सूचना-प्रविधि

गाउँघरमा गोरु नभएपछि ‘थ्रेसर मेशिन’ ले दाइँ

गलकोट । पछिल्लो समय गोरुको अभाव र कृषिमा भित्रिएको प्रविधिका कारण गाउँघरबाट दाइँ गर्ने परम्परा हराउँदै जान थालेको छ । केही वर्षअघिसम्म गोरु र मान्छेकै सहारामा दाइँ हाल्दै आएका बागलुङ जिल्लाका अधिकांश किसान पछिल्लो समयमा आधुनिक ‘थ्रेसर मेशिन’ र ट्र्याक्टरको सहायताबाट दाइँ हाल्न थालेका छन् । एक दशक अघिसम्म कात्तिक मङ्सिरमा खेतका फाँटमा हलगोरुको सहायताबाटै दाइँहाल्ने परम्परा भए पनि गोरु पाइन छाडेपछि थ्रेसर र ट्र्याक्टरको सहायताले दाइँ हाल्न थालिएको हो । गाउँघरमा अर्मपर्म गरेर खेती लगाउने, खेती थन्काउने चलन हट्न… पुरा पढौ

कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण

कार्तिक ९ काठमाण्डौं । आश्विन शुक्ल पूर्णिमामा कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ः१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए । राति २ः३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । ग्रहणका बेलामा नित्य र नैमित्तिक कर्म गर्नु हुन्छ । विशेष कामना राखेर गरिने कर्म भने गर्नुहुँदैन ।… पुरा पढौ

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको मादी नदीमा ‘आर्क डिजाइन’को पुल निर्माण हुने

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको मादी नदीमा ‘आर्क डिजाइन’को पुल निर्माण हुने भएको छ । मुग्लिन–पोखरा सडकखण्डको व्यास नगरपालिका–३ र ५ जोड्ने मादी नदीमा आर्क डिजाइनको पुल निर्माण हुन लागेको हो । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाअन्तर्गत उक्त ठाउँमा हाल रहेको पुलभन्दा केही माथि नयाँ पुल निर्माण गर्न लागिएको हो । मादी नदीमा निर्माण गरिने पुलको डिजाइन तयार भइसकेको छ । सडक विभागका अनुसार मादी नदीमा निर्माण गरिने उक्त नेटवर्क आर्क पुलको डिजाइन केही दिनअगाडि स्वीकृत भएको हो । उक्त पुल निर्माणको… पुरा पढौ

सम्पर्कमा आए सिक्किममा बेपत्ता भएका पाँच नेपाली

इलाम । भारतको सिक्किममा गएको पहिरो तथा टिस्टा नदीको बाढी पछि सम्पर्कविहीन भएका इलामका पाँच जना परिवारको सम्पर्कमा आएका छन् । पछिल्लो समय उहाँहरुले परिवारका सदस्यसँग फोन तथा सामाजिक सञ्जालमा कुरा भएको जनाइएको छ । इलाम नगरपालिका–९ का सेनबहादुर कार्की, कुमार बस्नेत, नरमाया बस्नेत, खुशी कार्की र लाक्पा लामा ११ दिनपछि परिवारको सम्पर्कमा आएसँगै परिवारमा समेत खुसीयाली छाएको छ । परिवारसँग सम्पर्क गरेको जानकारी प्राप्त भएको इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाले जानकारी दिए । उनले सम्पर्कविहीन भएका सबैजना… पुरा पढौ

मुस्ताङका स्याउ कुहाएर फाल्नुपर्ने समस्या हट्यो

म्याग्दी । चिस्यान गृहमा भण्डारण गर्ने सुविधा भएपछि मुस्ताङका कृषकको स्याउ कुहिएर फाल्नुपर्ने समस्या हट्न थालेको छ । याममा व्यापारीले भनेको मूल्यमा बेच्नुपर्ने र बढी मूल्य पार्न लामो समय खुला ठाउँमा भण्डारण गरेर राख्दा स्याउ कुहिएर क्षति व्यहोर्नुपर्ने समस्या हटेको हो । घरपझोङ गाउँपालिका–२ मार्फाका राजु लालचनले सुरक्षित भण्डारण गर्ने सुविधा भएपछि कृषकले भनेको मूल्य र बजार दुवै पाउन थालेको बताए । “पहिले बोटबाट टिपेको स्याउ आफ्नै तरिकाले भण्डारण गरेर राख्दा ७० प्रतिशतभन्दा बढी कुहिएर फाल्नुपर्ने समस्या थियो”, उनले बताए,… पुरा पढौ

विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल क्षेत्रमा ‘इन्टरनेट’ सेवा विस्तार

मनाङ । विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल क्षेत्रमा ‘इन्टरनेट’को पहुँच पुगेको छ । हिमाली जिल्ला मनाङमा अवस्थित सो तालको अवलोकनमा आउने पर्यटकको सुविधालाई ध्यानदिँदै क्षेत्रमा इन्टरनेट जडान गरिएको हो । पर्यटक आगमनका क्रममा उच्च स्थानमा लेक लागेर बिरामी पर्नसक्ने भएकाले सहज बनाउन इन्टरनेट जडान गरिएको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरुङले जानकारी दिए । उनका अनुसार तिलिचो ताल भ्रमणमा जाँदा आउँदा लेक लाग्नसक्ने सम्भाव्यतालाई सहज बनाउन वाइफाइ जोडिएको हो । “वाइफाइ जडान गरिएपछि पर्यटक बिरामी पर्ने हराउने समस्या… पुरा पढौ

युट्युवबाट सिकेर व्यावसायिक च्याउ खेती,वार्षिक आठ लाख आम्दानी

गोरखा । गोरखाका एक परिवारले व्यावसायिकरूपमा सिताके च्याउखेती गरेर वार्षिक रू आठ लाख आम्दानी गर्दै आएका छन् । गोरखा नगरपालिका–५ ठूलोरिपकी सानुमाया थापामगरको परिवारले सात वर्षदेखि व्यवसायिक च्याउखेती गरेर जीविकोपार्जन गरिरहेको छ । “पहिला त आफैँले खानका लागि भनेर सुरु गरेका थियौँ । त्यसैलाई बढाएर अहिले व्यावसायिकरूपमा खेती गरिरहेका छौँ”, सानुमायाले भने, “अहिले यही पेसाबाट पूरै परिवारको पालनपोषण र शिक्षादीक्षासमेत सजिलै चलेको छ ।” उत्पादन गरेका च्याउ बजारमा सहज बिक्री हुने गरेको उनको भनाइ छ । राम्रो उत्पादन भएको वर्ष… पुरा पढौ

यस वर्षको विजयादशमीको उत्तम साइत सार्वजनिक

काठमाडौ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ । यस वर्षको बडादसैँ अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज २८ गते आइतबार हुनेछ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत् हुने पनि… पुरा पढौ

निसेलढोरमा टेलिकमको टुजि सेवा विस्तार,स्थानिय भन्छन्ः “कैदी जीवनबाट उन्मुक्ति पायौ”

पोखरा । भौगलिक रुपमा बागलुङ जिल्लाकै दुर्गम मानिने निसीखोला गाउँपालिका वडा नं. ५ निसेलढोरमा टेलिकम विस्तार भएको छ । यातायात,सञ्चार,विद्युत जस्ता आधारभुत आवश्यकताबाट नै बन्चित त्यस स्थानमा आईतबार नेपाल टेलिकमको टुजी सेवा विस्तार गरिएको हो । निशेलढोरका जनतालाई मोवाईलमा फोन गर्नको लागि भन्डै १ घण्टाको दुरीमा रहेको अग्लो डाडामा पुग्नु पर्ने बाध्यता अव अन्त्य भएको निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तीमगरले बताए । पालिकाको पहिलो प्राथमिकतामा परेको निसेलढोरलाई सञ्चारको पहुँचमा पु¥याउन सफल भएको बताउदै उनले अव छिट्टै विद्युतको पहुँच पु¥याउने… पुरा पढौ

ठूलाडिही–पोखरा सम्पर्क मञ्चको कौसी खेती प्रशिक्षण

पोखरा, असोज १४ । ठूलाडिही–पोखरा सम्पर्क मञ्चको वार्षिक कार्यक्रम अन्तर्गत एकदिने कौसी खेती प्रशिक्षण सम्पन्न भएको छ ।कार्यक्रममा ठूलाडिहीबाट पोखरामा आई बसोबास गरेका मञ्चका साधारण तथा आजीवन सदस्यको उल्लेख्य सहभागिता रहेको थियो । नेपाल सरकारका पूर्व उपसचिव वरिष्ठ बाली संरक्षण अधिकृत तथा बाली प्रयोगशाला प्रमुख धनबहादुर रानाले सहजीकरण गरेका थिए । प्रशिक्षक रानाले मौषम अनुसार कुन समयमा कुन र कस्ता खेती कसरी लगाउने बारेमा सहजिकरणका साथै बिरुवा उमार्ने विषयमा प्रयोगात्मक सहजीकरणसमेत गराएका थिए । मञ्चका अध्यक्ष दुर्गा शाह बाबाले बजारको… पुरा पढौ