पोखरा, असोज १४ । ठूलाडिही–पोखरा सम्पर्क मञ्चको वार्षिक कार्यक्रम अन्तर्गत एकदिने कौसी खेती प्रशिक्षण सम्पन्न भएको छ ।
कार्यक्रममा ठूलाडिहीबाट पोखरामा आई बसोबास गरेका मञ्चका साधारण तथा आजीवन सदस्यको उल्लेख्य सहभागिता रहेको थियो ।
नेपाल सरकारका पूर्व उपसचिव वरिष्ठ बाली संरक्षण अधिकृत तथा बाली प्रयोगशाला प्रमुख धनबहादुर रानाले सहजीकरण गरेका थिए । प्रशिक्षक रानाले मौषम अनुसार कुन समयमा कुन र कस्ता खेती कसरी लगाउने बारेमा सहजिकरणका साथै बिरुवा उमार्ने विषयमा प्रयोगात्मक सहजीकरणसमेत गराएका थिए ।
मञ्चका अध्यक्ष दुर्गा शाह बाबाले बजारको बसाइ हरेक हिसाबले खर्चिलो भएकाले घर वरपर त्यत्तिकै रहेको जग्गाको उपयोग गरेर खेती उत्पादन गर्नु स्वास्थ्यका लागि लाभदायक हुने भएकाले कार्यक्रम आयोजना गरिएको बताए ।
मञ्चका सचिव हरि नेपालले मञ्च सदा प्रभावकारी र व्यवहारोपयोगी कार्यक्रम सञ्चालनमा क्रियाशील रहने जनाउँदै सोही प्रकृतिका सुझाव दिनसमेत आग्रह गरेका थिए ।
कार्यक्रमका सहभागीले तालिम प्रभावकारी रहेकाले आगामी दिनमा पनि निरन्तरता दिनका लागि आह्वान गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ३० गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६४ प्रतिशत…





