समाचार

एमालेलाई सबैभन्दा ठुलो र निर्णायक शक्तिको रूपमा स्थापित गर्नुपर्छ:मुख्यमन्त्री अधिकारी

दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नेपाल कम्युनिष्ट पार्टी ९एमाले०लाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका छन् । नेकपा (एमाले) तनहुँ जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले पार्टीलाई देशकै सबैभन्दा ठूलो र निर्णायक शक्ति बनाउने अभियानमा सबै एकजुट भएर लाग्नुपर्ने बताए । आगामी निर्वाचनमा तीनवटै तहमा एमालेको एकल बहुमत आउने गरी तयारी थाल्न कार्यकर्तालाई आग्रह गर्दै उनले भने, “आगामी निर्वाचनमा स्थानीय, प्रदेश र सङ्घमा बहुमत ल्याउने गरी काम गर्नुपर्ने लक्ष्यमा हिँडेका… पुरा पढौ

बेलायतमा जुलाई ४ मा आमनिर्वाचन गरिने

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले जुलाई ४ मा आम निर्वाचन हुने घोषणा गरेका छन । “आज बिहान मैले संसद विघटन गर्न अनुरोध गर्न राजासँग कुरा गरेँ । उनले यो अनुरोध स्वीकार गर्नुभएको छ र जुलाई ४ मा आम निर्वाचन हुनेछ,” बुधबार साँझ डाउनिङ स्ट्रिटमा गरिएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री सुनकले भने । नयाँ तथ्याङ्कले देशमा मुद्रास्फीति तीव्र रूपमा (दुई दशमलव तीन प्रतिशतमा) झरेको देखाएको केही घण्टापछि प्रधानमन्त्रीको यो घोषणा आएको हो । करिब तीन वर्षमा यो तथ्याङ्क सबैभन्दा कम हो । सत्तारुढ… पुरा पढौ

गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

गण्डकी प्रदेश सरकारले पूर्वाधारतर्फका एक सय ६६ बहुवर्षीय आयोजनाका लागि करिब रु १३ अर्बको स्रोत सुनिश्चित गरेको छ । प्रदेशका ११ वटै जिल्लामा बन्ने सडक, पक्की पुल र झोलुङ्गे पुलका लागि आर्थिक मामिला मन्त्रालयबाट रु १२ अर्ब ७३ करोड ९८ लाख बजेटको स्रोत सुनिश्चित भएको हो । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्ष २०८०-८१ मा प्रस्ताव गरेका एक सय २७ सडक, ३० पक्की पुल र नौ झोलुङ्गे पुल आयोजना बहुवर्षीयका लागि छनोटमा परेका पूर्वाधार निर्देशनालयका निमित्त… पुरा पढौ

‘भानु साहित्य उद्यान’ निर्माणार्थ प्रारम्भिक रेखाचित्र सार्वजनिक

तनहुँको भानु नगरपालिका–४ स्थित आदिकवि भानुभक्त आचार्यको जम्मस्थल चुँदी रम्घामा ‘भानु साहित्य उद्यान’ निर्माण गरिने भएको छ । नगरप्रमुख आनन्दराज त्रिपाठी, उपप्रमुख उमा गोतामे र प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले संयुक्त रुपमा रेखाचित्रको बुधबार सार्वजनिक गरेपछि निर्माण प्रक्रिया अघि बढाइएको हो । वरिष्ठ कलाकार अशोकमान सिंहद्वारा नेपालका राष्ट्रिय विभूति भानुभक्त आचार्यको स्मृतिमा उद्यानको परिकल्पना गरिएको भानु नगरपालिकाले जनाएको छ । भानु साहित्य उद्यानको भविष्यको वास्तविकता कस्तो हुने भन्ने विषयमा निर्माण गरिएको परिकल्पनाको प्रारम्भिक तस्वीर (रेखाचित्र) स्केच गरिएको हो । आयोजनाका… पुरा पढौ

महिला एसिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा

नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताका लागि आज २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । एसियाली क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा हुने महिला एसिया कप क्रिकेट प्रतियोगिताका लागि इन्दु बर्माको कप्तानीमा क्यानले २८ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । उक्त प्रतियोगिता आगामी जुलाई १९ देखि २८ तारिखसम्म श्रीलङ्कामा हुँदैछ । छनोट हुने अन्य नेपाली सदस्यहरुमा सबनम राई, रुबिना क्षेत्री, सीता रानामगर, खुशी डङ्गोल, विन्दु रावल, कविता कुँवर, रुबी पोदार, लक्ष्मी साउद यशोदा विष्ट,… पुरा पढौ

अन्तर्राष्ट्रिय कछुवा संरक्षण दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय कछुवा संरक्षण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संसारमा पाइने करिब तीन सय प्रजातिमध्ये ६१ प्रतिशत कटुवा अति सङ्कटापन्न सूचीमा छन् । पृथ्वीमा कछुवा नभए जलीय र स्थलीय पारिस्थिकीय प्रणाली बिग्रने विज्ञहरूको सुझावसँगै अमेरिकन ‘कछुवा उद्धार’ नामक संस्थाले सन् २००० देखि विश्व कछुवा संरक्षण दिवस मनाउन थालेको हो । नेपाल सरकारले आधिकारिक रूपमा कछुवा संरक्षण दिवस मनाउने गरेको नभए पनि सम्बन्धित संस्थाले दुई दशक यतादेखि हरेक अङ्ग्रेजी महिना मे २३ का दिन यो दिवस मनाउँदै… पुरा पढौ

साकेला उभौलीः उल्लासमय बन्दै किराँत गाउँबस्ती

किराँत समुदायको प्रमुख चाड साकेला (उभौली) आजदेखि औपचारिक रूपमा सुरु भएको छ । किराँत समुदायमा ‘खेतीपाती सप्रियोस्, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित पितृ तथा भूमिको पूजाआजा गर्दै महिना दिनसम्म साकेला (उभौली) मनाउने प्रचलन छ । साकेला उभौलीका अवसरमा परम्परागत वेशभूषामा सजिएका दाजुभाइ, दिदीबहिनी, बुबाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला सिली नाच्ने गरिन्छ । घरघरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूिमको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा हात र… पुरा पढौ

कालीगण्डकी करिडोर: बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति

कालीगण्डकी करिडोरको बलेवा–हर्मिचौर खण्डमा कालोपत्रका लागि पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बलेवा–हर्मिचौर खण्डको ४४ किलोमिटर सडकमा भौतिक प्रगति ५० प्रतिशत पुगेको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरको बलेवा–हर्मिचौर खण्डको ४४ किलोमिटरमा कालोपत्रको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ भने मालढुङ्गा–बलेवाखण्डको १० किमी सडकमा पूर्वाधारको कामले तीव्रता पाएको हो । बागलुङ खण्डको ५४ किमी सडकमा कालोपत्रका लागि आवश्यक पूर्वाधार जस्तै सडक चौडा पार्ने, मेसिनरी पर्खाल, कल्र्भट र ग्याबिन जालीलगायतका पूर्वाधार निर्माण… पुरा पढौ

पक्की पुल नहुँदा काठेपुलबाट आवतजावत, वर्षामा थप समस्या र जोखिम

मनाङ । विकट जिल्ला मनाङको सदरमुकाम चामेमा पक्की पुल नहुँदा आवागमनका लागि काठको पुल निर्माण गरिएकको छ । जिल्लाको मुटुमा मानिएो चामेमा आवतजावत सहज बनाउने उद्देश्यले चामे गाउँपालिका र स्थानीय युवाको सहयोगमा काठेपुल निर्माण गरिएको हो । सडक विस्तारको काम भइरहेको अवस्थामा चामेका चार ठाउँमा काठेपुल निर्माण गरी सञ्चालन भइरहेका छन् । दीर्घकालीन हुनेगरी पक्की पुल नहुँदा वर्षा लाग्ने समयमा अझ जोखिम बढ्ने स्थानीय बताउँछन् । चामे–१ तिमाङस्थित तिमाङखोलामा, चामे–२ स्थित स्यार्कुखोला, चामे–४ स्थित दुईवटा घट्टेखोलामा काठेपुलले मात्रै आवतजावत गर्न… पुरा पढौ

शुक्लागण्डकीमा २ सय २५ जना ज्येष्ठ नागरिक तथा महिलाहरुको स्वास्थ परिक्षण

तनहुँ । ब्राम्हण समाज नेपाल,जस्पुर दिदीबहिनी समुह शुक्लागण्डकी नगरपालिका वडा नं १२ को आयोजनामा तनहुँको शुक्लागण्डकी नगरपालिका, वडा नं १२ को घुमाउने चौतारामा बृहत निःशुल्क स्वास्थ्य शिविर,स्तन तथा पाठेघर क्यान्सर संबन्धी जाँच एवम जनचेतना कार्यक्रम सम्पन्नभ एको छ । शिविरमा २ सय २५ जना भन्दा बढीले स्वास्थ्य जाँच गराएको शिविर सञ्चालन समितिका सदस्य केशबराज पौडेल र निश्चल पौडेलले जानकारी गराएकाछन् । नेपाल मणिपाल शिक्षण अस्पताल पोखरा फुलबारीमाकार्यरत विशेषज्ञ चिकित्सकहरूले जनरल मेडिसिन, छाती रोगसम्बन्धी र स्तन तथा पाठेघर क्यान्सर सम्बन्धिचिकित्सीय सेवाउपलब्ध… पुरा पढौ