सूचना-प्रविधि

लेखनाथ पत्रकारिता पुरस्कार परियारलाई प्रदान गरिने

पुस १० पोखरा । लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कारबाट यस वर्ष कान्तिपूर राष्ट्रिय दैनिकका पोखरा संवाददाता दीपक परियारलाई सम्मान गरिने भएको छ । समाचार सम्प्रेषणका माध्यमबाट समग्र लेखनाथ क्षेत्रको उन्नयनमा योगदान पु¥याएका सञ्चारकर्मीबाट प्रत्येक वर्ष एकजनालाई ११ हजार १ सय ११ रुपैयाँ नगद र सम्मानपत्रबाट सम्मान गर्दै आएकोमा यस वर्ष परियारलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो । मञ्चका अध्यक्ष कविराज खनाल, सचिव विष्णुहरि पौडेल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, पूर्व पुरस्कृत व्यक्तिहरु मध्येबाट बासुदेव पौडेल… पुरा पढौ

व्यापार मेलामा ग्यास दुर्घटनाबारे जनचेतना

पोखरा । गएको फागुनको पहिलो हप्ता कांग्रेस नेता तथा प्रतिनिधिसभाका सांसद चन्द्र भण्डारीको घरमा दुःखद घटना भयो । खाना पकाउने एलपी ग्यास चुहिँदा भएको दुर्घटनाले चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भयो । नेता भण्डारी लामो उपचारपछि तंग्रिएर राजनीतिमा सक्रिय भएका छन् । सो दुर्घटनापछि ग्यासको सुरक्षित प्रयोग, ग्यास सिलिण्डरको गुणस्तरसँगै आगोले पोलेपछि हुने उपचारबारे राष्ट्रिय बहस सुुुरु भयो । सो दुःखद घटनाले प्रज्ज्वलनशील पदार्थको प्रयोग गर्दा होसियारी अपनाउनुपर्छ भन्ने सन्देशचाहिँ प्रवाह ग¥यो । आगोले पोलेपछिको उपचारको लागि बर्निङ केयर… पुरा पढौ

गिद्ध संरक्षणको सन्देश दिने नाटक ‘मौन पक्षी: प्रकृतिको वरदान’

गण्डकी । पोखरामा जारी अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवमा प्रदर्शित नाटक ‘मौन पक्षी: प्रकृतिको वरदान’ले पक्षीप्रेमी दर्शकको मन जित्यो । पोखरा वन विज्ञान अध्ययन संस्थानका विद्यार्थीले अभिनयमार्फत सङ्टापन्न पक्षी गिद्ध संरक्षणको सन्देश दिए । पक्षी संरक्षण सङ्घ, पोखरा शाखाका संयोजक प्रवेश पाण्डेले महोत्सव अवधिभर तीनपटक नाटक प्रदर्शन गरिएको बताए । प्रकृतिको कुचिकार भनेर चिनिने गिद्धको संरक्षणमा जुट्न समुदायलाई प्रेरित गर्ने उद्देश्यले नाटक प्रदर्शन गरिएको उनको भनाइ छ । “गिद्ध संरक्षणमा चुनौती के–के हुन्, तिनको सामना गरेर कसरी गिद्धलाई जोगाउन सकिन्छ भन्ने नाटकको… पुरा पढौ

फोनिज युके पुरस्कार गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलाई, सम्मान बिमला सेनेलाई प्रदान गरिने

पोखरा । गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु पुरस्कृत हुने भएका छन्। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले उनलाई यस वर्षको “फोनिज युके पत्रकारिता पुरस्कार” दिने निर्णय गरेको हो। पत्रकार तमु लामो समयदेखि फोटो पत्रकारितामा क्रियाशील छन् ।  उनले ३ वर्षदेखि आफ्नै मिडिया गोर्खा मिडिया डट कम संचालन गर्दै आएका छन् । गोर्खाज डटकम तथा एभरेष्ट टाइम्समा लामो समय पत्रकारितामा योगदान गरेका उनले ब्रिट्रिस गोर्खा सेनामा सेवा गरी निवृत्त उनी विभिन्न रचनात्मक काममा सरिक हुँदै आएका छन् । उनी यसअघि दर्जन बढी विभिन्न… पुरा पढौ

व्यापार मेलाअन्तर्गत पोखरामा देशकै ठूलो अटो मेला

मंसिर २४ पोखरा । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिको दावी छ,‘पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्ने मेला नाफामुखीभन्दा पनि प्रवद्र्धनात्मक र रोजगारी सिर्जनामा केन्द्रीत रहन्छ ।’ पोखराको नयाँबजारमा मंसिर २१ गतेदेखि जारी र ‘राष्ट्रिय औद्योगिक व्यापार मेला’मा जाने हो भने, उनले भनेको कुरा पत्याउन कर लाग्छ । उनले भनेजस्तै मेला परिसरमा छिर्नासाथ विभिन्न मोडलका गाडी तथा मोटरसाइकलहरु हेर्न पाइन्छ । यो पटकको मेलामा २४ वटा स्टलमार्फत् विभिन्न कम्पनीहरुले गाडी र मोटरसाइकल अनि स्कुटरहरुको प्रदर्शन गरिरहेका छन् । र,… पुरा पढौ

गोरखामा अनलाइनमार्फत भुक्तानी गर्नेको सङ्ख्या बढ्दो

गोरखा । गोरखा जिल्लामा अनलाइन प्रणालीमार्फत विद्युत् महसुल भुक्तानी गर्ने ग्राहकको सङ्ख्या बढ्दै गएको छ । नेपाल विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रमा पछिल्लो समय ग्राहकले विद्यु्तीय माध्यमबाट महसुल भुक्तानी गर्नेक्रम कार्यालय प्रमुख इञ्जिनियर चिजकुमार गुरुङले जानकारी दिए। “शाखाअन्तर्गत अहिले ४८ हजार आठ सय ८० हजार ग्राहक रहेका छन्”, उनले भने, “त्यसमध्ये आधाजसो ग्राहकले अनलाइनमार्फत महसुल भुक्तानी गर्न थालेका छन् ।” धेरै महसुल तिर्नुपर्ने ग्राहकले चेकमार्फत भुक्तानी गर्ने गरेका भए पनि थोरै शुल्क तिनुपर्ने ग्राहकले भने अनलाइन सेवामार्फत महसुल बुझाउने गरेको… पुरा पढौ

‘भिपिएन प्रयोग गरेर टिकटक नचलाउनु, डाटा चोरी हुनसक्छ’

काठमाडौँ । सरकारले प्रतिबन्ध लगाएको टिकटक चलाउनका लागि प्रयोग भइरहेको भिपिएन र डिएनएस अवैध तथा असुरक्षित रहेकाले त्यसको प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ । यसबाट प्रयोगकर्ताका गोप्य र महत्त्वपूर्ण डाटा चोरि हुनसक्ने भएकाले त्यस्ता अवैध प्रविधिको प्रयोग निरुत्साहित गर्न प्रहरीले आग्रह गरेको हो । नेपाल सरकार मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको निर्णयबाट पूर्णरूपमा प्रसारणमा बन्देज लगाएको सामाजिक सञ्जाल टिकटक भिपिएन, डिएनएसजस्ता असुरक्षित र अवैध माध्यमबाट सञ्चालन भइरहेको भन्ने सूचना प्राप्त भएको उल्लेख गर्दै ब्यूरोका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले त्यसको… पुरा पढौ

दुई दिवसीय गण्डकी प्रदेशस्तरीय सांस्कृतिक संगोष्ठी सम्पन्न

पोखरा । पोखरामा सम्पन्न दुई दिवसीय गण्डकी प्रदेशस्तरीय सांस्कृतिक संगोष्ठीका वक्ताले प्राचीन संस्कृति सङ्कटमा पर्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । वक्ताले पश्चिमा संस्कारको प्रभावले आफ्नै विद्यार्थी र छोराछोरी राष्ट्रियताप्रति विमुख हुँदा प्राचीन संस्कृति सङ्कटोन्मुख भएको बताए । नेपाल संस्कृत विश्वविद्यालय वेलझुण्डी दाङ अन्तरगत राष्ट्रिय संस्कृति अध्ययन केन्द्रको आयोजनामा सम्पन्न गोष्ठीका वक्ताले उक्त धारणा राखेका हुन् । जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानको संयोजन, पोखरा प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा गण्डकी प्रदेशका विभिन्न संस्थासँगको समन्वयमा मङ्सिर ४ र ५ गते पोखरामा आयोजित संगोष्ठीमा नेपाली… पुरा पढौ

टिकटक प्रतिबन्धको निर्णयप्रति सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

मङ्सिर ५ काठमाण्डौं । सर्वोच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउनुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले आज प्रारम्भिक सुनुवाइ गर्दै दश दिनभित्र लिखित जवाफ माग गर्दै कारण देखाउन आदेश गरेको हो । सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेका अनुसार उक्त विवादमा यही मङ्सिर १५ गतेभित्र लिखित जवाफमा गरेको छ भने यही मङ्सिर १९ गते सुनुवाइका लागि पेशी तोक्ने आदेश भएको छ । उक्त विषयमा सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १० जनाले छुट्टाछुट्टै रिट निवेदन… पुरा पढौ

‘टिकटक चलेको भए खबर गरौँ’ : प्राधिकरण

मङ्सिर ४ काठमाण्डौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक प्रयोग/पहुँच भइरहेको पाइएमा सोको खबर गर्न आग्रह गरेको छ । नेपाल सरकारले सामाजिक सद्भावमा असर परेको भन्दै प्रतिबन्ध लगाएपछि दूरसञ्चारले उक्त निर्णय कार्यान्वयन गराएको हो । नेपालमा अझै पनि टिकटक प्रयोग भइरहेको हुनसक्ने भन्दै प्राधिकरणले त्यस्तो भेटिए खबर गर्न एक सार्वजनिक सूचना जारी गरेको हो । सरकारको निर्णय कार्यान्वयनका लागि सबै इन्टरनेट सेवा प्रदायक र मोवाइल सेवा प्रदायकलाई पत्र पठाएर टिकटक बन्द गर्न निर्देशन दिएको थियो । टिकटकमा पहुँच पुगेको भए टिकटक… पुरा पढौ