सडक

गुणादीमा स्कुटर दुर्घटना,एक युवतीको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अर्का एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका भरतपुर महानगरपालिका–१६ की २७ वर्षीया सुमित्रा थापाको मृत्यु भएको हो । दुर्घटनामा स्कुटर चालक म्याग्दे गाउँपालिका–३ का २७ वर्षीय पुरन मगर घाइते भएका छन् । निजको दमौलीस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ । उनीहरू पोखराबाट दमौली गईरहेका थिए । रासस पुरा पढौ

डुम्रे–बेँसीसहर सडक खण्ड बुधबारसम्म बन्द हुने

लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक बुधबारसम्मका लागि बन्द भएको छ । यस सडकखण्डअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ उदीपुर पहिरो नीर सडकखण्ड कालोपत्रे गर्नको लागि आज बिहान ११ बजेदेखि १४ गते बेलुका ६ बजेसम्म सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमले भने, “सो स्थानमा केही वर्षअघि गएको पहिरोले भत्काएको सडक कालोपत्रे गर्न डुम्रे –बेँसीसहर–चामे सडक कार्यालयले अनुरोध गरेअनुसार प्रशासनले एक सूचना जारी गरेर सडक बन्द गरेको हो ।” नेपाली सेनाको… पुरा पढौ

तनहुँमा जीप दुर्घटना: एकको मृत्यु, एक जना घाइते

तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विक अनुसार कोलडाँडा थर्पु भित्री सडकखण्डमा कोलडाँडाबाट थर्पुतर्फ आउँदै गरेको ग३च ५८३८ नम्बरको जीप आज बिहान सडकबाट अन्दाजी २० मिटर तल खस्दा म्याग्दे –४ कोलडाँडाका १३ वर्षीया कोइस्का घर्ती मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते घर्तीलाई आज बिहान बिहान ८ः४० बजे प्रदेश अस्पताल दमौलीमा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा सोही… पुरा पढौ

मिनी ट्रकको ठक्करबाट तनहुँमा पैदलयात्रीको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुँखैरेनी गाउँपालिका–२ नारीघाटमा मिनी ट्रकको ठक्करबाट शुक्रबार राति एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका–१४ बस्ने ६० वर्षीय दलबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । डुम्रेबाट आबुँखैरेनीतर्फ जाँदै गरेको बा प्र ०३–००१ क ०२६८ नम्बरको मिनी ट्रकको ठक्करबाट घाइते थापाको चितवनस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । ठक्करबाट गम्भीर घाइते भएका थापाको टाउकोमा चोट लागेको थियो । पैदलयात्रीलाई ठक्कर दिई भागेका चालक मकवानपुर,… पुरा पढौ

बसको ठक्करबाट तनहुँमा एक पैदलयात्रीको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । दमौलीबाट पोखरातर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१–००६ ख ६८१४ नम्बरको बसले ठक्कर दिँदा सोमबार सॉझ एक पैदलयात्री घाइते भएका थिए । उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । अन्दाजी २५÷३० वर्षीय पुरुषको हालसम्म नाम, थर र वतन खुलेको छैन । उनी विगत २–३ दिनदेखि अकला मन्दिर परिसरमा देखिँदै आएका थिए । दुर्घटनापछि घाइतेलाई तत्काल उपचारका लागि… पुरा पढौ

बन्दीपुर मोटरसाइकल दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलगरमा आइतबार भएको दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुरका १८ वर्षीय मिनीराजप्रसाद भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । उनको आज बिहान चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको नायब उपरीक्षक विकले बताए । डुम्रेबाट आबुखैरेनीतर्फ जाँदै गरेको प्रदेश ३–००८ प ४२५० नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा सडकको डिभाइडरमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक ललितपुर निवासी १८ वर्षीय आदर्श लिम्बू… पुरा पढौ

म्याग्दीको रुम–ताराखोला सडक स्तरोन्नति सुरु

म्याग्दीको मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने सडक स्तरोन्नति सुरु भएको छ । पूर्वाधार विकास कार्यालय, म्याग्दीले रुमदेखि ताराखोलातर्फ सडक स्तरोन्नतिको काम थालेको हो । विसं २०८२ असार ४ गते रु दुई करोड ११ लाख ३० हजारमा ठेक्का सम्झौता गरेको सोमरस निर्माण सेवाले सडक फराकिलो पार्ने, नाली र पर्खाल निर्माणको काम थालेको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा महेन्द्र बाँनियाका अनुसार योजनाको हालसम्म १० प्रतिशत भौतिक प्रगति भएको छ । ठेक्काको अवधी १८ महिनाको… पुरा पढौ

पुष्पलाल मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा मर्मत शुरु

पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकले सास्ती खेप्दै आएका थिए । सडक डिभिजन कार्यालय, पोखराले कास्की र पर्वतको सिमाना नयाँपुलदेखि पर्वतको मालढुङ्गासम्म मर्मतसम्भार र कालोपत्रको काम सुरु गरेको जानकारी दिएको छ । पहिलो चरणमा पोखराको फेदीतर्फबाट खाल्डाखुल्डी पुर्ने र भत्केको सडक कालोपत्र गर्ने कामसम्पन्न गरी दोस्रो चरणमा पर्वत खण्डमा मर्मतको काम थालनी गरिएको कार्यालयका सब–इन्जिनियर लोकेश पौडेलले जानकारी दिए । बर्खायाममा धेरै ठाउँमा सडक… पुरा पढौ

सुनसरीमा ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते

विराटनगरबाट मार्बल बोकेर राजविराज जाँदै गरेको १ख ४५४१ नम्बरको ट्रक सुनसरी भोक्राह नरसिंह गाउँपालिकाअन्तर्गत हुलाकी राजमार्गमा आज बिहान पल्टिदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा सुनसरी बर्जु वडा नं १ का एकै बस्तीका पाँच जनाको रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरी उपरीक्षक चन्द्र खड्काका अनुसार बर्जु वडा नं का ३२ वर्षीय वीरेन्द्र गुरुङ, सोही ठाउँका ५५ वर्षीय बह्मदेव गुरुङ, ५० वर्षीय टेकबहादुर गुरुङ, २८ वर्षीय निसु गुरुङ… पुरा पढौ

माघे सङ्क्रान्तिमा बिहिबार अनदु, ढुंगेपाटनमा चङ्गा चैट कार्यक्रम आयोजना हुने

पोखरा । नेपाली मौलिक संस्कृति संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ माघे (मकर) सङ्क्रान्तिको अवसरमा पोखराको विश्व शान्ति स्तुपा परिसरमा चङ्गा च्याट कार्यक्रम आयोजना हुने भएको छ। घुमन्ते परिवारको सहकार्यमा Kites Nepal को आयोजनामा हुन लागेको उक्त कार्यक्रममा काठमाडौँबाट अनुभवि तथा वरिष्ठ चङ्गा उडान गर्ने “काइट फाइटर्स” सहित पोखराका स्थानीय/वयस्क युवाहरूको सक्रिय सहभागिता रहने कार्यक्रमका संयोजक आकाशकुमार बज्राचार्यले बताएका छन् । कार्यक्रम माघ १ गते बिहिबार (जनवरी १५, २०२६) पोखरा महानगरपालिका–२२, अनदु ढुंगेधारामा दिनको ११:३० बजेदेखि सुरु हुने घुमन्ते सदस्य… पुरा पढौ