समाचार

बेलचौतारा-मुस्ताङ पुल: चार वर्षमा ३० प्रतिशत प्रगति

बेलचौतारा-मुस्ताङ पुल निर्माणले गति नलिँदा स्थानीय खिन्न भएका छन् । चारवर्षमा जम्मा ३० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । मूल्य अभिवृद्धि करसहित रु।१५ करोड ५९ लाखमा निर्माण सम्पन्न गर्ने सम्झौता गरेको निर्माण कम्पनीले कोभिडकालमा भएको आर्थिक क्षतिका कारण निर्धारित समयमा काम पूरा नभएको बताएको छ । यसैबीच, पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीले भने निर्माण कम्पनीलाई हालसम्म रु.आठ करोड १३ लाख भुक्तानी भइसकेको बताए । ‘टेल फाउण्डेशन’मा निर्माण हुने पुलको लम्बाइ एकसय ५० दशमलव ४ मिटर हुनेछ । चार… पुरा पढौ

बेनी-दरवाङ सडकः रणवाङ-दरवाङ खण्डमा कालोपत्र सुरू

म्याग्दी जिल्लाको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्न थालिएको छ । रणवाङको खहरेखोलाबाट दरवाङतर्फ बिहीबारदेखि कालोपत्र गर्न थालिएको हो । पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले पहिलो चरणमा खहरेखोला, रणवाङ, सहश्रधारा, दुखुखोला, रातोढुङ्गा हुँदै तोलावाङसम्म चार किलोमिटर कालोपत्र गर्न लागिएको बताए । “फराकिलो पार्ने, नाली, टेवा पर्खाल बनाउने, बेस र सबबेस राख्ने काम सकिएको ठाउँमा एकतर्फी प्राइम कोट (बिटुमीन) बिछ्याएर ‘फस्टकोट’ (बिटुमिन र चिप्स) राख्न थालिएको हो”, उनले भने, “बाङ्गेपहिरो छाडेर तोलावाङ, ढाडखर्क, दरबाङ बजारमा भइरहेको… पुरा पढौ

संसद् अधिवेशन आजदेखि, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने

सङ्घीय संसद्को अधिवेशन आज अपराह्न १ः०० बजे हुँदैछ । हिउँदे अधिवेशन भनिने यो अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा पनि लिइन्छ । सदनमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित राजनीतिक दलका शीर्ष नेताले मन्तव्य व्यक्त गर्ने कार्यसूची छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको दुवै सदनका सम्भावित कार्यसूचीअनुसार प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरु मनोनयन गर्ने छन । बैठकमा प्रधानमन्त्री ओलीले ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवाप्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’… पुरा पढौ

व्यापार मेलामा राजस्थानको लोकनृत्य आजको मुख्य आर्कषण

माघ १७ पोखरा । पोखराको नयाँबजारमा जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला शनिबारसम्म चल्ने भएको छ ।आइटी महोत्सवसहित १२ औं क्यान इन्फोटेक तथा चौथो मोवाइल मेलासमेत समाहित गरिएको मेलामा अवलोकनकर्ताको चासो बढेपछि मेलाई शनिबारसम्म निरन्तरता दिइने निर्णय भएको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले बताए । मेला माघ १० गतेदेखि सुरु भएको थियो । मेला समापनतर्फ अगाडि बढ्दा स्टलहरुबाट उत्साहजनक कारोबार भएको महोत्सवका स्टल व्यवस्थापन उपसमिति संयोजक टीकाराम सुवेदी ’माधव’ले जानकारी दिए । महोत्सवमा मोवाइल,… पुरा पढौ

पोखरामा फागुन दोस्रो सातादेखि विराट चक्र विज्ञान स्वजागरण उत्सव हुँने

माघ १७ पोखरा । जीवन विज्ञान प्रतिष्ठानले पोखरामा फागुन दोस्रो साता ‘विराट चक्र विज्ञान’ र ‘गण्डकी स्वजागरण उत्सव’ आयोजना गर्ने भएको छ । प्रतिष्ठानले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर ‘गण्डकी स्वजागरण उत्सव’ यही फागुन १० गते र आगामी २०८२ कार्तिक ११ देखि १७ गतेसम्म ‘विराट चक्र विज्ञान’ कार्यक्रम आयोजना गर्ने जानकारी दिएको हो । पोखरामा गरिने ‘गण्डकी स्वजागरण उत्सव’ मा करिव मा ३० हजार बढीको सहभागिता हुने अपेक्षा गरेको प्रतिष्ठानका व्यवस्थापक अभिषेक अधिकारीले बताए । उनका अनुसार ‘विराट चक्र… पुरा पढौ

टाइगर कप भलिबलः भोलि पहिलो क्वालिफायर र एलिमिनेटरका खेल हुने

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको भोलि पहिलो क्वालिफायर र एलिमिनेटरका खेल हुने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी उक्त प्रतियोगिताको सातौं दिन भोलि पुरुष र महिलातर्फ पहिलो क्वालिफायर र पुरुषतर्फ एलिमिनेटरको खेल हुने तालिका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने पहिलो खेल महिलातर्फको हुनेछ । महिलातर्फ पहिलो क्वालिफायरमा आयोजक टाइगर ग्रुप र सशस्त्र प्रहरी बल एपिएफबिच प्रतिष्पर्धा हुनेछ । एपिएफ अपराजित टोली हो भने आयोजक टोली एपिएफसँग पराजित भएको… पुरा पढौ

ठूलाडिही–पोखरा सम्पर्क मञ्चको तनाव न्यूनीकरण प्रशिक्षण

पोखरा । ठूलाडिही–पोखरा सम्पर्क मञ्चले तनाव न्यूनीकरण प्रशिक्षण सञ्चालन गरेको छ । संस्थाले दोस्रो वार्षिक साधारण सभाको अवसर पारेर तनाव न्यूनीकरणमा साहित्य, संगीत, सन्तुलित भोजन एवं योगको महत्वबारे प्रशिक्षण सञ्चालन गरेको हो । कार्यक्रमका प्रमुख अतिथि मञ्चका ज्येष्ठ सदस्य नरबहादुर रेग्मीले वर्तमानमा यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको बताए ।कार्यक्रममा साहित्य एवं संगीतका माध्यमबाट तनाव व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा संस्थाका अध्यक्ष दुर्गाबहादुर शाह “बाबा” ले सहजीकरण गरेका थिए । उनले पछिल्लो समय हरेक व्यक्ति विविध तनावमा रुमलिएको अवस्थामा साहित्य… पुरा पढौ

प्रेस चौतारी पत्रकारिता पुरस्कार’ ईन्द्र पौडेललाई, गणेशमान गुरूङलाई सम्मान

पोखरा । प्रेस चौतारी नेपाल, कास्की शाखाले स्थापना एवं सञ्चालन गरेको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार’ यस वर्ष ईन्द्रप्रसाद पौडेललाई प्रदान गरिने भएको छ । प्रेस चौतारी पत्रकारिता सम्मान २०८१’ अग्रज पत्रकार गणेशमान गुरूङलाई अर्पण गर्ने पनि प्रेस चौतारी कास्कीले जनाएको छ । प्रेस चौतारीको २७ औं स्थापना दिवसको अवसर पारी कास्की शाखाले माघ २२ गते पुरस्कार एवं सम्मान अर्पण गर्न लागेको हो । पुरस्कारको राशी २२ हजार २ सय २२ रहेको छ । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष तथा… पुरा पढौ

अरुणा लामा तारादेवी स्मृति श्रष्टा साँझ शनिबार, दुबै श्रष्टाका अनटोल्ड स्टोरी सुनाउँदै अरुणा लामा र तारादेवीका कालजयी गीतहरु गुञ्जिने

माघ १७ पोखरा । पोखरामा आउँदो शनिबार अरुणा लामा–तारादेवी स्मृति श्रष्टा साँझको तेश्रो संस्करण हुने भएको छ । पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनी र एभरेस्ट एफएम ९३ मेगाहर्जको संयुक्त आयोजनामा यहि माघ १९ गते शनिबार पोखराको बुलौंदीस्थित पोखरा इभेन्ट सेन्टरमा अरुणा लामा–तारादेवी स्मृति श्रष्टा साँझको तेश्रो संस्करण हुने भएको हो । स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर २०७९ सालदेखि शुरु भएको यो कार्यक्रम हरेक वर्ष माघ तेश्रो शनिबार हुँदै आएको छ । कालजयी गायीका तारादेवीको… पुरा पढौ

घान्द्रुकमा ‘द कोरस ब्याण्डको गीत विमोचन’

पोखरा । ‘द कोरस ब्याण्डले अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा आफ्नो २ वटा गीत विमोचन गर्ने भएको छ ।आगामी फागुन ११ गते आइतबार विविध सांगीतिक कार्यक्रमको आयोजना गर्दै विमोचन गर्ने तयारी रहेको ब्याण्डका भोकलिस्ट छुतमान गुरुङले बताए । उनका अनुसार उक्त दिन ‘जाली रुमाल र असारे महिना’ बोलको गीत सार्वजनिक गरिनेछ । भोकलिस्ट गुरुङले आफ्नो गाउँठाउँको सिर्जनालाई संगीतको माध्यमबाट प्रस्तुत गरिएकाले घान्द्रुकबाटै विमोचन गर्न लागिएको बताए । लब्सन गुरुङको निर्देशनमा बनेको ‘जाली रुपमाल’मा सरुन गुरुङले स्वर भरेका छन् । कोरस ब्याण्डको रचना… पुरा पढौ