सूचना-प्रविधि

फेसबुकले ९ अर्ब डलर मुनाफा कमायो

सामाजिक सञ्जाल फेसबुकले ९ अर्ब डलर मुनाफा कमाएको छ। कम्पनीको उक्त मुनाफा अपेक्षाभन्दा धेरै रहेको समाचारहरुमा जनाइएको छ। तेस्रो त्रैमासमा कम्पनीले अपेक्षा गरेभन्दा धेरै मुनाफा कमाएको हो। गत वर्षको सोही अवधिमा यस्तो मुनाफा ७ अर्ब ८० करोड डलर थियो।अनलाइन विज्ञापनमा भएको वृद्धिका कारण समीक्षा अवधिमा कम्पनीको आम्दानी पनि ३५ प्रतिशतले बढेर २९ अर्ब १ करोड डलरमा पुगेको छ। सेप्टेम्बर ३० सम्मको १२ महीनामा कम्पनीको मासिक यूजर बेस ६ प्रतिशतले बढेर २ अर्ब ९१ करोडमा पुगेको छ। पुरा पढौ

सन्दर्भः ज्येष्ठ नागरिक दिवस

आज अक्टोवर १ तारिक अर्थात अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस। सन् १९९१ देखि हरेक वर्षको अक्टोवर १ मा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउँदै आएको छ। ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमा पुहँच पु¥याउने उद्देश्यले संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवस मनाइन्छ। संयुक्त राष्ट्र संघको आयोजनामा विश्वव्यापी रुपमा अक्टोबर १ मा मनाइने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस यसपटक आज (असोज १५ गते) परेको छ। संयुक्त राष्ट्रसंघले यस वर्षको ज्येष्ठ नागरिक दिवसका लागि यस वर्ष ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ नारा तय… पुरा पढौ

नेपाल टेलिकमको फोरजी सेवा गण्डकीका ८५ वटै स्थानिय तहमा पुग्यो

पोखरा । नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ वटै स्थानिय तहमा फोरजी सेवा पु¥याएको जनाएको छ । गण्डकी प्रदेशमा भएको ८५ वटै स्थानिय तहमा नेपाल टेलिकमको फोरजी सेवा पुगेको पोखरामा बुधबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको हो । प्रदेशका ८५ वटा स्थानिय तहमा ५०३ वटा फोरजीका टावर राखिएको नेपाल टेलिकमका सह–प्रवक्ता रञ्जित रैयाले जानकारी दिए । सबै स्थानिय तहमा फोरजी सेवा पुगेपनि केहि पालिकाका केहि ठाउँमा भने नेटवर्क पुगिनसकेको उनले बताए । नेटवर्क नपुगेका ठाउँहरुको पहिचान भइसकेको छ,उनले भने,‘प्रदेशका ४८ वटा… पुरा पढौ

लोक दोहोरी प्रतियोगितामा अम्गाँई प्रथम

पोखरा । हाम्रो घरको आयोजनामा शनिबार सम्पन्न प्रथम राष्ट्रिय लोक दोहोरी प्रतियोगितामा सिर्जना अम्गाँई प्रथम भएकी छन् । पछिल्लो समय यूवा पुस्तामा लोकप्रिय क्लवहाउस मार्फत आयोजना गरिएको प्रतियोगितामा ४६ जना सहभागीलाई पछि पार्दै अम्गाँई प्रथम भएकी हुन् । प्रथम भएकी उनले नगद २० हजार प्राप्त पुरस्कार गरिन् । यस्तै प्रतियोगितामा द्वितिय स्थान प्राप्त गर्न सफल विपना खनालले नगद १० हजार प्राप्त गरिन् । त्यस्तै पशुपति ढकाल र मीना भट्टराई क्रमश तितृय र सान्त्वना हुँदै नगद ७ हजार र ४ हजार… पुरा पढौ

अन्तरिक्ष केन्द्र निर्माणमा चीनको फड्को, तीन अन्तरिक्ष यात्री लिएर उड्यो शेन्झाउ–१२

चीनले बिहीबार आफ्नै अन्तरिक्ष केन्द्र निर्माणका लागि तीन जना अन्तरिक्ष यात्रीसहितको शेन्झाउ–१२ रकेट प्रक्षेपण गरेको छ। तियान्हे नाम दिइएको नयाँ अन्तरिक्ष केन्द्र निर्माणमा यी अन्तरिक्ष यात्रीले काम गर्नेछन्। उनीहरु अन्तरिक्ष केन्द्रमा ३ महिना बस्नेछन्। हाल संयुक्तराज्य अमेरिका र रुससँग मात्र अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र छन् जहाँ पृथ्वीबाट पठाइएका अन्तरिक्ष यात्रीहरू महिनौं बसेर अध्ययन र अनुसन्धानका कार्यहरु गर्ने गर्दछन्। हुनत, चीनले यसअघि पनि अन्तरिक्षमा मानव पठाइसकेको छ। यो चीनको सातौं मानव सहितको अन्तरिक्ष यात्रा हो। चीनले पाँच वर्ष यता मानवसहितको रकेट अन्तरिक्षमा… पुरा पढौ

पछिल्लो २४ घण्टामा पोखरामा ४२.८ मिमि वर्षा, सबैभन्दा धेरै लुम्लेमा

पोखरा । पछिल्लो २४ घण्टामा पोखरामा ४२.८ मिलिमिटर वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज साँझ ५ः४५ अध्यावधिक गरेको तथ्याङ्क अनुसार पोखरामा सो वर्षा भएको भएको हो । यस्तै सबैभन्दा धेरै लुम्लेमा लुम्लेमा १६५.४ मिमि वर्षा मापन गरिएको छ । त्यस्तै खैरेनीटारमा १०२ मिमि, स्याङ्जामा ८६.० मिमि, जोमसोममा ४०.० मिमि वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान कार्यालय पोखराले जनाएको छ । त्यसैगरि, गण्डकी प्रदेश सहित लुम्बिनी प्रदेशका अधिकांश स्थानमा वर्षा… पुरा पढौ

अन्तरिक्ष केन्द्रमा पठाइने यात्रीका लागि चीनको तयारी, अर्को साता उडान

चीनले अन्तरिक्षमा निर्माण गरेको आफ्नै नयाँ अन्तरिक्ष केन्द्रमा अन्तरिक्ष यात्रीहरू पठाउन रकेट तयार भएको जनाएको छ। यो रकेट अर्को साता अन्तरिक्षतर्फ पठाइने तयारी गरेको चीनले बताएको छ।  चीनले पहिलो पटक ३ जना अन्तरिक्ष यात्रीलाई नयाँ अन्तरिक्ष केन्द्रमा पठाउँदैछ। उनीहरु ३ महिना अन्तरिक्षमा रहने छन्। उनीहरुले त्यहाँ रहँदा अन्तरिक्ष केन्द्र बाहिर हिँड्ने (स्पेस वाक), निर्माण र मर्मतका साथै वैज्ञानिक अनुसन्धान गर्नेछन्। तियान्हे नाम दिइएको नयाँ अन्तरिक्ष केन्द्रको मुख्य खण्ड गत अप्रिल २९ मा अन्तरिक्षमा पठाइएको थियो भने गत महिना अन्तरिक्ष यात्रीका… पुरा पढौ

अन्तरिक्ष केन्द्रका लागि सामान बोकेको चिनिया कार्गो रकेट प्रक्षेपण

चीनले अन्तरिक्षमा निर्माण गरिरहेको नयाँ अन्तरिक्ष केन्द्रका लागि सामान बोकेको एउटा कार्गो रकेट दक्षिण चीन सागरस्थित द्वीपबाट शनिबार प्रक्षेपण गरेको छ। लङ मार्च ७ नामको रकेटले स्वचालित टियानझाउ–२ अन्तरिक्ष यानलाई लिएर अन्तरिक्ष प्रस्थान गरेको छ। हैनान द्वीपको वेनचाङ प्रक्षेपण केन्द्रबाट उक्त रकेट शनिबार राति ८.५५ बजे उडाइएको चिनियाँ अन्तरिक्ष केन्द्रले जनाएको छ। रकेट प्रक्षेपण गरिएको १० मिनटभित्रै सफलतापूर्वक अन्तरिक्ष कक्षमा प्रवेश गरेको थियो। चिनियाँ सरकारी समाचार संस्थाहरुका अनुसार टियानझाउ–२ मा इन्धन र सामान राखिएको छ। अन्तरिक्षमा स्थापना हुने नयाँ अन्तरिक्ष… पुरा पढौ

म्याग्दीमा स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली

कोरोनाको कहरले जताततै निराशा उत्पन्न गरिरहेको समयमा म्याग्दीको नयाँ पर्यटकीय स्थल लभ्लीहिलमा स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली उत्पादन गरिएको छ । जिल्लाको बेनी नगरपालिका–२ खबराको लभ्लीहिल (मायालु डाँडो) मा म्याग्दी ऊर्जा प्रविधि केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय सीप र प्रविधिको प्रयोग गरी हावाबाट बिजुली निकालिएको हो । काठ, जस्तापाता, पाइप र धागोजस्ता स्थानीय सामग्रीबाट भर्टिकल टर्वाइन जडान गरी ४ वटा बल्ब बल्ने क्षमताको बिजुली प्लान्ट निर्माण भएको हो । म्याग्दी ऊर्जा प्रविधि केन्द्रका प्रमुख दुर्गा श्रेष्ठ करिब तीन… पुरा पढौ

एयर इन्डियामा साइबर आक्रमण, ४५ लाख यात्रुको गोप्य सूचना चोरी

भारतको सरकारी विमान कम्पनी एयर इन्डियामा साइबर आक्रमण भएको छ। साइबर आक्रमणबाट विगत १० बर्षमा सो विमान कम्पनीबाट यात्रा गर्ने करिब ४५ लाख यात्रुको गोप्य सूचनाहरु चोरी भएको छ। यात्रु सेवा प्रणालीमा गरिएको आक्रमणबाट सबै यात्रुको नाम, जन्म मिति, राहदानीको विवरण, सम्पर्क नम्बरका साथै बैंकको डेबिट कार्ड र क्रेडिट कार्ड लगायतका व्यक्तिगत सूचनाहरु चुहावट भएको एयर इन्डियाले जनाएको छ। बैंकबाट कारोबार गरिएको अवस्थामा सबै पासवर्डहरु परिवर्तन गर्न र नचिनिएका इमेललाई नखोल्न तथा कुनैपनि अन्जान एसएमएस नपढ्न पनि एयर इन्डियानले आफ्ना… पुरा पढौ