बेनिघाट-लार्के सडकको पहिरो हटाइयो


     एभरेस्ट आवाज    
     असाेज २० गते २०८२ मा प्रकाशित




फाइल फोटो

बेनिघाट-लार्के सडकखण्डमा खसेको पहिरो हटाइएको छ । पहिरोका कारण अवरुद्ध उक्त सडक हाल सञ्चालनमा आएको छ ।

अत्यधिक वर्षाका कारण बेनिघाट-लार्के सडकखण्डको खानीवेशीमा पहिरो खसेपछि यातायातका साधन बीच बाटोमै थन्किएका थिए । माछाखोलासम्म सवारीसाधन चल्न थालेका स्थानीय रञ्जना ढकालले जानकारी दिए ।

तातोपानी र दोभानको बीचमा झरेको पहिरो भने अझै हटाउन सकिएको छैन । उक्त स्थानमा स्थानीयले पहिरो हटाएर पैदलयात्रुलाई हिँड्न मिल्ने बनाएको ढकालले बताए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।