सूचना-प्रविधि

हल्का वर्षाको सम्भावना

काठमाडौ । पश्चिमी वायुको प्रभावले आज पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले प्रदेश नं १, २ तथा सुदूरपश्चिमी प्रदेशमा आंशिक बदली भई पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका अन्य भू–भागको मौसम सामान्यतया सफा रहने बताइएको छ । त्यस्तै माघ १ गते प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा… पुरा पढौ

हिमपातले टावरमा समस्या

डाटी । डोटी जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका ४ र ६ मा राखिएका नेपाल टेलिकमका टावरले काम नगर्दा समस्या उत्पन्न भएको छ । हप्ता दिन पहिले परेको हिमपातका कारण ती टावरले काम गर्न छोडेका कारण नागरिकलाई सूचना सम्पर्कका लागि समस्या उत्पन्न भएको स्थानीयवासी तेजबहादुर सिंहले बताए। उनले भने, “टेलिकमका टावरले काम गर्न छोडेको छ, नेटवर्कले काम नगर्दा हामीलाई खबर आदानप्रदानका लागि निकै समस्या भएको छ ।” ती क्षेत्रमा जडान गरिएका नेपाल टेलिकमका टावरले खासै काम नगर्दा त्यहाँका नागरिकले पटक–पटक… पुरा पढौ

म्याग्दीमा सकियो पत्रकार क्षमता अभिवृद्धि तालिम

म्याग्दीको बेनी नगरपालिका–४, तातोपानीमा संचालित पत्रकारलक्षित क्षमता अभिवृद्धिसम्बन्धी पत्रकारिता तालिम सोमबार सकिएको छ। तीन दिनसम्म संचालित तालिममा म्याग्दी जिल्लामा क्रियाशील स्थानीय तथा राष्ट्रिय संचारमाध्यममा आबद्ध ४० जना पत्रकारको सहभागिता थियो। नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झा र अन्नपूर्ण पोष्ट दैनिकका संवाददाता कृष्णमणि बरालले तालिममा सहजीकरण गरेका थिए। फोटो पत्रकार बरालले फोटोग्राफी, फोटो पत्रकारिता, क्यामेरा, फोटो खिच्ने तरिका, अटो, म्यानुअलको प्रयोग र लेन्सबारे तालिम दिएका थिए । त्यसैगरी, संचार, आमसंचार, पत्रकारिता, समाचार, हार्डन्युज र सफ्टन्युज, समाचारका स्रोत, मूल्य, फिचरलेखन… पुरा पढौ

आविष्कार केन्द्रलाई श्रीपति समाजसेवा पुरस्कार

‘श्रीपति समाजसेवा पुरस्कार–२०७८’ बाट राष्ट्रिय आविष्कार केन्द्र काठमाडौँलाई पुरस्कृत गरिएको छ । पोखरा महानगरपालिका–९ महेन्द्रपुलमा रहेको श्रीपति कोइराला गुठीले स्थापना गरेको सो पुरस्कार संस्थाको २९ औँ वार्षिक साधारणसभाका अवसरमा केन्द्रका प्रमुख महावीर पुनलाई हस्तान्तरण गरेको हो। नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा डा जगमान गुरुङले २ लाख २२ हजार २ सय २२ रुपैयाँसहित ताम्रपत्र र समाज सेवा पदकद्वारा पुरस्कार प्रदान गरेका हुन्। विज्ञान, प्रविधिका क्षेत्रमा क्रियाशील पुनले स्थापना गरेको आविष्कार केन्द्रले नेपालको विज्ञान, शिक्षा, सामाजिक क्षेत्र, उद्यम र वायरलेस नेटवर्किङ आविष्कारको… पुरा पढौ

वैज्ञानिक महाबीर पुनलाई पोखरामा सम्मान गरिदैँ

वैज्ञानिक महाबीर पुन आज (शनिबार) पोखरामा सम्मानीत हुँदैछन्। श्रीपति कोइराला गुठीले राष्ट्रिय आविस्कार केन्द्रका वैज्ञानिक पुनलाई सम्मान गर्न लागेको हो। गुठीको २९ औं साधारणसभाको अवसरमा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले पुनलाई २ लाख, २२ हजार २ सय २२ रुपैयाँ नगदसहित ताम्रपत्र समाज सेवा पदकद्वारा सम्मान गर्ने कार्यक्रम रहेको छ। नेपालका बहुचर्चित व्यक्तित्वमध्ये एक महाबीर पुन नेपाली वैज्ञानिक, शिक्षक, सामाजिक उद्यमी एवं वायरलेस नेटवर्किङका आविष्कारकका रुपमा चिनिन्छन्। म्याग्दीको नाङ्गीमा जन्मिएका पुन नेपालको उच्च तथा हिमाली दुर्गम गाउँहरुका लागि ताररहित प्रविधि… पुरा पढौ

छाप्न सुरु भयो फेरि स्मार्ट लाइसेन्स

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ सुरु गरेको छ। फ्रान्सबाट १४ लाख प्रति कार्ड ल्याइएपछि छपाइ सुरु भएको हो। कार्ड नभएकाले विगत एक वर्षदेखि छपाइ बन्द थियो। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवको उपस्थितिमा मंगलबारबाट लाइसेन्स छपाइ सुरु गरिएको विभागले जनाएको छ। झन्डै ७ लाख प्रति लाइसेन्स छाप्न बाँकी छ। विभागले ३ सिफ्टमा दैनिक ७ देखि १० हजार प्रति कार्ड छाप्ने जनाएको छ। एक महिनाभित्रै लाइसेन्स दिने व्यवस्था मिलाइएको छ। विभागले नयाँ आवेदन खुला गरिरहेको छ। आवेदन… पुरा पढौ

गण्डकी प्रदेशको ८५ वटै स्थानीय तहमा डाटा सेन्टर स्थापना !

गण्डकी प्रदेशको ८५ वटै स्थानीय तहमा आफ्नै डाटा सेन्टर स्थापना गरिदँैछ। गण्डकी प्रदेश सरकारले प्रदेशका स्थानीय तहहरुमा आफ्नै डाटा सेन्टर स्थापना गर्ने लागेको हो। एक वर्षभित्रै डाटा सेन्टरको संपूर्ण काम सम्पन्न गरी सचालनमा ल्याउन प्रदेश सरकारले तयारी थालेको हो। गण्डकीका सबै तथ्यांकहरू राख्नको लागि सरकारले डाटा सेन्टरको स्थापना गर्न लागेको हो। डाटा सेन्टर स्थापना गर्न प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६ करोड ७० लाख रुपैयाँ विनियोजन गरेको छ। पोखराको ड्यामसाइडमा मेन कन्ट्रोल डाटा सेन्टर रहने छ भने अन्य स्थानीय तहमा… पुरा पढौ

२० वटा युट्युब च्यानलमाथि प्रतिबन्ध

भारतविरोधी सामग्री उत्पादन गर्ने विभिन्न युट्युब च्यानल र वेवसाइटामथि केन्द्र सरकारले प्रतिबन्ध लगाएको छ। भारत सरकारले मंगलबारदेखि २० वटा युट्युब च्यानल र २ वटा वेवसाइटमाथि प्रतिबन्ध लगाएको हो। सरकारले सूचना प्रविधि मापदण्ड र डिजिटल मिडिया आचारसंहिता २०२१ अन्तर्गत भारतविरोधी सामग्री उत्पादन र प्रसारण गर्ने २० वटा युट्युब च्यानल र २ वटा न्युज वेवसाइटमाथि प्रतिबन्ध लगाएको हो। जसमा ‘नयाँ पाकिस्तान’, ‘दी पन्च लाइन’, इन्टरनेसनल वेवन्युज’, ‘दी नेक्ड ट्रुथ’, ‘४८ न्युज’ लगायत च्यानलहरु रहेका छन्। पाकिस्तानबाट संचालित भारतविरुद्ध गलत सूचना दिने र… पुरा पढौ

सबै पालिका र वडामा नेपाल टेलिकमको टेलिफोन र ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार

देशभरका सबै पालिका र वडामा टेलिफोन र ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार हुने भएको छ। यसका लागि संघीय मामिला तथा तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल टेलिकमबीच सम्झौता भएको छ। मन्त्रालयको तर्फबाट सह–सचिव डाक्टर गोपीकृष्ण खनाल र कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बिहीवार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार नेपाल टेलिकमले सबै पालिका र अन्तगर्तका वडा कार्यालय, स्वास्थ्य कार्यालय, सामुदायिक विद्यालय र अन्य सरकारी कार्यालयमा टेलिफोन तथा ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउन मन्त्रालयको समन्वयमा योजना तर्जुमा तथा कार्यान्वयन गर्नेछ। टेलिकमले… पुरा पढौ

मङ्सिर १९ गतेदेखि बाघ गणना

चितवन । नेपालका राष्ट्रिय निकुञ्जमा यही मङ्सिर १९ गतेदेखि बाघ गणना गरिने भएको छ । गणनाको शुभारम्भ चितवन राष्ट्रिय निकुञ्जबाट गरिँदै छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गणनाको नेतृत्व गर्दछ । देशभरका पाँच निकुञ्जमा बाघ छन् । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज तथा आसपासका वन क्षेत्रमा बाघको गणना गरिन लागेको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार हिउँदको समयमा बाघ बाटोमा आउने हुँदा यो समय गणनाका लागि उपयूक्त मानिन्छ । वन… पुरा पढौ