समाचार

प्रदेश सभा बैठक तत्काल बोलाउन एमाले गण्डकीको माग

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलले गण्डकी प्रदेशसभाको बैठक तत्काल बोलाउन माग गरेको छ । नेकपा एमाले संसदीय दलद्वारा आज आयोजित पत्रकार सम्मेलनमा संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशसभा अनिश्चित कालका लागि स्थगित गरिएको र आफूहरूले खोल्न गरिएको आग्रहलाई अस्वीकार गरिएको बताए । बजेट अधिवेशनमा आर्थिक वर्ष २०७९÷८० को बजेट छलफल गरी पारित गर्नुपर्नेमा सरकार गठबन्धनका दलबीच बजेटको भागबण्डामा अलमलिएको नेता गुरुङले आरोप लगाए । बजेट माथिको छलफल अर्थ विकास समितिमा गर्न खोजिएको भन्दै उनले यो संसदीय… पुरा पढौ

कारागारमा कैदीहरुविचको झगडाले उग्ररुप लिदा एकाउन्न जनाको मृत्यु

पश्चिमी कोलम्बियाको टोलुआस्थित कारागारमा मङ्गलबार कैदीहरूबीचको झगडाले उग्ररूप लिँदा ५१ जनाको मृत्यु भएको छभने २४ जना सुरक्षाकर्मी घाइते भएका छन् । आपसी झगडाको क्रममा एकजना कैदीले सुत्न प्रयोग गरिने एउटा गद्दामा झोसेको आगो कारागारमा फैलिएर उनीहरूको मृत्यु भएको हो । कोलम्बियाका अधिकांश जेलमा कैदीको भीडभाड हुने गरेको छ । टोलुआस्थित कारागारमा पनि क्षमताभन्दा बढी बन्दी राखिएको छ । कारागारका कर्मचारीले गद्दाबाट फैलिएको आगो निभाउने प्रयत्न गरेका थिए तर त्यो विशालरूपमा फैलिएकाले उनीहरूले अग्नि नियन्त्रकहरूको आगमनको प्रतीक्षा गर्नुपरेको थियो । कोलम्बिया… पुरा पढौ

बागलुङमा चट्याङबाट एक जनाको मृत्यु

बागलुङ । बागलुङमा गए राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । काठेखोला गाउँपालिका–४ तग्राम फापरखेतकी २८ वर्षीया सुष्मा पुनको चट्याङ लागेर मृत्यु भएको हो । पुन आफ्नै घरको भान्सा कोठामा बसिरहेको अवस्थामा चट्याङमा परी घाइते भएकी हुन् । उनको उपचारका क्रममा धवलागिरि अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब निरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । यस्तै अविरल वर्षाका कारण आएको पहिराले गए राति गलकोट नगरपालिका–११ रिघास्थित कृष्णबहादुर कामीको घर पुरिएको छ । तीनतले कच्ची घर… पुरा पढौ

पोखरामा महानगर प्रमुख र प्रशासकीय अधिकृतको भेला हुने

पोखरा । देशका छ वटै महानगरका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको भेला पोखरामा हुने भएको छ । पोखरा महानगरको आयोजनामा आगामी साउन पहिलो साता भेला आयोजना गरिएको छ । भेलामा प्रदेश सरकार र केन्द्र सरकारसँगको सम्बन्ध महानगरपालिका प्रमुखहरूबीच अनुभव आदान–प्रदान र विविध योजनाका विषयमा छलफल हुने पोखरा महानगर प्रमुख धनराज आचार्यले बताए। भेलाले महानगरबीच अनुभव आदान–प्रदानमा सहयोग पुग्ने र विकास निर्माणलगायत सङ्घ र प्रदेश सरकारसँगको सम्बन्धलाई अझ कसरी अगाडि बढाउने भन्ने विषयमा पनि छलफल हुने आचार्यले जानकारी दिए। यसैबीच पोखरा… पुरा पढौ

बढ्यो सुनको मूल्य,चाँदीको घट्यो

काठमाडौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० तोकिएकोे छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार ७०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु १०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार २०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार… पुरा पढौ

पहिरो पन्छाएपछि अवरुद्व पृथ्वीराजमार्ग पुन: सञ्चालनमा

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–२ स्थित ऐना पहरा नजिक पहिरो खसेर अवरुद्व भएको राजमार्ग सञ्चालनमा आएको छ । माथिबाट पहिरा खस्दा अवरुद्व भएको राजमार्ग डोजरको सहायताले पहिरो पन्छाएपछि पुनः सञ्चालन भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । बिहान करिब ६ बजेदेखि पहिरो खस्दा राजमार्ग अवरुद्व हुँदा सयौँ सवारीसाधन रोकिन पुगेको थियो । मुग्लिन, आँबुखैरेनी हँुदै गोरखा जाने सडकमा सवारी साधन पुनः सञ्चालन भए पनि पोखरा जाने राजमार्ग सडक अवरुद्व नै रहेको प्रहरीले जनाएको छ । त्यसैगरी सोही वडास्थित ढावटारमा… पुरा पढौ

नाजी यातना शिविरका पूर्वगार्डलाई ५ वर्ष कैद

नाजी यातना शिविरका पूर्वगार्ड जेसेफ एसलाई जर्मनीको बर्लिन नजिकको साकसेन्हाउसेनमा हजारौँ बन्दीको हत्यामा प्रत्यक्ष सहयोग पु¥याएको अभियोगमा ५ वर्ष कैद सजाय सुनाइएको छ। उनी जर्मन अदालतमा नाजी अपराधीको हैसियतले मुद्दा खेप्ने सबैभन्दा पाको उमेरका व्यक्ति भएका छन्। विगतमा उनले सधैँ आफूले शिविरको एसएस गार्डको रूपमा काम नगरेको अडान लिँदै आएका थिए। उनलाई ३ हजार ५ सय १८ जना व्यक्तिलाई मार्न सहयोग गरेको अभियोगमा दोषी ठहराइएको हो। उनी सोभियत युद्धबन्दीलाई गोली हानेर र अन्यलाई जाइक्लोन बी ग्यास प्रयोग गरी हत्या गर्ने… पुरा पढौ

कोलम्बियाको कारागारमा दंगापछि आगजनी हुँदा ४९ को मृत्यु

दक्षिण पश्चिमी कोलम्बियाको एउटा कारगारमा दंगा सुरु भएपछि आगलागी हुँदा ४९ जना कैदी मारिएका छन्। अरु ३० जना घाइते भएका कारगारका अधिकारीहरूले बताएका छन्। भाल्ले डल काउकाको टुलुवास्थित राष्ट्रिय कारगार निकायले मंगलबार बिहान सवेरै कैदीहरूले नै आगजनी गरेको जानकारी दिएको छ। त्यहाँ, तैनाथ गार्डहरूले दंगामा हस्तक्षेप गर्न नसकुन् भन्ने हेतुले कैदीहरूले म्याट्रेसहरू बालेको बताइएको छ। सरकारी अधिकारीहरूले आगो नियन्त्रणमा लिइसकेको र यस घटनाको मौका छोपेर कोही पनि कैदी भाग्न नसकेको बताएका छन्। स्थानीय समयअनुसार बिहान करिब १ बजे कारागारको एक… पुरा पढौ

राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा चन्द्रागिरि नगरपालिका पहिलो

भरतपुरमा सम्पन्न दोस्रो मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगितमा काठमाडौंको चन्द्रागिरि नगरपालिका पहिलो भएको छ। चन्द्रागिरि ६ स्वर्ण, १ रजत र ३ कास्य पदकसहित पहिलो भएको हो। प्रतियोगितामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका १२ पदकसहित दोस्रो भएको छ। गैँडाकोटले ५ स्वर्ण, ५ रजत र २ कास्य प्राप्त गरेको राष्ट्रिय तेक्वान्दो संघ नेपाल चितवन शाखाका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिएका छन्। यस्तै, २३ पदकसहित भरतपुर महानगरपालिका तेस्रो भएको छ। भरतपुरले ४ स्वर्ण, ७ रजत र १२ कास्य प्राप्त गरेको छ। प्रतियोगितामा चितवनकै माडी… पुरा पढौ

गण्डकी प्रदेशमा आजको मौसम

गण्डकी प्रदेशमा आज (बुधबार) भारी वर्षाको संभावना छ। गण्डकी प्रदेशको १/२ स्थानमा भारी वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाद्धारा प्रकाशित बुलेटिनमा उल्लेख छ। महाशाखाका अनुसार गण्डकी प्रदेश लगायत प्रदेश १, मधेश प्रदेश, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका १÷२ स्थानमा भारी वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाद्धारा प्रकाशित बुलेटिनमा उल्लेख छ। राती देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरुमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको संभावना छ। पुरा पढौ