समाचार

महंगी नियन्त्रण गर्न वाईसिएल कास्कीको माग

पोखरा । योङ्ग कम्युनिस्ट लिग (वाईसिएल) कास्कीले महंगी नियन्त्रण गर्न माग गरेको छ । वाईसिएल कास्कीका संयोजक एंगेल्स कार्कीले अहिले बढिरहेको महंगीले जनताको ढाड सेकेको भन्दै संघ, प्रदेश र स्थानिय सरकारलाई महंगी नियन्त्रण गर्न माग गरेको हो । महंगी नियन्त्रणमा नलागे सरकार र मन्त्रीहरुबिरुद्ध आन्दोलन गर्ने उनले चेतावनी दिए । वाईसिएल कास्कीले ग्यासलगायत पेट्रोलियम पदार्थमा गरिएको मूल्य बृद्धिको विरोध गरेको छ । उसले पेट्रोलियम पदार्थमा पटक÷पटक गरिएको मूल्य बृद्धि फिर्ता लिन माग गरेको छ । त्यस्तै, खाद्यान्नमासमेत अत्यधिक मूल्य बृद्धि… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डलाई नेपाल भूतपुर्व खेलाडी मञ्चको सहयोग

पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले ‘छैटौं पोखरा स्पोर्टस अवार्ड’ लाई सहयोग गर्ने भएको छ । यहि असार १८ गते हुने अवार्ड सफल बनाउन मञ्चले नगद ५० हजार सहयोग गर्ने भएको हो । अवार्ड अन्तर्गत प्रदान गरिने ‘लाइफ टाइम एचिभ्मेन्ट अवार्ड’ वापत भूततपूर्व खेलाडी मञ्चले सहयोग गर्ने भएको मञ्चका अध्यक्ष दिननाथ बरालले बताए । सो बारेको सम्झौतामा भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुली र मञ्चका अध्यक्ष बरालले हस्ताक्षर गरेका छन् । सम्झौता हस्तान्तरणमा मञ्चका अध्यक्ष… पुरा पढौ

प्रदेशसभाको बैठक अनिश्चित

गोदावरी । आर्थिक ममिला तथा योजनामन्त्री प्रकाशबहादुर रावलले यही असार १ गते सुदूरपश्चिम प्रदेशसभामा प्रस्तुत गरेको रु ३६ अर्ब ७४ करोड बराबरको अगामी आर्थिक वर्ष २०७९÷८० को बजेटमाथिको छलफल अझै अघि बढ्न सकेको छैन ।सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९÷८० का लागि ल्याएको बजेटमा सत्ता र प्रतिपक्षी प्रदेशसभा सदस्यले असन्तुष्टि व्यक्त गरेपछि प्रदेशसभाको बैंठक अनिश्चित बन्न पुगेको हो । सत्तारुढ गठबन्धनमा रहेका दल, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले संशोधनको माग गरेपछि प्रदेशसभाको बैठक बस्न सकेको… पुरा पढौ

पर्यटन मन्त्री आलेले बुझाए पार्टी अध्यक्षलाई राजीनामा

काठमाण्डौं । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका छन् । पार्टीका अध्यक्ष नेपाल निकट स्रोतका अनुसार आलेले आइतबार पार्टी केन्द्रिय कार्यालय मिनभवन पुगेर अध्यक्षलाई राजीनामा पत्र बुझाएका हुन् । शुक्रबार पार्टीको पोलिटव्यूरमे बैठकमा ४८ घण्टाभित्र राजीनामा बुझाउने बताएका आलेले आज राजीनामा बुझाएका हुन ।पार्टीको गत जेठ २२ गतेको सचिवालय बैठकले मन्त्रीहरु हेरफेर गर्ने निर्णय गरेको थियो । पुरा पढौ

पर्यटकीय सवारी साधनका लागि बसपार्क नहुँदा सडकमै पार्किङ

काठमाडौँ । मुलुकको सङ्घीय राजधानी काठमाडौँमा पर्यटक बोक्ने सवारी साधनका लागि छुट्टै बसपार्क नहुँदा पर्यटकीय बस विभिन्न स्थानमा रहन बाध्य भएका छन् । मुलुकको आर्थिक मेरुदण्डको मुख्य आधारका रुपमा रहेको पर्यटकलाई बोक्ने सवारीसाधनका लागि छुट्टै बसपार्क नहुँदा बौद्ध, सोह्रखुट्टेलगायत सडकबाट पर्यटकीय बस देशका विभिन्न भागमा आवतजावत गर्दै आएका छन् । कोरोना महामारीबाट नराम्रोसँग थला परेको नेपालको पर्यटन व्यवसायलाई अगाडि बढाउन सरकारले विभिन्न कार्यक्रम अगाडि सारेपनि सङ्घीय राजधानी काठमाडौँमै पर्यटकी बसका लागि पार्किङस्थल नहुँदा व्यवसायीहरु समस्यामा परेका हुन् । टुरिष्ट बस… पुरा पढौ

लागुऔषध दुव्र्यसनबाट युवालाई बचाउनु सबैको दायित्व हो ; गृहमन्त्री खाण

काठमाडाँै । गृहमन्त्री बालकृष्ण खाणले लागुपदार्थको दुव्र्यसनबाट युवालाई बचाउनु सबैको दायित्व भएको बताएका छन ।लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज आयोजित एक समारोहमा उनले उनीहरुलाई दुव्र्यसनबाट बचाउनु सरकारसँगै समाजको पनि उत्तिकै दायित्व भएको धारणा राखे । गृहमन्त्री खाणले युवाको सुरक्षित भविष्य र आम नागरिकको जीवन रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताए । लागुपदार्थको दव्र्यसनका कारणले समाजलाई गम्भीर असर पारेको र त्यो असर सबैभन्दा बढी युवा पुस्तामा परिरहेकातर्फ सचेत हुन उनले सबैमा अनुरोध गरे । उनले युवा पुस्ताको भविष्य… पुरा पढौ

ललितपुरमा पानीपुरी बिक्रीमा रोक

ललितपुर। ललितपुर महानगरपालिकाले हैजा नियन्त्रणका लागि पानीपुरी बिक्रीवितरणमा रोक लगाएको छ । काठमाडौँ उपत्यकामा हैजा देखिएकाले ललितपुर महानगरको २९ वटै वडामा फैलिन नदिन पानीपुरीमा रोक लगाइएको हो । बाटोबाटोमा ठेला गाडामा पानीपुरी, चटपटे तथा पानी खाँदा रोग फैलने हुँदा नियन्त्रणका लागि ठेलागाडा पसल सञ्चालनमा रोक लगाइएको नगर प्रहरी प्रमुख सीताराम हाछेँथुले बताए । कतिपयले जारको भन्दै धाराको दूषित पानी खुवाउने गरेको पाइएको महानगरले जनाएको छ । हालका लागि सडकमा पानीपुरी र चटपटे बेच्न रोक लगाइएको हाछेँथुले बताए । महानगरले माइकिङ… पुरा पढौ

पत्रकार महासंघ गण्डकी प्रदेशको फिल्ड फोटो पत्रकारिता तालिम सम्पन्न

पोखरा । पोखरामा सञ्चालित ५ दिने फिल्ड फोटो पत्रकारिता तालिम शनिवार सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको आयोजना तथा कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयको आर्थिक सहयोगमा उक्त तालिम सम्पन्न भएको हो ।असार ७ गतेदेखि सञ्चालित तालिममा फोटो पत्रकार प्रदिपराज वन्त र राम गुरुङले फिल्डमा नै लगेर प्रशिक्षण गराएका थिए । समापन कार्यक्रममा अतिथी नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिब गोविन्द सुबेदीले समग्र गण्डकी प्रदेशमा नै नयाँ खालको तालिम सञ्चालनमा ल्याएको र आगामी दिनमा अझै नयाँ… पुरा पढौ

जनप्रतिनिधिमूलक थलोलाई थप जनमुखी बनाउन क्रियाशील छु ः सभामुख

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले जनप्रतिनिधिमूलक थलोलाई थप जनमुखी बनाउन आफ्नातर्फबाट निरन्तर प्रयास भइरहेको बताएका छन् । सभामुखमा निर्वाचित भएदेखि नै आफू त्यसखालको प्रयासमा लागेको भए पनि केही समय अघिसम्म संसद् अवरोध हुँदा त्यसलाई गतिशील बनाउन नसकिएको उनको भनाइ थियो । संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय समिति अभ्यास–पहिलो संसद्देखि सङ्घीय संसद्सम्म’ पुस्तक आज सार्वजनिक गर्दै सभामुख सापकोटाले सङ्घीय संसद् र मातहतका समितिमा जनचासोका विषयमा बढी छलफल होओस् र राष्ट्रका लागि आवश्यक कानुन निर्माणमा बढी तदारुकता आओस् भन्ने पक्षमा… पुरा पढौ

पेस्तोल र गोलीसहित दुईजना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको नयाँ बसपार्कबाट पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।प्रहरी प्रभाग नयाँबसपार्कबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–२६ मित्रनगरस्थित एक खाजा घरबाट हातहतियारसहित काठमाडौँ महानगरपालिका–१७ धोविचौरका ४२ वर्षीय जोयल थापा र नवलपरासी वर्दघाट नगरपालिका–१४ का ३० वर्षीय राजु विकलाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पेस्तोल र गोली बोकेर हिँडिरहेका अवस्थामा दुवैजनालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकासँग कटुवा पेस्तोल एक थान, गोली एक… पुरा पढौ