राजनीति

पार्टी रुपान्तरण र सुधारको काम आफैँबाट सुरु गरौँ : उपसभापति खड्का

भदौ ९ काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले पार्टी रुपान्तरण र सुधार आफैँबाट सुरु गर्नुपर्नेमा जोड दिएका छन् । काठमाडौँ क्षेत्र नं ३ को क्षेत्रीय भेलामा उनले गाउँ तहदेखि केन्द्रीय तहसम्मका सबै नेतालाई पार्टी रुपान्तरण र सुधारका लागि आफैँबाट सुरु गर्न सुझाव दिए । “अरुलाई भन्नुभन्दा हरेक नेता तथा कार्यकर्ताले आफैँबाट सुधार सुरु गर्नुपर्छ”, रक्षामन्त्रीसमेत रहनुभएका खड्काले भने, “पार्टीलाई जीवनका लागि टोल तहको नेतृत्वदेखि केन्द्रीय तहका सबैमा सुधार जरुरी छ ।” उनले आम नेपाली जनता, मतदाता र… पुरा पढौ

भ्रष्टाचारविरुद्धको अभियानबाट जनतामा आशा जागेको छ : उपप्रधानमन्त्री श्रेष्ठ

भदौ ८ काठमाण्डौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्ष तथा भ्रष्टाचारविरुद्ध चालेको कदमबाट आम जनतामा आशा जागेको बताएका छन् । माओवादी केन्द्र जिल्ला समन्वय समिति ललितपुरले आज आयोजना गरेको कार्यक्रममा उनले सुशासन, आर्थिक समृद्धि र न्यायका निमित्त माओवादी केन्द्रले सरकार, सदन र सडक तीनै स्थानबाट अभियान चलाएको बताए । “प्रचण्ड नेतृत्वको सरकारले चलाएको अभियानबाट तस्कर, ठग र भ्रष्टाचारीहरू आत्तिएका छन् । तर आमजनता यो अभियानबाट खुसी भएका छन् । लोकतन्त्र र राजनीतिक परिवर्तनपछि वर्तमान सरकारले चलाएको भ्रष्टाचार… पुरा पढौ

सामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने कार्य भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

भदौ ८ वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय सामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने कार्य भइरहेको प्रति दुःख व्यक्त गरेका छन् । समाजवादी मोर्चाद्वारा वीरगञ्जमा आज आयोजित सन्देशसभालाई सम्बोधन गर्दै उनले भने, ‘‘यतिबेला जनयुद्ध र मधेस आन्दोलमा होमिएका पुराना पार्टी र पुराना नेतालाई लक्षित गरी विभिन्न सामाजिक सञ्जालहरुबाट भ्रामक कुरा प्रचारप्रसार भइरहेको छ, खासगरी क्रान्तिकारी नेता र क्रान्तिकारी पार्टीका विरुद्ध ठूलो प्रपञ्च भइरहेको छ ।” यो बडो दुःखद कुरा हो र यसलाई हामीले गम्भीर रुपमा… पुरा पढौ

एमाले विरुद्वको कुप्रचारको प्रतिवाद गर्न महासचिव पोखरेलको निर्देशन

पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले विरुद्व गरिएका कुप्रचारको प्रतिवाद गर्न निर्देशन दिएका छन् । एमाले कुनै पनि कालखण्डमा कुनै खाले भ्रष्टाचारका काण्डमा संलग्न नभएको उल्लेख गर्दै भ्रष्टहरुले नै एमाले पनि हामी जस्तै हो भन्ने भ्रम छर्ने प्रयास गरेको बताए ।शुक्रबार गण्डकी प्रदेशबाट पार्टीको केन्द्रीय समिति र निकायमा प्रतिनिधित्व गर्ने नेताहरुको पोखरामा सम्पन्न बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले असत्य प्रचार गरेर पार्टी विरुद्व कुप्रचार गर्दा कुनै पनि नेता कार्यकर्ता चुप लागेर बस्न नहुनेमा जोड दिए ।यति, ओम्नी, वाइडबडी,… पुरा पढौ

नेकपा (एमाले) गण्डकी भवन निर्माण कमिटीको बैठक, प्रत्येक पार्टी सदस्यबाट पाँच सय उठाइने

पोखरा ,भाद्र ७ । नेकपा (एमाले) गण्डकी भवन निर्माण कमिटीको बैठक बिहीवार सम्पन्न भएको छ। बैठकमा गण्डकी प्रदेश इन्चार्ज एबम सचिब गोकर्ण विष्टले पार्टीको अत्याधुनिक भवन बनाउने योजना सुनाउदै रू २५ करोड संकलन गर्ने योजना रहेको उल्लेख गरे ।बिष्टले प्रत्येक पार्टी सदस्यबाट ५ सय उठाइने र सक्ने महानुभाबहरूले ले मुठ्ठी फुकाएर सहयोग गर्न आव्हान गर्दै सभा हल, पार्टी र जनसंगठनको भवन कार्यालय रहने जानकारी दिनुभयो । बैठकमा भवन निर्माणमा गण्डकीका नेताहरु उप महासचिव पृथ्वी सुब्बा गुरुङ,स्थायी कमिटी सदस्य किरण गुरुङ… पुरा पढौ

श्रम आप्रवासनका समस्या समाधानमा ‘ब्रेक थ्रु’ हुने गरी काम गरौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशबाट रोजगारीमा गएका नागरिकका समस्या समाधानमा ‘ब्रेक थ्रु’ गर्ने गरी योजना तयार गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित श्रम आप्रवासनसम्बन्धी विद्यमान समस्या तथा समाधानसम्बन्धी छलफल कार्यक्रममा उनले श्रम आप्रवासनमा रहेका नागरिक र उनीहरूले भोगेका समस्याको यथार्थ र वास्तविक तथ्याङ्क र अध्ययन, अनुसन्धान आवश्यक रहेको भन्दै ती विवरण तत्काल सङ्कलन गर्न निर्देशन दिए । प्रधानमन्त्री दाहालले भने, “वैदेशिक रोजगारीका सम्बन्धमा मध्यपूर्वमा एकथरी समस्या छ, एसिया, युरोप, अमेरिका र खाडीका… पुरा पढौ

कानूनभन्दा बाहिर गएर कुनै निर्णय गरेको छैन : अध्यक्ष ओली

भदौ ८ भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म आफूले कानूनभन्दा बाहिर गएर कुनै निर्णय नगरेको बताएका छन् । आज नेपाल राष्ट्रिय भूपूसैनिक तथा प्रहरी सङ्गठनले भक्तपुरमा आयोजना गरेको बृहत् जिल्ला भेलामा बोल्दै उनले विगतमा आफूले नेतृत्व गरेको सरकारको पालामा कानून पल्टाएर मात्रै निर्णय गरेको जिकिर गरे । उनले भने, “सुन तस्करीलगायतका अनगिन्ती भ्रष्टाचारका काण्ड छोप्न एमालेले भ्रष्टाचार ग¥यो भनेर विषयवस्तुलाई अन्तै मोड्न खोजिँदैछ, मलाई कानूनले हतकडी लगाउन सक्ने कुनै ठाउँ राखेको छैन । म प्रधानमन्त्री… पुरा पढौ

अर्थतन्त्र सुधारका लागि सरकार निजी क्षेत्र सहकार्य आवश्यक : राष्ट्रपति पौडेल

भदौ ७ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिता उत्साहजनकरूपमा भएमात्र देशको आर्थिक विकास सम्भव हुने धारणा व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समितिसँगको भेटमा राष्ट्रपति पौडेलले विद्यमान आर्थिक अवस्थाका सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताएको महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा उनले यही तथ्यलाई ध्यानमा राखेर सरकार र निजी क्षेत्रबीच पारस्परिक सहअस्तित्व र समभावको दरिलो साझेदारी आवश्यक रहेको बताएको उल्लेख छ । नेपालको अर्थव्यवस्थामा निजी क्षेत्रको ८० प्रतिशतभन्दा बढी… पुरा पढौ

कोशी प्रदेशका मुख्यमन्त्री लिएको विश्वासको मत संविधान प्रतिकूल

भदौ ७ काठमाण्डौँ । सर्वोच्च अदातले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्राप्त गरेको विश्वासको मत नेपालको संविधान, संसदीय अभ्यास, संवैधानिक नैतिकता र अदालतबाट प्रतिपादित सिद्धान्त प्रतिकूल रहेको उल्लेख गर्दै अन्तरिम आदेश गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आज उक्त आदेश गरेको हो । “विश्वासको मत प्राप्त गरेको भनी अध्यक्षता गर्ने सदस्यले दिएको मतसमेत गणना गरी मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत प्राप्त गर्नुभएको भनी घोषणा गरिएको कार्य नेपालको संविधानको धारा १६८ (२) र (४) तथा धारा १८६ संसदीय अभ्यास,… पुरा पढौ

श्रीकृष्ण जन्मष्टमीमा पोखरा रत्नचोक स्थित श्री कृष्ण मन्दिरमा कृष्ण प्राकट्य महोत्सव हुँदै

भदौ ७ पोखरा । भाद्र २० गते श्रीकृष्ण जन्माष्टमी पर्वका दिन पोखरा ८ रत्नचोक स्थित श्री कृष्ण प्रणामी मन्दिरमा श्रीकृष्ण जन्मष्टमी प्राकट्य महोत्सव हुने भएको छ । हरेक वर्ष हुँदै आएको महोत्सबमा कृष्ण भजन , कृष्ण लिला नृत्य ,बाल बालिकाको विभिन्न लोक तथा राष्ट्रिय गीत नृत्य लगाएतका विभिन्न मनोरञ्ननात्मक सास्कृतिक तथा धार्मिक गतिविधि गरिने र रात्री १२ बजे भगवान कृष्णको जन्म महोत्सव समापन गराइने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम रेग्मीले बताए । मन्दिरमा साउन २१ गतेबाट सगिंतमय श्रीमद् वितक तथा… पुरा पढौ