाटले जानकारी दिएका छन्। खानेपानीको मूल र स्रोतको नमूना परीक्षण गर्दा अधिकांश क्षेत्रको पानी पिउनयोग्य नरहेको पाइएको रानाभाटले बताए।‘अधिकांश मूल र धाराको पानी खान… पुरा पढौ

प्याराग्लाइडिङ विस्थापन होइन व्यवस्थापन गर्न व्यवसायीको माग

अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै पोखराको साहसिक पर्र्यटकीय पहिचान बनेको प्याराग्लाइडिङ विस्थापित हुने हो कि भन्ने कुराले प्याराग्लाइडिङ व्यवसायीलाई चिन्तित बनाएको छ। अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा ल्याउन सक्रिय व्यवसायी त्यही विमानस्थलले झण्डै डेढ अर्ब रुपैयाँ लगानीको व्यवसाय विस्थापित हुने हो कि भन्ने चिन्तामा छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण –क्यान) ले पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सकिएकाले आगामी जनवरीमा संचालनमा ल्याउने तयारी गरेको छ। सोको लागि प्याराग्लाइडिङलाई विकल्पको छनोट गरेर सार्न निर्देशन दिइएको छ। तर, व्यवसायीको माग पोखराको आकाशबाट विस्थापन नभई व्यवस्थापन हुनुपर्छ भन्ने… पुरा पढौ

अनाथ, असहाय बालबालिकालाई निःशुल्क शिक्षा

व्यास नगरपालिकाले निःशुल्क शिक्षा दिन व्यास नगरपालिका–७ सेराटारस्थित क्यामिन कोट प्राथामिक विद्यालयमा ‘व्यास नगर समता विद्यालय’ संचालन गर्ने भएको छ। नगरपालिकाभित्र माध्यमिक तहसम्मको शिक्षा लिन कठिनाइ परेका अनाथ, असहाय, विपन्न, शहीद, बेपत्ता, कोरोनाबाट मृत्यु भएका घर परिवारका बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यले उक्त विद्यालय सञ्चालन गर्न लागिएको हो। उक्त प्रकृतिका विद्यार्थीका लागि नगरपालिकाले निःशुल्क शिक्षा प्रदान गर्ने लक्ष्यअनुरुप विद्यालय संचालन गर्न लागेको व्यासका प्रविधि सूचना अधिकृत विशाल पण्डितले जानकारी दिएका छन्। विद्यालय संचालनका लागि आवश्यक पर्ने कर्मचारी पदपूर्तिको लागि यसअघि… पुरा पढौ

वाम एकतामा आउन ओलीको आग्रह

काठमाण्डौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालका कम्युनिष्ट पार्टीहरूलाई वामपन्थी एकतामा आउन आग्रह गरेका छन् । नेपाल–चीन हिमालयमैत्री समाजले आज यहाँ आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था : चुनौती र अबको बाटो’ विषयक कार्यक्रममा उनले वामपन्थीहरू एक हुनुपर्नेमा जोड दिए । अध्यक्ष ओलीले भने, “वामपन्थी कोही हुनुहुन्छ भने गठबन्धन छाड्नुहोस्, वाम एकता गरौँ ।” उहाँले देश, राष्ट्रियता, लोकतन्त्र, स्वाधिनताका लागि वामपन्थी मिल्नुपर्ने बताए । पूर्वप्रधानमन्त्री ओलीले मुलुकको आधारभूत मूल्य मान्यता राष्ट्रियता, प्रजातन्त्र, लोकतन्त्र, सुशासन र मुलुकको विकासका लागि… पुरा पढौ

दुर्घटनामा एकको मृत्यु

पोखरा । तनहुँको व्यास नगरपालिका–११ शेरामा स्कुल बस र मोटरसाइकल ठक्कर खाँदा आज एक जनाको मृत्यु भएको छ । सोही वडामा रहेको माया युनिभर्स एकेडेमी स्कुलको बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार युवाको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही वडाको बेल्टारी बस्ने २३ वर्षीय विक्रम सुनार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक २२ वर्षीय सुजन सुनार घाइते भएको प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा घाइतेको दमौलीस्थित अस्पतालमा उपचार भइरहेको छ । घाँसीकुवाबाट फराकचौरतर्फ जाँदै गरेको… पुरा पढौ