सूचना-प्रविधि

कास्कीको जिल्ला प्रशासन कार्यालयमा डिजिटल नागरिक सेवा बडापत्र

कास्कीको जिल्ला प्रशासन कार्यालयमा डिजिटल नागरिक सेवा बडापत्र सार्वजनिक गरिएको छ । निजामती कर्मचारी दिवसको अवसर पारेर जिल्ला प्रशासन कार्यालय कास्कीले डिजिटल नागरिक सेवा बडापत्र सार्वजनिक गरेको हो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले एक कार्यक्रमबीच उक्त सेवा सार्वजनिक गरेका हुन् । जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सबै सेवाका बारेमा अडियो, भिजुअल सामग्री बनाएर प्रतिक्षालयमा डिजिटल नागरिक सेवा बडापत्र राखिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी शिव रिजालले हालका लागि १ ठाउँमा दृश्य र ३ ठाउँमा अडियोमार्फत् सन्देश सार्वजनिक गरिने जानकारी… पुरा पढौ

गण्डकीमा प्राविधिक शिक्षालय बनाउन कोइकाले सघाउने

गण्डकी प्रदेशमा प्राविधिक शिक्षालयको पूर्वाधारका लागि कोरिया इन्टरनेसनल कोपरेसन एजेन्सी (कोइका) ले सघाउने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग बिहीबार कोइका नेपालका कन्ट्री डाइरेक्टर सङहुन घोले उक्त प्रतिबद्धता जनाएका हुन् । गण्डकी प्रदेश सरकारले गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानमार्फत् गण्डकी प्राविधिक शिक्षालय (जीआइटी) सञ्चालन गर्दैछ । यसका लागि नेपाल सरकारले स्याङ्जाको फेदीखोला गाउँपालिका १ स्थित गुर्धुममा १ सय ६० रोपनी जग्गा प्रदान गरिसकेको छ । प्रदेशभित्र आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गरी युवाहरुलाई रोजगारीमा आबद्ध… पुरा पढौ

सामाजिक सञ्जालको ‘पोस्ट’ले ४५ वर्ष जेलमा

साउदी अरबको एउटा अदालतले एकजना महिलालाई सामाजिक सञ्जालको प्रयोगबाट देशलाई हानि पु¥याएको आरोपमा ४५ वर्षको जेल सजाय सुनाएको छ । साउदीमा यो महिना महिलालाई यस्तो सजाय सुनाइएको यो दोस्रो घटना हो । सामाजिक सञ्जालमा पोस्ट गरिएको सामग्रीले देशको सामाजिक एकतामा बाधा पु¥याएको आरोपमा साउदी अरबको सबैभन्दा ठूला जनजाति समूहकी महिला नोराह बिन्त सईद अल–काहतानीलाई ४५ वर्षको कारावासको सजाय सुनाइएको वासिङ्टनस्थित मानव अधिकारवादी संस्था वाचडग डेमोक्रेसी फर अरब वर्ल्डलाई उद्धृत गर्दै फक्स न्यूजले जनाएको छ । अल–काहतानीले अनलाइन के पोस्ट गरे… पुरा पढौ

टेलिकमद्वारा वालिङमा ‘एफटीटीएच’ सेवा थालनी

नेपाल टेलिकमले ‘एफटीटीएच’ (फाइबर टु द होम) सेवा शुरु गरेको छ । नेपाल टेलिकम वालिङ शाखाले गत साउन २० गतेदेखि ‘एफटीटीएच’ सेवा शुरू गरेको हो । नगरपालिकाभित्र ग्राहकलाई वितरण भएका तामाका तारहरूलाई विस्थापित गरी एउटै फाइबरबाट फोन, नेट र टिभी चलाउन सकिने सुविधासहितको सेवा शुरू गरिएको शाखाका प्रमुख नारायण कपालीले बताएका छन् । ‘तामाका तारमार्फत पहिल्यै वितरण गरिएका टेलिफोनलाई पहिलो चरणमा ‘एफटीटीएच’ प्रविधिमा परिवर्तन गरेका छौँ,’ उनले भने, ‘जडानमा रहेका पुराना टेलिफोनलाई उक्त प्रविधिमा रूपान्तरण सकेपछिमात्रै दोस्रो चरणमा नयाँ लाइनहरू… पुरा पढौ

मनाङमा सूचना विभागको घुम्ती शिविर

हिमाली जिल्ला मनाङमा पहिलो पटक नेपाल सरकार सूचना तथा प्रसारण विभागले घुम्ती शिविर सञ्चालन गरेको छ । विभागले नेपाल पत्रकार महासंघ मनाङ शाखाको सहकार्यमा हिमाली जिल्ला मनाङको सदरमुकाम चामेमा दुई दिने घुम्ती शिविर गरेको हो । घुम्ती शिविरमार्फत सञ्चारकर्मीको क्षमता अभिवृद्धि गराउने उद्देश्यले विभागको टोलीले मनाङ पुगी तालिम सञ्चालन गरेको हो । शिविरमा पत्रकारलाई नयाँ परिचयपत्र तथा अनलाइन मिडियाको दर्ता र नवीकरण सेवासमेत दिइएको सूचना विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । जिल्लाका पत्रकारका लागि पत्रकार क्षमता अभिवृद्धि तालिम गर्ने… पुरा पढौ

म्याग्दी र मुस्ताङमा चिस्यान गृह निर्माण

सुन्तला र स्याउलाई भण्डारण गरेर बेमौसममा बजारमा आपूर्ति गर्ने उद्देश्यले म्याग्दी र मुस्ताङमा सात चिस्यान गृह निर्माण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पछिल्लो तीन वर्षमा मुस्ताङमा ६ र म्याग्दीमा एउटा चिस्यानगृह निर्माण गरिएको हो । स्याउ र सुन्तलाको व्यावसायिक उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यक्रमको सहयोगमा चिस्यान गृह निर्माण गरिएको परियोजनाका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. सुधीर थापाले बताए । ‘निजी फार्म, किसान समूह र सहकारीलाई चिस्यान गृह बनाउन कुल लागतको ८५ प्रतिशतसम्म अनुदान दिइएको छ,’ उनले भने,… पुरा पढौ

सामाजिक सञ्जालमार्फत महिलालाई अपमान गर्ने कुँवर पक्राउ

नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा अश्लीलता प्रदर्शन गरी एक महिलालाई मानसिक तनाव तथा दुःख दिने कपिलवस्तु बुद्धभूमि नगरपालिका–३ टाँकु बस्ने २९ वर्षीय मोहन कुँवरलाई बिहीबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक पशुपतिकुमार रायले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर इलाका प्रहरी कार्यालय गोरुसिङ्गे कपिलवस्तुको सहयोगमा कुँवरलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका कुँवरलाई… पुरा पढौ

साउन २३ गतेदेखि मनकामना केबलकार बन्द

नेपालको पहिलो केबलकार मनकामना केबलकारले सञ्चालन प्रविधि स्तरोन्नति गर्ने प्रयोजनको लागि यहि साउन २३ गतेदेखि केबलकार सेवा बन्द गर्ने जनाएको छ । केबलकारको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालिमा स्तरोन्नति गर्नको लागि काम अघि बढाउन लागिएको हो । यसपछि नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार सञ्चालन हुनेछ । चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जान यात्रुहरुलाई थप सहज र भरपर्दो सेवा दिनका लागि स्तरोन्नति गर्न लागिएको हो । स्तरोन्नतिकार्य अष्ट्रियाका प्राविधिकहरुले गर्ने भएका छन् । स्तरोन्नति कार्य करिब पाँच… पुरा पढौ

पब्लिक टिभीको परीक्षण प्रसारण शुरु

पोखरा । गण्डकी प्रदेशकै पहिलो उच्च प्रविधियुक्त पब्लिक टेलिभिजनको मंगलबारबाट परीक्षण प्रसारण सुरु भएको छ । बार्दली मिडियाद्वारा सञ्चालित फोके प्रविधियुक्त टिभीको परीक्षण प्रसारणको शुभारम्भ गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले गरेका हुन् । उद्घाटनपछि मन्त्री विन्दुकुमार थापाले पोखरामा धेरै टेलिभिजन भएपनि पब्लिक टिभी विश्वसनीय र स्तरीय सामग्रीले उत्कृष्ट हुने विश्वास व्यक्त गरे । उनले भने,‘समाजमा भएका विभिन्न विकृति, विसंगतिहरुलाई चिर्दैै, त्यसलाई न्यूनीकरण गरेर सञ्चार क्षेत्रमा सफलता प्राप्त गरोस् ।’ मिडियाको क्षेत्रमा टिकिरहन सजिलो नभएपनि… पुरा पढौ

पोखरामा युनाइट्सको डिजिटल मार्केटिङ कार्यशाला

व्यापार, व्यवसाय प्रवद्र्धनका लागि वितरण, प्रचारप्रसार, बजारिकरण निकै महत्वपूर्ण हुन्छ । अहिलेको बजारमा डिजिटल मार्केटिङको महत्व बढ्दै गएको छ । यसैलाई मध्यनजर गर्दै पोखरामा शनिबार युनाइट्स नेपालले डिजिटल मार्केटिङ कार्यशाला आयोजना गरेको छ । कार्यक्रममा आभास अधिकारी र प्रतिमा भट्टले सहजीकरण गरेका थिए । उनीहरुले डिजिटल माध्यमबाट मार्केटिङका तरिका, अहिलेको अवस्था र चाल्नुपर्ने कदमबारे प्रकाश पारे । व्यक्तित्व विकास र व्यापार, व्यवसाय प्रवद्र्धनका लागि संगठन निर्माण र परिचालनबारे समेत कार्यशालामा प्रशिक्षण दिइएको छ । युनाइट्स नेपालका अध्यक्ष खुसल रेग्मीको अध्यक्षतामा… पुरा पढौ