राजनीति

आन्तरिक खपत गरी बढी भएको बिजुली निर्यात गर्छौँ : ऊर्जामन्त्री बस्नेत

पुस २६ काठमाण्डौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आन्तरिक खपत गरेर बढी भएको बिजुली भारतलगायतका देशमा बिक्री गरिने बताएका छन् । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा मन्त्री बस्नेतले राष्ट्रिय रुपमा खपत गरेर बढी भएको बिजुली बिक्री गरिने र त्यसका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताए । मन्त्री बस्नेतले आगामी १२ वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन हुने विश्वसनीय आधार समेत तयार भएको उल्लेख गरे । उनले सन् २०२३ देखि २०३५ सम्मको १२ वर्षे… पुरा पढौ

मन्त्रिपरिषद् निर्णय : विपद् व्यवस्थापन कोषमा दुई अर्ब उपलब्ध गराइने

पुस २५ काठमाण्डौं । सरकारले ‘प्रधानमन्त्री दैवीप्रकोप सहायता कोष’ मा मौज्दात रकममध्येबाट विपद् व्यवस्थापन कोषमा रु दुई अर्ब उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले राष्ट्रिय विकास परिषद्मा विभिन्न जिल्ला समन्वय समिति, स्थानीय तह, विभिन्न निकायका पदाधिकारी÷व्यक्तिमध्येबाट २५ जना सदस्य मनोनयन गरेको छ । मन्त्रिपरिषद्का निर्णय आज सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्बाट विभिन्न मितिमा सहिद घोषणा भई विवरण फरक परेका सहिदहरुको विवरण सच्च्याउने, नेपाल राजपत्रमा प्रकाशित हुन छुट सहिदको नाम प्रकाशन गर्ने र थप सहिद… पुरा पढौ

पोखरामा बढाइएको राजश्व घटाउन काँग्रेसको माग

पोखरा । नेपाली काँग्रेसले पोखरा महानगरपालिकाभित्र बढाइएको राजश्व घटाउन माग गरेको छ । नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बराल र पोखरा महानगर सभापति सुरेन्द्रमान बिजुक्छेले बुधबार संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरी त्यस्तो माग गरेका हुन । पोखरा महानगरपालिका पोखरेली जनताको अविभावकिय संस्था भएकोले यसले पोखरेली जनताको हितमा काम गर्नुपर्ने तर्फ ध्यानाकर्षण गराइएकोे छ । आ.व.२०८०-०८१ का लागि बढाईएको राजस्व वृद्धि जनताको हित अनुकुल नभएकाले राजस्व वृद्धिमा पुर्नविचार गर्न आवश्यक देखिएको छ, विज्ञप्तिमा भनिएको छ । नेपाली काँग्रेस, कास्की र नेपाली… पुरा पढौ

दलहरुले लोकतन्त्रको कमजोरी सच्याउने सामथ्र्य निर्माण गर्नुपर्छ: महासचिव पोखरेल

गुल्मी । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले जनताले रोजेको पार्टी सहज ढङ्गले लोकतन्त्रमा स्थापित हुन सकेमा मात्र लोकतन्त्र बलियो हुने बताएका छन्। एमाले जिल्ला कमिटीद्वारा आज आयोजित जिल्ला प्रशिक्षण कार्यक्रममा उनले देशमा राजनीतिक अस्थिरता र सामाजिक अराजकता बढ्दै गएको बताए । महासचिव पोखरेलले लोकतन्त्रप्रति जनतामा अनास्था पैदा हुँदै गएको भन्दै दलहरुले लोकतन्त्रको कमजोरीलाई सच्याउने सामथ्र्य निर्माण गर्नुपर्नेमा जोड दिए। नेपालको राजनीतिमा राष्ट्र विरोधी र अराजक शक्ति हाबी हुन नदिन सबै मिलेर मुलुकलाई विकास तथा सम्वृद्धिको बाटोमा अघि बढ्नुको विकल्प नरहेको… पुरा पढौ

राष्ट्रियसभा सदस्य निर्वाचनमा समन्वय गर्न गठबन्धनद्वारा समिति गठन

पुस २४ काठमाण्डौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा समन्वय गर्न सत्ता गठबन्धनले समिति गठन गरेको छ । आज साँझ बसेको सत्ता गठबन्धनको बैठकले नेपाली कांग्रेसका नेता रमेश लेखक, नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी)बाट राजेन्द्र पाण्डे र जनता समाजवादी पार्टीका मनिष सुमन सम्मिलत समन्वय समिति गठन गरेको हो । समितिले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका १९ जना उम्मेदवारलाई विजयी गराउन समन्वय गर्ने जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए । उनका अनुसार समितिको पहिलो बैठक बुधबार दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ… पुरा पढौ

सभामुखसँग आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष बट्टिमरको भेट

पुस २४ काठमाण्डौं । सभामुख देवराज घिमिरे र आयरल्याण्डको माथिल्लोसभा शाअनड एरेनका अध्यक्ष जेरी बट्टिमरबीच आज शिष्टाचार भेट भएको छ । नेपालको पाँच दिने औपचारिक भ्रमणमा रहनुभएका अध्यक्ष बट्टिमरसँग सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र संसदीय अनुभव आदानप्रदानलगायतका विषयमा छलफल भएको थियो । भेटमा सभामुख घिमिरेले नेपाल र आयरल्याण्डबीचको संसदीय सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरे । युरोपेली सङ्घको एक महत्वपूर्ण सदस्यको हैसियतमा आयरल्याण्डले युरोपेली सङ्घमार्फत नेपालको विकास प्रयासलाई थप सहयोगको अपेक्षा रहेकोसमेत सभामुख घिमिरेले उल्लेख… पुरा पढौ

कोशी प्रदेशका नवनिर्वाचित सभामुख विष्टद्वारा शपथ ग्रहण

पुस २४ मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाका नवनिर्वाचित सभामुख अम्बरबहादुर विष्टलाई आज शपथ गराएका छन् । प्रदेश प्रमुख खापुङले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आयोजित एक विशेष समारोहबीच सभामुख विष्टलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । प्रदेशसभाबाट निर्वाचित सभामुख विष्ट प्रदेशसभाको नियमावली–२०७४ को नियम ८ बमोजिम शपथ गराइएको हो । शपथ समारोहमा प्रदेशका मुख्यमन्त्री केदार कार्की, निवर्तमान तथा पूर्वमुख्यमन्त्री क्रमशः हिक्मतकुमार कार्की, उद्धव थापा र राजेन्द्र राई, पूर्वसभामुख, प्रदेशका मन्त्री, प्रदेशसभाका सदस्य, सुरक्षा निकायका प्रदेश प्रमुख… पुरा पढौ

व्यवस्था परिवर्तनका लागि बृहत मोर्चा बनाउन कमल थापाको आह्वान

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले बिचार मिल्नेहरुसँग बृहत मोर्चा बनाउन आह्वान गरेका छन् । राप्रपा नेपाल कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अहिलेको व्यवस्था बदल्न बृहत मोर्चा बनाउनका लागि आह्वान गरेका हुन् । ब्यबस्थाकै कारण राजनीति अस्थिर भएको तथा विकास र समृद्धि हासिल हुन नसकेको उनको दाबी थियो । अहिलेको व्यवस्था नै खराब हो,उनले भने‘यो व्यवस्थामा जो सरकारमा गएपनि केहि गर्न सक्दैन ।’ नेपाल अहिले अभिभावकविहीन भएको र यसका कारण शक्ति राष्ट्रसामु… पुरा पढौ

राष्ट्रियसभाका अध्यक्ष र आयरल्याण्डको माथिल्लो सभाका अध्यक्षबीच भेटवार्ता

पुस २३ काठमाण्डौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरी बट्टिमरबीच आज भेटवार्ता भएको छ । नेपालको पाँचदिने औपचारिक भ्रमणमा रहेका अध्यक्ष बट्टिमरले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भेटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा अध्यक्ष तिमिल्सिनाले युरोपियन युनियनले नेपालमाथि लगाएको हवाई प्रतिबन्ध खुल्ला गरिदिन आग्रह गरेका थिए । उनले हवाई प्रतिबन्धका कारण नेपालको अर्थतन्त्र र पर्यटनमा नकारात्मक असर परेको बताउँदै आयरल्याण्ड इयूको सक्रिय सदस्य भएका कारण नेपाली विमानमाथि युरोपेली आकाशमा लागेको प्रतिबन्ध हटाउन सकारात्मक पहल… पुरा पढौ

रास्वपा संगठन विस्तारमा सक्रिय, पोखरा १६ को अधिवेशनको तयारी शुरु

पोखरा । नयाँ शक्तिको रुपमा उदाएको राष्टिय स्वतन्त्र पार्टीले देशभरका वडाहरुमा अधिवेशनलाई तिव्रता दिएको छ । कास्कीमा पनि केही वडामा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएका छन् भने केही वडामा तयारी शुरु गरिएको छ । रास्वपा पोखरा १६ ले पनि अधिवेशनको तयारी शुरु गरेको सभापति केशव वस्नेतले जानकारी दिए । वडा अधिवेशनको तयारीका विषयमा सोमवार भएको छलफलमा पार्टीका कास्की संयोजक रुक्मांगत भण्डारीले पार्टीको ऐतिहासिक अधिवेशनको जानकारी गराँउदै, पार्टीको संरचना, वडा तहको निर्वाचन प्रणाली, प्रतिनिधीको सहभागिता लगायतका विषयमा जानकारी दिएका… पुरा पढौ