शुक्रबार बिहान ११ः १० बजेको थियो । विद्यालयका अतिरिक्त क्रियाकलप प्रमुख प्रकाश अधिकारीले सम्पूर्ण मतदाताहरूलाई लाइनमा आउन आग्रह गरे । विद्यार्थीहरू सबै मतदाताको लाइनमा आए । एकातिर छात्राहरू र अर्कोतिर छात्रहरू मतदानका लागि लाइनमा बसे । आमनिर्वाचनमा मतदानस्थल जसरी व्यवस्थापन गरिएको हुन्छ, त्यसरी नै व्यवस्थापन गरियो । मतपत्र, स्वस्तिक छाप, मतपेटिकालगायतका सामग्री राखिएको थियो । उक्त दृश्य पोखराको नदीपुर स्थित प्रतिभा माध्यमिक विद्यालयले गरेको नमुना मतदान थियो । कक्षा १० को सामाजिक विषयको पाठ्पुस्तकमा समावेश भएको निर्वाचन प्रक्रियासम्बन्धी पाठअनुसार विद्यार्थीहरूलाई…
पुरा पढौ