पोखरा

पोखरामा विशिष्टीकृत अस्पताल निर्माण गर्न जग्गाकै अभाव

प्रदेश गौरवको आयोजनामा समेटिएको क्यान्सर, मुटु, मिर्गौला र बाल रोग सम्बन्धी एकीकृत सेवासहितको विशिष्टीकृत अस्पताल निर्माणका लागि गण्डकी प्रदेश सरकारले सङ्घीय सरकारसँग जग्गा माग गरेको छ । प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले हालै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेर कास्कीको पोखरा महानगरपालिका–१६ स्थित जौवारी सिँचाइ विभागको दुई सय रोपनी जग्गा प्रदेश सरकारलाई उपलब्ध गराइदिन माग गरिएको जानकारी दिए । प्रदेश स्थापनापछि गठित पहिलो सरकारले प्रदेश राजधानी पोखरामा उक्त विशिष्टीकृत अस्पताल स्थापना गर्ने निर्णय गरेपनि जग्गा व्यवस्थापनको जटिलतालगायत कारणले कार्यान्वयन हुन… पुरा पढौ

पोखरामा नागरिक आरोग्य कार्यक्रम सुरु

दीर्घ रोगी र ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवाको पहुँच पु¥याउने र उनीहरूको जीवनलाई सुखी र खुसीसहित तनावमुक्त बनाउने उद्देश्यले पोखरामा वडा नागरिक आरोग्य कार्यक्रम सुरु गरिएको छ । पोखरा महानगरपालिकाले ‘पाइलट प्रोजेक्ट’को रूपमा यो कार्यक्रम वडा नं २५ बाट थालेको हो । घरमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने गरी उक्त कार्यक्रम शुभारम्भ गरिएको हो । प्रभावकारिता हेरेर नागरिक आरोग्य कार्यक्रम महानगरभर विस्तार गर्ने योजना महानगरपालिकाको छ । पोखरा महानगरपालिकाका प्रवक्तासमेत रहनुभएका वडा नं १५ का वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले यस… पुरा पढौ

पोखराका होटलमा पर्यटकको चहलपहल बढयो

नयाँ वर्ष २०८१ को छेकोमा पर्यटकीय राजधानी पोखरामा पर्यटकको आउजाउ बढेको छ । चैत-वैशाख दोस्रो मुख्य पर्यटकीय याम पनि रहेकाले पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो । यहाँका होटलमा पाहुनाको सङ्ख्या क्षमताको ५० प्रतिशतसम्म पुगेको होटल सङ्घ पोखराका अध्यक्ष अध्यक्ष लक्ष्मण सुवेदीले बताए । “शुक्रबार-शनिबार त होटलको अकुपेन्सी ६० प्रतिशतसम्म पनि पुग्छ”, उनले भने, “नयाँ वर्षका बेला ९० प्रतिशतभन्दा माथि पुग्ने हाम्रो अपेक्षा छ ।” पर्यटनका लागि ‘अफ सिजन’ मानिने गत पुस(माघमा पोखराका होटलको ‘अकुपेन्सी’ दस प्रतिशतभन्दा कममा… पुरा पढौ

पोखराको पर्यटन प्रवर्द्धन गर्न वाणिज्य सङ्घको जिल्ला यात्रा

पोखराको पर्यटन प्रवद्र्धन तथा निजी क्षेत्रका साझा मुद्दामा सहकार्य बढाउने उद्देश्यले पोखरा उद्योग वाणिज्य सङ्घको प्रतिनिधिमण्डलले देशका विभिन्न उद्योग वाणिज्य सङ्घको भ्रमण गरेको छ । पर्यटनको राजधानीमा आन्तरिक पर्यटक भित्र्याउन सङ्घको टोलीले भक्तपुर, धुलिखेल, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, उदयपुरको कटारी र त्रियुगा, सुनसरीको धरान, झापाको बिर्तामोड, इलाम, पाँचथर, तेह्रथुम,महोत्तरीको बर्दीबास तथा मकवानपुरको मकवानपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीलाई भेटेर आपसी सहकार्य र साझेदारीमा जोड दिएको हो । भ्रमण पूरा गरेर सङ्घका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको टोली बुधबार फर्केको हो । जिल्लामा… पुरा पढौ

पोखरामा प्रादेशिक ललितकला प्रदर्शनी सकियो

पोखरामा यही फागुन १९ गतेदेखि सुरु भएको ‘गण्डकी प्रदेश प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ सकिएको छ । पोखरा नयाँबजारमा रहेको पोखरा आर्ट ग्यालरीको प्रदर्शनी हलमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा प्रदर्शनी भएको थियो । सिर्जनशील कलाकार समूहसँगको सहकार्यमा सुरु भएको यो प्रदर्शनी पाँच दिनसम्म सञ्चालन भएको हो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिका कला, भाषा, साहित्य, संस्कार र संस्कृतिको पक्षमा सकारात्मक रहेको बताए। “मैले पदभार ग्रहण गरेको २० महिना भयो । अहिलेसम्म एकजना पनि… पुरा पढौ

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न पूर्वाधार पहिचान गरिने

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने सम्बन्धमा गठित अध्ययन समितिको बैठकले आवश्यक पूूर्वाधार पहिचान गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष एवम् गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द देवकोटाको अध्यक्षतामा बसेको समितिको पहिलो बैठकले राजधानी घोषणाका लागि आवश्यक पूर्वाधार पहिचान गर्ने निर्णय गरेको हो । बैठकले पूर्वाधार पहिचानसँगै पर्यटकीय राजधानीको रुपमा विकास गर्न सेवाको गुणात्मकता वृद्वि गर्न अवलम्बन गर्नुपर्ने विषयको पनि पहिचान गर्ने निर्णय गरेको समितिका उपाध्यक्ष रविन्द्रराज पौडेलले जानकारी दिए । उनका अनुसार राजधानी घोषणाका लागि आवश्यक… पुरा पढौ

पोखरामा पुरानै लयतिर पर्यटन

“यो यामको पर्यटक आगमनले हामी सन्तुष्ट छौँ, पर्यटन क्षेत्र पुनःउत्थान भइरहेको छ”, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले भने, “पर्यटन प्रवर्द्धनलाई यसरी नै निरन्तरता दिनसके छिट्टै कोभिडअघिकै स्थितिमा हामी पुग्छौँ ।” कोभिड–१९ महामारीताका थलिएको पर्यटन व्यवसाय अहिलको आर्थिक मन्दीबीच पनि चलायमान देखिएकामा उनले खुसी व्यक्त गरे । अध्यक्ष श्रेष्ठले भने, “पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन राम्रो छ, सबै पक्ष डटेर लागे पोखराको पर्यटन विकास र प्रवर्द्धनलाई अझ नयाँ उचाइ दिन सकिन्छ ।” यस वर्ष पोखरा घुम्न आउने आन्तरिक पर्यटकको… पुरा पढौ

माछा मार्ने क्रममा करेन्ट लागेर पोखरामा २ जनाको मृत्यू

पोखरामा माछा मार्ने क्रममा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नम्बर–२९ पटनेरीस्थित खेतमा पानी लैजान बनाइएको कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा दुई जनाको मृत्यू भएको हो । मृत्यू हुनेहरुमा मुस्ताङ घर भई पोखरा–२९ पटनेरी डेरा गरेर बस्ने ४६ वर्षिय भीमलाल सुनार र उनकी श्रीमती ४६ वर्षिया सावित्री सुनारको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा अपराह्न ४ बजे करेन्ट लागेर दुबैजना घाईते भएका थिए । घाईते… पुरा पढौ

मिटरमा सञ्चालन नहुने ट्याक्सीको जरिवाना बढ्यो

पोखरामा मिटर प्रणालीमा सञ्चालन नहुने ट्याक्सीको जरिवाना रकम बढाइएको छ । प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीसहित मन्त्रालयका अधिकारी, सुरक्षा निकाय र यातायात कार्यालयका प्रमुखको मङ्गलबार बसेको बैठकले सो निर्णय गरेको हो । मन्त्रालयका प्रवक्ता एवं यातायात व्यवस्था महाशाखा प्रमुख टीकाराम पौडेलले मिटरमा नचल्ने ट्याक्सीलाई रु दुई हजार एक सयका दरले जरिवाना तिराउने गरिएकामा अबदेखि न्यूनतम जरिवाना रु पाँच हजार पुर्याउने निर्णय भएको जानकारी दिए । गत भदौ १ गतदेखि पोखरा उपत्यकामा चल्ने ट्याक्सीमा लागू भएको मिटर… पुरा पढौ

पोखरामा सञ्चालित कालिका फ्युल सेन्टरको ‘चार्जिङ स्टेशन’ उद्घाटन

सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्र र कास्कीको पोखरामा सञ्चालित कालिका फ्युल सेन्टरको हाताभित्र निर्माण गरिएको विद्युतीय सवारी साधन चार्जिङ स्टेशन उद्घाटन गरिएको छ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्तरुपमा आज दुई वटा अत्याधुनिक फास्ट चार्जिङ स्टेसनको उद्घाटन गरे । सार्वजनिक विद्युतीय सवारीसाधन चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०÷६० किलोबाटका डिसी र २२ किलोवाटका एसी चार्जर राखिएका छन् । चार्जिङ स्टेसनमा एक सय ४२ किलोवाट क्षमताका २ वटा फास्ट चार्जर… पुरा पढौ