राजनीति

राष्ट्रिय हित रक्षाका निम्ति सशक्त भूमिका निर्वाह गर्ने एमाले अध्यक्ष ओलीको प्रतिबद्धता

माघ २० काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको रक्षा गर्न आफ्नो दलले जिम्मेवार, सकारात्मक तथा सशक्त भूमिका निर्वाह गर्ने बताएका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संसदीय अभ्यासलाई प्रभावकारी बनाउन प्रतिपक्षकोे भूमिका महत्वपूर्ण हुने बताए । “मुलुकमा देखिएका बेथितिविरुद्ध बोल्नुपर्छ”, संसद्मा दृढताका साथ प्रस्तुत हुन सांसदलाई निर्देशन दिँदै उनले भने । आफ्नो क्षमताअनुसारको संसदीय समिति चयन गरेर प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिए । संसद्मा प्रतिपक्षको भूमिका सशक्त र प्रभावकारी… पुरा पढौ

राजनीतिप्रति सकारात्मक सोच ल्याउन जनतामाझ पुग्नैपर्ने : उपमहासचिव ज्ञवाली

माघ २० पोखरा । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नेपालको राजनीतिप्रति आमजनताको सोच सकारात्मक बनाउन उनीहरुका आवश्यकता बुझेर दलहरु अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् । प्रेस चौतारी कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले नेपालमा राजनीतिक अस्थिरता आउन नदिन गणतन्त्रवादी शक्ति चनाखो हुनुपर्नेमा जोड दिए । “वर्तमान अवस्थामा देशमा सामाजिक सद्भाव कायम गर्न त्यति नै आवश्यकता देखिएकाले दलहरु सचेत भएर त्यसतर्फ पनि ध्यान दिन जरुरी छ”, नेता ज्ञवालीले भने । “विभिन्न जातजाति, धर्म, संस्कृति मिलेर बसेको देशमा सामाजिक… पुरा पढौ

भ्रष्टाचारीलाई रातो कार्पेट बिछ्याउने पक्षमा सरकार छैन : गृहमन्त्री श्रेष्ठ

माघ २० पोखरा । उप–प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राज्य लुट्नेहरुलाई कानूनी दायरामा ल्याउँदा आतंकित भए केहि फरक नपर्ने बताएका छन् । पोखरामा शनिबार आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले राज्य लुट्ने र भ्रष्टाचारीलाई कारवाही गर्दा कोहि आतंकित भए केहि फरक नपर्ने बताएका हुन् । भ्रष्टाचारीलाई रातो कार्पेट बिछ्याउने पक्षमा सरकार नरहेको बताउँदै उनले भने,‘सँधै हजुर तपाईंहरु लुटिराख्नूस्, हामी सहयोग गरिराख्छौं भन्ने पक्षमा सरकार छैन । देश बरबाद हुँदै जाओस्, भ्रष्टाचारपनि बढ्दै जाओस्, त्यसको निम्ति हामीपनि सेवा गर्न पाउँ भनेर रातो… पुरा पढौ

सुशासन अभियानमा कर्मचारीको सहयोग आवश्यक छः प्रधानमन्त्री ‘प्रचण्ड’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले थालेको सुशासनको अभियानलाई पूर्णता दिन कर्मचारीतन्त्रको सहयोग आवश्यक रहेको बताएका छन । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको १६ औँ स्थापना दिवसका अवसरमा आयोजित प्रशिक्षण कार्यक्रममा उहाँले सुशासन कायम गर्ने सन्दर्भमा कर्मचारी वर्गको योगदान धेरै नै महत्वपूर्ण रहेको बताए। सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानलाई दृढताका साथ अघि बढाएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आगामी दिनमा सरकारलाई कर्मचारी क्षेत्रको अझ सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । उनले सुशासन कायम गर्न तथा कर्मचारीतन्त्रभित्र देखापरेका समस्या समाधान… पुरा पढौ

राष्ट्रियसभा निर्वाचनमा कोशीको परिणाम अनपेक्षित : कांग्रेस

माघ १९ काठमाण्डौं । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचन, २०८० मा कोशी प्रदेशको परिणाम अनपेक्षित रहेको ठहर गरेको छ । कांग्रेस संसदीय दलको आज बसेको बैठकले गठबन्धनको साझा उम्मेदवारमध्ये एकजना पराजित भएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको हो । साथै बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनले वर्तमान सत्ता गठबन्धनलाई थप सवल बनाएको समेत ठहर गरेको छ । यही माघ ११ गते सम्पन्न राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनका तर्फबाट प्रस्तुत १९ जना साझा उम्मेदवारमध्ये १८ जना विजयी भएका थिए । निर्वाचनमा कांग्रेसका १० जना उम्मेदवार विजयी… पुरा पढौ

सहकारीका नाममा ठगी धन्दा शुरु भयो, सञ्चालकहरु ठग निस्किए : गृहमन्त्री श्रेष्ठ

पोखरा, माघ १९ उप–प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारीहरु आफ्नो मूल्य,मान्यताबाट बिचलित भएको आरोप लगाएका छन् । पोखरामा शुक्रबारदेखि शुरु भएको गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन शत्रलाई सम्बोधन गर्दै उप–प्रधान तथा गृहमन्त्री श्रेष्ठले सहकारीका नाममा ठगी धन्दा र त्यसका सञ्चालकहरु ठगका रुपमा देखापरेको बताएका हुन् । सहकारीको नाममा ठगहरु देखापरेका छन्,उनले भने,‘जानाजान बचतकर्ताको पैसा दुरुपयोग गरिएको छ । अनियमितता भएको छ । अवैधानिक काम भएको छ । बचतकर्ताको ठूलो हिस्सा हिनामिना गरिएको छ ।’ उनले सहकारीको अचल सम्पतीबाट बचतकर्ताहरुको… पुरा पढौ

उद्योगी व्यवसायी हो भन्दैमा देशलाई लुट्ने छुट दिन सकिदैन : गृहमन्त्री श्रेष्ठ

पोखरा, माघ १९ उप–प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराध गर्ने कर्मचारी तथा उद्योगी व्यवसायीलाई कारवाही गर्दा वक्तव्यबाजी र आन्दोलन गर्नेगरेकोप्रति असन्तुष्टी व्यक्त गरेका छन् । पोखरामा शुक्रबारदेखि शुरु भएको गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन शत्रलाई सम्बोधन गर्दै उप–प्रधान तथा गृहमन्त्री श्रेष्ठले अरुण चौधरीलाई पक्राउ गरेलगत्तै उद्योगी व्यवसायीले विरोध गरेकोप्रति लक्षित गर्दै भने,‘गल्ती गर्ने, अपराध गर्ने उद्योगी व्यवसायीलाई कारवाही गर्न थाल्यो भने वक्तव्यबाजी शुरु हुन्छ । दवाब शुरु हुन्छ । उद्योगी व्यवसायीलाई कारवाही हुनु भएन नि ! हामीले कर तिरेका… पुरा पढौ

उच्च पदस्थ राजनीतिक नेतासहित कर्मचारीहरुको एउटा हिस्साले लुटको देश बनाउन खोजे : गृहमन्त्री श्रेष्ठ

पोखरा, माघ १९ उप–प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कपितय निराश भएर नेपाललाई सतीले सरापेको देश भनेर भन्ने गरेकोप्रति असहमति जाहेर गरेका छन् । पोखरामा शुक्रबारदेखि शुरु भएको गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन शत्रलाई सम्बोधन गर्दै उप–प्रधान तथा गृहमन्त्री श्रेष्ठले बरु यो देश केहि सम्पन्नशाली, राजनीतिक दलका नेताहरु, र उच्च पदस्थ राजनीतिक नेतासहित कर्मचारीहरुको एउटा हिस्साले लुटको देश बनाउन खोजेकोचाहिं सत्य भएको बताएका हुन् । ‘तर अब त्यस्तो हुन दिनुहुन्न र दिईन्नपनि’–उनले भने । उनले सम्पन्नशाली, पहुँचवाला, सत्ताको भागिदार, सत्तासँग… पुरा पढौ

राष्ट्रिय समन्वय परिषदको बैठकपछि प्रहरी समायोजनमा ब्रेक थ्रु: गृहमन्त्री श्रेष्ठ

पोखरा । उप-प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय समन्वय परिषदको बैठकपछि प्रहरी समायोजनमा ब्रेक थ्रु हुने बताएका छन् । पोखरामा शुक्रबारदेखि शुरु भएको गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन शत्रलाई सम्बोधन गर्दै उप–प्रधान तथा गृहमन्त्री श्रेष्ठले राष्ट्रिय समन्वय परिषदको केहि दिनपछि प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बैठकले प्रहरी समायोजनको प्रक्रिया अगाडि बढाउने बताएका हुन् । प्रहरी समायोजनको प्रक्रियाबारे धेरै नै चर्चा हुनेगरेको भन्दै उनले भने,‘हामीले बैठक गरेको विषयगत समितिको बैठकमा भएको समझदारी र राष्ट्रिय समन्वय परिषदको बैठक पछाडि अहिले चर्चा हुनेगरेको प्रहरी… पुरा पढौ

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । आसन्न संसद् अधिवेशनलाई प्रभावकारी बनाउने उद्देश्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटमा उनीहरुबीच शान्ति प्रक्रियाका बाँकी कामका साथै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलगायत अन्य विषयमा छलफल भएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । यही माघ २२ गतेदेखि सङ्घीय संसद्का दुवै सदनको बैठक हुँदैछ ।रासस पुरा पढौ