सूचना-प्रविधि

शुक्रबारदेखि मौसममा क्रमिक सुधार हुने

काठमाण्डौं । पछिल्लो केही दिनयतादेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले प्रभावित मौसम शुक्रबारदेखि क्रमिक सुधार हुने भएको छ । उक्त मौसमी प्रणाली शुक्रबारदेखि कमजोर हुने देखिएकाले मौसममा क्रमिक सुधार हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए । “बिहीबारसम्म देशभर आंशिकदेखि सामान्य बदली नै रहन्छ”, उनले भने । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै… पुरा पढौ

पोखराको न्यूरोडमा खुल्यो टेक्स्टुडियो

पोखरा । पोखराको न्यूरोडमा इलेक्ट्रोनिक्स सामानको खुद्रा स्टोर टेक्स्टुडियो खुलेको छ । विद्यूतिय र जीवनशैली उत्पादनमा आधारित फ्रेन्चाइज कम्पनी टेक् स्टुडियोको नेपाल युवा उद्यमी मञ्च पोखरा च्याप्टरका अध्यक्ष सुनिलबहादुर भट्टराईले उद्घाटन गरे । उनले युवाहरुलाई लक्ष्त गरेर स्टुडियो खोलेको शुभकामना दिए । युवा उद्यमीद्धय देबेन्द्र जोशी र निरञ्जन श्रेष्ठको संयुक्त लगानीमा स्टोर सञ्चालनमा ल्याइएको हो । टेक् स्टुडियोको लगानी करिब १ करोड रहेको सञ्चालनक जोशीले जानकारी दिए । उनले स्टोरमा उपभोक्ताहरुलाई स्टुडियाको अनुभव प्रदान गरिनेछ । जसबाट उपभोक्ताले अन्य उत्पादनसँग… पुरा पढौ

सोमबारसम्म मौसम बदली हुने

काठमाण्डौं । आगामी सोमबारसम्म देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानदेखि पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिमबाट शनिबार, आइतवार र सोमबार क्रमशः नेपालभर प्रभाव पार्ने सम्भावना रहेको छ । उक्त प्रणालीको प्रभावले देशको सुदूर पश्चिम, कर्णाली, गण्डकी र लुम्विनी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा बांकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहने बताइएको छ । विभागले चेतावनी तथा परामर्श… पुरा पढौ

फोरजी एलटीई नमस्ते वाइफाइ विस्तार गरिने

एफटीटीएच उपलब्ध नभएका सुगम स्थान र अधिकांश दुर्गम स्थानमा दु्रत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले फोरजी एलटीई नमस्ते वाइफाइ विस्तार गर्ने भएको छ । कम्पनीले फोरजी एलटीई नमस्ते वाइफाइ सेवाका विभिन्न आकर्षक प्याकेज उपलब्ध गराइरहेको छ । कम्पनीले उपलब्ध गराइरहेका यी प्याकेज आवश्यक डिभाइससहित उपभोक्तालाई सहजरुपले प्राप्त होस् भनी नेपाल टेलिकम र साइबरनेटिक्स प्रालिबीच सम्झौता भएको छ । सम्झौतामा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत सङ्गीता पहाडी र साइबरनेटिक्स प्रालिका सिइओ जेम्स न्याछ्योले हस्ताक्षर गरेका छन् । फोरजी… पुरा पढौ

भोलिदेखि मौसममा सुधार हुने

काठमाण्डौं । पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही हल्का वर्षा र हिमपात भइरेहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उक्त प्रणालीको प्रभावले पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए । “सो मौसमी प्रणाली भोलिदेखि कमजोर हँुदै जाने भएकाले शुक्रबारबाट मौसममा सुधार हुनेछ”, उनले भने । भोलि देशभर आंशिकदेखि सामान्यतया बदली रही हरेक प्रदेशका केही स्थानमा हल्का… पुरा पढौ

दूरसञ्चार सेवाबाट कोही पनि नागरिक बञ्चित नहुन् : मन्त्री कार्की

काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ग्रामीण क्षेत्रका जनताले सर्वसुलभ दूरसञ्चार सेवा पाउनुपर्ने अधिकारको सुनिश्चितता गर्नुपर्नेमा जोड दिएका छन् । जमलस्थित नेपाल दूरसञ्चार प्राधिकरण कार्यालयको आज निरीक्षणपछि आयोजित कार्यक्रममा मन्त्री कार्कीले सूचना र प्रविधिको युगमा दूरसञ्चार जस्तो आधारभूत सेवाबाट कोही पनि नागरिक बञ्चित हुने अवस्था आउन नदिन तदारुकताका साथ योजना कार्यक्रमको कार्यान्वयन हुनुपर्दछ भने । सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले कोभिड–१९ महामारीको अहिलेको अवस्थामा विलम्ब नगरी यस वर्षका योजना र कार्यक्रमको कार्यान्वयन गर्न सो अवसरमा निर्देशन दिए ।… पुरा पढौ

आजदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति

वैदेशिक रोजगार कार्यालय काठमाडौंले आज (आइतबार) देखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ। २०७७ पुसदेखि भौतिक उपस्थिति र अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुनेछ। अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति जारी हुने व्यवस्थाले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेर घर बिदामा आएका कामदारले पुनः श्रम स्वीकृति लिन घण्टौं लाइनमा बस्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुने कार्यालयले बताएको छ। पुनः श्रम स्वीकृतिको अनलाइन सेवा लिन सेवाग्राहीले वैदेशिक रोजगार विभागको वेबसाइटको… पुरा पढौ

हल्का वर्षाको सम्भावना

काठमाडौ । पश्चिमी वायुको प्रभावले आज पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले प्रदेश नं १, २ तथा सुदूरपश्चिमी प्रदेशमा आंशिक बदली भई पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका अन्य भू–भागको मौसम सामान्यतया सफा रहने बताइएको छ । त्यस्तै माघ १ गते प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा… पुरा पढौ

हिमपातले टावरमा समस्या

डाटी । डोटी जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका ४ र ६ मा राखिएका नेपाल टेलिकमका टावरले काम नगर्दा समस्या उत्पन्न भएको छ । हप्ता दिन पहिले परेको हिमपातका कारण ती टावरले काम गर्न छोडेका कारण नागरिकलाई सूचना सम्पर्कका लागि समस्या उत्पन्न भएको स्थानीयवासी तेजबहादुर सिंहले बताए। उनले भने, “टेलिकमका टावरले काम गर्न छोडेको छ, नेटवर्कले काम नगर्दा हामीलाई खबर आदानप्रदानका लागि निकै समस्या भएको छ ।” ती क्षेत्रमा जडान गरिएका नेपाल टेलिकमका टावरले खासै काम नगर्दा त्यहाँका नागरिकले पटक–पटक… पुरा पढौ

म्याग्दीमा सकियो पत्रकार क्षमता अभिवृद्धि तालिम

म्याग्दीको बेनी नगरपालिका–४, तातोपानीमा संचालित पत्रकारलक्षित क्षमता अभिवृद्धिसम्बन्धी पत्रकारिता तालिम सोमबार सकिएको छ। तीन दिनसम्म संचालित तालिममा म्याग्दी जिल्लामा क्रियाशील स्थानीय तथा राष्ट्रिय संचारमाध्यममा आबद्ध ४० जना पत्रकारको सहभागिता थियो। नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झा र अन्नपूर्ण पोष्ट दैनिकका संवाददाता कृष्णमणि बरालले तालिममा सहजीकरण गरेका थिए। फोटो पत्रकार बरालले फोटोग्राफी, फोटो पत्रकारिता, क्यामेरा, फोटो खिच्ने तरिका, अटो, म्यानुअलको प्रयोग र लेन्सबारे तालिम दिएका थिए । त्यसैगरी, संचार, आमसंचार, पत्रकारिता, समाचार, हार्डन्युज र सफ्टन्युज, समाचारका स्रोत, मूल्य, फिचरलेखन… पुरा पढौ