सूचना-प्रविधि

‘एस्ट्रोनोमी’ एण्ड ‘एस्ट्रोफिजिक्स’ मा नेपाललाई दुई अन्तर्राष्ट्रिय पदक

कार्तिक ८ पोखरा । हालै सम्पन्न ‘ग्लोबल ई–कम्पिटिशन अन ‘एस्ट्रोनोमी’ एण्ड ‘एस्ट्रोफिजिक्स’ मा नेपालले दुई वटा ‘अनरेबल मेन्सन अवार्ड’ जितेको छ ।व्यक्तिगत तथा सामूहिक विधामा सञ्चालित प्रतियोगितामा नेपालले व्यक्तिगततर्फ दुई अवार्ड हात पारेको हो । प्रतियोगितामा नेपाललगायत ४० देशका व्यक्तिगततर्फ २७९ तथा सामूहिकतर्फ १५४ बढीले भाग लिएका थिए ।सातौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडबाट छनोट भएका १४ विद्यार्थीलाई नेपालबाट प्रतियोगितामा सहभागी गराइएको थियो ।प्रतियोगितामा नेपालका लागि सेन्ट जेभियर्स कलेज माइतीघरका राहुल रञ्जन साह तथा क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर कोटेश्वरका अंशुराज सेढाईले… पुरा पढौ

‘मेसिनले धपाएको बाँदर घुमिफिरी आउँछ’

खेतबारीको बालीमा बाँदरको रजाईँले आजित बनेका बागलुङको काठेखोला गाउँपालिकाका किसान बाँदर धपाउने मेसिन पाएपछि सुखको सास फेर्न थालेका छन् । गाउँपालिकाले अनुदानमा उपलब्ध गराएको मेसिनले केही समयका लागि भए पनि बाँदर भाग्ने भएपछि किसानलाई सहज भएको छ । “एउटा वडाबाट धपाउँदा अर्को वडामा पुग्छ, पड्काएको केहीबेरसम्म बाँदर आउँदैनन्”, वडा नं. २ का किसान कान्तलाल जैसीले भन्नुभयो, “मेसिनका कारण सजिलो भएको छ ।” बाँदरले बाली मासेपछि मारमा परेका किसानलाई पछिल्लो समय सजिलो भएको उहाँको भनाइ छ । पोहोरभन्दा यस वर्ष मेसिनको… पुरा पढौ

पोखराबाट एभरेस्ट मिडिया प्रालिको औपचारिक शुभारम्भ

संचारको दुनियामा पोखराबाट एक नयाँ मिडिया संचालनमा आएको छ। एभरेस्ट मिडिया प्रा.लि.ले शनिबारदेखि एभरेस्ट आवाज नामको न्युज पोर्टल संचालनमा ल्याएको हो। अनुभवी संचारकर्मी, युवा तथा महिला उद्यमीहरुको लगानी र सहकार्यमा मिडिया प्रा.लि. संचालनमा आएको हो। प्रा.लि.की अध्यक्ष कर्माकुमारी गुरुङले एक कार्यक्रमबीच न्युज पोर्टलको शुभारम्भ गरेकी हुन्।गुरुङले कार्यक्रममा बोल्दै पोखराबाट थप मिडिया संचालनमा ल्याउन पाएकोमा खुशी व्यक्त गरिन्। उनले मिडियामार्फत समाजलाई धेरै कुरा दिन सकिने बताइन्। मिडिया हाउसबाट कमाईको आशा कम गर्न उनको आग्रह थियो। मिडियामा आर्थिक उपार्जन भन्दापनि सामाजिक उत्तरदायित्व… पुरा पढौ