राजनीति

आत्मनिर्भर प्रदेश बनाउने प्रयत्न भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जलस्रोत, कृषि, पर्यटनलगायत क्षेत्रमार्फत आत्मनिर्भर बनाउने योजना रहेको बताएका छन् । गोरखा सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले गण्डकीभित्र आर्थिक आयआर्जनका प्रचुर सम्भावना रहेकाले योजनाबद्ध ढङ्गले प्रदेशलाई आत्मनिर्भर बनाउन लागिपरेको बताए । “हाम्रो प्रदेशले ऊर्जा क्षेत्रको विकासमार्फत आर्थिक समृद्धि हासिलका लागि राम्रो सम्भावना बोकेको छ”, मुख्यमन्त्री पाण्डेले भने, “बूढीगण्डकीदेखि लिएर कालीगण्डकीसम्म जलक्षेत्र गण्डकी प्रदेशमा पर्छ, यहाँ विद्युत् उत्पादनको प्रशस्त सम्भावना छन् ।” ऊर्जाका क्षेत्रमा राज्यले लगानी गर्नसक्ने अवस्थामा राज्य एक्लै र नसक्ने अवस्थामा निजी… पुरा पढौ

रास्वपा पोखरा १६ मा बस्नेत

असार १० पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखरा–१६ मा केशव बहादुर बस्नेतको नेतृत्वमा ११ सदस्यीय वडा कमिटी गठन गरेको छ । कमिटीको उपसभापतिमा शिला नेपाली, सचिवमा विश्वबन्धु थापा र सदस्यहरुमा प्रेम बहादुर मल्ल, विना केसी, हरिकला केसी, सरिता अधिकारी सरू, मनकला नेपाली, केशव आचार्य, एकराज नेपाली र सुर्य बहादुर थापा चयन भएका छन् । भेलाले गोविन्दराज अधिकारी, हस्तराम आचार्य, जीवन बहादुर बस्नेत, प्रकाश थापा, शिव प्रसाद पराजुली र कृष्ण बहादुर परियारलाई सल्लाहकार तथा रमेश रेग्मी, छमाया घर्ती पाइजा र… पुरा पढौ

जसपाको विधान अधिवेशन सुरु

जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आजदेखि राजधानीमा सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आज पार्टी अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद अध्यक्ष अशोक राईले अधिवेशनको उद्घाटन गरेका हुन् । अधिवेशन आजदेखि तीन दिनसम्म सञ्चालन हुने सो पार्टीले जनाएको छ । पार्टीको शनिबार काठमाडौँमा सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुमोदन गरेको पार्टीको विधानको मस्यौदा यसै अधिवेशनमा पेस गरेर छलफल हुन लागेको जनाइएको छ । यस अधिवेशनमा केन्द्रीय समितिका चार सय छ सदस्यका साथै प्रदेश समिति, राष्ट्रिय… पुरा पढौ

जसपाको विधान अधिवेशन आजबाट

जनता समाजवादी पार्टी (जसपा) नेपाल को विधान अधिवेशन आजबाट सुरु हुँदैछ । अधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उहाँका अनुसार उक्त विधान अधिवेशनमा केन्द्रीय समितिका चार सय छ सदस्यका साथै प्रदेश समिति, राष्ट्रिय समिति, विषेश प्रदेश समिति, जिल्ला समिति, महानगर, भातृ सङ्गठन तथा केन्द्रीय समितिबाट मानोनित हुने १० जना सहित सात सय ६१ प्रतिनिधि सहभागी हुनेछन् । विधान अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा प्रस्तुत हुने सो पार्टीले… पुरा पढौ

अबको सिर्जना र अनुसन्धान परम्परा धान्नेमा सीमित हुनुहुँदैन : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा अबको सिर्जना र अनुसन्धान केवल परम्परा धान्नेमा मात्र सीमित हुन नहुने बताएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६६औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले यथास्थितिका सौन्दर्य चेतनाले मात्रै अब नपुग्ने उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले नेपाली समाजको सामाजिक संरचना र राजनीतिक व्यवस्थामा भएको परिवर्तनलाई संस्थागत गर्न सोही अनुसारको सांस्कृतिक रूपान्तरण जरुरी रहेको स्पष्ट पारे ।नेपाली समाजका सूक्ष्म तहमा जरा गाडेर बसेको सामन्तवादी संस्कृति र सुनामीजस्तै बनेर आइरहेको भूमण्डलीकृत उत्तरआधुनिक संस्कृतिको प्रतिरोध गर्न आह्वान गर्दै… पुरा पढौ

सरकार परिवर्तन गर्ने चलखेल भयो : अध्यक्ष नेपाल

काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिपक्ष दल सरकार परिवर्तन गर्ने चलखेलमा लागेको आरोप लगाएका छन् । वर्तमान सरकारलाई हटाएर नयाँ ससरकार बनाउन एमाले आक्रामक तवरले लागेको उनको टिप्पणी थियो । सो पार्टीको सम्पर्क विभागले यहाँ आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, “समाजवादी र कम्युनिष्ट शक्तिलाई एकताबद्ध बनाउनुपर्नेमा सरकार परिवर्तन गर्ने चलखेल गरिरहेका छन्, ठूलो पार्टीले समाजवादी शक्तिलाई एकताबद्ध बनाउन चाहेन, उसले अहिले पनि दललाई प्रभावित पार्न खोजेको छ ।” अध्यक्ष नेपालले समाजवादी… पुरा पढौ

समृद्धिको लक्ष्यमा तीव्रताका साथ अगाडि बढ्न सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा थप सुधार ल्याई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा तीव्रताका साथ अगाडि बढ्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । नेपाल उद्योग परिसङ्घकोे २० औँ वार्षिक साधारणसभालाई आज सम्वोधन गर्दै उनले औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्रलगायतका विभिन्न औद्योगिक पूर्वाधार निर्माण गर्ने दिशामा केही सकारात्मक उपलब्धी हासिल भएको बताए । प्रधानमन्त्री प्रचण्डले सम्पन्न भएका पूर्वाधारको पूर्णउपयोग गर्दै थप औद्योगिक पूर्वाधारको निर्माण गर्नेतर्फ सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए । उनले भने, “औद्योगिक वातावरण… पुरा पढौ

गण्डकी प्रदेशमा नयाँ सवारी साधन खरिद नगरिने

गण्डकी प्रदेशमा आगामी आर्थिक वर्षमा अत्यावश्यक सेवाका लागि बाहेक नयाँ सवारी साधन खरिद नगरिने भएको छ । सरकारको आर्थिक वर्ष २०८०÷८१ को बजेटमा प्रदेश सरकारका पुँजीगत खर्च गर्ने क्षमता अभिवृद्धि गर्दै चालु खर्चलाई न्यूनीकरण गर्न खर्चको मापदण्ड प्रभावकारी रुपमा कार्यान्वयन गरिने उल्लेख छ । वित्तीय सेवामा आम नागरिकको पहुँच अभिवृद्धि गर्न र विद्युतीय भुक्तानी प्रणालीलाई प्रोत्साहित गर्न बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा वित्तीय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरिएको अर्थमन्त्री जीतप्रकाश आलेले बताए । वार्षिक बजेट तर्जुमा… पुरा पढौ

‘ड्रागन बोट रेस फेस्टिभल’ नेपाल-चीन सम्बन्धमा नयाँ सुत्रपात : पर्यटनमन्त्री किराती

संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री सुदन किराँतीले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक रहेको बताएका छन् । फेस्टिभलले दुई देशबीचको सम्बन्धमा थप इट्टा थपेको उनले बताए । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दुतावास र पोखरा महानगरको आयोजनामा पोखरामा आजदेखि सुरु भएको नेपाल—चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’को उद्घाटन गर्दै उनले दशकौँदेखिको सम्बन्ध हालसम्म सुमधुर रहँदै आएको बताए । पर्यटकीय नगरी पोखरामा आयोजित मैत्रीपूर्ण यस महोत्सवले दुई देशबीचको सांस्कृतिक र जनस्तरको सम्बन्धलाई समेत थप प्रगाढ बनाउने उनले विश्वास व्यक्त गरे । उनले… पुरा पढौ

बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्यो अर्थ मन्त्रालय

काठमाण्डौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयनका लागि पूर्वतयारी सुरु गरेको छ । चालु आर्थिक वर्षको बाँकी अवधिमा गर्नुपर्ने सार्वजनिक खर्चको व्यवस्थापन र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि गर्नुपर्ने पूर्वतयारीका सम्बन्धमा अर्थ मन्त्रालयले आज अरू विषयगत मन्त्रालयका सचिवहरूसँग छलफल गरेको छ । छलफलका क्रममा अर्थमन्त्री डा प्रकाशशरण महतले चालु आर्थिक वर्षमा स्रोतको अवस्था हेरी सिर्जित दायित्व भुक्तानीलाई प्राथमिकता दिन सबै मन्त्रालयका सचिवहरूलाई आग्रह गरे । उनले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन गर्न अहिलेदेखि नै… पुरा पढौ