सूचना-प्रविधि

ज्योतिषको प्रयोगात्मक अध्ययनका लागि संस्कृत विद्यापीठमा बन्यो गोल

असोज ११ पोखरा । नेपाल संस्कृत विश्वविद्यालयको आंगिक क्याम्पस विन्दुवासिनी संस्कृत विद्यापीठ (क्याम्पस) पोखरामा ज्योतिष विषयको प्रयोगात्मक अध्ययनका लागि गोल निर्माण गरिएको छ । विद्यापीठका पूर्व प्राचार्य सहप्रा अम्बिकाप्रसाद भट्टराईको संयोजन एवम् ज्योतिष विषयका विभागीय प्रमुख एवम् पूर्व प्राचार्य प्रा.श्रीराम बराल र सहप्रा पूर्णचन्द्र वाग्लेको सैद्धान्तिक एवम् प्राविधिक सहयोगमा गोल निर्माण गरिएको हो । विभिन्न व्यक्तिको सहयोगमा करिब ५० हजार रुपैयाँको लागतमा गोल निर्माण गरिएको आज यहाँ आयोजित कार्यक्रममा सहप्रा भट्टराईले जानकारी दिए । ज्योतिष शास्त्रमा ग्रहको अवस्था आदिलाई कक्षा… पुरा पढौ

डागर स्मृति प्रतिष्ठानको साधारण सभा सम्पन्न, युवा खगोल अध्येता मनिषा द्वा सम्मानित

पोखरा । डागर स्मृति प्रतिष्ठान नेपालले आठौं वार्षिक साधारण सभाको अवसर पारेर युवा वैज्ञानिक र अग्रज समाजसेवीलाई एकैसाथ पुरस्कृत एवम् सम्मानित गरेको छ । प्रतिष्ठानले हरेक वर्ष ऋषि पञ्चमीका दिन अर्पण गर्दै आएको १० हजार पाँचसय राशिको डागर स्मृति पुरस्कारबाट युवा वैज्ञानिक मनिषा द्वालाई पुरस्कृत गरेको हो । यस्तै, प्रतिष्ठानको विधान दफा १० उपदफा ५ बमोजिम मौलिक संस्कार संस्कृतिको संरक्षण गर्दै प्रतिष्ठानलाई उल्लेख्य योगदान दिएका प्रतिभालाई अर्पण गर्न सकिने डागर स्मृति संरक्षक सम्मान अग्रज समाजसेवी तथा सफल व्यवसायी प्रेमचन्द उपाध्यायलाई… पुरा पढौ

डागर स्मृति पुरस्कार युवा वैज्ञानिक मनिषा द्वालाई

पोखरा । डागर स्मृति प्रतिष्ठान नेपालले हरेक वर्ष ऋषि पञ्चमीका दिन अर्पण गर्दै आएको डागर स्मृति पुरस्कार यस वर्ष युवा वैज्ञानिक मनिषा द्वालाई अर्पण गर्ने भएको छ । प्रतिष्ठानको हालै सम्पन्न बैठकले कास्कीको भद्रकालीमा जन्मेर सन् २०१३ देखि विज्ञान प्रविधिका क्षेत्रमा अनुसन्धानरत मनिषालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । आफूलाई युवा वैज्ञानिकका रूपमा स्थापित गराउन लामो समय संघर्षरत मनिषा हाल नेपाल एस्ट्रोनोमिकल सोसाइटी नासोकी उपप्रबन्धक रहेकी छन् । नासोद्वारा सञ्चालित महिला विज्ञान पुरस्कारकी संस्थापक, परियोजना संयोजकसमेत रहेकी द्वासँग शिक्षणको अनुभवसमेत… पुरा पढौ

भि.ए.डब्लु इन्टरप्राइजेजको माईलेज च्यालेन्जमा अन्जु प्रथम

पोखरा। पोखराको लागि यामाहा ब्रान्डको स्कुटर तथा मोटरसाइकल पोखराको लागि आधिकारिक बिक्रेता भि.ए.डब्लु इन्टरप्राइजेज प्रा.लि.ले यामाहा रेजेट-आर १२५ सी.सी.सेग्मेंटको माईलेज च्यालेन्ज सम्पन्न गरेको छ । नेपाली नारीहरुको सांस्कृति पर्व हरितालिका तीजको उपलक्ष्यमा शनिवार पोखरा नयाँबजार स्थित भि.ए.डब्लु इन्टरप्राइजेज प्रा.लि. को प्रांगणबाट सुरु भएको च्यालेन्ज पोखराको विभिन्न चोकहरुमा परिक्रमा गर्दै २३ कि.मि. को दुरीमा राइड आउट गरिएको हो । कम्पनीले दाबी गर्दै आएको नेपालभरको स्कुटर सेग्मेन्टमा सबै भन्दा उच्च माईलेज दिने स्कुटर भन्दै आएको कुरालाई सत्य साबित गर्न उक्त कार्यक्रम गरिएको… पुरा पढौ

हेलो सरकार २४सै घण्टा सञ्चालनमा, प्रधानमन्त्रीद्वारा समुद्घाटन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको ‘हेलो सरकार’ सेवालाई दैनिक तीन सत्रमा विस्तार गरेर २४सै घण्टा सञ्चालन प्रक्रियाको शुभारम्भ गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज हेलो सरकार कक्षको निरीक्षण र अनुगमनसहित जनताका समस्या सम्बोधन गरी तीन सिफ्टको कार्यक्रम शुभारम्भ गरेका हुन्। समारोहमा नेपाल सरकारका मुख्यसचिव, सचिवहरू, विभागीय प्रमुखहरू, मन्त्रालय तथा केन्द्रीय निकायका गुनासो सुन्ने अधिकृत, हेलो सरकार कक्षमा कार्यरत कर्मचारी सहभागी थिए । यसअघि नेपाल टेलिकमबाट मात्र सेवा प्रवाह हुने गरेकामा विस्तारित… पुरा पढौ

व्यास नगरपालिकाका अपाङ्गता भएकालाई ‘ह्वील चियर’ सहयोग

तनहुँ । तनहुँको व्यास नगरपालिका–१ भादगाउँका अपाङ्गता भएकी ७० वर्षीया मिठु विकलाई ‘ह्वील चियर’ प्राप्त गरेका छन् । यसले हिँड्डुलमा सहायता पुगेको उनले बताए । व्यास नगर उपप्रमुख इन्दिरा दरैले विकलाई ह्वील चियर प्रदान गरेका थिए । “हामीले पनि स्थानीय सरकार भएको महसुस गर्न पायौंँ, हामी जस्ता हिँड्डुल गर्न नै सकस भएका मान्छेलाई सजिलो बनाएको छ” विकले भने । उनी जस्तै अपाङ्गता भएका सोही ठाउँका ५२ वर्षीय कृष्णबहादुर रानाभाटले ह्वील चियर नहुँदा हातले टेकेर हिँड्नुपरेको थियो । ह्वील चियर पाएपछि… पुरा पढौ

कास्कीको मिर्सा केन्द्रविन्दु भएर भूकम्प

कास्की । कास्की जिल्लाको मिर्सा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट जाँदा कास्कीको मिर्सा आसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत असार २८ गते हुम्ला जिल्लाको कालिका आसपास केन्द्रविन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको थियो । रासस पुरा पढौ

सडकको स्तरोन्नतीका कारण सवारी दुर्घटनामा कमी

चितवन । चितवन जिल्लामा सवारी दुर्घटना र मृत्युको सङ्ख्या घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा दुर्घटना र मृत्यु हुनेको सङ्ख्या घटेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्षमा तीन सय तीन दुर्घटना भएका छन् । त्यसमा ७८ जनाको मृत्यु भएको छ । ती दुर्घटनामा एक सय ७० गम्भीर र चार सय ११ जना सामान्य घाइते भएको कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा यसै अवधिमा पाँच सय ३० सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा एक… पुरा पढौ

स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई एम्बुलेन्स र स्कुल बस उपहार

काठमाडौँ । काठमाडौँस्थित भारतीय राजदूतावासले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई ३४ वटा एम्बुलेन्स र ५० स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ । आज यहाँ आयोजित एक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले एम्बुलेन्स र स्कुल बसको चाबी हस्तान्तरण गरेको सो दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहयोग पु¥याउँदै आएको भारत सरकारले सन् १९९४ देखि भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसका अवसरमा नेपालका… पुरा पढौ

मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लाम्जुरापासमा दुर्घटनाग्रस्त

काठमाडौ । मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं ५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । सोलुखुम्बुबाट काठमाडौँका लागि उडान भरेको हेलिकोप्टर सर्केबाट सम्पर्कविहीन भएको थियो । उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिए। हेलिकप्टरमा सवार ६ जना मध्ये ५ जनाको शव फेला परेको छ । खराव मौषमका कारण खोज तथा उद्धारमा समस्या भैरहेको जनाईएको छ । दुर्घटनास्थल सोलुखुम्बुको लिखुपिके र रामेछापको उमाकुण्ड गाउँपालिकाको सिमानामा पर्छ । दुर्घटनास्थलमा पाँच जनाको शव… पुरा पढौ