समाचार

पोखरामा दुई यात्रुवहाक सवारी आपसमा ठोक्किँदा १७ घाइते

पोखरा । पोखरामा आइतबार दुई यात्रुवाहक सवारी एक आपसमा ठोक्किँदा १७ जना घाइते भएका छन् । पोखराको ड्यामसाइडमा राष्ट्रबैंकचोकबाट विरौटातर्फ जाँदै गरेको ग १ ख ३७९० नम्वरको नगर बस र विपरित दिशाबाट आइरहेको ग १ ज ३४१७ नम्वरको मिनी माइक्रो एक आपसमा ठोक्किदा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । दुर्घटनाका घाइतेहरुमध्य गण्डकी मेडिकल कलेजमा १२ जना र नमस्ते हस्पिटलमा ५ जनाको उपचार भईरहेको छ । उनीहरुमध्य १२ जना मध्यम र ५ जनाको अवस्था सामान्य रहेको छ… पुरा पढौ

पटके सवारी कर खारेज गर्ने पुतलीबजारको निर्णय

स्याङ्जा । स्थानीय सरकारले राजस्वको दायरा बढाउन पटके सवारी कर उठाउने गरेका छन् । नयाँ आर्थिक बर्ष शुरु हुने वित्तिकै नयाँ कर प्रणाली लागु गर्दै पटके सवारी कर लिदै आएका छन् । नयाँ आर्थिक बर्ष शुरुवातमा पुतलीबजार नगरपालिकाले भने पटके सवारी कर खारेज गर्ने निर्णय गरेको छ । शनिबार बसेको कार्यपालिका बैठकले पुतलीबजार नगर क्षेत्रभित्र सडक उपयोग गरे वापत लिइने शुल्क नलिने निर्णय भएको नगरपालिकाले जनाएको छ । गएको आर्थिक बर्षमा विवादमा आएको पटके सवारी कर नयाँ जनप्रतिनिधि आउना साथ… पुरा पढौ

युनाईटेड क्लवको आयोजनामा निशुल्क पाठेघर शिविर सम्पन्न

पोखरा । युनाईटेड क्लव पोखराको आयोजनामा निः शुल्क पाठेघर शिविर सम्पन्न भएको छ । सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाईटेड क्लव पोखराले आफ्नो स्वास्थ्य कार्यक्रम अन्तर्गत शनिवार पोखरा महानगरपालिका वडा नम्बर १ कसेरी गैरी गांउ शान्तिटोलमा महिला दिदिबहिनी हरुलाई लक्षित गरी नि ः शुल्क पाठेघर शिविरको आयोजना गरेको हो । सो अवसरमा वोल्दै पोखरा महानगरपालिका वडा नम्बर १ का अध्यक्ष शाहरा प्रधानले युनाईटेड क्लवले पोखरामा सामाजिक क्षेत्रमा राम्रो काम गरेको वताए । क्लवले स्थापना कालदेखीनै पोखरामा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन… पुरा पढौ

प्रचण्डले मोदीलाई नभेट्ने

काठमाडौं । तीन दिने भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नहुने भएको छ । सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा गत शुक्रबार दिल्ली पुगेका अध्यक्ष प्रचण्डले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्री मोदीसँग समेत भेट गर्ने बताएका थिए । तर, भ्रमणको अन्तिम दिन आइतबार प्रचण्डले अध्यक्ष नड्डासँग भाजपा मुख्यालयमा पुगेर भेट गरे पनि प्रधानमन्त्री मोदीसँग भेट नहुने उनको सचिवालयले जनाएको छ । ‘जसले निम्तो दिनु भएको थियो त्यो… पुरा पढौ

एक महिने अखण्ड हरिनाम सङ्कीर्तन आजदेखि सुरु

पोखरा । पोखरा महानगरपालिका–२७, २९ र ३३ को त्रिवेणी मदौरुकुना मदौरुघाटस्थित नर्मदेश्वर मोक्षाश्रमधाममा एक महिने अखण्ड हरिनाम सङ्कीर्तन आजदेखि सुरु भएको छ । कर्दम–कश्यपजस्ता ऋषिमुनिको साधनास्थलका रूपमा लिइने शुक्ला गण्डकी र बगादी नदीको सङ्गमस्थलमा रहेको यस तीर्थस्थलमा आजदेखि महिनाभर लोक कल्याणको कामना गर्दै अखण्ड हरिनाम सङ्कीर्तन सुरु गरिएको नर्मदेश्वर मोक्षाश्रमधाम संरक्षण समितिका अध्यक्ष झविन्द्रराज आचार्यले बताए । प्राचीनकालदेखि साधकको अभिलाषा पूर्ण गर्ने तीर्थस्थलका रूपमा परिचित भए पनि यस तीर्थस्थलको आवश्यक प्रचारप्रसार भने हुन नसकेको उनले बताए । अखण्ड सङ्कीर्तनको एक… पुरा पढौ

तनहुँमा थपिए ४८८४ नयाँ मतदाता

तनहुँ । आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी तनहुँमा एक महिनाको अवधिमा चार हजार ८८४ मतदाता थपिएका छन् । स्थानीय तह निर्वाचनपछि स्थगित भएको मतदाता नामावली सङ्कलन असार १ गतेदेखि पुनः सुचारु भएको थियो । एक महिनाको अवधिमा दुई हजार २९८ महिला र दुई हजार ४७८ पुरुष गरी चार हजार ७७६ तनहुँका नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै बाहिरी जिल्लाका एक सय आठ मतदाता पनि निर्वाचन कार्यालयमार्फत् थपिएका छन् । मतदाता नामावली दर्ताका लागि… पुरा पढौ

भारत–चीन सैन्य वार्ता चुशुलमा शुरू

भारत र चीनका सैन्य अधिकारी सम्मिलित १६औँ चरणको वार्ता चुशुलमा शुरु भएको छ । भारतीय भूमि चुशुल–मोल्दो सीमा बिन्दुमा जारी बैठक पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा बाट सेना फर्काउनेमा केन्द्रित रहेको स्रोतले जनाएको छ । वार्तामा भारतीय पक्षको नेतृत्व फायर एन्ड फ्युरी कोर कमाण्डर लेफ्टिनेन्ट जनरल ए सेनगुप्ताले गरेका छन् । द्विपक्षीय उच्चस्तरीय सैन्यवार्ताका निम्ति आजको बैठकले मार्गप्रशस्त गर्ने अपेक्षा गरिएको छ । यसअघि दुवै पक्षले सिमा क्षेत्रमा सुरक्षा र स्थायित्व कायम गर्न सहमति जनाएका थिए । साथै दुवै देशले… पुरा पढौ

पाल्पामा ८७ प्रतिशत रोपाइँ

रामपुर । पाल्पामा हालसम्म ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । अघिल्ला वर्षको तुलनामा यस वर्ष छिटो रोपाइँ भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । जिल्लाको सबैजसो ठाउँमा धान रोपाइँ अन्तिम चरणमा पुगेको उक्त केन्द्रका बाली संरक्षण अधिकृत मिलन गैरेले बताए । उनका अनुसार तानसेन नगरपालिकामा ७५ प्रतिशत, रामपुर नगरपालिकामा ८० प्रतिशत धान रोपाइँ भएको छ । यस्तै गाउँपालिकातर्फ तिनाउँमा सतप्रतिशत, बगनासकालीमा ८०, रिब्दिकोटमा ८५, रैनादेवीछहरामा ९०, पूर्वखोलामा ९६, निस्दीमा ८५, माथागढीमा ९५ र रम्भामा ८० प्रतिशत जमिनमा धान रोपाइँ भएको… पुरा पढौ

निमोनियाबाट २२ दिने केटोको मृत्यु

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत नवलपरासी( बर्दघाट–सुस्तापूर्व)को अमलटारी सेक्टरबाट उद्धार गरिएको गैँडाको बच्चा(केटो)को मृत्यु भएको छ । करिब एक हप्ता अगाडि अमलटारीबाट उद्धार गरेर सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रमा लगिएको केटोको निमोनियाका कारण मृत्यु भएको जनाइएको हो । कोषका भेटेरिनरी चिकित्सक डा अमीर सडौलाका अनुसार अन्दाजी २२ दिनको भाले बच्चाको बिहीबार मृत्यु भएको हो ।बिरामी भएर हिँड्न नसकेपछि त्यो केटोलाई आमाले छाडेको हुनसक्ने कोषको अनुमान छ । असारको २२ गते गैँडाको बेवारिसे बच्चा देखेका अमलटारी सेक्टरका… पुरा पढौ

गजल, कविता, साहित्य लेखिएका सवारीसाधान कारबाहीमा

तनहुँ । जिल्ला ट्राफिक कार्यालयले सवारी साधनमा गजल, कविता तथा समाजमा विकृति ल्याउने किसिमका साहित्य लेखिएका ३५० सवारी साधनलाई कारबाही गरेको छ । उक्त सवारी साधानलाई कारबाहीस्वरुप जरिवाना गर्दा रु एक लाख ५० हजार सङ्कलन भएको सो कार्यालयले जनाएको छ । सवारी साधनमा लेखिएका अश्लिल, अपाच्य गालीगलौच, कानूनविपरीत तथा समाजमा विकृति ल्याउने किसिमका कविता, गजल र साहित्यलगायतका लेख हटाउन थालेको हो । अगाडिका सवारी साधनमा लेखिएका त्यस्ता लेखप्रति पछाडि गुडिरहेका अन्य सवारी चालकको ध्यान जाँदा दुर्घटना हुने गरेको पाइएकाले यस्ता… पुरा पढौ