गण्डकी_प्रदेश

गण्डकी प्रदेशमा कोरोना निको हुनेभन्दा संक्रमित हुने बढी

पोखरा । गण्डकी प्रदेशमा गत साता कोरोनामुक्त हुने भन्दा संक्रमितको संख्या बढेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आइतबार अपरान्ह कोभिड–१९ सम्बन्धी विवरण सार्वजनिक गर्र्दै यस्तो जानकारी दिएको हो । निर्देशनालयले अध्यावधिक गरेको विवरण अनुसार गत साता ३१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा १८९ जना संक्रमणमुक्त भएका छन् । २ हजार ४१४ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । सोही अवधीमा संक्रमणका कारण विभिन्न जिल्लाका ५ जना संक्रमितको मृत्यु भएको छ । यस्तै, आइतबार पनि प्रदेशमा… पुरा पढौ

सरकार परिवर्तन भएको अनुभुति मिडियाले गर्न पाएन : अध्यक्ष पोखरेल

पोखरा । नेपाल पत्रकार महासंघ केन्द्रका अध्यक्ष विपुल पोखरेलले सरकार परिवर्तन भएको अनुभुति मिडियाले गर्न नपाएको गुनासो गरेका छन् । मंगलबार गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापालाई भेट्दै पोखरेलले प्रदेश सरकारले ल्याउन लागेको मिडिया विधेयक अघिल्लो सरकारको निरन्तरता भएको बताए । उनले भने, ‘अघिल्लो सरकारले मिडिया विधेयक ल्याउन लाग्दा पत्रकार महासंघले ज्ञापन पत्र बुझाएको थियो । चरणबद्ध रुपमा विभिन्न छलफल भएता पनि कार्यन्वयन भएन र मिडिया विधेयक आउनबाट रोकियो ।’ सोही विधेयकलाई जस्ताको त्यस्तै पारित… पुरा पढौ

यौनजन्य गतिविधीमा संलग्नको आरोपमा क्यानेडियन नागरिक पोखराबाट रंगेहात पक्राउ

पोखरा । पोखरामा नाबालकहरुलाई यौनजन्य गतिविधी गर्दै आएको आरोपमा प्रहरीले एक जना क्यानेडियन नागरिकलाई रंगेहात पक्राउ गरेको छ । पोखराको लेकसाइडमा नाबालकहरुलाई ललाई फकाई, डरत्रास तथा विभिन्न प्रलोभनामा पारी यौनजन्य गतिविधी गर्र्दै आएको आरोपमा कास्की प्रहरीले क्यानेडियन नागरिक वर्ष ४४ का रोर्बट किन्केलीलाई पक्राउ गरेको हो । शनिबार दिउँसो दिउँसो साढे एक बजे जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई ३ जना बालकहरुलाई साथमा राखी यौनजन्य गतिविधी गर्दै गरेको अवस्थामा पक्राउ गरी नावालकहरुलाई उद्धार गरेको प्रहरी प्रवत्ता प्रहरी नायव उपरीक्षक… पुरा पढौ

विभाजनका विरुद्ध प्रतिवादमा उत्रिन नेपाल मगर संघका अध्यक्ष रोकामगरको अपिल

पोखरा । नेपाल मगर संघका अध्यक्ष नवीन रोकामगरले थरका आधारमा मगर जातिलाई विभाजित गर्ने षड्यन्त्रका विरुद्ध एकजुट भएर लाग्न मगर समुदायलाई अपिल गरेका छन् । नेपाल मगर संघ, कास्कीले आइतबार पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय मगर महासंघका अध्यक्ष समेत रहेका रोकामगरले मगर जातिभित्र भाषिक, सांस्कृतिक विविधता भएपनि मगर जाति हौं भन्ने भावना सबैमा रहेको उल्लेख गरे । राष्ट्रिय जनगणना–२०७८ को सन्दर्भमा मगर जातिलाई विभाजित गर्ने दुष्प्रयास गर्न थालिएको भन्दै रोकामगरले विभाजनका विरुद्ध प्रतिवादमा उत्रिन अपिल समेत गरे ।… पुरा पढौ

सञ्चारजगत संवेदनशील हुनुपर्दछ : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले समाचार सम्प्रेषणमा सञ्चारजगत संवेदनशील हुनुपर्ने बताएका छन् । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ कास्कीको आयोजना एवं राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठनको सहयोगमा ‘आत्महत्या रोगथाममा सञ्चार माध्यम’को भूमिका विषयक अभिमुखीकरण कार्यक्रममा उहाँले मानवीय संवेदनालाई ध्यान दिँदै समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए। समाजमा हुने आत्महत्या प्रवृत्तिलाई निरुत्साहित गर्न सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उनले बताए । सत्यतथ्यमा आधारित समाचारले समाजलाई सकारात्मक सन्देश दिने बताउँदै उनले प्रत्येक व्यक्तिलाई आर्थिक,… पुरा पढौ

गण्डकी प्रदेशमा कोरोनाका सक्रिय संक्रमित घट्दै, १०५३ संक्रमित कोरोनामुत्त

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या लगातार घट्ने क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा ९०६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा एक हजार ५३ जना कोरोना भाइरस संक्रमणमुक्त भएसंगै प्रदेशमा सक्रिय संक्रमितको संख्या घट्ने क्रममा रहेको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार अव प्रदेशमा ९ हजार ७१४ जना सक्रिय संक्रमित छन् । तीमध्य ९ हजार १० जना होमआइसोलेसनमा छन् । आज संक्रमित हुनेमध्य सबैभन्दा धेरै कास्कीका ३०३, गोरखाका ९८, स्याङ्जाका ९३, नवलपरासी पूर्वका ८५, लमजुङका… पुरा पढौ

गण्डकी प्रदेशमा ४६१९ सकृय केस, ३४६४ होम आईसोलेसनमा

गण्डकी प्रदेशमा हाल ४ हजार ६ सय १९ वटा कोरोनाका सकृय केस रहेका छन् । कुल १० हजार ६ सय ८८ जना संक्रमित भएकोमा ५ हजार ९ सय ३८ जना भने निको भइसकेका छन् । त्यसमध्ये ४ हजार ६ सय १९ वटा सकृय केस रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा कात्तिक ४ गते साँझसम्ममा १३१ जनाको कोरोनाले मृत्यू भइसकेको छ । गण्डकी प्रदेशमा ४ हजार ६ सय १९ वटा सकृय केस रहेकोमा ३ हजार ४ सय… पुरा पढौ