सडक

दुई मोटरसाइकल र स्कुटर ठक्कर खाँदा स्याङजाका पौड्यालको मृत्यु,पाँच जना घाईते

नारायणगढ । चितवन जिल्लाको रत्ननगर नगरपािलका–९ टिकौली जङ्गलमा आज बिहान सवा ९ बजे मोटरसाइल अनियन्त्रित भई अन्य एक मोटरसाइकल र स्कुटरमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार पूर्व–पश्चिम राजमार्गको टिकौली जङ्गलमा ना ४३ प ६२४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोही स्थानमा बागमती प्रदेश ०३–००३प ८६६ नम्बरको स्कुटर र ग १२ प ७१७२ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा चालक र पछाडी बस्ने… पुरा पढौ

सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा

म्याग्दी । गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग खुलेको छ । दुई प्रदेशको हिमाली जिल्लाका आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीको सुविधाका लागि यो सडक महत्त्वपूर्ण मानिएको छ । सङ्घीय सरकारको मनाङ–मुस्ताङ–डोल्पा–जुम्लासडक आयोजनाअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका जोड्ने सडकको मार्ग खोल्ने काम अन्तिम चरणमा पुगेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामग्याल गुरुङले बताए । “जोमसोमबाट एक्लेभट्टी, पाक्लिङ, फलेक, साङ्तासम्म ४० किलोमिटर र साङताबाट याकखर्क हुँदै डोल्पाको सिमानासम्म थप ३५ किलोमिटर सडकको… पुरा पढौ

सेतीमदी बचत तथा ऋण सहकारीको १४ औं साधारण सभा सम्पन्न

असोज १९ पोखरा । पोखरा महानगरपालिका २ मिरुवा स्थित सेतीमदी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पोखरा महानगरपालिका २३ र २८ वाहेक ३१ बटा वडाहरु, माछापुच्छ्रे गाउँपालीका वडा नंम्बर ६ र ७, अन्नपूर्ण गाउँपालीका वडा नंम्बर १,२,३ कार्यक्षेत्र रहेको सहकारीको कुल शेयर पूँजी चार करोड १२ लाख ५५ हजार एक सय रहेको कोषाध्यक्ष दुर्गा प्रसाद अधिकारीले जानकारी दिए । कास्की बचत तथा ऋण सहकारी संघ लि. का कार्यवाहक अध्यक्ष ईश्वर प्रसाद… पुरा पढौ

व्यासका चार वडालाई जोड्ने गरी चक्रपथ निर्माण गरिदै

व्यास नगरपालिकाका चार वडालाई जोड्नेगरी चक्रपथ निर्माण प्रारम्भ भएको छ । नगरपालिकाका ७, ९, १० र ११ वडालाई जोड्ने गरी चक्रपथ निर्माण प्रारम्भ भएको हो । विश्व बैंकको आर्थिक सहयोगमा सहरी शासकीय तथा पूर्वाधार विकास आयोजनालेव्यासको गौरव आयोजनामा समावेश भएको पराशर मार्गअन्र्तगत यस सडकको स्तरोन्नति थालिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले राससलाई बताए । पृथ्वीराजमार्गसँग जोडिएको व्यास नगरपालिक–१२ को घाँसीकुवासँग जोडिनेगरी पोल्याङ, सेरा, बेलटारी, फराकचौर,अधेरीभञ्ज्याङ, कुमालगाउँ, समता स्कुल हुँदै व्यास मार्गमा पर्ने कलेस्ती बजारसम्म पुग्ने १०।५५ किलोमिटर बाटो धमाधम… पुरा पढौ

बाढीपहिरोले पुर्याएको धनजनको क्षतिप्रति होटल संघ पोखरा संघद्वारा दुःख व्यक्त

पोखरा । पछिल्ला केही दिनयता लगातारको बर्षासँगै देशका विभिन्न ठाउँमा आएको बाढी र पहिरोका कारण ठूलो धनजनको क्षतिप्रति होटल संघ पोखराले गहिरो दुःख प्रकट गरेको छ । राजधानी उपत्यका लगायत देशका विभिन्न ठाउँमा आइपरेको यसप्रकारको विपदमा परी ज्यान गुमाएकाहरुप्रति संघले हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै उनीहरुका आफन्त, घाइते र परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । ‘विपदमा परी घाइते भएकाहरुको उचित उपचारको व्यवस्था गर्न र बेपत्ता भएकाहरुको खोजी तथा उद्धार कार्यलाई तीव्रता प्रदान गर्न समेत सरकार र सम्बन्धित पक्षलाई आग्रह गर्न… पुरा पढौ

पश्चिमाञ्चल माविका “क्लास रिप्रेजेन्टेटिभ” विद्यार्थीलाई “लर्न टु लिड” तालिम प्रदान

पोखरा । विद्यार्थीमा नेतृत्व सीप विकास गराउने उद्देश्यले गैह्रापाटनस्थित पश्चिमाञ्चल माविका विद्यार्थीलाई नेतृत्व विकास सीपको तालिम दिइएको छ । “लर्न टु लिड” शिर्षकमा विद्यालयमा कक्षा ११ र १२ मा विभिन्न संकायमा अध्ययन गर्ने क्लास रिप्रेजेन्टेटिभ (सि आर) विद्यार्थीको समूहलाई एक दिने प्रशिक्षण दिइएको हो ।एभरेष्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठले विद्यार्थीलाई सहजिकरण गरेका थिए । सो क्रममा प्रशिक्षक श्रेष्ठले नेतृत्व विकास, नेतृत्वको महत्व, कार्यहरु, असल नेतृत्वका गुणहरु, नेतृत्व शैली, सि आरको महत्व र संचार सीपबारे विद्यार्थीलाई प्रशिक्षण… पुरा पढौ

मालढुङ्गा–बेनी खण्ड मर्मत सुरु

ठेकेदारको लापरबाहीका कारण लामो समयदेखि अलपत्र बनेको म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको मालढुङ्गा–बेनी सडक मर्मत गर्न थालिएको छ । खाल्डाखुल्डी र हिलोले सवारीसाधन सञ्चालन गर्न तथा पैदलयात्रीलाई सास्ती भएपछि सोमबारदेखि मर्मत गर्न थालिएको हो । आइतबार जिल्ला प्रशासन कार्यालय पर्वतमा जलजला गाउँपालिकाका जनप्रतिनिधि, यातायात व्यवसायी र स्थानीयसहित प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, कालीगण्डकी करिडोर मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय जोमसोमका प्राविधिक र निर्माण व्यवसायीको संयुक्त बैठकले तत्काल सडक मर्मत गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम सोमबारदेखि मर्मत… पुरा पढौ

अवरुद्ध डुम्रे–बेँसीसहर सडक खुल्यो

पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक सञ्चालनमा आएको छ । यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ स्थित उदिपुर, दलाललगायत स्थानमा अविरल वर्षाले पहिरो जाँदा आइतबार साँझदेखि सडक अवरुद्ध भएको थियो । पानी निरन्तर रूपमा परिरहे पनि दुईवटा जेसिबीले सो स्थानमा खसेको विभिन्न ठाउँको पहिरो हटाएसँगै आज बिहानबाट सवारीसाधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोले सडक अवरुद्ध बनाएसँगै बेँसीसहरबाट काठमाडौँ, तनहुँ, पोखरा जाँदै गरेका र सो स्थानबाट बेँसीसहर आउँदै गरेका सवारीसाधन सो स्थानमा अलपत्र परे पनि अहिले गन्तव्यतर्फ गइरहेको प्रहरी निरीक्षक… पुरा पढौ

नजिकिदो चाडपर्वलाई लक्षित गरेर पोखरा–मुग्लिन सडकका खाल्डाखुल्डी पुरेर आवागमन सहज बनाईने

पोखरा, भदौ २३ गण्डकी प्रदेश सरकारले निर्माण सामग्रीमा लाग्दै आएको दोहोरो कर हटाउने प्रतिबद्धता जनाएको छ । गण्डकी प्रदेशको लाईफलाईन मानिने पोखरा–मुग्लिन सडक खण्ड अन्तर्गत सडकको बिस्तार र स्तरोन्नतीको काम सुस्त भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पहलमा आईतबार पोखरामा भएको सरोकारावालाहरुको छलफलका क्रममा गण्डकी सरकारले निर्माण सामग्रीमा लाग्दै आएको दोहोरो कर हटाउने प्रतिबद्धता जनाएको हो । छलफलमा निर्माण व्यवसायीहरुले स्थानिय तहपिच्छे रोयल्टी तिर्नुपर्ने, करको दर प्रत्येक स्थानिय तहपिच्छे फरक÷फरक हुँदा काममा समस्या आएको बताएका थिए । उनीहरुले तत्काल सरकारै… पुरा पढौ

गोरखा–आरुघाट सडकखण्डः बीस वर्षदेखिको जुगेपानी पहिरोको सास्ती हट्यो

गोरखा–आरुघाट सडकखण्ड अन्तर्गत पर्ने आहालेस्थित जुगेपानी पहिरोको सास्ती हटेको छ । गएको २० वर्षदेखि हरेक वर्ष बर्खाका बेला यात्रीले निकै हैरानी खेप्दै आउनुपरेको जुगेपानीको पहिरो अहिले रोकथाम गरिएपछि सवारीसाधन सञ्चालनमा सहज भएको हो । तनहुँ सडक डिभिजन कार्यालयले गत वैशाख महिनामा पहिरो रोकथामको सबै काम सम्पन्न गरेसँगै यसपटकको बर्खामा कुनै समस्या नभएको गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए । “बर्खामा पानी पर्नेबित्तिकै सधैँजसो सडक भासिने, माटो बग्ने र सवारीसाधन आवागमन अवरुद्ध हुने गरेको भए पनि त्यहाँको पहिरोले यसपटक अहिलेसम्म… पुरा पढौ