पोखराको सिटीवान टेलिभिजनले महिलाहरुको महान चाड तीजलाई मध्यनजर गर्दै यस वर्ष पनि सास्कृतीक तीज गीत प्रतियोगिता आयोजना गर्ने भएको छ ।
“तीजको वेला सिटीवानको सास्कृतीक मेला, प्रदेश स्तरीय पाँचौ खुल्ला तीज गीत प्रतियोगिता–२०८३” नाममा टेलिभिजनले तीजका सास्कृतीक पक्षहरुको संरक्षण गर्ने उद्धेश्यले मेला आयोजना गरेको टेलिभिजनले जनाएको हो ।प्रतियोगिता यही भाद्र २३ र २४ गते गण्डकी प्रज्ञा प्रतिष्ठानमा हुने टेलिभिजनका प्रवन्ध निर्देशक अनिशा श्रेष्ठले जानकारी दिईन् । उनले पछिल्लो समयमा डिजिटल प्रविधिको प्रयोगका कारण नेपालीहरुका कतिपय संस्कृतीहरु लोप हुन लागेको भन्दै सवैको संस्कृती संरक्षणमा टेलिभिजन लाग्ने धारणा राखिन् । कार्यक्रम विहान ९ः०० वजे देखी संचालन हुने कार्यक्रम संयोजक शुष्मा थापा पाण्डेले जानकारी दिईन् ।प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, द्धितिय पुरस्कार ३० हजार, तृतिय पुरस्कार २० हजार, शान्त्वना पुरस्कार १० हजार, उत्कृष्ट नृत्य ५ हजार, उत्कृष्ट भेषभुसा ५ हजार, उत्कृष्ट शव्द ५ हजार रहेको छ ।
प्रतियोगितामा विशुद्ध नेपाली तीज प्रचलनका गीत र परिवेशलाई मान्यता दिदै तीजलाई तीज जसरी नै मनाउनका लागि मेला आयोजना गरिएको प्रवन्ध निर्देशक श्रेष्ठको भनाई छ । करिव ६० समुहको सहभागिता रहने अनुमान गरिएको सो प्रतियोगितामा समाज परिवर्तमा महिलाको भूमिका, महिला हिसां, पर्यटन प्रर्बदन, सरसफाइ, विमा तथा बैदेशिक रोजगार, उधमशिलता, शिक्षाको महत्व, स्थानीय सरकार तथा लागु पदार्थ दुब्र्यसनी, खानेपानी तथा उर्जा, वैक तथा वित्तिय सचेतना, स्वास्थ्य सचेतना जस्ता वर्तमान र उहिलेका सामाजिक बिषयलाइ प्राथमिकतामा राखेर आयोजना गरिने भएको छ ।
निशुल्क समुह दर्ता गरि आफ्नो संस्कृती प्रस्तुत गर्न अनुरोध गर्दै टेलिभिजनका अध्यक्ष पवन कुमार प्रजापतीले पछिल्लो अवस्थामा तीज सस्कृतीको लोप हुन लागेको भन्दै मेला आयोजना गर्न लागेको जानकारी दिए । मेलाको अवसरमा तीज संस्कृति र आजको आवश्यकता शीर्षकमा प्रदेश स्तरीय राउण्ड टेवल कार्यक्रम संचालन गर्ने पनि अध्यक्ष प्रजापतीले जानकारी दिए । उनका अनुसार मेलामा सहभागी सवैलाई दर संस्कृतीको वारेमा जानकारी दिने र दर खुवाउने कार्यक्रम समेत रहेको छ ।
कार्यक्रम सम्पन्न गर्न १६ लाख ५० हजार खर्च हुने टेलिभिजनका सचिव शुरेस श्रेष्ठले जानकारी दिए । मेलामा महिला उद्यमीले उत्पादन गरेका र नेपाली उत्पादनहरुका करिव २५ भन्दा वढी स्टलहरु रहने पनि सचिव श्रेष्ठको भनाई छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको सिटीवान टेलिभिजनले महिलाहरुको महान चाड तीजलाई मध्यनजर गर्दै यस वर्ष पनि…





